समाचार

भूपू अन्तर बटालियन भलिबल प्रतियोगितामा १/५ जिआर च्याम्पियन

पोखरा । भूपू अन्तर बटालियन भलिबल प्रतियोगितामा १/५ जिआर च्याम्पियन बनेको छ । भारतीय पेन्सन बितरण कार्यालय रामबजार पोखराको आयोजनामा बिहिबार सम्पन्न भएको पाचौ संस्करणको भलिबल प्रतियोगितामा पेन्सन वितरण कार्यालय (पिपिओ) लाई ३ –१ सेटमा पराजित गर्दे १/५ जि आर च्याम्पियन बनेको हो ।पहिलो सेटमा २५–२३ को जित निकाल्दै मैदान प्रवेश गरेको पिपिओले लगातार ३ सेट २५–२०,२५–१४ र २५–२२ मा हार्दे उपविजेतामा चित्त बुझाउन पर्यो ।च्याम्पियन बने संगै १/५ जिआरले नगद ५० हजार शिल्ड,मेडल र प्रमाण पत्र प्राप्त गरेको छ… पुरा पढौ

अनलाइनबाट हुने हिंसा न्यूनीकरण गर्न डिजिटल साक्षरतालाई व्यापक बनाउनुपर्छः मन्त्री शर्मा

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले अनलाइनका माध्यमबाट हुने हिंसालाई न्यूनीकरण गर्न डिजिटल साक्षरतालाई व्यापक बनाउनुपर्नेमा जोड दिएकि छिन । राष्ट्रिय महिला आयोगले आज यहाँ आयोजना गरेको ‘अनलाइनमा महिला सुरक्षा’ अन्तरक्रियामा मन्त्री शर्माले अनलाइनको खतराको विकसित प्रकृतिलाई न्यूनीकरण गर्न स्थानीयस्तरसम्म डिजिटल शिक्षालाई विस्तार गर्न जरुरी रहेको बताइन । “प्रविधि आफैँमा पूर्वाग्रही हुँदैन । हिंसाको अन्त्य गर्न प्रविधिको भूमिका महत्त्वपूर्ण छ । अनलाइनको सदुपयोग गर्न सकेमा हामीले धेरै लाभ लिन सक्छौँ”, उनले भनिन, “सरकारी, गैरसरकारी संस्था, सञ्चारमाध्यम तथा विद्यालयस्तरका पाठ्यक्रममा अनलाइनको… पुरा पढौ

बाजा बजाउने आमाहरू

फागुन १५ अर्थात् मगर एकता दिवसको दिन ११ बज्नै लागेको थियो । बागलुङ बजारको पुरानो बसपार्क चोकबाट एउटा ठूलो र्याली निस्कियो । त्यो र्यालीको बीचमा केही महिला ट्याम्को बजाउँदै थिए । केहीले ढोलकी, केहीले दमाहा त केहीले सनाही र झ्याली बजाउँदै हिँडिरहेका थिए । र्यालीमा झण्डै दुई हजारको हाराहारीमा मगर समुदायका विभिन्न वेशभूषामा सजिएका बालबालिकादेखि युवायुवती र पाको उमेरका वृद्धवृद्धा पनि थिए । र्यालीको बीचमा बजेको बाजाको तालमा अधिकांश व्यक्ति घुम्दै र झुल्दै नाचिरहेका थिए । बजारको मुख्य सडकमा हिँडिरहेको… पुरा पढौ

नेप्से परिसूचकमा उच्च अङ्कको गिरावट

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि उच्च अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २८ दशमलव ६८ अङ्कले ओरालो लागेर एक हजार नौ सय ७२ दशमलव शून्य नौ मा सिमित भएको छ । ठूला कम्पनीको कारोबार मापक सेन्सेटिभ परिसूचक चार दशमलव ७९ अङ्कले ओरालो लागेर तीन सय ५१ दशमलव ६५ मा सिमित भएको छ । आज कारोबार भएका कूल १३ उपसमूह नै ओरालो लागेको हो । कूल ७४ लाख ४६ हजार नौ सय… पुरा पढौ

गोरखा जिल्लाको अजिरकोट स्थित आत्महत्या भनिएको घटनाको छानबिन गर्न माग

गोरखा जिल्ला अजिरकोट गाउँपालिका–५ मुच्चोकका दीपेन्द्र पोखरेलले आफ्नी १४ वर्षीय छोरी शालिनको आत्महत्या भनिएको घटनाको अनुसन्धान गरी दोषीलाई कारवाही गर्न माग गरेका छन । चितवनको रत्ननगर नगरपालिका–१० स्थित एकता शिशु निकेतन विद्यालयमा कक्षा–८ मा अध्ययनरत शालिन गत फागुन १२ गते सोही स्कूलद्वारा सञ्चालित होस्टेलमा झुण्डिएको अवस्थामा भेटिएको घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरिएको हो । मृतक शालिनका पिता दीपेन्द्र पोखरेलले आज काठमाडौँमा पत्रकार सम्मेलनको आयोजना गरी घटनाको वस्तुस्थिति अध्ययन गर्दा आत्महत्या नभएर बलात्कारपछि हत्या भएको देखिएको बताए… पुरा पढौ

कुश्माका सामुदायिक विद्यालयमा ‘स्मार्ट स्कुल’ कार्यक्रम सुरु

सामुदायिक विद्यालयलाई प्रविधिमैत्री बनाउने उद्देश्यले पर्वतको कुश्मा नगरपालिकाले ‘स्मार्ट स्कुल’ कार्यक्रम सुरु गरेको छ । शिक्षक तथा विद्यार्थीलाई आधुनिक प्रविधिसँग जोड्नका लागि पहिलो चरणमा १३ वटा विद्यालयमा यो कार्यक्रम थालिएको हो । कार्यक्रम लागू भएका विद्यालयका हरेक क्रियाकलापलाई ‘डिजिटल’ रूपमा व्यवस्थापन गर्नका लागि ‘कोड लजिक टेक्नोलोजिज’ ले तयार पारेको ‘स्मार्ट स्कुल’ ‘एप्लिकेशन’ को प्रयोगलाई विस्तार गरिएको नगरपालिकाले जनाएको छ । कुश्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद तिवारीका अनुसार शिवालय माध्यमिक विद्यालय कुश्मा, पाङधैरेनी माध्यमिक विद्यालय पाङ्मा, नारायण माध्यमिक विद्यालय कुश्मा,… पुरा पढौ

बागलुङको भकुण्डे गाउँमा सालिकसहितको उद्यान निर्माण सम्पन्न

बागलुङ नगरपालिका–१० पर्यटकीय गाउँ भकुण्डेमा ग्रामीण पर्यटनका अगुवाको सम्झानामा सालिकसहित उद्यान बनाइएको छ । चार वर्षदेखि थालिएको उद्यान तथा सालिक निर्माणले अहिले पूर्णता पाएको हो । बागलुङको भकुण्डे गाउँमा पहिलो पटक १० रोपनी जग्गामा ‘अतिथि सत्कार घरबास’ (होमस्टे) सञ्चालनमा ल्याएर ग्रामीण पर्यटनका अगुवाका रुपमा परिचय बनाएका क्याप्टेन रुद्रमान गुरुङको सम्झनामा उनको अर्धकदको सालिकसहित उद्यान बनाइएको छ । उक्त पार्कमा निर्माण गरिएको क्याप्टेन गुरुङ स्मृति पार्कको मङ्गलबार प्रदेश सरकारका उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री दीपेन्द्र थापाले उद्घाटन गरे । थापाले… पुरा पढौ

म्याग्दीको बेनी नगरपालिकाभित्र हुक्का सेवन गर्न निषेध

म्याग्दीको बेनी नगरपालिका क्षेत्रभित्र हुक्कालाई प्रतिबन्ध (निषेध) गरिएको छ । सुर्तीको धुलो खुदोमा मिसाएर बनाइएको धूमपान गर्ने वस्तु हुक्का (तमाखु)ले जनस्वास्थ्यमा गम्भीर असर पार्ने र युवायुवतीलाई कुलतमा लगाउने गरेको निष्कर्ष निकाल्दै नगरपालिकाले बुधबारदेखि हुक्का सेवन र बेचबिखनमा प्रतिबन्ध लगाएको हो । गत माघ २५ गतेको नगर कार्यपालिकाको बैठकले गरेको निर्णयअनुसार हुक्कालाई पूर्णरुपमा बिक्री वितरण र सेवनमा निषेध गरिएको नगर प्रमुख सुरत केसीले जानकारी दिए । पछिल्लो समय बजार क्षेत्रमा युवायुवती हुक्का सेवनका कुलतमा फस्दै गएका थिए । युवायुवतीलाई कुलतमा लैजान… पुरा पढौ

हलगोरु पाल्नेलाई जैमिनीद्वारा दश हजार अनुदान

बागलुङको जैमिनी नगरपालिकाले हलगोरु पाल्ने किसानलाई प्रोत्साहनस्वरुप १० हजार अनुदान दिने भएको छ । रैथाने बालीको संरक्षण, स्थानीय स्रोत साधनको उपयोगमार्फत कृषि उत्पादनमा आत्मनिर्भर बनाउने उद्देश्यले किसानलाई अनुदान दिने कार्यक्रम ल्याएको हो । यसका लागि नगरपालिकाले हलगोरु पाल्ने किसानलाई प्रस्ताव आह्वान समेत गरेको थियो । गोरु पाल्ने र गोरुसँग खेतीपातीमा लाग्ने किसानको पहिचान गरेर प्रोत्साहन उपलव्ध गराउन लागिएको पशु शाखा प्रमुख कृष्णप्रसाद ढकालले बताए । दश वडा रहेको नगरपालिकाभरिबाट तीन सय किसानले प्रस्ताव पेश गरेका थिए । पेश भएका प्रस्तावमध्येबाट… पुरा पढौ

छोराको जन्मदिनमा न्यौपाने दम्पतीको स्वास्थ्य शिविर, दई सय बढी लाभान्वित

पोखरा । पछिल्लो समय नेपालीहरुमा पनि जन्म दिन उत्सवका रुपमा मनाउने परम्परा बढेको छ । जन्म दिनमा साथीहरुबीच भेटघाट गर्ने र ठूला होटलहरुमा पार्टी गरेर मनाउने गरिन्छ । बाबु आमाले पनि आफ्ना छोराछोरीको जन्म दिन भव्य गरी विशेष रुपमा मनाउने गर्दछन् । तर पोखराका एक दम्पतीले भने छोराको जन्म दिनमा सामाजिक काम गरेका छन् । पोखरा–१३ निवासी मेडिकल व्यवसायी समेत रहेका मणि न्यौपाने र संगीता बरालले आज छोरा बरदानमणिको पहिलो जन्म दिनमा स्वास्थ्य शिविर आयोजना गरेर मनाएका हुन् । उनीहरुले… पुरा पढौ