समाचार

पर्यटक आकर्षण गर्न उदय रिघा बुद्ध विहारलाई व्यवस्थित बनाइँदै

ढोरपाटन । बागलुङको गलकोट नगरपालिका–११ मा रहेको उदय रिघा बुद्ध विहारलाई व्यवस्थित बनाउन थालिएको छ । सो बुद्ध विहार करिब १२ वर्ष अगाडि निर्माण सुरु भएर गत वैशाखमा सम्पन्न भएको थियो । सीमित स्रोतसाधनमा निर्मित बुद्ध विहारलाई व्यवस्थित गरी पर्यटन प्रवद्र्धनका लागि यस वर्ष व्यवस्थित गराउन थालिएको हो । गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्षमा विनियोजन गरेको रु १५ लाखमा रिघा बुद्ध विहारको तला थप्नेसँगै प्रतिक्षालय निर्माण र बगैँचा बनाउन लागिएको हो । आकर्षक शैलीले निर्माण भएको बुद्ध विहारले आन्तरिक… पुरा पढौ

लेतेको सौन्दर्यमा पर्यटक लोभिए

म्याग्दी । काठमाडौँबाट मुस्ताङ भ्रमणमा आएको एक निजी कलेजका विद्यार्थी र शिक्षकहरूको ६० जनाको समूह आइतबार थासाङ गाउँपालिका–३ को लेते कालोपानीमा बास बस्यो । परिवारका सदस्यहरूसँगै मुस्ताङ घुम्न आएकी पोखराकी सजिना घलेको २३ जनाको टोलीले लेतेमा दुई घण्टा बितायो । “मुस्ताङ भित्रनेबित्तिकै पुगिने लेतेको सौन्दर्यमा रमाइलो नगरी अघि बढ्नै मन लागेन्”, उनले भने, “जता फर्किए पनि देखिने हिमाल, शान्त वातावरणले लेतेमा समय बितेको पत्तै भएन ।” लेतेमा अन्नपूर्ण, धवलागिरि, निलगिरि र टुकुचे हिमालको काखमा बसेको महसुुस गरेको घलेले अनुुभव सुनाए… पुरा पढौ

बर्दियाकी अञ्जुदेवी र तनहुँकी सुप्रिताले गरे कानुनी रुपमा समलिङ्गी विवाह

पोखरा । बर्दियाकी ३३ वर्षीया अञ्जुदेवी श्रेष्ठ र तनहुँकी ३३ वर्षीया सुप्रिता गुरुङको समलिङ्गी विवाहले कानुनी मान्यता पाएको छ । बढैयाताल–२ बर्दिया निवासी श्रेष्ठ र तनहुँ बन्दीपुर–५ निवासी गुरुङ दुवै महिला हुन् । करिब पाँच वर्षअघि प्रेम सम्बन्ध जोडेर गरेको विवाहलाई बर्दियाको बढैयाताल गाउँपालिका वडा नं २ कार्यालयले दर्ता गरेपछि श्रेष्ठ र गुरुङ कानुनीरूपमै विवाहबन्धनमा बाँधिएका छन् । अञ्जु र सुप्रिताले विवाह दर्ताका लागि २०८० माघ ४ गते वडा कार्यालयमा निवेदन दिएपछि पञ्जीकरण विभागको प्राविधिक शाखासँग समन्वय गरेर आइतबार उहाँहरूको… पुरा पढौ

पोखरामा बाटो छेकेर लुटपाट गरेको आरोपमा एक जना पक्राउ

पोखरा । पोखरामा यात्रुको बाटो छेकी लुटपाटमा संलग्न रहेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । गत शनिबार पोखराको सभागृहचोकमा राती १० बजेको समयमा यात्रुहरुको बाटो छेकी लुटपाट गरेको आरोपमा स्याङ्जा स्थायी घर भई हाल पोखरा–९ पृथ्वीचोक बस्दै आएका आर्दश देवकोटालाई प्रहरीले पक्राउ गरेको हो । देवकोटासहित ३ जनाको समूहले सडकमा हिडिरहेका एक जनालाई गाली गलौज गर्दै डर देखाएर उनको साथमा भएको एक हजार ३ सय लुटेर फरार भएको अवस्थामा वडा प्रहरी कार्यालय वैदामबाछ खटिएको प्रहरी टोलीले पक्राउ गरेको… पुरा पढौ

माओवादीको विधान सम्मेलन भोलिदेखि

माघ २९ काठमाण्डौं । सत्ताको नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को विधान सम्मेलन मङ्गलबार राजधानीमा सुरु हुँदैछ । भोलि बिहान ११ बजे कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको प्रेक्षालयमा हुने सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको माओवादीले जनाएको छ । तीन दिनसम्म सञ्चालन हुने सम्मेलनमा एक हजार दुई सयभन्दा बढी प्रतिनिधिको सहभागिता रहने माओवादी केन्द्रीय कार्यालयका सचिव डोरप्रसाद उपाध्यायले जानकारी दिए । सम्मेलनमा केन्द्रीय सदस्य, वैकल्पिक केन्द्रीय सदस्य, तीन केन्द्रीय आयोगका सदस्य, सात भौगोलिक र तीन गैरभौगोलिक प्रदेशका पदाधिकारी, जनवर्गीय सङ्गठनका पदाधिकारीको… पुरा पढौ

प्रधानमन्त्री प्रचण्डद्वारा क्रिकेट टोलीलाई बधाई

माघ २९ काठमाण्डौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बधाई दिए । नेपालले क्यानडाविरुद्धको एकदिवसीय शृङ्खला ‘क्लिनस्विप’ गरेपछि उनले टोलीलाई बधाई दिएको हुन् । प्रधानमन्त्री प्रचण्डले सामाजिक सञ्जालमार्फत तेस्रो खेलमासमेत उत्कृष्ट जित हात पार्दै क्यानडाविरुद्धको एकदिवसीय क्रिकेट शृङ्खलामा क्लिनस्विप गर्न सफल नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बधाई दिएका हुन् । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज भएको क्यानडाविरुद्धको शृङ्खलाको अन्तिम खेलमा नेपाल नौ विकेटले विजयी भएको छ । । रासस पुरा पढौ

नेपालद्वारा क्यानडाविरुद्धको शृङ्खला ‘क्लिनस्विप’

माघ २९ काठमाण्डौं । नेपालले क्यानडाविरुद्धको एकदिवसीय शृङ्खला ‘क्लिनस्विप’ गरेको छ । तीन खेलको एकदिवसीय शृङ्खलाको अन्तिम खेलमा नेपालले आज क्यानडालाई नौ विकेटले पराजित गरेसँगै शृङ्खला ३–० ले जितेको हो । अनिलकुमार साह र भीम सार्कीले शतक प्रहार गरेपछि नेपालले क्यानडामाथि सहज जित निकालेको हो । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा टस हारेर पहिला ब्याटिङ गरेको क्यानडाले निर्धारित ५० ओभरमा आठ विकेट गुमाउँदै दुई सय ३२ रनको योगफल बनाएको थियो । नेपालले दुई सय ३३ रनको विजयी लक्ष्य… पुरा पढौ

चौथो चापाकोट देउराली सांस्कृतिक महोत्सव सम्पन्न

पोखरा । चौथो चापाकोट देउराली सामुदायिक होमस्टे सांस्कृतिक महोत्सव २०८० सम्पन्न भएको छ । महोत्समा भएको भलिबल प्रतियोगितामा पहिलो ठुलाखेत दोस्रो घाटिछिना दोस्रो भएको छ । झाकी र्याली प्रतियोगितामा पहिलो हर्पन खोला तमु समाज, दोस्रो सहनसिल आमा, तेस्रो नमुना हर्पन आमा समूह र सान्त्वना लालि गुराँस आमा समूह भएको छ । दुना टपरी गास्ने प्रतियोगितामा पहिलो पबित्रा देवकोटा, दोस्रे पार्वती अधिकारी, तेस्रो शान्ति बिक र सान्त्वना उजेली सुनार भईन् । नौमती बाजा प्रतियोगितामा पहिलो सगरमाथा नौमती बाजा, दोस्रो पञ्चोसे नौमती… पुरा पढौ

काली गण्डकीमा दोश्रो दिन ¥याफटिङका दुई स्पर्धा सम्पन्न

पोखरा । गण्डकी प्रदेशलाई सहाशीक खेलकुदको गन्तब्य बनाउने उद्धेश्यका साथ पहिलो पटक पर्वत र बागलुङको संगम मालढुङ्गास्थित काली गण्डकीमा नेशनल ¥याफटिङ च्याम्पियनसिप प्रतियोगिता दोश्रो दिन पनि जारी रहेका छन् । प्रतियोगिताको अन्तर्गत दोश्रो दिन मेन्स स्प्रिन्ट टिम इभेन्ट र मेन्स स्प्रिन्ट हेड टु हेड गरी दुई वटा इभेन्ट सम्पन्न भएको परिषदका सदस्य एवं सहाशीक खेलकुदका संयोजक बसन्तराज दवाडीले जानकारी दिएका हुन् । प्रतियोगितामा मेन्स स्प्रिन्ट टिम इभेन्टमा प्याडल नेपाल ‘ए’ टिमले जित हासिल गरेको छ भने गण्डकी प्रदेश टिम दोश्रो… पुरा पढौ

गाउँमा पुगेर विशेषज्ञ स्वास्थ्य सेवा दिँदै जैमिनी नगरपालिका

ढोरपाटन । जैमिनी नगरपालिकाले गाउँ–गाउँमा पुगेर नागरिकलाई विशेषज्ञ स्वास्थ्य सेवा दिन थालेको छ । नगरपालिकाले समयसमयमा शिविर सञ्चालन गरेर नागरिकलाई सहज रुपमा विशेषज्ञ स्वास्थ्य सेवा दिन थालेको हो । दूरदराजका ज्येष्ठ नागरिक, महिला तथा आर्थिक अवस्था कमजोर भएकाहरु उपचारका लागि अस्पताल वा स्वास्थ्य चौकी नजाने भएकाले पालिकाले गाउँमै पुगेर बिरामीको खोजी गरी उपचार गरिरहेको नगरपालिकाका उपप्रमुख हरिहर शर्माले बताए । आर्थिक अभावका कारण सबै नागरिकले विशेषज्ञ स्वास्थ्य सेवा लिन नसक्ने अवस्था रहेकाले महिनामहिनामा गाउँ पुगेर निःशुल्क शिविर सञ्चालन गरिरहेको उनको… पुरा पढौ