समाचार

करणी मुद्दामा विकलाई १८ वर्ष कैद फैसला

दमौली । तनहुँ जिल्ला अदालतले जबर्जस्ती करणी मुद्दामा एक अभियुक्तलाई १८ वर्ष कैद फैसला सुनाएको छ । जिल्ला न्यायाधीश कमलराज विष्टको आइतबारको इजलासले प्रतिवादी म्याग्दे गाउँपालिका–७ का विशाल विकलाई १८ वर्ष कैद फैसला सुनाएको हो । साथै निजविरुद्ध रु एक लाख जरिवानाको फैसला भएको अदालतका स्रेस्तेदार केशवप्रसाद पौडेलले राससलाई जानकारी दिए । परिवर्तित नाम २०७८÷७९ चबहादुरले निजविरुद्ध जाहेरी दिएका थिए । प्रहरीले प्रतिवादीविरुद्ध विसं २०७८ असोज १२ गते अदालतमा जबर्जस्ती करणीमा मुद्दा दर्ता गरेको थियो । उक्त मुद्दामा अदालतमा १२… पुरा पढौ

पाखो जग्गा बन्यो कागती बगैँचा,पहिलोपटक कागती बिक्रीबाट रु छ लाख कमाइ

गलकोट । भिरालो पाखो जमिन । चारैतिर झाडीले घेरिएको । जनशक्ति अभावमा बाँझिएको उक्त जग्गाले पाँच वर्षपछि हराभरा होला भनेर कसैले सोचेकै थिएनन् । पाँच वर्षअघिको झाडीले घेरिएको बाँझो जग्गाको अहिले स्वरुप फेरिएर हराभरा मात्रै बनेन पहिलोपटक कागती बिक्रीबाट रु छ लाख कमाइ ग¥यो । बाँझो जग्गामा कागतीको सम्भावना देखेका बागलुङको गलकोट–११ रिघाका ३५ वर्षीय दानबहादुर श्रीषले चार वर्षअघि लगाएका एक हजार दुई सय बिरुवाबाट पहिलो पटक उत्पादित कागती काठमाडौँ र पोखरा निर्यात भइसकेको छ । श्रीसले कागतीखेती गर्ने उदेश्यले… पुरा पढौ

अझै तयार भएन अस्पताल भवन

बलेवा । जिल्लाबाट अञ्चल अस्पतालमा बढोत्तरी भएपछि धौलागिरि अस्पताल बागलुङमा केही संरचनात्मक सुधार भएका छन् । क्रमशः यो अस्पताल प्रदेश तहको बनिसकेको भए पनि अञ्चल अस्पतालका लागि सुरु भएका संरचना अझै पूरा भइसकेको छैन । तत्कालीन जिल्ला अस्पताललाई २०६६ सालमा धौलागिरि अञ्चल अस्पताल बनाइएको थियो । त्यसपछि भवन डिभिजन कार्यालयले यहाँ तीन भवन बनाउने ठेक्का लगाएको थियो । पहिलो भवन बनेपछि २०६८ साल वैशाखमा तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईले ‘ए ब्लक’ उद्घाटन गरे । सँगैको ‘बी ब्लक’को भवन बन्न नौ वर्ष… पुरा पढौ

फेकोफन २० को अध्यक्षमा खत्री

पोखरा । सामुदायिक वन उपभोक्ता महासंघ पोखरा महानगर वडा नं. २० को अध्यक्षमा रेशम खत्री चयन भएका छन् । वन समुहको भेलाले उनलाई सर्वसम्मत अध्यक्षमा निर्वाचित गरेको हो । भेलाले उपाध्यक्षमा लक्ष्मी परियार, सचिव पवित्रा परियार, मुक्तिनाथ अधिकारी र सदस्यमा काशिराम गुरुङ, तुलसी तिमिल्सिना, धनबहादुर गुरुङ रहेका छन् । पोखरा महानगरपालिका वडा नं. २० का वडाअध्यक्ष गंगाबहादुर खत्रीले भेलाको उद्घाटन गर्दै स्थानीय सरकार र वन समुह बिच सुमधुर सम्वन्ध कायम गर्दै प्राकृति श्रोतको भरपुर उपयोग गर्नुपर्नेमा जोड दिए । वन… पुरा पढौ

बजेट अभावमा तनहुँमा चार सिँचाइ योजना अलपत्र

तनहुँ । बजेट विनियोजन कार्यले निरन्तरता नपाउँदा जिल्लाका चार सिँचाइ योजना अलपत्र बनेका छन् । योजना निर्माणका लागि ठेक्का लागे पनि बजेट विनियोजन नहुँदा योजना अलपत्र परेको सिँचाइ विकास डिभिजन कार्यालयले जनाएको छ । व्यास नगरपालिका–५ को साँघे पतेनी सिँचाइ योजना, बन्दीपुर गाउँपालिका–३ कोलपाटा लिफ्ट सिँचाइ योजना, ऋषिङ गाउँपालिका–५ को अठारबिसे र व्यास–५ को याम्दी खोला चापटार लिफ्ट योजना रहेका छन् । गत वर्ष बजेट विनियोजन भए पनि यस वर्ष बजेट विनियोजन नहुँदा निर्माण कार्य प्रभावित भएको सिँचाइ विकास डिभिजन… पुरा पढौ

गण्डकी प्रदेश सरकारले प्राणघातक रोगबाट पीडित बिरामी छनोट गरी आर्थिक सहायता उपलब्ध गराउने

ढोरपाटन । गण्डकी प्रदेश सरकारले प्राणघातक रोगबाट पीडित बिरामी छनोट गरी आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेको छ । बागलुङको प्रसिद्ध पञ्चकोटमा बसेको गण्डकी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले क्यान्सर र ब्रेनट्युमर भएका ७० जना रोगीको छनोट गरी आर्थिक सहयोग गर्ने निर्णय गरेको हो । मन्त्रिपरिषद् बैठकको निर्णय सुनाउँदै गण्डकी प्रदेश सरकारकी प्रवक्ता सरस्वती अर्यालले प्रदेश निजामती सेवा पुरस्कार सिफारिस समितिलाई पूर्णता दिन सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयका सचिव प्रकाश पौडेल र पूर्वसहसचिव विदेन्द्रबहादुर हमाललाई नियुक्ति गर्ने निर्णय गरेको सुनाए। उनले… पुरा पढौ

विश्वका मानिसको मन लोभ्याउने मनाङको नामकरण र इतिहास

मनाङ । हिमाली जिल्ला मनाङ सौन्दर्यले भरिपूर्ण जिल्लाका रूपमा परिचित छ । गण्डकी प्रदेशमा अवस्थित मनाङ प्राकृतिक सौन्दर्यले भरिएको छ । यहाँ पुग्ने जोकोहीले मनाङलाई हिमालभित्रको जिल्ला पनि भन्ने गर्छन् । यहाँको प्रसिद्ध स्थानका रुपमा रहेको तिलिचो ताल, थोरङ्ला पास, आइस लेक, अन्नपूर्ण पदमार्गको यात्रा गर्न स्वदेशी तथा विदेशी पर्यटक आउने गर्दछन् । चामेको तातोपानी, ताचैको घरबास ९होमस्टे०, कजिनसारा लेक ९सिङ्गर ताल० लगायतका स्थान मनाङ आउने पर्यटकले छुटाउन नहुने स्थान हुन् । मनाङका हरेक स्थान प्राकृतिक सौन्दर्यताले भरिएको छ ।… पुरा पढौ

स्वदेशी काठ उपयोग गर्दै आयात विस्थापित गर्नुपर्नेमा जोड

गण्डकी । स्वदेशी काठ जंगलमा कुहिने र बार्षिक खरवौ रुपैयाको विदेशी काठ लगायतका सामाग्री आयातलाई विस्थापित गर्नुपर्नेमा एक कार्यक्रमका बक्ताले जोड दिएका छन् । सामुदायिक वन उपभोक्ता महासंघ नेपाल देवघाट तनहुँद्धारा आयोजित वन पैदावार उपयोगमा देखिएका समस्या र समाधान विषयक अन्तरकृया कार्यक्रममा बोल्ने वक्ताहरुले स्वदेशी काठ उपयोग गर्ने नीतिको खाँचो औल्याएका हुन् । गाउँपालिकाका अध्यक्ष तिलवहादुर थापाले कार्यक्रमको उद्घाटन गर्दै मुलुकको वन पैदावार उपयोग एवम् निकाशी नीति सर्वसुलभ नहुदा उपभोक्ताले दुःख पाउनुका साथै वनमा काठ कुहिने अवस्था सिर्जना भएको बताए… पुरा पढौ

अफ्रिकन स्वाइन फिभरले बंगुर मर्दा गण्डकीमा ५० करोडको क्षती

पोखरा, माघ २९ गण्डकी प्रदेशमा अफ्रिकन स्वाईन फिभर रोगको संक्रमण पुनः देखिएको छ । एक वर्षअघि देखिएर नियन्त्रणमा आएको यो रोग गण्डकीका जिल्लाहरुमा पुनः देखिन थालेको हो । गण्डकीका कास्की, तनहुँ, लमजुङ र गोरखामा अफ्रिकन स्वाईन फिभर रोगको संक्रमण पुनः देखिएको गण्डकी प्रदेश सरकार, कृषि तथा भूमि व्यवस्था मन्त्रालय अन्तर्गत रहेको पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयले सोमबार पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो । गण्डकी प्रदेशमा यो रोगबाट हालसम्म १६ हजार ५ सय ५४ वटा बंगुर मरिसकेका छन् । जसमध्ये… पुरा पढौ

हाइकिङमार्फत नुवाकोटको इतिहासलाई पर्यटनसँग जोड्दै हाइकर्स क्लब

गण्डकी । स्वास्थ्य र पर्यटनका लागि हाइकिङ भन्ने नाराका साथ हाइकिङका माध्यमबाट पोखरा आसपासका पर्यटकीय गन्तव्यको प्रवद्र्धन गर्दै आएको हाइकर्स क्लब नेपालले आफ्नो ४३ औँ शृङ्खलाका लागि स्याङ्जाको धार्मिक एवं ऐतिहासिकस्थल नुवाकोटलाई रोजेको छ । पोखरा र आसपासका विशेषगरी ग्रामीण क्षेत्रका पर्यटकीयस्थललाई हाइकिङका माध्यमबाट प्रवद्र्धन गर्दै आइएकोमा यस पटक स्याङ्जाको नुवाकोट कालाभैरव मन्दिरलाई लक्षित गरिएको हो । क्लबका अध्यक्ष कृष्ण रानाभाटका अनुसार यस संस्करणमा पोखराको छोरेपाटन हुँदै दोपहरे पुगी त्यहाँबाट हाइकिङ गर्दै कृष्ति मट्टिखान, दुवाकोटबाट नुवाकोट कालाभैरव मन्दिरसम्म पुगिएको हो… पुरा पढौ