समाचार

तामाङ बौद्ध सेवा समिति पोखराले मनायो सोनाम ल्होछार

तामाङ बौद्ध सेवा समिति संगहमटोल पोखराले मञ्जुश्री सम्वत् २८६० औं डुकरमु पुख्री ल्हो सोनाम ल्होछारको सुखद अवसरमा शुभकामना आदान प्रदान, सम्मान, सामुहिक भोज एवम् विविध साँस्कृतिक कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको छ। कार्यक्रमको प्रमुख अतिथि पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य ज्यूले कुङामा दीप प्रज्वलन समुद्घाटन गर्नुभएको थियो। प्रमुख अतिथिलाई समितिका अध्यक्ष विष्णु योञ्जनले तामाङ (तागी) टोपी ओढाएर स्वागत गरेका थिए। कार्यक्रमको उद्घाटन गदै उनले तामाङ जाती नेपालका विविध आदिवासीजनजाति मध्ये छुट्टै इतिहास र अस्तित्व बोकेको जाती भएको बताए । तर… पुरा पढौ

पोखरा–१४ मा स्थानीय महोत्सव सम्पन्न

पोखरा । पोखरा महानगरपालिका–१४ छिनेडाँडामा आयोजित प्रथम स्थानीय महोत्सव सम्पन्न भएको छ । पोखरा महानगरपालिका–१४ वडा कार्यालयको आयोजनामा ‘कृषि, पर्यटन, स्थानीय व्यवसायको प्रवद्र्धन’ भन्ने मुल नारासहित प्रथम स्थानीय महोत्सव सम्पन्न भएको हो । महोत्सवको समापन समारोहलाई सम्बोधन गर्दै केसी ग्रुपका सञ्चालक एवम् व्यवसायी किरण केसीले महोत्सवले स्थानीय उत्पादनलाई बजारीकरण र व्यवसायीकरण गर्न मद्धत पुग्ने बताए । ‘मेला महोत्सवलाई हामीले मनोरञ्जनको लागि मात्र बुझ्ने गरेका छौं, स्थानीय उत्पादनको बजारीकरण र व्यवसायीकरणको लागि महोत्सवले महत्वपूर्ण मद्धत गर्छ ।’ व्यवसायी केसीले भने ।… पुरा पढौ

सहकारीलाई बदनाम गर्ने प्रयास भइरहेको छ : अध्यक्ष ओली

फागुन ७ काठमाण्डौं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देश विकासका लागि सहकारी क्षेत्रको महत्वपूर्ण भूमिका रहेको बताएका छन् । राष्ट्रसेवक सहकारी संस्था लिमिटेडको पाँचौँ राष्ट्रिय सहकारी भलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले नेपालजस्तो देशको विकासका लागि सहकारी अपरिहार्य भए पनि पछिल्लो समयमा सहकारीलाई बदनाम गराउने प्रयास भइरहेकामा चिन्ता व्यक्त गरे । सहकारीको महत्व र गरिमालाई कायम राख्न यस क्षेत्रमा देखिएका विकृति हटाउन तथा सहकारीलाई बदनाम हुन नदिन सम्बन्धित सबै पक्ष सचेत हुनुपर्ने उनको भनाइ थियो ।… पुरा पढौ

महासमिति बैठकले पार्टीलाई थप सबल, सुदृढ र एकतावद्ध बनाउँछ : सभापति देउवा

फागुन ७ ललितपुर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महासमिति बैठकले पार्टीलाई थप सबल, सुदृढ र एकतावद्ध बनाएर लैजानेमा विश्वास व्यक्त गरेका छन् । पार्टीको आजदेखि ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा भएको महासमिति बैठकमा उनले यस महासमिति बैठकलाई देश र विदेशलेसमेत उत्सुकतापूर्वक हेरेको उल्लेख गर्दै बैठकले कांग्रेसलाई थप, सबल, सुदृढ र एकताबद्ध बनाएर लैजाने बताए । उनले पार्टीमा निरन्तर क्रियाशील रही लोकतन्त्र स्थापना, पुनःस्थापना र रक्षाका लागि जेलनेल, निर्वासन, सर्वश्वहरणलगायतका दुःखकष्ट सहेर पार्टीलाई सुदृढ बनाउन प्रयत्नशील रहेका सबै नेता तथा… पुरा पढौ

नेपाल लिटरेचर फेस्टिबल : ‘आपतै आपतको तालपारि’

पोखरा । पोखरालाई चिनाउने प्रमुख कारण हो फेवाताल । फेवाका कारण पोखरा पर्यटकीय नगरीका रुपमा स्थापित छ । फेवाकै कारण ताल वारिको क्षेत्र पर्यटकीय रुपमा परिचय बनायो – लेकसाइडको । फेवातालका किनारमा रहेका दुई स्थानको कथा फरक छ । तालपारि भने अझैपनि विकट क्षेत्रका रुपमा परिचित छ । आधारभूत सेवा लिनका लागि तालपारिका नागरिकलाई सकस छ । तालपारि सडकसञ्जाल सुविधा सहज छैन । दैनिकरुपमा वारपार गर्ने प्रमुख माध्य हो डुंगा । विद्यार्थी शिक्षाका लागि दैनिक जोखिमपूर्ण यात्रा तय गरेर ताल… पुरा पढौ

नेपाल लिटरेचर फेस्टिबल : असफलताको पाठ

पोखरा । नेपाली सेनाको जागिरले जिन्दगी ठिकठाक चल्दैथ्यो । देश १० वर्षे सशस्त्र द्वन्द्वको भूमरीमा फस्यो । हुँदाखादाको जागिर छाडेर स्याङजा वालिङका भीम लुंइँटेले जहाज चढेर दुवई ओर्ले । एकातिर कमाइ कम अर्कोतिर युद्वको रापतापमा जेलिएको देशमा ज्यान जोगाउन मुस्किल ठानेर भीमले वैदेशिक रोजगारको बाटो रोजेका थिए । उनले दुवईमा काम गर्ने कम्पनी भर्खर खुलेको थियो । टिनको टहरा बनाएर सुरु भएको कम्पनिको भित्तामा तस्बिर थियो, ‘टहरको माथिबाट कम्पनीको नामको जहाज उडेको ।’ तस्बिरले बोकेको लक्ष्य थियो, ‘भविष्यमा कम्प्नीको आफ्नै… पुरा पढौ

आँखा विशेषज्ञसँग आँखाको भाका

पोखरा । जलविन्दु रोगमा नेपालकै पहिलो विशेषज्ञ हुन् सुमन थापा । हालसम्म ६० हजार बढीको उपचार गरिसकेका सुमनको परिचय त्यति मात्र सिमित छैन । पढाईमार्फत डाक्टर बनेका सुमनको मन मुटुमा संगीत ताजै छ । सानैदेखि म्युजिसियन बन्ने लक्ष्य राखेका सुमन कलकत्तामा पिएचडी गरेका थिए । म्युजिसियन सिक्ने बाटोमा अघि बढेका सुमन साथीको लैलैमा लागेर डाक्टर पढेको बताउँछन् । ‘सानैदेखि म्युजिक सिक्ने चाहना थियो । त्यहि पढ्छु सोचेको थिए । एकजना भुटानी साथीले डाक्टर पढम् भने त्यसपछि डाक्टर पढ्छु भनेर लागे,’… पुरा पढौ

टीम पोखरा मल्टिपर्पोजको रक्तदानमा १ सय ५ युनिट रगत संकलन

पोखरा । टीम पोखरा मल्टिपर्पोज प्रा.लि.ले आयोजना गरेको रक्तदानमा १ सय ५ युनिट रगत संकलन भएको छ । युवा ब्यवशायीहरुद्धारा स्थापित टीम पोखरा मल्टि पर्पोेज प्रा.लि.को दोश्रो वार्षिकोत्सवको अवसरमा आयोजित बृहत रक्तदान कार्यक्रममा १ सय ५ जनाले रक्तदान गरेका हुन । कार्यक्रमका प्रमुख अतिथि पोखरा महानगरपालिका वडा नम्बर ८ का अध्यक्ष रुद्रनाथ बरालले रक्तदान कार्यक्रमका संयोजक प्रालिका सदस्य दिनेश कुमार जिसीलाई ब्लड ब्याग हस्तान्तरण गरी कार्यक्रमको उद्घाटन गरेका थिए । रक्तदान कार्यक्रममा बोल्दै वडा अध्यक्ष बरालले युवाहरु विदेश पलायन भइरहेको… पुरा पढौ

बिटी कपमा क्वाटरफाइनल समिकरण पूरा, डिफेण्डिङ च्याम्पियन बाहिरियो

पोखरा । बुद्धटोल युवा (बिटी) क्लबको आयोजनामा जारी सातौं विरेन स्मृति १७ औं बिटी कप खुल्ला फुटबल प्रतियोगितामा क्वाटरफाइनलको समिकरण पूरा भएको छ । पोखरा महानगरपालिका १ पुरानो टुंडिखेलमा आज (सोमबार) भएको प्रिक्वाटरफाइनल खेलबाट लामागाउँ गुम्बा एफसी, एलबी आरवाइसी काठमाडौं, दिव्यज्योती क्लब, एलसी ब्रदर्श, एट टु नाइन, तारा एफसी टिम ‘ए’ रामघाट एफसी र एनटु क्याफे टुंडिखेल विजयी बन्दै अन्तिम आठमा प्रवेश गर्‍यो । आज भएको पहिलो खेलमा लामागाउँ गुम्बा एफसीले नदीपुरलाई २–१ गोल अन्तरले पराजित गर्‍यो । यस्तै एलबी… पुरा पढौ

पोखराका राजेन्द्रबहादुर कोईरालाले त्यागे कांग्रेस, भन्छन्ःआजदेखि कांग्रेसको ‘क’ पनि उच्चार गर्दिन

पोखरा, फागुन ७ पोखराका राजेन्द्रबहादुर कोईरालाले कांग्रेस त्यागेको घोषणा गरेका छन् । नेपाली कांग्रेस पोखरा–४ बाट क्षेत्रीय प्रतिनिधि रहेका कोईरालाले प्रजातन्त्र दिवसको अवसर पारेर कांग्रेस त्यागेको घोषणा गरेका हुन् । कोईरालाले सोमबार पोखरामा पत्रकार सम्मेलन गर्दै कांग्रेसले बाटो बिराएकाले त्यागेको बताए । बिपी कोईरालालाई देखेर कांग्रेसमा लागेपनि कृष्णप्रसाद भट्टराईको अवसानपछि कांग्रेसले बाटो बिराएकाले आफूले कांग्रेस त्यागेको उनको भनाई छ । चालीसको दशकदेखि कांग्रेसका लागि लड्दै, भिड्दै जीवन समर्पण गरेको आफूलाई कांग्रेसले अपहेलना गरेको उनको गुनासो छ । किसान, मजदुर र… पुरा पढौ