समाचार

फेवा वेगनास चौतारीको विपन्न परिवारका बालबालिकालाई सहयोग

माघ २८ पोखरा । लायन्स क्लब अफ पोखरा फेवा वेगनास चौतारीले न्यानो कपडा तथा शैक्षिक सामाग्री वितरण गरेको छ । क्लबले हेल्प नेपाल नेटवर्क सँगको सहकार्यमा शुक्ला गण्डकी नगरपालिका वडा नं ५ बेलचौतारा तनहुँमा विपन्न परिवारका बालबालिकालाई ४० सेट ट्रयाक सुट र शैक्षिक सामाग्री वितरण गरेको हो । प्रतिनिधि सभा सदस्य एवं पूर्व वनमन्त्री शंकर भण्डारीको प्रमुख आतिथ्यतामा मदर्सा नरुल स्कुलमा कार्यक्रमको आयोजना गरेर उनीहरुलाई सहयोग गरिएको थियो । कार्यक्रममा बोल्दै प्रतिनिधि सभा सदस्य भण्डारीले शिक्षा भन्दा ठुलो कुरा जीवनमा… पुरा पढौ

पर्वत र बागलुङको संगम मालढुङ्गास्थित काली गण्डकीमा सुरु भयो सहाशिक खेलकुद गतिविधि

पोखरा । गण्डकी प्रदेशलाई सहाशिक खेलकुदको गन्तब्य बनाउने उद्धेश्यका साथ पहिलो पटक पर्वत र बागलुङको संगम मालढुङ्गास्थित काली गण्डकीमा नेशनल ¥याफटिङ च्याम्पियनसिप प्रतियोगिता सुरु भएको छ । प्रदेश खेलकुद परिषद गण्डकीको आयोजनामा चार दिन सम्म सञ्चालन हुने प्रतियोगिताको पहिलो दिन राष्ट्रिय कायाक सालोलम प्रतियोगिता सुरु भएको परिषदका कार्यालय प्रमुख तोपलाल भुसालले जानकारी दिएका हुन् । आइतबार सम्पन्न राष्ट्रिय कायाक सालोलम प्रतियोगितामा तनहुँका प्रमोद गुरुङले आफ्ना दुई हिटमा कुल ८६ं.६१ मिनेटको समय लिदैं पहिलो हुन सफल भएका छन् । प्रतियोगितामा उदयपुरका… पुरा पढौ

पोखरा म्याराथनमा सडक सुरक्षालाई प्राथमिकता दिने कास्की प्रजिअ घिमिरेको प्रतिवद्धता

पोखरा । १८ औं संस्करणको सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनको सडक सुरक्षाका लागि सुरक्षा निकायसँग छलफल कार्यक्रम सम्पन्न भएको छ । नेपाल भुतपुर्व खेलाडी मञ्चको आयोजनामा आगामी फागुन ५ गते हुने म्याराथनको समयमा हुन सक्ने ट्राफिक व्यवस्थापन सँगै धावकका लागि सडक सुरक्षाको विषयमा आइतबार जिल्ला प्रशासन कार्यालय कास्कीमा छलफल भएको हो । जिल्ला प्रशासन कार्यालय कास्कीको समन्वयमा धावक तथा खेलाडीहरुको सुरक्षा व्यवस्थालाई मध्यनजर गर्दै पहिलो पटक यस्तो छलफल सम्पन्न भएको हो । जिल्ला प्रशासन कार्यालय कास्कीका प्रमुख प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले… पुरा पढौ

एक महिने सारंगी प्रशिक्षण कार्यक्रम सम्पन्न

माघ २८ पोखरा । एक महिने सारंगी प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । गण्डकी प्रज्ञा–प्रतिष्ठानले हेम्जा साहित्य प्रतिष्ठानसँगको सहकार्यमा कास्कीको हेम्जामा यो कार्यक्रम आयोजना गरेको थियो । प्रशिक्षण कार्यक्रममा गन्धर्व समुदायका २५ जना बालबालिकाको सहभागी बनेका थिए । उनीहरुलाई स्थापित सारंगी बाधक सम्मर बहादुर गायकले सहजीकरण गरेका हुन् । समापन कार्यक्रमा आफूले सिकेका ज्ञानलाई उनीहरुले दुईवटा गीतमा सारंगी बजाएर प्रस्तुत समेत गरेका थिए । गण्डकी प्रदेश सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयका सचिव प्रकाश पौडेलको प्रमुख आतिथ्यतामा भएको समापन कार्यक्रमा बोल्दै… पुरा पढौ

‘योजना हराए गोरखा जानू भन्ने भाष्य निर्माण भयो’

पोखरा, माघ २८ गाउँपालिका महासंघ गण्डकी प्रदेशका अध्यक्ष तथा रुपा गाउँपालिकाका प्रमुख नवराज ओझाले योजना हराए खोज्नका लागि गोरखा जानू भन्ने स्थापित भएको टिप्पणी गरेका छन् । गण्डकी प्रदेशको नीति तथा योजना आयोगले दोश्रो पञ्चवर्षीय योजनाबारे आइतबार पोखरामा आयोजना गरेको छलफल कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । हाम्रो देशमा न्याय नपाए गोरखा जानू भन्ने स्थापित मान्यता थियो,उनले भने,‘तर अहिले त योजना हराए गोरखा जानू भन्ने भएको छ ।’ देशको प्रधानमन्त्री, गृहमन्त्री, गण्डकी प्रदेशको मुख्यमन्त्री देखि योजना आयोगका उपाध्यक्षपनि त्यहिंको… पुरा पढौ

खल्तीबाट होईन, प्राथमिकताका आधारमा योजना छनौट गर्र्न जिसस प्रमुखहरुको सुझाव

पोखरा, माघ २८ गण्डकी प्रदेशका जिल्ला समन्वय समितिका प्रमुखहरुले गण्डकी प्रदेश नीति तथा योजना आयोगलाई योजना छनौटको शैली सुधार्न सुझाव दिएका छन् । दोश्रो पञ्च वर्षिय योजनामा सुझाव माग्न आयोगले आइतबार पोखरामा आयोजना गरेको छलफल कार्यक्रममा बोल्दै गण्डकी प्रदेशका ११ वटै जिल्लाका जिल्ला समन्वय प्रमुखहरुले पुरानो शैलीमा गरिने योजना छनौटले प्रदेशको विकास र समृद्धि सम्भव नहुने भएकाले योजना छनौटको शैली सुधार्न सुझाव दिएका हुन् । कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति बागलुङका प्रमुख अमरबहादुर थापाले अहिलेपनि मुखिया र जिम्बावाल शैलीमा योजना… पुरा पढौ

पर्वतको भोर्लेमा युवाहरुको सामूहिक तरकारी खेती

पर्वत । यहाँ सामूहिक तरकारी खेती सुरु गरिएको छ । दक्षिण पर्वतको पैंयु गाउँपालिका–७ का २३ युवा मिलेर सामूहिक तरकारीखेती सुरु गरेका हुन् । युवा जनशक्ति दिनप्रतिदिन पलायन हुँदै जाने र खेतीयोग्य जमिनसमेत बाँझो हुने क्रम बढेपछि वडा नं ७ भोर्लेका वडाध्यक्ष तोयानाथ शर्माको अगुवाइमा भोर्ले बहुउद्देश्यीय कृषक समूहको गठन गरी सामूहिक रुपमा खेती गर्न थालिएको हो । समूहले स्थानीय व्यक्तिहरुको सिँचाइयुक्त २० रोपनी क्षेत्रफलमा विभिन्न जातका तरकारीको खेती सुरु गरेको छ । दिनप्रति दिन जमिन बाँझिने क्रम बढेपछि आफैँ… पुरा पढौ

घरघरमा छिर्न थाले बाँदर र बँदेल : सडकमै देखिन्छन् चितुवा

गलेश्वर । केही दिनअघि म्याग्दीको बेनी नगरपालिका–८ जलेश्वरका इन्द्र बरुवालको खेतबारीमा लगाएको तरकारी एक हुल बाँदरले नष्ट गरेका छन् । करिब दुई सयको सङ्ख्यामा आएका बाँदरले छानामा राखेको फर्सी पनि छोडेनन् । पश्चिम म्याग्दीको मालिका गाउँपालिका–१ निस्कोट र वडा नं २ रुममा बँदेलले खेतबारीमा रजाइँ गर्न थालेको धेरै भयो । गत साता घर भित्र नै बँदेल छिरेर टेकबहादुर विक र मङ्गल सुनारको परिवारलाई आतङ्कित बनायो । बेनी–बागलुङ सडकमा चितुवालगायत जङ्गली जनावर गुडिरहेका सवारी साधनमा ठोक्किएर पछिल्लो एकसातायता दुईवटा दुर्घटना भएका… पुरा पढौ

सिद्धगुफालाई पर्यटकीय गन्तव्य बनाउन पहल

दमौली । दक्षिण एसियाकै ठूलो दाबी गरिएको तनहुँको बन्दीपुर गाउँपालिका–४ विमलनगरस्थित सिद्धगुफालाई पर्यटकीय गन्तव्यस्थल बनाउन पहल थालिएको छ । गाउँपालिकाले प्रदेश सरकारसँगको सहकार्यमा सिद्धगुफालाई पर्यटकीयस्थलका रुपमा विकास गर्न लागेको हो । त्यसका लागि गण्डकी प्रदेश सरकारको नवप्रवर्तन कार्यक्रमका लागि सिद्धगुफा छनोट भएको गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले जानकारी दिए । जनपर्यावरणमैत्री तथा सिद्धगुफा विकास कार्यक्रममार्फत यस ठाउँको विकास गर्न लागिएको छ । मुख्यमन्त्री नवप्रवर्तन साझेदारी कार्यक्रम सञ्चालनका लागि प्रदेश सरकारले अवधारणा माग गरेको थियो । कार्यक्रम सञ्चालनका लागि गाउँपालिकाले अवधारणापत्र पेश… पुरा पढौ

म्याग्दीमा १८ पर्यटकीयस्थलका पूर्वाधार निर्माण थालनी

म्याग्दी । गण्डकी प्रदेश सरकारले यहाँका १८ पर्यटकीयस्थलमा पूर्वाधार निर्माणको काम थालेको छ । प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले पर्यटन तथा उद्योग कार्यालयमार्फत पर्यटन पूर्वाधार निर्माणका लागि चालु आर्थिक वर्ष २०८०/८१ मा रु एक करोड ५६ लाख बजेट विनियोजन गरेको छ । कार्यालयका प्रमुख पोषानाथ शर्माले पर्यटकीय स्थलमा पदमार्ग, रेलिङ, आश्रयस्थल लगायतका पूर्वाधार निर्माणका लागि छनोट भएका योजना कार्यान्वयनलाई तिव्रता दिएको जानकारी दिए । “पाँच पदमार्ग निर्माण गर्ने योजना सम्पन्न भइसकेको छ”, उनले भने “आठ योजना निर्माणाधिन छन्,… पुरा पढौ