समाचार

पोखरा म्याराथन सफल बनाउन महानगरका वडाहरुलाई मेयर आचार्यको निर्देशन

पोखरा । आगामी फागुन पाँच गते हुने १८ औं संस्करणको सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनलाई सफल बनाउन विभिन्न वडाहरुलाई पोखरा महानगर पालिकाका मेयर धनराज आचार्यले निर्देशन दिएका छन् । नेपाल भुतपुर्व खेलाडी मञ्चको आयोजनामा हुने म्याराथनका लागि शनिबार पोखरा महानगरपालिका सँग भएको छलफलको क्रममा पोखराका मेयर आचार्यले म्याराथनको रुटमा पर्ने वडाहरुमा रहेका बाधा–अवरोध हटाउँदै समग्र पोखरा महानगरवाशीलाई म्याराथनमा सहभागिता गराउने प्रतिबद्धता व्यक्त समेत गरेका हुन् । म्याराथनको संरक्षक समेत रहेको पोखरा महानगरले पोखरा अन्तर्राष्ट्रिय म्याराथन महानगरको इभेन्ट समेत भएकाले त्यसको अपनत्व… पुरा पढौ

पोखरा अन्तर्राष्ट्रिय म्याराथन : दृष्टिबिहिन र ह्विलचियर दौड माघ २७ गते हुने

पोखरा । १८ औं सस्करणको सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनअन्तर्गत दृष्टिबिहिन र ह्विलचियर दौड माघ २७ गते शनिबार हुने भएको छ । सो दौड सम्पन्न गर्न गठित उपसमितिको बैठकले ति दुबै इभेन्टहरु माघ २७ गते गर्न सुझाब दिए संगै मञ्चको कार्यकारी समितिको बैठकले उक्त सुझाबलाई मनन गर्दै सो दिन तय गरिएको नेपाल भूतपूर्व खेलाडी मञ्चका अध्यक्ष हरिप्रसाद पराजुलीले जानकारी दिएका हुन् । १८ औं संस्करणको पोखरा म्याराथन पोखरा रंगशालामा सुरु भएर पोखरा ६ स्थित लेकसाइडको क्याम्पिङ चौरमा सम्पन्न हुने गरी नयाँ… पुरा पढौ

कल्याण शेरचन स्मृति प्रतिष्ठानद्वारा लोक गायकद्वय बस्नेत र कार्की सम्मानित हुँदै

माघ २० पोखरा । कल्याण शेरचन स्मृति प्रतिष्ठानले वरिष्ठ लोक गायक कुमार बस्नेत र लोक गायक राजन कार्कीलाई सम्मान अर्पण गर्ने भएको छ । प्रतिष्ठानले लोक स्रष्टा, साधक तथा शिल्पी स्व. कल्याण शेरचनको १३ औं स्मृति दिवसको सन्दर्भ पारेर उनीहरुलाई सम्मान गर्न लागेको हो । स्रष्टा सम्मान अन्तरगत ‘उनकै छोरी तरुनी’, ‘कटर कटरमा’, ‘लैबरी लै’, ‘छोरी भन्दा आमा तरुनी’ लगायतका चर्चित गीतका स्रष्टा बस्नेतलाई ३३ हजार ३ सय ३३ रुपैयाँ नगद सहित र स्व.चेतन कार्की नव प्रतिभा प्रोत्साहन सम्मान पुरस्कारबाट… पुरा पढौ

आहा ! रारा पोखरा गोल्डकप : पाँचौ प्रयासमा आर्मी च्याम्पीयन

माघ २० पोखरा । पोखरामा सम्पन्न २३ औं आहा ! रारा पोखरा गोल्डकपको उपाधि त्रिभूवन आर्मी क्लवले जितेको छ । पोखरा रंगशालामा शनिबार भएको फाइनल खेलमा थ्रीस्टार क्लवलाई ३–० गोल अन्तरले पन्छाउँदै आर्मीले उपाधि जितेको हो । यसअघि चार पटक फाइनल पुगेरपनि उपाधिविहीन् आर्मीले पाँचौ पटकको प्रयासमा उपाधिको खडेरी तोड्न सफल भएको छ । १५ पटक सहभागिता जनाएको आर्मी २०६५, २०६६, २०७२ र २०७५ मा फाइनलमा पुगेपनि उपाधि जित्न सकेको थिएन । आर्मीलाई पहिलो उपाधि दिलाउनका लागि फाइनल भिडन्तमा कप्तान… पुरा पढौ

भ्रष्टाचारीलाई रातो कार्पेट बिछ्याउने पक्षमा सरकार छैन : गृहमन्त्री श्रेष्ठ

माघ २० पोखरा । उप–प्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले राज्य लुट्नेहरुलाई कानूनी दायरामा ल्याउँदा आतंकित भए केहि फरक नपर्ने बताएका छन् । पोखरामा शनिबार आयोजित पत्रकार भेटघाटमा बोल्दै उनले राज्य लुट्ने र भ्रष्टाचारीलाई कारवाही गर्दा कोहि आतंकित भए केहि फरक नपर्ने बताएका हुन् । भ्रष्टाचारीलाई रातो कार्पेट बिछ्याउने पक्षमा सरकार नरहेको बताउँदै उनले भने,‘सँधै हजुर तपाईंहरु लुटिराख्नूस्, हामी सहयोग गरिराख्छौं भन्ने पक्षमा सरकार छैन । देश बरबाद हुँदै जाओस्, भ्रष्टाचारपनि बढ्दै जाओस्, त्यसको निम्ति हामीपनि सेवा गर्न पाउँ भनेर रातो… पुरा पढौ

सुन्तला बेचेर करोडौँ आम्दानी

बागलुङको सुन्तला गाउँका रुपमा परिचित सिगानाका किसानले यसवर्ष सुन्तला बिक्री गरेर रु तीन करोड भित्राएका छन् । गतवर्ष भन्दा यस वर्ष सिगानामा सुन्तला उत्पादनमा वृद्धि भएको किसानको भनाइ थियो । यस वर्ष उनीहरुले गत वर्षकै मूल्यमा बगैँचा नै व्यापारीलाई बिक्री गरेका थिए । बोटबाटै सुन्तला बिक्री गर्दा सरदर मूल्य प्रतिकेजी रु ५० पर्न गएको छ । यस वर्ष उत्पादित यहाँको सुन्तला ९० प्रतिशत बजार पुगिसकेको छ । गणेश कृषि व्यावसायिक सहकारीमार्फत सुन्तलाको बजारीकरण समेत हुँदै आएको छ । बागलुङ नगरपालिका–८… पुरा पढौ

सुशासन अभियानमा कर्मचारीको सहयोग आवश्यक छः प्रधानमन्त्री ‘प्रचण्ड’

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारले थालेको सुशासनको अभियानलाई पूर्णता दिन कर्मचारीतन्त्रको सहयोग आवश्यक रहेको बताएका छन । नेपाल राष्ट्रिय कर्मचारी सङ्गठनको १६ औँ स्थापना दिवसका अवसरमा आयोजित प्रशिक्षण कार्यक्रममा उहाँले सुशासन कायम गर्ने सन्दर्भमा कर्मचारी वर्गको योगदान धेरै नै महत्वपूर्ण रहेको बताए। सरकारले सुशासन, सामाजिक न्याय र समृद्धिको अभियानलाई दृढताका साथ अघि बढाएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले आगामी दिनमा सरकारलाई कर्मचारी क्षेत्रको अझ सहयोग प्राप्त हुने विश्वास व्यक्त गरे । उनले सुशासन कायम गर्न तथा कर्मचारीतन्त्रभित्र देखापरेका समस्या समाधान… पुरा पढौ

लोप्रेमा लाटोकोसेरो तथा हुचिल उत्सव

म्याग्दीको सिमानामा रहेको पर्वतको जलजला गाउँपालिका–५ लोप्रेमा शुक्रबारदेखि ११औँ लाटोकोसेरो तथा हुचिल उत्सव सुरु भएको छ । प्रकृतिका साथीहरु र प्राकृतिक सम्पदा संरक्षण’ संस्थाको संयुक्त आयोजनामा लोप्रेको मालिका आधारभूत विद्यालय परिसरमा उक्त उत्सव आयोजना गरिएको हो । ग्रामीण क्षेत्रमा लाटोकोसेरो तथा हुचिललगायत चरा, वन्यजन्तु संरक्षणको सन्देश दिने उद्देश्यले उत्सवको आयोजना गरिएको प्रकृतिका साथीहरु संस्थाका निर्देशक राजु आचार्यले जानकारी दिए । “अवैध व्यापार र चोरी शिकारका कारण सङ्कटापन्न अवस्थामा रहेको लाटोकोसेरो संरक्षणको सन्देश प्रवाह गराउने उद्देश्यले यसअघि नेपालका दश ठाउँमा उत्सव… पुरा पढौ

अर्घाखाँचीमा जीप दुर्घटना, दुई जनाको मृत्यु

अर्घाखाँचीको ढाकावाङमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा दुई जना घाइते भएका छन् । भूमिकास्थान नगरपालिका–२ को ढाकावाङ थापाडाँडामा लु१ज १६७९ नम्बरको जीप आज बिहान दुर्घटना भएको हो । दुर्घटनामा भूमिकास्थान–२ मुलटंकिका ३४ वर्षीया देवा बेल्वासे र सन्धिखर्क–८ खापडाँडाकी ४२ वर्षीया डेमकला बेल्वासे आचार्यको मृत्यु भएको प्रहरी नायव उपरीक्षक प्रतीतसिंह राठोरले जानकारी दिए । दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको उनले बताए । ढाकावाङबाट सन्धिखर्कका लागि छुटेको जीप सडकबाट करिब १५० मिटर तल खसेको स्थानीय टेकराज भुसालले बताउनुभयो… पुरा पढौ

आहा रारा पोखरा गोल्डकप: आर्मी र थ्रिस्टारबीच फाइनल खेल हुने

कास्कीको पोखरामा यही माघ ९ गतेदेखि सञ्चालन भएको आहा रारा पोखरा गोल्डकपको २३औँ संस्करणको फाइनल खेल आज हुँदैछ । पोखरा रङ्गशालामा दिउँसो २ बजेदेखि उपाधिका लागि विभागीय टोली नेपाली सेनाको त्रिभुवन आर्मी क्लब र थ्रिस्टार क्लब भिड्ने भएका छन् । आर्मी क्लबले यसअघि चार संस्करणमा प्रतियोगिताको फाइनलमा पुगेर पनि उपाधि जित्न सकेको छैन । प्रतियोगितामा पाँचौँ पटक उपाधि नजिक पुगको आर्मीको मुख्य लक्ष्य च्याम्पियन बन्ने नै हुनेछ । थ्रिस्टार क्बलले भने हालसम्म पाँच पटक उपाधि जितिसकेको छ । थ्रिस्टार छैटौँ… पुरा पढौ