समाचार

हार्मोनी र एभरेस्ट एफएम पोखराको आयोजनामा अरुणा लामा र तारादेवी स्मृति साँझ भव्यताका साथ सम्पन्न

पोखरा । हार्मोनी पोखरा र एभरेस्ट एफएम ९३ मेगाहर्ज सह आयोजनामा पोखरामा अरुणा लामा–तारादेवी स्मृति साँझ २०८० कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ । एभरेस्ट मिडिया हाउस प्रालिद्वारा सञ्चालित एभरेस्ट एफएम र पोखरेली महिला कलाकारहरुको साझा संस्था हार्मोनीसँग मिलेर स्वर साम्राज्ञी अरुणा लामा र तारादेवीको स्मृति दिवसको सन्दर्भ पारेर उहाहरुप्रति समर्पित ‘अरुणा लामा–तारादेवी स्मृति साँझ’ कार्यक्रम शनिबार सम्पन्न भएको हो । साहित्यकार, गीतकार, निर्देशक तथा कलाकारिताका अन्वेषक कबि प्रकाश सायमीले नेपाली सुगम संगीत, स्वर्गिय कलाकारद्वय अरुणा लामा र तारादेवीको जीवनी… पुरा पढौ

माझठाना पोखरा सम्पर्क समाजद्धारा ५६ युनिट रगत संकलन

गण्डकी । माझठाना पोखरा सम्पर्क समाजको नवौ बार्षिकोत्सवको अवसरमा आयोजित बृहत रक्तदान कार्यक्रम ५६ युनिट रगत संकलन भएको छ । अमर सिहचोकमा आयोजित खुल्ला रक्तदान कार्यक्रममा सो रगत संकलन भएको हो । नेपाल रेडक्रस सोसाईटी रामघाटको प्राविधिक सयोगमा भएको कार्यक्रमको समाजका सल्लाहकार प्रा.डा. निर्मल लामिछाने र पोखरा २८ का वडाअध्यक्ष श्रीकृष्ण लामिछानेले रक्तदातालाई व्लडव्याग हस्तान्तरण गरेर कार्यक्रमको शुभारम्भ गरेका थिए । रक्तदान जीवनदान भन्ने नाराका साथ आयोजित कार्यक्रमका सहभागि रक्तदातालाई समाजका सल्लाहकार, पदाधिकारी लगायत समाजिक एवम् शिक्षापे्रमीहरुबाट प्रमाणपत्र वितरण गरिएको… पुरा पढौ

भुटानको पारोलाई हराउँदै आहा ! रारा पोखरा गोल्डकपको सेमीफाइनलमा

माघ १३ पोखरा । विदेशी टिम भुटानको पारो फुटबल क्लवलाई स्तब्ध पार्दै थ्रीस्टार क्लव आहा ! रारा पोखरा गोल्डकपको सेमीफाइनलमा प्रवेश गरेको छ । सहारा क्लव पोखराको आयोजनामा पोखरा रंगशालामा जारी प्रतियोगिता अन्तर्गत शनिबार भएको प्रतिष्पर्धात्मक खेलमा आशिष चापागाईंको दुई गोलको मद्धतमा थ्रीस्टारले पारो एफसीलाई २–० गोल अन्तरले पराजित गर्दै अन्तिम चारमा स्थान पक्का गरेको हो । अन्तिम ६ मिनेटमा दुई गोल गरेपछि थ्रीस्टार सेमीफाइनलमा पुग्दा पाहुना टोली भुटानको पारो एफसी भने प्रतियोगितामा क्वाटरफाइनलबाटै बाहिरिएको छ । अन्तिम ६ मिनेट… पुरा पढौ

पोखरा महानगरको शैक्षिक गुणस्तरमा  विन्ध्यवासिनी मावि उत्कृष्ट प्रथम

पोखरा १३ माघ पोखराको बाटुलेचौरमा रहेको बिन्ध्यबासिनी माध्यमिक विद्यालय पोखरा महानगरपालिकाका सामुदायिक विद्यालय  मध्ये  उत्कृष्ट ठहरिएको छ । शैक्षिक गुणस्तर परीक्षण केन्द्र (ERO )को परीक्षणमा नेपाल भर प्रथम, शिक्षा विकास तथा मानवस्रोत विकास केन्द्रको परीक्षणमा नेपालभरि दोस्रो भएको सो विद्यालय पोखरा महानगरपालिका शिक्षा महाशाखा पोखराद्वारा २०७९ को एसइइ परीक्षाको नतिजा विश्लेषण गर्दा पोखरा महानगरपालिकामा संचालित ७९ ओटा सामुदायिक माध्यमिक विद्यालयमा औसत जिपिए ३.१८ प्राप्त गरी महानगर भित्रका सामुदायिक विद्यालयमा उत्कृष्ट नतिजासहित प्रथम भएको हो । त्यस्तै पोखरा १२ मा संचालित… पुरा पढौ

आहा रारा गोल्डकप: आजदेखि क्वाटरफाइनलका खेल

पोखरामा जारी २३औँ संस्करणको आहा रारा पोखरा गोल्डकपअन्तर्गत आजदेखि क्वाटरफाइनलमा खेल सुरु हुँदैछ । प्रतियोगिताको पहिलो क्वाटरफाइनल खेल आज अपराह्न २ः३० बजे थ्रीस्टार क्लब र भूटानको पारो एफसीबीच हुने आयोजक सहारा क्लब पोखराले जनाएको छ । पोखरा रङ्गशालामा भइरहेको प्रतियोगितामा भूटानको पारो एफसीसहित साविक विजेता सङ्कटा क्लब, नेपाल प्रहरी फुटबल क्लब, त्रिभुवन आर्मी, सशस्त्र प्रहरी बल, मनाङ मस्र्याङ्दी, जावलाखेल युथक्लब, चर्च ब्वाइज, मच्छिन्द्र, थ्रीस्टार, राइजिङ स्टार र आयोजक सहारा क्लबले सहभागिता जनाएको क्लबका अध्यक्ष केशवराज बरालले जानकारी दिए । प्रतियोगिताका… पुरा पढौ

प्रधानमन्त्रीसँग चिनियाँ उपमन्त्रीको शिष्टाचार भेट

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागकी उपमन्त्री सुन हायानले शिष्टाचार भेट गरेका छन । प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटमा उनीहरुबीच द्विपक्षीय हित र चासोका विविध वियषमा छलफल भएको प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार रुपक सापकोटाले जानकारी दिए । उपमन्त्री हायान नेकपा (माओवादी केन्द्र) को औपचारिक निमन्त्रणमा शुक्रबार नेपाल भ्रमणमा आएका हुन । नेपालमा रहँदा उनले उच्चस्तरीय राजनीतिक भेटवार्ता गर्ने कार्यक्रम छ । रासस पुरा पढौ

पर्वतमा सुन्तला ढुवानी गर्न कठिनाइ

गाउँसम्म पुग्ने सडकको अवस्था गतिलो नहुँदा पर्वतको जलजला गाउँपालिका–१ बाँसखर्कका किसानलाई सुन्तला ढुवानी गर्न कठिनाइ भएको छ । यहाँ एउटै गाउँमा लाखौँ रुपैँयाको सुन्तला उत्पादन भए पनि बजारमा पु¥याउन सकिएको छैन । बाँसखर्क जोड्ने वारीबेनी–बगर–बाँसखर्क सडक स्तरोन्नति हुन नसक्दा गाउँसम्म सवारीसाधन पुग्न समस्या भएको छ । ठूला सवारी साधन सुन्तला बगानसम्म पुग्न नसक्दा व्यवसायीलाई सुन्तला ढुवानी गर्न समस्या भएको स्थानीय जगतबहादुर खत्रीले जानकारी दिए । उनले भने, “जीपमा थोरै सुन्तला टिपेर बेनी–मालढुङ्गा सडकसम्म झार्ने र ठूलो ट्रकमा राखेर लैजानुपर्ने बाध्यता… पुरा पढौ

प्रधानमन्त्री कप क्रिकेट: लुम्बिनी र बागमती तथा एपिएफ क्लब र गण्डकीबीच खेल

प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आज दुई खेल भइरहेका छन् । लुम्बिनी प्रदेश र बागमती प्रदेशबीचको खेल कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा भइरहेको छ । अर्को खेल काठकाडौँको मुलपानी क्रिकेट मैदानमा एपिएफ क्लब र गण्डकी प्रदेशबीच भइरहेको छ । लुम्बिनी र एपिएफ क्लबले आ–आफ्नो खेलमा ब्याटिङ गरिरहेका छन् । दश टोली सम्मिलित प्रधानमन्त्री कप क्रिकेटमा लुम्बिनी अङ्क तालिकाको नवौँ स्थानमा छ । लुम्बिनीले हालसम्म खेलेका पाँच खेलमध्ये एउटामा विजयी हुँदै दुई अङ्क जोडेको छ । यस्तै बागमती अङ्क तालिकाको दोस्रो… पुरा पढौ

नेपाल राष्ट्रिय शिक्षक संगठन गण्डकीको पदस्थापन सम्पन्न

पोखरा । नेपाल राष्ट्रिय शिक्षक संगठन गण्डकी प्रदेश समितिको प्रथम अधिवेशनबाट निर्वाचित पदाधिकारी तथा सदस्यहरुको पदस्थापन कार्यक्रम एवम् पहिलो बैठक सम्पन्न भएको छ । निर्वाचन समितिका संयोजक तथा राष्ट्रिय समिति सदस्य तिर्थ बहादुर बस्नेतको अध्यक्षता तथा राष्ट्रिय समिति सदस्य शारदा शर्माको सञ्चालनमा भएको पदस्थापन कार्यक्रममा नव निर्वाचित समितिलाई गण्डकी प्रदेश इन्चार्ज याम बहादुर कुँवर, राष्ट्रिय समिति सचिव राम प्रसाद पोखरेल तथा पेशागत महासंघ नेपाल राष्ट्रिय समिति सचिव तथा गण्डकी प्रदेश इन्चार्ज राम प्रसाद खनालले प्रमाणपत्र वितरण गरेका थिए । पदस्थापनापछि… पुरा पढौ

आइसिसी यु–१९ विश्वकप क्रिकेट : अफगानिस्तानसँग जित निकाल्दै नेपाल दोस्रो चरणमा

माघ १२ काठमाण्डौं । अफगानिस्तानसँग जित निकाल्दै नेपाल आइसिसी यु–१९ विश्वकप क्रिकेट प्रतियोगिताको दोस्रो चरणमा प्रवेश गरेको छ । पहिलो समूह चरणको अन्तिम खेलमा अफगानिस्तानलाई एक विकेटले हराउँदै नेपालले ‘सुपर सिक्स’मा स्थान बनाएको हो । दक्षिण अफ्रिकामा टस जितेर पहिला ब्याटिङ गर्दै निर्धारित ५० ओभरको खेलमा अफगानिस्तानले ४० दशमलव एक ओभरमा सबै विकेट गुमाउँदै एक सय ४५ रन बनायो । नेपालले एक सय ४६ रनको विजयी लक्ष्य ४४ दशमलव चार ओभरमा नौ विकेट गुमाएर पुरा ग¥यो । नेपालका लागि कप्तान… पुरा पढौ