समाचार

गण्डकी सरकार : यातायात क्षेत्रमा सुधारका प्रयास

गण्डकी । यातायात क्षेत्रमा जकडिएर रहेका समस्याको हल दिन गण्डकी प्रदेश सरकारले विद्यमान कानुन र नीतिमा हेरफेर गरेको छ । भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयको प्रस्तावमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जारी गरेको गण्डकी प्रदेश सवारी तथा यातायात नियमावली-२०८० लाई यातायात क्षेत्र सुधारमा नीतिगत फड्कोका रुपमा अथ्र्याइएको छ । गत पुस २६ गतेको मन्त्रिपरिषद् बैठकले पारित गरेको उक्त नियमावली गत बिहीबार प्रदेश राजपत्रमा प्रकाशित भएको थियो । एक सय तीन वटा नियम र १३ परिच्छेद रहेको सो नियमावलीमा ३२… पुरा पढौ

गण्डकी प्रदेशको विकट नार्पाभूमिमा सडक सञ्जाल विस्तार गरिँदै

मनाङ । गण्डकी प्रदेशको विकट जिल्लाका रुपमा मनाङलाई लिइन्छ । जिल्लाको नार्पाभूमिमा सहज यात्राका लागि अहिलेसम्म सडक पहुँच विस्तार भएको छैन । अहिले हिमाली जिल्ला मनाङका जनप्रतिनिधिलाई यहाँ सडक सञ्जाल विस्तार गर्नु मुख्य चुनौती बनेको छ । यहाँका स्थानीयलाई सदरमुकाम चामे पुग्न सडक सहज बनाउनु नै प्राथमिकता रहेको छ । सदरमुकाम पुग्नका लागि पैदलयात्रा गर्दा तीन दिन छुट्याउनुपर्ने बाध्यता रहेको स्थानीय सोनाम तेञ्जिङ लामाले बताए । यहाँका स्थानीयको माग सडक सञ्जाल विस्तार गर्नु रहेको उनको भनाइ थियो । “सङ्घीयता कायम… पुरा पढौ

लोकतन्त्रको विकल्प सुदृढ लोकतन्त्र नै हो : महामन्त्री थापा

माघ २० पर्सा । नेपाली कांग्रेसका महामन्त्री एवम् सांसद गगनकुमार थापाले लोकतन्त्रको विकल्प अरु सुदृढ लोकतन्त्र नै भएको बताएका छन् । वीरगन्जबाट प्रकाशित हुने अंकुश दैनिकको आज आयोजित रजत महोत्सवमा नेता थापाले अब मुलुकमा लोकतन्त्र सुधारको अपरिहार्यता रहेको धारणा राखे । उनले अब राजनीतिक दलमा पनि उच्च तहका नेतामा सुधारको आवश्यकता रहेको बताए । “राजनीतिक दलका उच्च नेता, कर्मचारी, स्थानीय तहका प्रमुखसम्ममा सुधारको आवश्यकता छ”, उनले भने, “सबैक्षेत्रमा सुधार गर्न सकिए मात्रै राष्ट्र विकास गर्न सकिन्छ ।” माथिलो तहबाट सुधारको… पुरा पढौ

प्रधानमन्त्री कप क्रिकेटको उपाधि नेपाल पुलिस क्लबलाई

माघ २० काठमाण्डौं । प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले जितेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको फाइनल मा पुलिसले अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ६ विकेटले पराजित ग¥यो । उपाधि जितेको पुलिसले रु १० लाख प्राप्त ग¥यो भने उपविजेता आर्मीले रु पाँच लाख प्राप्त ग¥यो । आर्मीले दिएको एक सय ८२ रनको सामान्य लक्ष्य पुलिसले ३५ दशमलव पाँच ओभरमा चार विकेटको क्षतिमा पूरा ग¥यो । पुलिसका लागि शङ्कर रानाले ४३ बलमा पाँच चौका… पुरा पढौ

निजी क्षेत्रसँग सहकार्य गरेर अगाडि बढ्नुपर्छ : उपमहासचिव गुरुङ

माघ २० पोखरा । नेकपा (एमाले)का उपमहासचिव पृथ्वीसुब्बा गुरुङले देशको अर्थतन्त्र बलियो बनाउन सरकारले निजी क्षेत्रसँग सहकार्य गरी अगाडि बढ्नुपर्ने बताएका छन् । नेपाल उद्योग तथा व्यवसायी महासङ्घ गण्डकीको प्रथम प्रदेशसभालाई आज पोखरामा सम्बोधन गर्दै उनले पछिल्लो समय नेपालको अर्थतन्त्रमा मन्दी देखिएकाले सरकारले निजी क्षेत्रसँग सहकार्य गर्दै अर्थतन्त्रलाई सुधार गर्न जरुरी भएको बताए । आर्थिक मन्दीकै कारण धरासायी बनेको उद्योग व्यवसायका समस्या समाधान गर्न जरुरी भएको उनको भनाइ थियो । “सरकारले पनि अब आर्थिक उपार्जनका बाटाहरू खोज्दै समृद्ध नेपाल र… पुरा पढौ

चण्डी आधारभुत विद्यालयको ३७ औं वार्षिकोत्सव सम्पन्न

माघ २० पोखरा । कास्कीको रूपा गाउँपालिका वडा न १ फल्याङ्गकोटस्थित चण्डी आधारभुत विद्यालयको ३७ औं वार्षिकोत्सब तथा अभिभावक दिवस शनिबार सम्पन्न भएको छ । समारोहको जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले उद्घाटन गरे । उद्घाटन गर्दै प्रमुख पौडेलले शिक्षाले व्यक्तित्व र संस्कार निर्माण गर्ने र समुन्नत समाज निर्माणमा महत्वपूर्ण भुमिका खेल्ने हुँदा सोही अनुसार लागि पर्न अनुरोध गरे । पौडेलले विकासमा बिना पूर्वाग्रह काम गर्नुपर्ने र त्यसबाट नै गुणस्तरीय र सबल विकास संभब हुने उल्लेख गरे । कार्यक्रममा… पुरा पढौ

अनुशासन र विधिमा टेकेर पार्टी नेतृत्व छान्नुपर्छ : रास्वपा उपसभापति वाग्ले

दमौली । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा.स्वर्णिम वाग्लेले अनुशासन र विधिमा टेकेर पार्टीमा नेतृत्व छान्नुपर्ने धारणा राखेका छन् । रास्वपा व्यास नगर समितिको आज दमौलीमा आयोजित भेलालाई सम्बोधन गर्दै डा.वाग्लेले पार्टीमा अनुशासन र विधिको शासनलाई कडाइका साथ पालना गर्नुपर्ने उल्लेख गरे । पार्टीमा गुट बनाउने, नेताको नजिक हुन खोज्ने प्रवृत्ति भएकाले त्यस्ता प्रवृत्तिलाई रास्वपाले प्राथमिकता नदिने वाग्लेको भनाइ थियो । उनले भने, “राजनीतिक दलभित्र गुटबन्दी, नेताको चाकरी गर्ने प्रवृत्ति हुन्छ, हाम्रोमा पनि त्यस्तो प्रयास हुनसक्छ । त्यसमा हामी… पुरा पढौ

राष्ट्रिय हित रक्षाका निम्ति सशक्त भूमिका निर्वाह गर्ने एमाले अध्यक्ष ओलीको प्रतिबद्धता

माघ २० काठमाण्डौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय हितको रक्षा गर्न आफ्नो दलले जिम्मेवार, सकारात्मक तथा सशक्त भूमिका निर्वाह गर्ने बताएका छन् । संसदीय दलको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले संसदीय अभ्यासलाई प्रभावकारी बनाउन प्रतिपक्षकोे भूमिका महत्वपूर्ण हुने बताए । “मुलुकमा देखिएका बेथितिविरुद्ध बोल्नुपर्छ”, संसद्मा दृढताका साथ प्रस्तुत हुन सांसदलाई निर्देशन दिँदै उनले भने । आफ्नो क्षमताअनुसारको संसदीय समिति चयन गरेर प्रभावकारी भूमिका निर्वाह गर्न निर्देशन दिए । संसद्मा प्रतिपक्षको भूमिका सशक्त र प्रभावकारी… पुरा पढौ

तनहुँमा माछा मार्ने क्रममा करेन्ट लागेर एकको मृत्यु

माघ २० तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिका–६ कुम्लेखोलामा माछा माने क्रममा करेन्ट लागेर आज एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय २८ वर्षीय सन्तोष कुमाल रहेका जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । सल्यानको शारदा नगरपालिका–१२ घर भई हाल शुक्लागण्डकीको ओख्ले बस्ने २५ वर्षीय सन्तोष डाँगी र २८ वर्षीय कुमालले विद्युतीय तारको प्रयोग गरी माछा मार्ने क्रममा कुमाललाई करेन्ट लागेको थियो । करेन्ट लागेर घाइते अवस्थामा कुमाललाई उपचारका लागि शुक्लागण्डकी–५ स्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा ल्याइएकामा चिकित्सकले… पुरा पढौ

राजनीतिप्रति सकारात्मक सोच ल्याउन जनतामाझ पुग्नैपर्ने : उपमहासचिव ज्ञवाली

माघ २० पोखरा । नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले नेपालको राजनीतिप्रति आमजनताको सोच सकारात्मक बनाउन उनीहरुका आवश्यकता बुझेर दलहरु अगाडि बढ्नुको विकल्प नरहेको बताएका छन् । प्रेस चौतारी कास्कीद्वारा आज पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले नेपालमा राजनीतिक अस्थिरता आउन नदिन गणतन्त्रवादी शक्ति चनाखो हुनुपर्नेमा जोड दिए । “वर्तमान अवस्थामा देशमा सामाजिक सद्भाव कायम गर्न त्यति नै आवश्यकता देखिएकाले दलहरु सचेत भएर त्यसतर्फ पनि ध्यान दिन जरुरी छ”, नेता ज्ञवालीले भने । “विभिन्न जातजाति, धर्म, संस्कृति मिलेर बसेको देशमा सामाजिक… पुरा पढौ