समाचार

एल आई सीले दियो २४ घण्टा भित्रको मृत्युदावी

माघ २६ पोखरा । बहुराष्ट्रिय कम्पनी एल आई सी नेपालले विमा गरेको २४ घण्टा भित्रको मृत्युदावी भुत्तानी प्रदान गरेको छ । कम्पनीले दुर्घटनमा परि ज्यान गुमाएका कास्कीको अन्नपुर्ण गाउपालिका वाड नं ३ स्थायी ठेगाना भएका माधव पौडेलको परिवारलाई दुर्घटना सहितको रु १०लाख २६ हजार पाँच सय रुपियाँ प्रदान गरेको हो । एल आइ सी नेपाल पोखरा साखाको ईतिहासमा पहिलो पटक विमा गरेको २४ घण्टा भित्र दुर्घटनामा पनि ज्यान गुमाएको परिवारलाई दुर्घटना लाभ सहितको मृत्युदावी भुत्तानी गरेको साखा प्रमुख सन्जिव खनालले… पुरा पढौ

पोखरा म्याराथन वातावरणमैत्री बनाउन साइक्लिङ भेलिन्टिएर खटिने

पोखरा । यहि फागुन ५ गते पोखरामा हुने ‘१८ औं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन’लाई वातावरणमैत्री बनाउने प्रयास अनुरुप साइक्लिङ भोलिन्टिएरहरु खटिने भएका छन् । १८ औं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनको धावक स्कर्टिङका लागि साइक्लिङ भोलिन्टिएर र आयोजक नेपाल भुतपुर्व खेलाडी मञ्चबीच छलफल सम्पन्न भएको हो । म्याराथनलाई सुरक्षित र धावकहरुलाई स्कर्टिङसँगै वातावरणमैत्री बनाउनका लागि साइकल स्वयम सेवकसँग छलफल भएको मञ्चले जनाएको छ । छलफलमा साइकल सिटी र पोखरा राइडर क्लबका सदस्यहरुको सहभागिता रहेको थियो । उक्त छलफलमा साइकल राइडरहरुले आ–आफ्नो… पुरा पढौ

पोखरा आएर गोर्खा वारियर्स टीमले भन्यो, ‘इतिहास देखाउने सिनेमा निर्माण गरेका छौं’

पोखरा । पोखरा आएर गोर्खा वारियर्स टीमले इतिहास देखाउने सिनेमा निर्माण गरेको दाबी गरेको छ । शुक्रबार चलचित्र पत्रकार संघ नेपाल कास्कीले पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै सिनेमाका निर्देशक मिलन चाम्सले वीर गोर्खालीको कथामा सिनेमा बन्नुपर्छ भन्ने लागेर निर्माण गरिएको बताए । फागुन ११ गतेबाट अल नेपाल प्रदर्शन हुने सिनेमाका विषयमा प्रचारप्रसार गर्ने हेतुले पोखरा आएका उनले पोखरा आफैमा लाउरेहरुको शहर भएको उल्लेख गरे । “पोखरामा आफैमा लाउरेहरुको शहर हो । यहाँ धेरै ब्रीटीस आर्मीमा काम गरेका वीर गोर्खालीहरु… पुरा पढौ

फेकोफन पोखरा १९ को अध्यक्षमा अधिकारी

पोखरा । वन समुहको छाता संगठन सामुदायिक वन उपभोक्ता महासंघ पोखरा १९ को सम्पन्न भेलाले डोलराज अधिकारीको अध्यक्षतामा ११ सदस्यीय वडा समिति चयन गरेको छ । सो समितिको उपाध्यक्ष पिताम्वर पौडेल, सचिव कविता आचार्य, कोषाध्यक्ष दुर्गा लम्साल आचार्य र सदस्यहरुमा गंगाबहादुर केसी, प्रोणराज बास्तोला,शिव पौडेल,मैया सुनार,सूर्यकला अधिकारी,मुकुन्द गौतम र भगवती बास्तोला रहनु भएको छ ।पोखरा महानगरपालिका वडा नं. १९ का वडाअध्यक्ष पुष्पेन्द्र पाण्डेले भेलाको उद्घाटन गर्दै वन क्षेत्रलाई उत्पादनसंग जोड्नुको विकल्प नभएको बताए । जंगलको विस्तारसंगै बाँदर लगायतका बन्यजन्तुले कृषकलाई… पुरा पढौ

मदरल्याण्डमा बृहत् सांस्कृतिक,कला प्रदर्शनी तथा सम्मान कार्यक्रम

पोखरा । पोखराको मदरल्याण्डमा बुधबार सुरु भएको त्रिदिवसीय बृहत् सांस्कृतिक , कला प्रदर्शनी तथा सम्मान कार्यक्रम आज सम्पन्न भएको छ । कक्षा नर्सरीदेखि बाह्रसम्मका करिब एक सय चालिस प्रस्तुतिहरू राख्दै सम्पन्न भएको उक्त कार्यक्रममा २ हजारभन्दा बढी विद्यार्थीहरूले प्रत्यक्ष सहभागिता जनाएको विद्यालय स्रोतले जनाएको छ। तीन दिनसम्म नै सङ्गीतमय बनेको कार्यक्रममा विविधतामयी नेपाली संस्कृतिलाई पूर्ण रूपमा समेट्ने विषयवस्तुका साथै पृथ्वी तथा प्रकृति जोगाउनुपर्छ, परोपकार गर्नुपर्छ, अरूमाथि दया देखाउनुपर्छ, संस्कृतिको संरक्षण गर्नुपर्छ आदिजस्ता सन्देशमूलक विभिन्न गीत तथा नृत्य, गायन, नाटकरप्रहसन, भजन,… पुरा पढौ

लोपन्मुख ‘हेम्फै’ नाच संरक्षणमा कुमाल समुदायको चासो

ढोरपाटन । बागलुङमा थुप्रै कला, संस्कृति र परम्परा लोप भइसकेका छन् । केही लोप हुने अवस्थामा पुगे पनि स्थानीयले पुनः संरक्षण गरिरहेका छन् । खास गरी बागलुङका आदिवासी जनजातिले मान्दै आएका धेरै संस्कृति हराइसके । अल्पसङ्ख्यक मानिने कुमाल समुदायको जनसङ्ख्या बागलुङमा निकै कम छ । यस समुदायका आफ्नै कला, संस्कृति र परम्परा छ । लामो समयदेखि मान्दै आएको संस्कार र संस्कृति पनि लोप हुने अवस्थामा छन् । त्यसमध्येको एक हेम्फै नाच पनि हो । हेम्फै नाच एउटा लाहुरेको कथा हो… पुरा पढौ

तनहुँमा‘अफ्रिकन स्वाइन फिभर’बाट तीस बङ्गुर मरे

तनहुँ । ‘अफ्रिकन स्वाइन फिभर’को सङ्क्रमणबाट तनहुँ जिल्लामा एक महिना नबित्दै ३० वटा बङ्गुर मरेका छन् । यसै महिनाको १ गतेदेखि हालसम्म उक्त परिमाणका बङ्गुर मरेकामा व्यास नगरपालिकामा सबैभन्दा बढी छन् । उक्त नगरपालिकामा उन्नाइस, म्याग्देमा आठ, भीमादमा दुई र ऋषिङ गाउँपालिकामा एक वटा बङ्गुर मरेका हुन् । उक्त सङ्क्रमणका कारण बङगुर मर्न थालेपछि यहाँका व्यावसायिक किसान चिन्तित भएका छन् । जिल्लाका दस पालिकामध्ये चार पालिकमा ‘अफ्रिकन स्वाइन फिभर’को सङ्क्रमण फैलिएको भेटेरिनरी तथा पशुविज्ञ केन्द्रका पशु प्राविधिक रुद्रसिं ठकुरीले जानकारी… पुरा पढौ

भरतपुरका ४ वटा वडामा ३ किमी मेसजाली निर्माणको कार्य सुरु

चितवन । वन्यजन्तुको उच्च जोखिम रहेको भरतपुरका ४ वटा वडामा मेसजाली निर्माणको कार्य सुरु भएको छ । निर्माण कार्यको शुक्रबार एक कार्यक्रमका बीच भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले आयोजनाको शिलान्यास गरेका हुन् । भरतपुर वडा नम्बर २३, २४, २७ र २८ मा पर्ने वन्यजन्तु सहज आउन मिल्ने स्थानमा सुरुवाती चरणमा मेषजाली निर्माण काम हुनेछ । शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले संघ र महानगरको २÷२ करोड गरी रु ४ करोडको परियोजना अन्तर्गत पहिलो चरणमा रु २ करोड… पुरा पढौ

खानेपानीको सुविधा पुगेपछि भलामखोरका स्थानियमा खुशियाली

धन्यवाद छ सहयोग गर्नेलाईरित्ता गाग्री पानीले भर्नेलाईसमस्याको ठूलै थियो घेरोआधि रातमै गर्दथ्यौ पँधेरो पोखरा । वार्सौदेखि पानीको समस्याले जकडिएको भलामको खोरकी स्थानीय सञ्जिता भण्डारीले गाउँमा खानेपानी आएको खुशीयालीमा गाएको गित हो यो । पानीका कारण विगतमा कस्टकर जिवन विताएको कथा र व्यथालाई भण्डारीको यो गितले समेटेको छ । हालै गण्डकी प्रदेश सरकारको एक घर एक धारा कार्यक्रम अन्तर्गत सम्पन्न भएको योजनाले यतिखेर पोखरा २० भलामखोरका वासिन्दामा खुशीयाली छाएको छ । एक गाग्री पानीका लागि घण्टौ विताउनु पर्ने मात्र होइन आधा… पुरा पढौ

भानु साहित्य उद्यानका लागि जग्गा अधिग्रहण प्रक्रिया सुरु

दमौली । आदिकवि भानुभक्त आचार्यको जन्मथलोमा निर्माण गर्न लागिएको साहित्यिक उद्यानका लागि जग्गा अधिग्रहण प्रक्रिया सुरु भएको छ । भानु नगरपालिकाले वडा नं ४ चुँदीरम्घामा साहित्यिक उद्यान निर्माणका लागि आवश्यक जग्गा अधिग्रहणको काम सुरु गरेको हो । भानुको जन्मस्थललाई साहित्यिक पर्यटकीयस्थानका रुपमा प्रवर्द्धन गर्ने उद्देश्यसहित अर्थ मन्त्रालयले नगरपालिकालाई रु पाँच करोड बजेट उपलब्ध गराएको थियो । उक्त बजेटबाट जग्गा प्राप्ति, गुरुयोजना, भानुभक्त आचार्यको शालिक, अन्य कवि, साहित्यकार र कलाकार स्रष्टाको शालिक, पहुँच मार्गलगायत पूर्वाधार निर्माण गरिने प्रमुख प्रशासकीय अधिकृत दिवाकर… पुरा पढौ