समाचार

राष्ट्रिय सभा निर्वाचन: आज रातिदेखि मौन अवधि,

काठमाडौं । यहि ११ गते हुने राष्ट्रिय सभा निर्वाचनको लागि आज राति १२ बजेदेखि मौन अवधि सुरु हुँदैछ । निर्वाचन आयोगले विज्ञप्ति जारी गर्दै मध्यरातिदेखि प्रचार प्रसार निषेध गरिएको जानकारी दिएको हो । यो अवधि मतदान सम्पन्न नभएसम्मका लागि जारी रहनेछ । मौन अवधिमा राजनीतिकदलका पदाधिकारी, उम्मेदवार, दलका भ्रातृ सङ्‍गठन तथा आचारसंहिता पालना गर्नुपर्ने अन्य व्यक्ति, संस्था वा निकायले निर्वाचन प्रचारप्रसारलगायत कुनै पनि प्रकारका छलफल, अन्तरक्रिया, सभा सम्मेलन, कार्यशाला गोष्ठी आदि गर्न पाइने छैन । यस्तै, कुनै पनि विधि, प्रक्रिया… पुरा पढौ

दक्षिणपश्चिम चीनमा गएको पहिरोमा परी ४७ जना पुरिए

चीनको दक्षिणपश्चिमी युनान प्रान्तमा सोमबार बिहान गएको पहिरोमा परी ४७ जनाको मृत्यु भएको छ । सोमबार बिहान ५ः५१ बजे झाओटोङ शहरको लियाङसुई गाउँमा गएको पहिरोमा बेपत्ताको खोजी गर्न ३३ वटा दमकल र १० लोडिङ मेसिनसहित २ सयभन्दा बढी उद्धारकर्ता परिचालन गरिएको छ । यसै बीच राष्ट्रपति सी चिनफिङले सो प्रकृतिक विपत्तिमा परेकाहरूको उद्धारकार्यलाई तीव्रता दिन आग्रह गर्नु भएको छ ।यस बारे विस्तृत विवरण सार्वजनिक हुन बाँकी छ ।रासस पुरा पढौ

तनहुँमा ‘मिनी ट्रक’ दुर्घटनाहुदाँ दुई जनाको मृत्यु

तनहुँको देवघाट गाउँपालिका–२ कोटबैदी भोक्टेनीस्थित भित्री सडकखण्डमा गए राति मिनी ट्रक दुर्घटना हुँदा दुई जना मृत्यु भएको छ । दमौलीबाट छिपछिपेतर्फ जाँदै गरेको ग१ख ४१८१ नम्बरको मिनी ट्रक सडकदेखि अन्दाजी पाँच सय मिटर तल खस्दा ट्रकमा सवार दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । मृत्यु हुनेमा देवघाट –३ दगाराका ६५ वर्षीय नरबहादुर गुरुङ र ४५ वर्षीया बिमाया गुरुङ रहेको प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले जानकारी दिए । ट्रक चालकको खोजी भइरहेको उनले बताए । ट्रक दुर्घटनामा… पुरा पढौ

मह खाने प्रतियोगितामा जीवनाथ लामिछाने प्रथम

सुन्दा अनौठो लाग्न सक्छ, दुुई दशकअघि मह चाख्ने हुटहुटीकै कारण पोखरा महानगरपालिका–३१ बेगनासका सूर्यप्रसाद लामिछानेले थालेका व्यावसायिक मौरीपालन यतिखेर अन्यका लागि प्रेरक बनेको छ । विसं २०६० मा रु तीन-तीन हजारमा दुुईवटा मौरीका घारबाट सुरु गरेका उनीसँग अहिले भने तीन सय ५० मौरीका घार पुुगिसकेका छन् । आफ्नो अनुहार भरी मौरीलाई राख्न सफल भई स्वदेश तथा विदेशमा चर्चा कमाएका लामिछानेसँग मौरीकै कारण नेदरल्याण्डसहित युरोपियन मुलुकमा भ्रमण गर्न पाएका मीठा अनुुभव छन् । अनुुहार भरी मौरीलाई राखेको उनको तस्बिर सन् २०१६… पुरा पढौ

एकल महिलाको “रातो टिका रातो पहिरन”की अभियन्ता दुर्गा सापकोटालाई सेतुलीमाया शाक्य सम्मान अर्पण

पोखरा ।  ‘आमा सेतुलीमाया शाक्य स्मृति वृत्ति तथा सम्मान २०८०’ बाट महिला अभियान्ता दुर्गादेवी सापकोटालाई सम्मान गरिएको छ । सिद्धि सेतुली प्रतिष्ठान, पोखराको आयोजनामा आइतबार भएको कार्यक्रममा उनलाई सो सम्मान अर्पण गरिएको हो । सापकोटालाई नगद १ लाख रुपैयाँसहित दोसल्ला र सम्मानपत्रले सम्मान गरिएको हो । एकल महिलाको “रातो टिका रातो पहिरन” अभियानमा उल्लेखनीय र उदाहरणीय कार्य गरेको भन्दै प्रतिष्ठानले उनलाई सम्मान गरेको हो । कार्यक्रममा प्रमुख अतिथि प्रतिष्ठानका ज्येष्ठ सदस्य बिलबहादुर गुरुङले सम्मानित व्यक्तिले नेपाली समाजमा एकल महिलाको मनोबल… पुरा पढौ

निसीखोलाका शिक्षकहरुलाई सुचना प्रबिधि सीप विकास(आईसीटी)तालिम

पोखरा । बागलुङको निसीखोला गाउँपालिकाका शिक्षकहरुलाई सुचना प्रबिधि सीप विकास (आईसीटी) सम्बन्धि तालिम दिईएको छ । निसीखोला गाउँपालिका र कर्मफ्लाइट्स फाउन्डेसन नेपाल, पोखराको संयुक्त आयोजनामा ४ दिवशीय ूसुचना प्रबिधि सीप विकास (आईसीटी)तालिम दिईएको हो । तालिमको तीन दिनमा कर्मफ्लाइट्सका आईटी प्रमुख तथा कम्प्युटर प्रशिक्षक सुबाश पौडेलले श्रीरत्न राज्य लक्ष्मी माविमा गापाका १६ वटा विद्यालयका विज्ञान र कम्प्युटर शिक्षकका लागि आईसीटी सामग्रीका विषयमा प्रशिक्षण दिएका थिए भने चौथो दिन स्थानीय शिक्षक त्रय इन्द्रलाल रेग्मी, प्रेमराज पौडेल र सूर्यबद्र घर्तीले निसीखोला गाउँपालिकाको… पुरा पढौ

त्रिभुवन विमानस्थलबाट आधाकिलो सुनसहित एक जना पक्राउ

माघ ७ काठमाण्डौं । त्रिभुवन विमानस्थल भन्सार कार्यालयले आधाकिलोग्राम सुनसहित एक जनालाई पक्राउ गरेको छ । कार्यालयको टोलीले कतारको दोहाबाट नेपाल आएका झापाका खगेन्द्र दर्जीलाई ४९९ ग्राम सुनसहित आज दिउँसो विमानस्थलबाट पक्राउ गरेको हो । कार्यालयका प्रमुख डा टोकराज पाण्डेले कतारको दोहाबाट तरल पदार्थ बनाएर तस्करी गरी ल्याएको ४९९ ग्राम सुनसहित पक्राउ गरिएको जानकारी दिए । हिमालय एअरलाइन्सको एच नाइन ५६४ नम्बरको उडानबाट कतारको दोहादेखि काठमाडौँ आएका दर्जीलाई विशेष सूचनाका आधारमा पक्राउ गरिएको डा पाण्डेले बताए । बरामद् भएको सुन… पुरा पढौ

पोखरा महोत्सवमा आयोजित विद्यालय स्तरीय लोकनृत्य प्रतियोगिताको उपाधि सरस्वती आदर्शलाई

पोखरा । अमरसिंह खेल मैदानमा जारी बाह्रौं पोखरा महोत्सवमा आयोजित विद्यालय स्तरीय लोक नृत्य प्रतियोगिताको उपाधि सरस्वती आदर्श विद्या आश्रमले जितेको छ । गण्डकी प्रज्ञा प्रतिष्ठानको प्रायोजनमा सम्पन्न विद्यालय स्तरीय लोकनृत्य प्रतियोगिताको उपाधी संगै सरस्वती आदर्श विद्या आश्रमले नगद ५० हजार, ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ । प्रतियोगितामा वेसलाइन एकेडेमीले दोश्रो स्थान सहित नगद ३५ हजार ट्रफी र प्रमाणपत्र प्राप्त गर्न सफल भयो । त्यस्तै प्रतियोगितामा मेरिगोल्ड बोर्डिङ स्कुल र ज्ञान ज्योती विद्या कुञ्जले क्रमश तेश्रो र शान्तवना स्थान… पुरा पढौ

जनप्रिय मावि २०४९ समुहद्वारा विद्यालयलाई शैक्षिक सामग्री सहयोग

माघ ७ पोखरा । पोखराको सिमलचौरस्थित जनप्रिय मावि २०४९ व्याजका भूपू विद्यार्थीको समुहले चापाकोट औसेलुचौरस्थित पञ्चकोसी आधारभूत विद्यालयलाई ५० हजार रुपैयाँ बराबरको शैक्षिक सामग्री सहयोग गरेको छ । समुहले कम्प्युटर सहित कापी, कलम, झोला लगायत सामग्री सहयोग गरेको हो । समुहका अध्यक्ष चन्द्र गिरीले विद्यालयका पूर्व शिक्षक कुलप्रसाद अधिकारी, व्यवस्थापन समितिका पूर्व अध्यक्ष यज्ञप्रसाद तिमिल्सीना लगायतलाई एक समारोहका विच उक्त सामग्री हस्तान्तरण गरे । सो अवसरमा बोल्दै अध्यक्ष गिरीले बिपन्न अवस्थामा रहेका विद्यालय तथा विद्यार्थीहरुलाई शैक्षिक सहयोग गर्ने उद्येश्यका साथ… पुरा पढौ

छ महिनामा करिब सात खर्ब व्यापारघाटा

माघ ७ काठमाण्डौं । चालु आर्थिक वर्ष २०८०/८१ को अर्धवार्षिक समीक्षा अवधिमा मुलुकले करिब सात खर्ब बराबर व्यापार घाटा व्यहोरेको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्क अनुसार पुस मसान्तसम्ममा रू छ खर्ब ९३ अर्ब १९ करोड ८४ लाख ९२ हजार बराबरको व्यापार घाटा देखिएको हो । विभागको तथ्याङ्कअनुसार छ महिनामा नेपालले कूल रू आठ खर्ब ४३ अर्ब १३ करोड ४६ लाख ४९ हजार बराबरको वैदेशिक व्यापार गरेको छ । जसमध्ये रू सात खर्ब ६८ अर्ब १६ करोड ६५ लाख… पुरा पढौ