समाचार

कप्तान पौडेल चम्कँदा क्यानडाविरुद्ध नेपालको रोमाञ्चक जित

माघ २५ काठमाण्डौं । कप्तान रोहित पौडेल एक्लैले चार विकेट लिएपछि नेपालले क्यानडाविरुद्धको खेलमा सात रनको रोमाञ्चक जित हासिल गरेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा टस हारेर पहिले बलिङ गरेको पाहुना टोलीले नेपाललाई सामान्य योगफलमा समेटे पनि जित भने दर्ता गर्न सकेन । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाको पहिलो खेलमा नेपालले प्रस्तुत गरेको दुई सय २५ रनको सामान्य लक्ष्य पछ्याएको क्यानडा ४७ दशमलव पाँच ओभरमा सबै विकेट गुमाउँदै दुई सय १७ रनमा सीमित भयो । क्यानडाका लागि निकोलस कीर्तनले… पुरा पढौ

पोखरा म्याराथन : अपाङ्गता तर्फको पुरस्कार रकम हस्तान्तरण

पोखरा । पोखरा म्याराथन अन्तर्गत अपाङ्गतातर्फको दृष्टिविहिन र ह्विलचियर दौडको पुरस्कार रकम हस्तान्तरण गरिएको छ । ह्विलचियर तर्फको महिला÷पुरुषतर्फको पहिलो पुरस्कार १०/१० हजार र दृष्टिविहिनतर्फको १०/१० हजार गरी कुल रु ४० हजार रुपैयाँ बिहीबार पूर्व राष्ट्रिय खेलाडी स्वर्गीय गंगाबहादुर गुरुङको स्मृतिमा उनका छोरा देवान गुरुङ र मनोज गुरुङले मञ्चका अध्यक्ष हरी प्रसाद पराजुली, निवर्तमान अध्यक्ष तेजबहादुर गुरुङ र संस्थापक अध्यक्ष खड्ग रानाभाटलाई हस्तान्तरण गरे । रकम हस्तान्तरण गर्दै मनोज गुरुङले आफ्ना बुबाको सम्झनामा गरिएको पुरस्कार प्रायोजनले अरुलाईपनि प्रेरणा मिल्ने बताए… पुरा पढौ

सुशासनको अभावलेनै विकास हुन सकेन : गृहमन्त्री श्रेष्ठ

माघ २५ महोत्तरी । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुशासनको अभावमा मुलुकले विकासको गति लिन नसकेको बताएका छन् । महोत्तरीको बर्दिबास–३ गौरीडाँडास्थित आधारशिला परिवारको २१औँ वार्षिकोत्सव समारोहको आज उद्घाटन गर्दै मन्त्री श्रेष्ठले भ्रष्टाचारविरुद्ध सरकार निर्मम तरिकाले प्रस्तुत भएको बताए । “मुलुकको विकासको मुख्य बाधक भनेकै भ्रष्टाचार र कुशासनको जालो हो, उपप्रधानमन्त्री श्रेष्ठले भने, “यसविरुद्ध सरकारले काम थालेपछि जालीहरुका आँगनमा कोकोहोलो मच्चिएको छ । त्यसैले पछिल्ला केही दिनयता जाली तमसुकको लुट मच्चाउने अनुचित लाभ लिने ‘मिटरब्याजी’, सरकारी कार्यालयमा बिचौलिया बनेर कमाउ… पुरा पढौ

राज्यको प्राथमिकता र जनताको भविष्य हेरेर बजेट बनाउनुपर्छ : प्रधानमन्त्री प्रचण्ड

माघ २५ काठमाण्डौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राज्यको प्राथमिकता र जनताको भविष्यलाई ध्यानमा राखेर आगामी आर्थिक वर्षको बजेट निर्माण गर्नुपर्ने बताएका छन् । सिंहदरबारमा आज ‘आगामी वर्षको राष्ट्रिय स्रोत अनुमान’सम्बन्धी छलफलमा प्रधानमन्त्री प्रचण्डले जनतालाई केन्द्रमा राखेर बजेटको ‘सिलिङ’ तोक्नुपर्नेमा जोड दिएका हुन् । उत्पादन वृद्धि र रोजगारी सिर्जना हुने खालका योजनालाई विशेष प्राथमिकतामा राखेर योजना छनोट गर्न उनले मन्त्रालयहरूलाई निर्देशन दिए । “बजेट बनाउँदा यथार्थपरक होऔँ । ‘प्रोएक्टिभ’ भएर स्रोत जुटाउनेतिर सोचौँ”, प्रधानमन्त्री प्रचण्डले भने, “हाम्रो नीति तथा कार्यक्रम… पुरा पढौ

विकासको मूल आधार सुशासन हो : राष्ट्रपति पौडेल

माघ २५काठमाण्डौं । राष्ट्रपति रामचन्द्र पौडेलले विकासको मूल आधार भ्रष्टाचारमुक्त समाज र सुशासन नै भएको बताएका छन् । मीनकुमारी राणा प्रतिष्ठानले राष्ट्रपति भवनमा बिहीबार आयोजना गरेको पुरस्कार वितरण कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले दिगो शान्ति, विकास र सुशासनबाट नै गरिब, सीमान्तकृत, पिछडिएको क्षेत्र र वर्गका जनताको मुहारमा खुसी ल्याउन सकिनेछ भने । राष्ट्रपति पौडेलले विगतमा राजनीति मुख्य विषय भएको तर अबका दिनमा जनता र समाजको सेवा नै हाम्रो प्रमुख लक्ष्य हुनुपर्छ भन्नेमा विशेष जोड दिए । “समाजका विभिन्न क्षेत्रमा योगदान… पुरा पढौ

पोखरामा ललितकला मञ्च कास्की गठन, अध्यक्षमा सुब्बा

माघ २५ पोखरा । पोखरामा विभिन्न कलाकार तथा चित्रकारहरुको एक भेलाले ललितकला मञ्च कास्की जिल्ला कमिटि गठन गरेको छ । वरिष्ठ चित्रकार पत्रकार तिलक पुन को संयोजनमा भएको भेलाले धन बहादुर सुब्बाको अध्यक्षतामा नौ सदस्यिय मञ्च गठन गरेको हो । मञ्चको उपाध्यक्षमा वेदनाथ लामिछाने सचिवमा रिता तुम्बाहाम्फे सहसचिव उदय राई तथा कोषाध्यक्षमा अर्जुन परियार चयन भएका छन् । यस्तै सदस्यहरुमा समर बहादुर श्रेष्ठ, प्रेम थापा, राधा लिम्बु र बिनोद थापा चयन हुँदा सल्लाहकारमा तिलक पुन, सन्त बहादुर घिषिङ र मिम… पुरा पढौ

लिट्रेचेर फेस्टिभल फागुन ३ गतेदेखि ७ गतेसम्म पोखरामा हुने

पोखरा, माघ २५ नेपाल लिट्रेचर फेस्टिभल फागुन पहिलो साता पोखरामा हुने भएको छ । बुकवर्म फाउन्डेसनको आयोजना तथा पोखरा महानगरपालिकाको प्रवद्र्धनमा हुने नेपाल लिट्रेचर फेष्टिभलको एघारौं संस्करण आगामी फागुन ३ गतेदेखि ७ गतेसम्म पोखराको लेकसाइडस्थित बाराहीघाटमा हुने विहीबार पोखरामा पत्रकार सम्मेलन गरेर जानकारी दिइएको हो । सूर्य नेपाल गाथाले टाइटल स्पोन्सर्ड गरेको लिट्रेचर फेष्टिभलमा देशविदेशका गरेर दुई सय भन्दा बढी साहित्यकार, राजनीतिज्ञ, लेखक, पत्रकार, कलाकार, सम्पादक एवम् विशिष्ट व्यक्तित्वको उपस्थिति रहने आयोजक संस्थाका केशवशरण लामिछानेले जानकारी दिए । फेस्टिभलमा ५५… पुरा पढौ

पोखरामा फोनमा धम्काएर ५ करोड फिरौती माग गर्ने पर्वतका दुईजना पक्राउ

पोखरा । भारतीय सिमकार्ड प्रयोग गरेर ५ करोड रुपैयाँ फिरौती माग्ने २ जनालाई जिल्ला प्रहरी कार्यालय, कास्कीले पक्राउ गरेको छ। पर्वतको कुश्मा नगरपालिका– २ खुर्कोटका ३६ वर्षीय लक्ष्मण दर्जी र पर्वतकै कुश्मा नगरपालिका– १४ आर्थरका दीपकबहादुर क्षेत्रीलाई प्रहरीले बुधबार पक्राउ गरेको हो। बिहीबार पत्रकार सम्मेलन गर्दै प्रहरीले घटनाबारे सार्वजनिक गरेको छ। ‘सच्चाइ केन्द्र’का अध्यक्ष पकाशदीप गैरेलाई टेलिफोन र म्यासेजमार्फत् ५ करोड रुपैयाँ फिरौती माग गरेको आरोपमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय, कास्कीका प्रमुख एसपी मोहनकुमार थापाले बताए। ‘प्रकाशदीप गैरेको सम्बन्धमा… पुरा पढौ

चार वर्षीया छोरीलाई पढाउने क्रममा कुटपिट गर्ने बुबा धरौटीमा रिहा

हेटौँडा । आफ्नी छोरीलाई निर्घात कुटपिट गरको आरोपमा पक्राउ परेका बाबु धरौटी बुझाएर रिहा भएका छन् । जिल्ला अदालत मकवानपुरले महोत्तरी एकडाँडा गाउँपालिका–३ घर भई हाल हेटौँडा–५, सिँचाइटोल बस्ने २७ वर्षीय रामजी मण्डललाई रु ५० हजार धरौटीमा रिहा गर्ने आदेश दिएको हो । गत पुस २१ गते मण्डलले आफ्नी चार वर्षीया छोरीलाई पढाउने क्रममा कुटपिट गरेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता लक्ष्मी भण्डारीले जानकारी दिए। मण्डलले छोरीलाई पेन्सिलले मुख र शरीरका विभिन्न भागमा घोचेर घाइते बनाएका… पुरा पढौ

आज सुन-चाँदीकै भाउ घट्यो , कतिमा हुदैँछ कारोबार ?हेर्नुहोस

नेपाली बजारमा आज सुन-चाँदीकै भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसनर आज सुनको भाउ दुई सय रुपैयाँले घटेर तोलाको १ लाख १८ हजार ४ सय रुपैयाँ तोकिएको छ । हिजो सुनको भाउ तोलाको १ लाख १८ हजार ६ सय रुपैयाँ थियो । यसैगरि, आज चाँदीको भाउ पाँच रुपैयाँले घटेर तोलाको १३ सय ७० रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ । पुरा पढौ