समाचार

आहा ! रारा ‘गेस एण्ड विन’का विजेता लामा पुरस्कृत

माघ १२ पोखरा । एभरेस्ट एफ.एम. ९३ मेगाहर्जले सञ्चालन गरेको आहा ! रारा पोखरा गोल्डकप ‘गेस एण्ड विन’मा बुधबार विजेता घोषित भएका पोखरा–५ प्रस्र्याङका नविन लामा पुरस्कृत भएका छन् । बिहीबारको खेलमा मच्छ्रिन्द्र फुटबल क्लव र जावलाखेल यूथ क्लवविचको खेलमा मच्छिन्द्रले जित्ने अनुमान गरेका लामालाई पोखरा रंगशालामा पुरस्कृत गरिएको हो । उनलाई हिमश्री फुड्स प्रा.लि.का निर्देशक प्रकाश केसीले सेभेन बी फोन जोन बुद्धविशाल बजारको तर्फबाट एक थान मोवाइल सेट र हिमश्री फुड्स प्रा.लि. को उत्पादन रारा चाउचाउ एक कार्टुनद्वारा पुरस्कृत… पुरा पढौ

एपिएफलाई हराउँदै पुलिस आहा ! रारा पोखरा गोल्डपको क्वाटरफाईनलमा

माघ १२ पोखरा । मानबहादुर परियारको नायकत्वमा नेपाल पुलिस क्लवले सशस्त्र प्रहरीको एपिएफ क्लवलाई २–० गोल पराजित गर्दै क्वाटरफाइनलमा स्थान सुरक्षित गरेको छ । प्रतिष्पर्धात्मक खेलमा स्ट्राइकर मानबहादुरले २ गोल गरेपछि एपिएफलाई पराजित गर्दै पुलिस पोखरामा जारी आहा ! रारा पोखरा गोल्डकपको अन्तिम ८ मा पुगेको हो । शुक्रबारको खेलमा नायक बनेका मानबहादुरले खेलको १९ औं र ७१ औं मिनेटमा गोल गरेपछि एपिएफ पहिलो खेलबाटै घर फर्किएको छ । शुक्रबार दुई गोल गरेका मानबहादुरको दुबै गोल हेडर गोल हो ।… पुरा पढौ

हार्मोनी र एभरेस्ट एफएम पोखराको आयोजनामा शनिबार स्वर किन्नरीद्वय अरुणा लामा र तारादेवी स्मृति साँझ हुने

माघ १२ पोखरा । हार्मोनी पोखरा र एभरेस्ट एफएम ९३ मेगाहर्ज सह आयोजनामा भोलि(शनिवार) पोखरामा अरुणा लामा–तारादेवी स्मृति साँझ २०८० कार्यक्रम हुने भएको छ । एभरेस्ट मिडिया हाउस प्रालिद्वारा सञ्चालित एभरेस्ट एफएम र एभरेस्ट आवाज डटकमले पोखरेली महिला कलाकारहरुको साझा संस्था हार्मोनीसँग मिलेर स्वर साम्राज्ञी अरुणा लामा र तारादेवीको स्मृति दिवसको सन्दर्भ पारेर उहाहरुप्रति समर्पित ‘अरुणा लामा–तारादेवी स्मृति साँझ’ कार्यक्रम गर्न लागेको हो । डिजिटल साउण्ड एण्ड भिजन न्यूरोड र रुपाकोट ज्योति सुनचाँदी दुकान महेन्द्रपुलको सहकार्यमा हुने कार्यक्रम पोखरा–९ न्यूरोड… पुरा पढौ

सामाजिक काममा सघाउँदै तनहुँ हाइड्रो

दमौली । तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको प्रवर्द्धक तनहुँ हाइड्रोपावर लिमिटेडले सामाजिक उत्तरदायित्वलाई प्राथमिकता दिएको छ । आयोजनाबाट प्रभावित विभिन्न पालिकामा सामाजिक उत्तरदायित्वअन्तर्गत नाला तथा आमा समूहको भवन निर्माण, तटबन्धन, सडक बत्ती जडान, नदी नियन्त्रणलगायतका काम गर्दै आएको हो । आयोजना निर्माणका लागि समुदायको महत्वपूर्ण भूमिका रहने भएकाले सामाजिक कामलाई प्राथमिकता दिइएको तनहुँ हाइड्रोपावर लिमिटेडका प्रबन्ध सञ्चालक किरणकुमार श्रेष्ठले बताए । उनले भने, “समुदायसँग सहकार्य गर्दै आयोजनालाई सम्पन्न गराउनेतर्फ हामी लागिपरेका छौँ,… पुरा पढौ

प्रधानमन्त्री कप क्रिकेट: पुलिस विजयी

काठमाडौँ । विभागीय टोली नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप राष्ट्रिय पुरुष एकदिवसीय क्रिकेट प्रतियोगितामा कर्णाली प्रदेशलाई पराजित गर्दै आफ्नो अपराजित यात्रालाई कायम राखेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा कर्णाली प्रदेशलाई ६ विकेटले पराजित गर्दै आफ्नो अपराजित यात्रालाई कायम राखेको हो । यो जितसँगै पुलिसले ६ खेलमा १२ अङ्क जोड्दै अङ्क तालिकाको शीर्ष स्थानमा छ । यता सात खेल खेलको कर्णाली प्रदेश तीन खेलमा जित तथा चौथो खेलमा हार बेहोर्दै ६ अङ्कका साथ अङ्क तालिकाको सातौँ स्थानमा… पुरा पढौ

इमेज बचत सहकारी काण्ड :कोषाध्यक्ष लक्ष्मी सुनार पक्राउ

पोखरा । नेपाल प्रहरीले बागलुङस्थित इमेज बचत तथा ऋण सहकारीका कोषाध्यक्ष लक्ष्मी सेन सुनारलाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)ले बचतकर्ताको रकम हिनामिना गरेको आरोप लागेकी कोषाध्यक्ष २७ वर्षीया सुनारलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो । ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक नवराज अधिकारीले बचतकर्ताको रकम हिनामिना गरेको आरोपमा पीडितको निवेदनका आधारमा सुनारलाई ललितपुर महानगरपालिका–३ धोबिघाटबाट पक्राउ गरिएको जानकारी दिए । प्रहरीले सहकारी ऐन, २०७४ अन्तर्गतको कसुरमा सुनारलाई पक्राउ गरेको हो । सुनारविरुद्ध आवश्यक अनुसन्धान तथा कारबाहीका लागि… पुरा पढौ

विसं २०८१ का लागि १५ पात्रोलाई स्वीकृति, माघ १५ देखि बजारमा आउने

काठमाडौँ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले विसं २०८१ का लागि १५ पात्रो (पञ्चाङ्ग) लाई स्वीकृति दिएको छ । विसं २०८१ का लागि समितिले १५ वटा पात्रो (पञ्चाङ्ग) लाई स्वीकृति दिने निर्णय गरेको कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले राससलाई जानकारी दिए । स्वीकृति दिएका पात्रो माघ १५ गतेदेखि बजारमा आउने समितिले जनाएको छ । आगामी वर्षका लागि तोयनाथ पन्तको, बाबुराम, नरनाथ, हिमाल, अठोला, तारकेश्वर, सूर्य, आकाश दर्शन, बङ्गलामुखी, शुभ, बाबा गोरखनाथ, कीर्ति, सिद्धि, खप्तड तारानाथ र गौरीशङ्कर गरी १५ पात्रो (पञ्चाङ्ग)… पुरा पढौ

नेपाल पत्रकार महासंघ कास्कीमा एभरेस्टकर्मी श्रेष्ठसहित सात पत्रकार सम्मानित

माघ १२ पोखरा । नेपाल पत्रकार महासंघ कास्कीले आयोजना गरेको पत्रकारिता पुरस्कार अर्पण समारोहमा एभरेस्टकर्मी सन्देश श्रेष्ठसहित सात जना पत्रकार सम्मानित भएका छन् । शुक्रबार महासंघको सभाहलमा भएको कार्यक्रममा एभरेस्टकर्मी श्रेष्ठ टंकादेवी–तुलसीप्रसाद पत्रकारिता पुरस्कार २०७९ बाट सम्मानित भएका हुन । उनीसँगै २०८० बाट आर्दश समाज दैनिकका पत्रकार प्रकाश ढकाल सम्मानित भए । सो पुरस्कारको राशी नगद रु. २० हजार १ सय ११ रुपैयाँ रहेको छ । यस्तै, गजेन्द्र भण्डारी सिर्जनशिल राष्ट्रिय पत्रकारिता पुरस्कार २०७९ बाट कुलचन्द्र न्यौपाने (कान्तिपूर) र २०८०… पुरा पढौ

‘पुर्पुरो’ गर्ने छन्त्याल समुदायको पुर्ख्यौली परम्परा

म्याग्दी । उमेरले चार वर्ष पार गरेका धवलागिरि गाउँपालिका–५ मलम्पारका लिएन घरब्जा छन्त्याल आफ्नो परिवारका आफन्तसँग पोखरामा बसोबास गर्छन् । लिएनका बुबा खिमबहादुर र आमा दमायाँ रोजगारको सिलसिलामा अष्ट्रेलियामा छन् । पोखरामा घरसमेत बनाएर बसोबास गर्दै आएका छन्त्याल परिवारले खिमबहादुरका जेठा छोरा लिएनको ‘पुर्पुरो’ भने गृहगाउँ मलम्पारमै गरे । लामो समयदेखि पोखरामा बसोबास गर्दै आए पनि आफ्नो परिवारमा जन्मिएका जेठा छोराको पुत्र बढाउ अर्थात् पुर्पुरो भने उनीहरुले पुर्ख्यौली गाउँमा गरेका हुन् । छन्त्याल समुदायमा घरमा जेठा छोरा जन्मिएको खुसियालीमा हर्ष… पुरा पढौ

उखु र अदुवापछि बेसारको ‘ब्रान्डिङ’ गर्दै सहकारी

गलकोट । अधिकांश सहकारी उद्देश्यअनुरुप नचलेको गुनासोकाबीच यहाँको एक सहकारीले बहुआयामिक उत्पादनलाई शेयर सदस्यलाई जोड्न थालेको छ । छ वर्षदेखि उखु र अदुवा उत्पादन गर्दै आएको बागलुङको सिमृक कृषि तथा पशु व्यावसायिक सहकारी संस्थाले यस वर्षदेखि बेसारलाई ‘ब्रान्डिङ’ गरेर बजार पठाएको छ । सहकारीले बागलुङको काठेखोला गाउँपालिका–२ भीमापोखराको दुई स्थानमा १० रोपनी बाँझो जग्गा भाडामा लिएर उखुखेती गर्दै आएको थियो भने तीन वर्षयता बागलुङ नगरपालिका–४ कुँडुलेमा दुई रोपनी जग्गा भाडामा लिएर बेसारखेती गर्दै आएको छ । यस्तै तितौरेमा दुई रोपनी… पुरा पढौ