समाचार

नीलगिरिखोला–२ को प्रसारण लाइनको परीक्षण सफल

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा निर्माण भएको ७१ मेगावाट क्षमताको नीलगिरिखोला दोस्रो जलविद्युत् आयोजनाको प्रसारण लाइनको परीक्षण सफल भएको छ । नीलगिरिखोला हाइड्रोपावर लिमिटेड प्रवद्र्धक रहेको आयोजनाले अन्नपूर्ण गाउँपालिका–४ दोभिल्नादेखि वडा नं–३ दाना जोड्ने प्रसारण लाइनको माघ १५ गतेदेखि परीक्षण सुरु गरेको थियो । यस आयोजनाको विद्युत् दाना सबस्टेसनमार्फत केन्द्रीय ग्रिडमा जोडिन्छ । नीलगिरिखोला हाइड्रोपावरका आधिकारिक प्रतिनिधि उपेन्द्र गौतमले दोभिल्नादेखि दाना जोड्ने दुई सय २० केभी क्षमताको प्रसारण लाइनको परीक्षण सफल भएको जानकारी दिए । ४२ मेगावाट क्षमताको नीलगिरिखोला… पुरा पढौ

पन्ध्र वर्षपछि जैमिनी–बरेङ–शान्तिपुर सडक कालोपत्र हुँदै

ढोरपाटन । दक्षिण बागलुङको कुश्मिसेरा–बरेङ–शान्तिपुर सडकको ‘ट्र्याक’ खुलेको १५ वर्ष भयो । २०६५ सालमा ट्र्याक खुलेको यस सडकको चार वर्षअगाडि कालोपत्रका लागि सम्झौता भएको थियो । दुई खण्डमा विभाजन गरेर अहिले काम भइरहेको छ । पहिलो खण्डअन्तर्गत कुश्मिसेराबजारदेखि राङ्खानीसम्मको १० किलोमिटर शर्मा क्याराभान जेभी २०७६ असोज २८ गते र कुश्मिसेरादेखि बरेङसम्मको दोस्रो खण्ड रौताहा खानी धुलिखेल जेभीले २०७८ असार ३० गते सम्झौता गरेको थियो । पहिलो खण्ड निर्माणको जिम्मा पाएको शर्मा क्याराभान जेभीले तीनपटक म्याद थप्दा पनि कालोपत्र गर्न सकेको… पुरा पढौ

म्याग्दीमा आमा समूहद्वारा सामूहिक आलुखेती

गलेश्वर । परम्परागतरुपमा गरिँदै आएको गहुँ तथा तोरीखेतीबाट राम्रो आम्दानी नभएपछि म्याग्दीको बेनी नगरपालिका–२ अम्बोटका महिलाले सामूहिक आलुखेती गरेका छन् । अम्बोट आमा समूहमा आबद्ध ३० महिलाले ३० रोपनी जग्गामा सामूहिक आलुखेती गरेका हुन् । कृषि ज्ञान केन्द्र म्याग्दीले समुदायस्तरमा कृषि उत्पादन प्रवद्र्धन आयोजनाअन्तर्गत सो समूहलाई रु तीन लाख अनुदानबाट दुईवटा हाते ट्र्याक्टर, औजार, स्प्रे मेसिन, सिँचाइ पाइपलगायत औजार अनुदानमा दिएको छ । रु एक लाख ८१ हजार लागतमा बीउ खरिद गरी आलुखेती विस्तार गरिएको अम्बोट आमा समूहकी अध्यक्ष लक्ष्मी… पुरा पढौ

सुन-चाँदीको मूल्य बढ्यो , आज कतिमा हुँदैछ कारोबार ? हेर्नुहोस

नेपाली बजारमा आज शुक्रबार सुन-चाँदीको मूल्य बढेको छ । नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १८ हजार ५ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १७ हजार ९ सय ५० रूपैयाँमा कारोबार भइरहेको छ । बिहीबार छापावाल सुन प्रतितोला १ लाख १८ हजार ४ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १७ हजार ८ सय ५० रूपैयाँमा कारोबार भएको थियो । यसैगरि ,आज चाँदीको मूल्य पनि बढेको छ । चाँदी आज १३ सय… पुरा पढौ

त्रिविको उपकुलपतिमा आवेदन दिनेमध्ये १४ जना अन्तर्वार्ताका लागि छनौट

त्रिभुवन विश्वविद्यालयको रिक्त उपकुलपति पदमा आवेदन दिएका ४३ मध्ये १४ उम्मेदवार अल्पसूची (सर्ट लिस्ट) मा परेका छन् । सिफारिस समितिले प्रस्तुतीकरण र अन्तर्वार्ताका लागि ती सूचीलाई बिहीबार सार्वजनिक गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका अनुसार उक्त सूचीमा पर्नेमा कुसुम शाक्य, केशरजङ्ग बराल, गोविन्द सुवेदी, चित्रबहादुर बुढाथोकी, ज्ञानेन्द्रप्रसाद पौड्याल, टङ्कनाथ धमला, तीर्थराज खनियाँ, नारायण बेलवासे, प्रकाश घिमिरे, भोजराज अर्याल, महेन्द्रप्रसाद शर्मा, रामचन्द्र बस्नेत, शिवलाल भुसाल र सूर्यबहादुर थापा छन । त्रिविका उपकुलपति डा धर्मकान्त बास्कोटाको कार्यकाल यही कात्तिक १८… पुरा पढौ

राष्ट्रिय प्रजातन्त्र दिवस तीन दिन भव्यताका साथ मनाइने

सरकारले राष्ट्रिय प्रजातन्त्र दिवस, २०८० लाई तीनदिनसम्म भव्यतापूर्वक मनाउने निर्णय गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा आज सिंहदबारमा बसेको प्रजातन्त्र दिवस मूल समारोह समितिको बैठकले दिवसका अवसर पारेर आगामी फागुन ६, ७ र ८ गते विविध कार्यक्रम आयोजना गर्ने निर्णय गरेको हो । बैठकले आगामी फागुन ६ गते प्रजातन्त्र दिवस केन्द्रित विशेष संवाद, परिसंवाद, रेडियो नाटकलगायत जनचेतनामूलक कार्यक्रमको निर्माण, सञ्चालन तथा प्रसारण गर्ने व्यवस्था मिलाउने, राष्ट्रियस्तरका छापा सञ्चार गृहलाई दिवसका उपलक्ष्यमा विशेषाङ्क-स्मारिका प्रकाशन एवं प्रजातन्त्रको बहुपक्षीय आयामलाई उजागर… पुरा पढौ

पोखरामा मादक पदार्थ सेवन गरि झगडा गरेको आरोपमा ४ जना पक्राउ

पोखरा । पोखरामा मादक पदार्थ सेवन गरि झै–झगडा गर्दै समाजमा अशान्ति मच्चाएको अरोपमा ४ जना पक्राउ परेका छन् । गएराती पोखराको नागढुंगास्थित सार्वजनिक स्थानमा मादक पदार्थ सेवन गरी हो–हल्ला तथा आपसमा झै–झगडा गरि समाजमा अशान्ति मच्चाएको आरोपमा प्रहरीले उनीहरुलाई प्रक्राउ परेका हुन् । पक्राउ पर्नेमा स्याङ्जाको पुतलीबजार नगरपालिका – ८ घर भई पोखरा–१५ बस्दै आएका यूवराज गुरुङ (२७), जीवन गुरुङ (३३), स्याङ्जा घर भई पोखरा –२ बस्ने सुल्सि गुरुङ भनिने कृतन गुरुङ (२५) र पोखरा–८ घर भई हाल पोखरा–१५ बस्दै… पुरा पढौ

पोउवा संघको ७० औं स्थापना दिवस

माघ २५ पोखरा । पोखरा उद्योग वाणिज्य संघ ७० वर्षमा प्रवेश गरेको छ । उद्योगी/व्यवसायीहरुको हितको रक्षा गर्ने उद्धेश्यले स्वर्गीय अमृतप्रसाद शेरचनको अध्यक्षतामा २०११ साल माघ २५ गते संघको स्थापना भएको थियो । यो पोखराको सवैभन्दा जेठो सामाजिक संस्था पनि हो । उद्योगी/व्यवसायीहरुको हितका खातिर स्थापना भए पनि संघले पोखराको शैक्षिक, सामाजिक र भौतिक विकासमा महत्वपूर्ण योगदान गरेको छ । पोखराको बालमन्दिरदेखि पृथ्वीनारायण क्याम्पस,पोखरा विश्वविद्यालयसम्मका दर्जनौं शैक्षिक संस्थाको स्थापना र संचालनमा सघाएको संघले महेन्द्रपुल,पोखरा सभागृह, काहुँको धरहरादेखि सिद्धार्थ राजमार्ग निर्माण… पुरा पढौ

दोश्रो हिसान गण्डकी प्रेदश स्तरीय फुटसल प्रतियोगिताको कास्की छनौट शुरु

माघ २५ पोखरा । उच्च शिक्षालय तथा माध्यमिक शिक्षालय संघ (हिसान) गण्डकीको आयोजनामा हुने दोस्रो प्रदेशस्तरीय हिसान प्लस टु तथा युनिभर्सिटी लेवल फुटसल प्रतियोगिताको कास्की छनौट खेल शुरु भएको छ । प्रतियोगितामा ४० टिमको सहभागीता रहेको छ । प्रतियोगिताको उच्च शिक्षालय तथा माध्यमिक शिक्षालय संघ (हिसान) केन्द्रिय सल्लाहकार सूर्य बहादुर जिसिले उद्घाटन गरे । उद्घाटन खेलमा हिलप्याइनले गुरुकुल विद्यालयलाई पेनाल्टी सुटआउटमा ३–२ गोलले हरायो । हिसान गण्डकीको सदस्य विद्यालय बिच हुने प्रतियोगितामा कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरुले सहभागीता… पुरा पढौ

‘समृद्ध नेपाल निर्माणको सपना एमालेको परिकल्पना’ : अध्यक्ष ओली

माघ २५ रौतहट । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले समृद्ध नेपाल निर्माणको सपना आफ्नो दलको परिकल्पना भएको बताउँदै त्यसलाई साकार पार्न नेकपा एमालेमात्र नभइ समाजका अन्य वर्गको पनि सक्रिय सहभागिता अपरिहार्य भएको बताए । नेकपा एमाले रौतहटले गरुडामा आज आयोजना गरेको १०औँ जिल्ला अधिवेशनमा अध्यक्ष ओलीले नेपाली जनताको समृद्धिको आकाङ्क्षालाई मूर्तरुप दिन आफ्नो दलको एकल सरकार आवश्यक भएकाले आगामी निर्वाचनमा त्यो चाहना पूरा गर्न पार्टीका हरेक तहका नेता तथा कार्यकर्ताले आ–आफ्नो क्षेत्रबाट योगदान गर्नुपर्नेमा जोड दिए ।… पुरा पढौ