समाचार

साइनिङ स्टार बोर्डिङ्ग स्कुल २५ औं वर्षमा: विभिन्न सामाजिक कार्य गर्दै

पोखरा–६ लेकसाइडस्थित साइनिङ स्टार बोर्डिङ्ग स्कुल २५ औं वर्षमा प्रवेश गरेको छ । यसको अवसरमा विद्यालयले विभिन्न कार्यक्रमको आयोजना गरेको छ । सोही अन्तर्गत आइतबारम रक्तदान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा ३६ युनिट रगत संकलन भयो । प्रमुख अतिथि वडा ६ का वडाध्यक्ष विष्णुबहादुर भट्टराईले पहिलो रक्तदाता विद्यालयका पूर्व विद्यार्थी सलिल बराललाई रक्तपोका हस्तान्तरण गर्दै कार्यक्रमको उद्घाटन गरेका थिए । प्रमुख अतिथि भट्टराईले पर्यटकिय क्षेत्र लेकसाइडमा रहेको विद्यालयले पर्यटन मैत्री शिक्षामा जोड दिनुपर्ने बताए । साथै वडाले गर्न लागेको… पुरा पढौ

चेपाङ बस्तीमा स्वास्थ्य शिविर, एक सय १२ लाभान्वित

दमौली । व्यास नगरपालिका–११ राम्चेस्थित चेपाङ बस्तीमा रोटर्‍याक्ट क्लब अफ दमौलीले स्वास्थ्य शिविर सञ्चालन गरेको छ । स्वास्थ्य सेवाको पहुँचबाट टाढा रहेका चेपाङ जातिलाई लक्षित गरी क्लबले शनिबार निःशुल्क स्वास्थ्य शिविर गरेको हो । शिविरमा समाधान हस्पिटल प्रालि, दमौली आँखा अस्पताल, ‘ए’ वान डेन्टल क्लिनिक, व्यास डाइग्नोष्टिक प्रालि र रोटर्‍याक्ट त्रिभुवन विश्वविद्यालयको प्राविधिक सहयोग थियो । स्वास्थ्यको सहज पहुँचबाट टाढा रहेका दुर्गम बस्तीमा हरेक वर्ष स्वास्थ्य शिविर आयोजना गर्ने योजना अनुसार रोटर्‍याक्टले दुर्गम चेपाङ बस्तीमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको… पुरा पढौ

सिर्जनाको मूल्यको खोजी : टिकटमा मुक्तक

गण्डकी । माछापुच्छ्रे फेवातालमा डुबुल्की मार्ने प्रकृतिको वरदान विश्वकै पर्यटकीयस्थल पोखरा कलाका क्षेत्रमा पानी रङको सहर हो भने अन्य साहित्य सिर्जनाको प्रेरक गन्तव्य होभन्दा अत्युक्ति हुँदैन । कवि शिरोमणि लेखनाथ पौड्यालदेखि जनकवि केशरी धर्मराज थापा, लोक कवि अलिमियाजस्ता थुप्रै नेपाली साहित्यका मूर्धन्य व्यक्तित्वको जन्मथलोसमेतले यो साहित्यिक पर्यटनको पनि विशष्टि गन्तव्य हो भनेर चिनाएको छ । पुराना मात्र नभई पछिल्ला पुस्ताका दर्जनौँ कवि, कवयत्री र कलाकार पोखराले जन्माएको छ । नेपाली साहित्यका क्षेत्रमा स्थापित सरुभक्त, तीर्थ श्रेष्ठ हुँदै पछिल्लो पुस्ताका उदयमान… पुरा पढौ

उद्योग तथा व्यवसायी महासंघ गण्डकीको अध्यक्षमा बबरजङ्ग गुरुङ, सचिवमा यमनाथ

पोखरा, माघ २१ उद्योग तथा व्यवसायी महासंघ गण्डकीको अध्यक्षमा बबरजङ्ग गुरुङ (कास्की) चयन भएका छन् । महासंघ गण्डकीको शनिबार सम्पन्न प्रथम अधिवेशनले नेपाल पर्यटक यातायात व्यवसायी संघ (एनटिभिए) गण्डकीका पूर्व अध्यक्ष रहेका गुरुङको अध्यक्षतामा २३ सदस्यीय नया कार्य समिति चयन गरेको हो । महासंघको उपाध्यक्ष द्वयमा ईश्वरबहादुर विष्ट (तनहुँ) र भवनराज बराल (बागलुङ)लाई चयन गरेको छ भने सचिवमा यमनाथ पौडेल (कास्की) र कोषाध्यक्षमा पार्वती पाण्डे (कास्की) लाई निर्विरोध निर्वाचित गरेको छ । महासंघको उपसचिवहरुमा काशी गुरुङ (कास्की), नारायण शर्मा (म्याग्दी),… पुरा पढौ

कांग्रेसको महासमिति बैठक व्यवस्थित बनाउन उपसमिति गठन

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आगामी फागुन ७ गतेदेखि प्रारम्भ हुने पार्टीको महासमिति बैठकको तयारीका लागि आज विभिन्न उपसमितिको संयोजक चयन गरी जिम्मेवारी सुम्पेका छन् । महासमितिको बैठक तयारी मूल समितिका संयोजक समेत रहेका उनले प्रचार प्रसार उपसमितिको संयोजकमा मीनबहादुर विश्वकर्मा, आवास समन्वय उपसमितिको संयोजकमा मदनबहादुर अमात्य, भोजन व्यवस्थापन उपसमितिको संयोजकमा उदयशम्शेर राणा, यातायात व्यवस्थापन उपसमितिको संयोजकमा धना खतिवडालाई चयन गरेका छन् । यसैगरी स्वयंसेवक परिचालन उपसमितिको संयोजकमा जीतजङ्ग बस्नेत, स्वास्थ्य समन्वय उपसमितिको संयोजकमा उर्मिला नेपाल केसी, प्रदेश… पुरा पढौ

नवलपरासीमा कायाकिङको राष्ट्रिय प्रतियोगिता हुने

मध्यविन्दु । साहसिक खेल कायाकिङको राष्ट्रियस्तरको प्रतियोगिता भोलिदेखि नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा हुँदैछ । प्रदेश खेलकुद परिषद् गण्डकी प्रदेशको आयोजनामा नारायणी नदीको अमलटारीघाटदेखि नन्दपुर सेहेरीसम्म प्रतियोगिता सञ्चालन हुन लागेको हो । प्रतियोगितामा २० जना राष्ट्रिय खेलाडीले भाग लिने प्रदेश खेलकुद परिषद् गण्डकीका सदस्य सचिव श्रीधर शर्माले जानकारी दिए । यही माघ ४ गते अमलटारी घाटदेखि नन्दपुर सेहेरीसम्म गरिएको परीक्षण सफल भएपछि प्रतियोगिता आयोजना गरिएको हो । “एक जनामात्र बस्न मिल्ने डुङ्गा अर्थात् कायकमार्फत खेलिने कायाकिङ साहसिक खेल विधामा पर्छ”, उनले भने,… पुरा पढौ

व्यास नगरपालिकाद्धारा ट्राफिक प्रहरी कार्यालय तनहुँलाई भवन हस्तान्तरण

दमौली । तनहुँको व्यास नगरपालिकाले ट्राफिक प्रहरी कार्यालय तनहुँलाई भवन उपलव्ध गराएको छ । व्यास –१ करङकाठमा रहेको बसपार्कस्थित टर्मिनल भवन ट्राफिक प्रहरी कार्यालयलाई उपलव्ध गराउने निर्णय गरेको हो । करङकाठमा केही वर्ष अगाडि निर्माण सुरु भएको टर्मिनल भवन अझै सम्पन्न हुनसकेको छैन । भवनको केही काम अझै बाँकी छ । सोही भवन ट्राफिक प्रहरीलाई उपलव्ध गराउने निर्णय भएको हो । व्यास –४ का वडा सदस्य सरोज भण्डारीले कार्यालय भवन अभावमा ट्राफिक प्रहरी कार्यालय सदरमुकामबाट अन्यत्र जाने सम्भावना बढेपछि नगरसभामा… पुरा पढौ

ट्रयाक खुलेको १५ वर्षपछि ग्रामीण सडक स्तरोन्नति

ढोरपाटन । पन्ध्र वर्ष अगाडि गलकोटका स्थानीयले रकम सङ्कलन गरेर निर्माण गरेको ग्रामीण सडक स्तरोन्नति हुन थालेको छ । गलकोट नगरपालिका–२ को नरेठाँटीबाट वडा नं ६ को मजुवा जोड्ने गरी विसं २०६५ मा ट्रयाक खुलेको यस वर्ष गत मङ्सिर महिनादेखि स्तारोन्नति गर्न थालिएको हो । मध्यपहाडी लोकमार्गको रङ्गेनीबाट तोरीखोला–ठान गाउँ हुँदै मजुवा जोड्ने यो सडक लामो समयसम्म स्तारोन्नति हुनसकेको थिएन । गण्डकी प्रदेश सरकारले पछिल्लो तीन वर्षदेखि निरन्तर बजेट विनियोजन गरेपछि स्तारोन्नति तीव्रगतिमा हुन थालेको हो । तत्कालीन जिल्ला विकास… पुरा पढौ

आजको मौसम : उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा वर्षासँगै हल्का हिमपात

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिक बदली तथा बाँकी भू–भागको मौसम मुख्यतया सफा रहेको छ । आज दिउँसो देशभर साधारणतया बदली रही कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थान, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा हल्का वर्षाका साथै बागमती प्रदेशको थोरै स्थान तथा बाँकी भू–भागको एक–दुई स्थानमा छिटफुटदेखि हल्का वर्षाको सम्भावना रहेको मौसमविद् गोविन्द झाले राससलाई जानकारी दिए। उनले भने, “बिहानदेखि सुदूरपश्चिमबाट पानी पर्न सुरु भई… पुरा पढौ

सुनचाँदी व्यवसायी विश्वकर्मामाथि गोली प्रहार

नवलपरासी । बर्दघाट नगरपालिका(४ का सुनचाँदी व्यवसायी ६२ वर्षिय गजेन्द्र विश्वकर्मामाथि गोली प्रहार भएको छ । सुस्ता गाउँपालिका-१ बरुवमा रहेको पसल बन्द गरेर घर फर्कने क्रममा बर्दघाट नगरपालिका-१६ स्थित कुकुरमारा नजिकै हिजो साँझ ७ बजे आसपासमा अज्ञात समूहले विश्वकर्मामाथि एक राउण्ड गोली प्रहार गरेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रहरी नायव उपरीक्षक एवं सूचना अधिकारी रेशम बोहराले जानकारी दिए । गोली लागेर घाइते भएका विश्वकर्माको अहिले भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पतालमा उपचार भइरहेको उनको भनाइ छ ।… पुरा पढौ