समाचार

चुँदीरम्घालाई साहित्यिक पर्यटकीयस्थल बनाइँदै

दमौली । नेपाली भाषाका आदिकवि भानुभक्त आचार्यको जन्मस्थलमा साहित्य उद्यान निर्माणको प्रक्रिया अगाडि बढाइएको छ । भानु नगरपालिकाले भानु–४ चुँदीरम्घामा साहित्य उद्यान निर्माणको काम अगाडि बढाइएको हो । चुँदीरम्घालाई साहित्यिक पर्यटकीयस्थलको रुपमा विकास गर्ने उद्देश्यसहित नगरपालिकाले साहित्य उद्यानको काम अगाडि बढाएको नगरप्रमुख आनन्दराज त्रिपाठीले जानकारी दिए । यसका लागि सङ्घीय सरकारले रु पाँच करोड बजेट विनियोजन गरेको छ । अर्थमन्त्रालयले उद्यान निर्माणका लागि केही दिन अगाडि सो रकम उपलब्ध गराएको हो । उनले भने, “राष्ट्रपति रामचन्द्र पौडेलले यस ठाउँको विकासका… पुरा पढौ

काठेखोला गाउँपालिकाले प्राङ्गारिक मल, चिया र बाँसको सिन्का उत्पादन गर्ने

ढोरपाटन । काठेखोला गाउँपालिकाले यस वर्षदेखि प्राङ्गारिक मल, चिया र बाँसको सिन्का उत्पादन गर्ने भएको छ । दुई वर्षदेखि काठेखोला –७ स्थित रेशमा औद्योगिक ग्राम निर्माण थालेको गाउँपालिकाले हालसम्म दुई टहरा निर्माण सम्पन्न भइसकेको र उपकरण जडान गरेर उत्पादनमा लाग्ने भएको हो । सङ्घीय सरकारको तीन करोड लागतमा निर्माण हुन लागेको औद्योगिक ग्रामसम्म सडक र विद्युत् पु¥याइ सकेको हुँदा बनेका संरचनामा उद्योग सञ्चालन गर्ने काठेखोला –७ का अध्यक्ष प्रेम लामिछानेले जानकारी दिए। गाउँपालिकाले आर्थिक वर्ष २०७८÷०७९ देखि नै उद्योग निर्माण… पुरा पढौ

बाबियाचौरमा स्वास्थ्य चौकी भवन निर्माण

म्याग्दी । म्याग्दीको मङ्गला गाउँपालिका–२ बाबियाचौरको रणवाङमा स्वास्थ्य चौकीको भवन निर्माण भएको छ । गण्डकी प्रदेश सरकारको विशेष अनुदानमा गाउँपालिकाले भूकम्प प्रतिरोधी क्षमताको अपाङ्गतामैत्री भवन निर्माण गरेको हो । दुईतले नौकोठे भवन निर्माण भएको मङ्गला गाउँपालिका–२ का वडाध्यक्ष धनबहादुर खातीले जानकारी दिए । “बाबियाचौर स्वास्थ्य चौकी स्थापनाकालदेखि नै सहश्रधारामा रहेको सामुदायिक भवनको एउटा साँघुरो कोठाबाट सञ्चालन हँुदै आएको थियो”, उनले भने, “निर्माण व्यवसायीले हस्तान्तरण गरिसकेको भवनमा विद्युत् जडान गरेर केही दिनमै प्रयोगमा ल्याउने तयारीमा छौँ ।” भवनमा बिरामी उपचार, प्रशासन,… पुरा पढौ

वडा सदस्य भण्डारीद्वारा सरकारी सुविधाको रकमबाट अक्षयकोष स्थापना

गण्डकी । सरकारी सेवासुविधाबाट प्राप्त रकमले पोखरा महानगरपालिका वडा नं १७ का वडा सदस्य शिवराम भण्डारीले जानकी मावि महतगौडामा अक्षयकोष स्थापनाको घोषणा गरेका छन् । विद्यालयको ४६औँ वार्षिकोत्सव कार्यक्रममा उनले बुवा धर्मदत्त र आमा जमुना भण्डारीको स्मृतिमा रु पाँच लाखको अक्षयकोष स्थापना गर्ने घोषणा गरेका हुन् । निर्वाचित भएदेखि २०८१ असारसम्म २४ महिनामा प्राप्त गर्ने सेवासुविधा र बाँकी निजी रकम थप गरी स्थापना गरिएको अक्षयकोषबाट प्राप्त ब्याजले विद्यालय सञ्चालानार्थ सहयोग पुग्ने भण्डारीले बताए । छात्रवृत्तिको अक्षयकोष धेरै भए विद्यालय सञ्चालनमा… पुरा पढौ

सार्दिखोलाबाट च्याङ्गलुङ्ग जाने बाटो शिलान्यास

पोखरा, माघ २४ । माछापुच्छ्रे गाउँ पालिका वडा नं २ सार्दिखोला पुलबाट च्याङ्गलुङ्ग जाने बाटो निर्माणकालागि मंगलबार शिलान्यास गरिएको छ । गण्डकी प्रदेश सभाका सदस्य गणेशमान गुरुङ र राजकुमारी भुजेल तथा गाँउ पालिका उपप्रमुख सिता अधिकारीले संयुक्त रूपमा शिलान्यास गरेका हुन् ।संघ सरकारको तर्फबाट प्राप्त ५४ लाख ३ हजार १ सय ९ रुपैयाको लागतमा निर्माण गर्न लागिएको बाटो जे डि एस कन्सट्रक्सन कम्पनिले ठेक्का प्राप्त गरेको हो । बाटो जेठ मसान्त सम्ममा निर्माण सम्पन्न गरि सक्ने सम्झौतामा उल्लेख छ ।… पुरा पढौ

कास्की मोर्डनाइज्डको रजत महोत्सवको तयारी पूरा

पोखरा । पोखराको कास्की मोर्डनाइज्ड एकेडेमीले रजत महोत्सव समापन कार्यक्रमको तयारी पूरा भएको छ । पोखरा–१४ स्थित वि.पि. मार्गस्थित एकेडमीले यही शुक्रबार एक कार्यक्रमका विच रजत महोत्सव समापन कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको जनाएको हो । एकेडेमीले आफ्नो २५ औं वार्षिकोत्सवको अवसरमा वर्ष भरि नै सञ्चालन गरेको विविध कार्यक्रमको राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले समापन गर्ने विद्यालय व्यवस्थापनले जनाएको छ । विद्यालयले रजत महोत्सवकै सन्दर्भ पारेर रक्तदान कार्यक्रम, नेत्रहिनहरुका लागि सेतो छडी वितरण, सडकमा गाएर गुजरा चलाउनेहरुका लागि स्पीकर वितरण… पुरा पढौ

जानकी माविको ४६ औ बार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न

माघ २४ पोखरा । ऐतिहासिक, धार्मिक एवम् पर्यटकीय क्षेत्र महतगौडास्थित जानकी माध्यामिक विद्यालयको ४६ औं बार्षिकोत्सव तथा अभिभावक दिवस विविध कार्यक्रमका साथ सम्पन्न भएको छ । कार्यक्रममा आफु पढ्न नपाएपनि सन्तति शिक्षाको उज्यालो घामबाट बञ्चित नहुन भनेर खरले छायाको भवन निर्माण गर्ने चन्द्रकान्त भण्डारी, चुडामणी भण्डारी र कर्णाखर भण्डारीलाई सम्मान गर्नुको साथै छात्रवृत्ति एव्म शैक्षिक पुरस्कार वितरण गरिएको थियो । पोखरा महानगरपालिका वडा नं. १७ का वडाअध्यक्ष राधिका शाही योगीले कार्यक्रमको आज एक समारोहका बिच उद्घाटन गर्दै गुणस्तरीय शिक्षाका लागि… पुरा पढौ

नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक चार दशमलव ९२ अङ्कले बढेर दुई हजार ९० दशमलव ६४ को विन्दुमा कायम भएको हो । आज विभिन्न तीन सय १३ कम्पनीका ७७ लाख ३२ हजार दुई सय ३४ कित्ता शेयर ६५ हजार चार सय ६३ पटक खरिद बिक्री हुँदा रु दुई अर्ब ८४ करोड २५ लाख ५० हजार दुई सय ३७ बराबरको कारोबार भएको छ । वित्त समूह शून्य दशमलव ०४, उत्पादन तथा… पुरा पढौ

मुग्लिन–पोखरा सडक विस्तारका लागि बजारका घर भत्काउन आग्रह

दमौली । तनहुँको व्यास नगरपालिकाले मुग्लिन–पोखरा सडक विस्तारका लागि सहयोग गर्न स्थानीयवासीलाई आग्रह गरेको छ । दमौली बजार क्षेत्रका घर नभत्काउँदा काममा ढिलाइ भएकाले नगरपालिकाले घर भत्काएर सहयोगका लागि आग्रह गरेको हो । नगर कार्यपालिकाको बैठकले बजार क्षेत्रका संरचना भत्काएर राष्ट्रिय प्राथमिकता प्राप्त बाटो विस्तारका लागि सहयोग गर्न आग्रह गरेको प्रवक्ता जीवन गुरुङले बताए । मुख्यबजार क्षेत्रका संरचना नहटाइदिँदा काममा ढिला भएको उल्लेख गर्दै उनले भने, “डुम्रे, छिर्कनेलगायत ठाउँमा संरचना भत्काएर काम अगाडि बढिसकेको छ, तर दमौलीमा संरचना हटाउन ढिलाइ… पुरा पढौ

मदरल्याण्डमा त्रिदिवसीय बृहत् सांस्कृतिक कार्यक्रम, कला प्रदर्शनी तथा विविध सम्मान

पोखरा । जीवनोपयोगी तथा व्यावहारिक शिक्षामा जोड दिँदै आएको पोखराको मदरल्याण्ड माध्यमिक विद्यालयमा कला प्रदर्शनी र विद्यार्थीरशिक्षक सम्मानसँगै त्रिदिवसीय बृहत् सांस्कृतिक कार्यक्रम विद्यालयको प्राङ्गणमा एक समारोहका साथ बुधबार उद्घाटन गरिएको छ । प्रमुख अतिथि पोखरा विश्वविद्यालयका उपकूलपति प्रा।डा। प्रेमनारायण अर्यालले विद्यालयमा प्रतिस्थापित सरस्वतीको प्रतिमामा पुष्पमाला अर्पण गरी उद्घाटन गरेको उक्त कार्यक्रममा विद्यार्थीद्वय संस्कृति थापा र जोसेफ तिमिल्सिनाका साथमा विद्यालयका तर्फबाट प्राचार्य नारायण बरालले स्वागत गरेका थिए । पहिलो दिन कक्षा नर्सरीदेखि कक्षा तीनसम्मका प्रस्तुतिहरू राखिएको उक्त कार्यक्रममा विविधतामयी नेपाली संस्कृतिलाई… पुरा पढौ