समाचार

शिक्षा विधेयकमाथि संवैधानिक आयोगका पदाधिकारीको सुझाव

माघ ७ काठमाण्डौं । प्रतिनिधिसभाको शिक्षा, स्वास्थ तथा सूचना प्रविधि समितिले विद्यालय शिक्षा विधेयकका सम्बन्धमा आज विभिन्न सात संवैधानिक आयोगसँग सुझाव लिएको छ । समितिको बैठकमा राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विक, आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापा, मधेसी आयोगका अध्यक्ष विजयकुमार दत्त, थारु आयोगका अध्यक्ष विष्णुप्रसाद चौधरी, राष्ट्रिय समावेश आयोगका अध्यक्ष डा रामकृष्ण तिमल्सिना, राष्ट्रिय महिला आयोगका अध्यक्ष कमला पराजुली र मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले विधेयकलाई थप परिमार्जन गर्न आग्रह गरे । उनीहरुले विधेयकमा देशभक्ति, रैथाने सीप,… पुरा पढौ

आहा ! रारा पोखरा गोल्डकपको तयारी पूरा, उद्घाटनमा आयोजक सहारा र थ्रीस्टार भिड्ने

माघ ७ पोखरा । पोखराको प्रतिष्ठित आहा ! रारा पोखरा गोल्डकपको तयारी अन्तिम चरणमा पुगेको छ । सहारा क्लव पोखराको आयोजनामा यहि माघ ९ गतेदेखि २० गतेसम्म हुने आहा ! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको २३ औं संस्करणको तयारी अन्तिम चरणमा पुगेको आइतबार पोखरामा पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो । प्रतियोगिताको उद्घाटन खेलमा मंगलबार आयोजक सहारा क्लव पोखरा र थ्रीस्टार क्लव भिड्ने भएका छन् । प्रतियोगिता अन्तर्गत माघ १० गते नेपाली सेनाको त्रिभूवन आर्मी क्लवबिरुद्ध राईजिङ स्टार फुटबल क्लव,… पुरा पढौ

कालीगण्डकी करिडोर : बेनी–जोमसोम–कोरला सडक अन्तिम चरणमा

माघ ७ म्याग्दी । गण्डकी प्रदेशको ‘लाइफ लाइन’ मानिएको राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर, बेनी–जोमसोम–कोरला सडक योजनाको २५ प्रतिशत काम बाँकी छ । भारत र चीनलाई जोड्ने चार सय ३५ किलोमिटर दूरीको कालीगण्डकी करिडोर सडकलाई गण्डकी प्रदेशको भाग्यरेखा मानिएको छ । पूर्वाधार, आर्थिक, व्यापारिक, जलविद्युत्, पर्यटन र धार्मिकस्थलको विकासका लागि महत्त्वपूर्ण योगदान पुग्ने भएकाले यो सडकलाई गण्डकीको भाग्यरेखा मानिएको हो । पर्वतको मालढुङ्गाबाट म्याग्दी हुँदै मुस्ताङस्थित चीनको सिमाना कोरलानाका जोड्ने दुई सय दुई किलोमिटर दूरीको सडक दुुई लेनको कालोपत्र र ग्राभेल… पुरा पढौ

महिला शान्ति र सुरक्षा सम्बन्धि जिल्ला निर्देशक समितिको बैठक सम्पन्न

माघ ७ पोखरा । महिला शान्ति र सुरक्षा सम्बन्धि संयुक्त राष्ट्र संघको सुरक्षा परिषदको प्रस्ताव न १३२५ र १८२० को कार्यान्वयन सम्बन्धमा दोश्रो राष्ट्रिय कार्ययोजना जिल्ला निर्देशक समितिको बैठक आइतबार सम्पन्न भएको छ । निर्देशक समितिका अध्यक्ष तथा जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले दोश्रो राष्ट्रिय कार्ययोजना जिल्ला निर्देशक समिति गठन गरिएको बताए । उनले सोही अनुसार पालिकामा समेत कार्ययोजनाको काम छिटोभन्दा छिटो अगाडी बढाइने उल्लेख गरे । प्रमुख पौडेलले समाजमा कुनै पनि किसिमका हिंसा ,भेदभाव ,र अधिकार उल्लंघनका… पुरा पढौ

नविन टोल विकास संस्थाद्वारा गोरखाका पर्यटकीय गन्तव्यको प्रवद्र्धन

माघ ७ पोखरा । पोखरा महानगरपालिका वडा नं ३२ तल्लो गगनगौंडामा कृयाशिल नविन टोल विकास संस्थाले गोरखाका पर्यटकीय गन्तव्यहरूको प्रवद्र्धनात्मक भ्रमण सम्पन्न गरेको छ । संस्थाको वार्षिक कार्यक्रम अन्तर्गत प्रत्येक वर्ष विभिन्न पर्यटकीय गन्तव्यहरूमा पुगी त्यहाँको प्रवद्र्धन गर्ने गरिएकोमा यस वर्ष गोरखाका धार्मिक एवम् ऐतिहासिक गन्तव्यलाई समेटिएको संस्थाका अध्यक्ष पुष्पराज पौडेलले जानकारी दिए । कार्यक्रम अन्तर्गत धार्मिक एवम् ऐतिहासिक महत्वका गोरखा कालिका मन्दिर, गोरखा दरबार, गोरखनाथ मन्दिर आदिको दर्शन एवम् अवलोकनका साथै नेपाल एकिकरणको इतिहाससँग प्रत्यक्ष जोडिएको लिगलिगकोटको प्रवद्र्धनात्मक भ्रमण… पुरा पढौ

पोखरा महोत्सवमा आज ज्योति मगर र सुगम पोखरेल आउँदै

पोखरा । पोखरामा जारी बाह्रौं पोखरा महोत्सवमा आज एघारौं दिनमा प्रवेश गरेको छ । महोत्सवमा आज लोकदोहोरीतर्फ ज्योति मगर र साँझको लाइभ ब्याण्डतर्फ सुगम पोखरेलको विशेष प्रस्तुती रहने आयोजक यूनाइटेड क्लवले जनाएको छ । भोलि लोकदोहोरीतर्फ ज्योति मगरसहित जिवन दाहाल, कृष्ण अखेली, शिवहरी ढुंगाना, रामजी पौडेल, सानु बिकास, गंगा पौडेल, पारु गुरुङ, बत्ती थापा लगायतको प्रस्तुती रहनेछ भने सांझको लाइभ ब्याण्डमा सुगम पोखरेलको प्रस्तुती रहने महोत्सव प्रचार प्रसार संयोजक दिनेश सुनारले जानकारी दिए । यस्तै महोत्सव अन्र्तगत विद्यालय स्तरीय लोकनृत्य… पुरा पढौ

नेपाल राष्ट्रिय शिक्षक संगठन गण्डकीमा पौडेल

माघ ६ पोखरा । नेपाल राष्ट्रिय शिक्षक संगठन गण्डकी प्रदेशको अध्यक्षमा रोमहर्षण पौडेल (कास्की) निर्वाचित भएका छन् । संगठन गण्डकीको शनिबार पोखरामा सम्पन्न अधिवेशनबाट पौडेलले अध्यक्षका अर्का प्रत्यासी हरिबहादुर लामिछाने (पर्वत)लाई २८ मतान्तरले पराजित गर्दै निर्वाचित भएका हुन् । कास्कीका पौडेलले १५८ मत प्राप्त गर्दा लामिछानेले १३० मत प्राप्त गरे । यस्तै उपाध्यक्षमा बलराम रानाभाट (नवलपुर)ले निर्वाचित भए । उनले प्रत्यासी चिरञ्जीवी अधिकारी (तनहुँ)लाई ११ मतान्तरले पराजित गरे । रानाभाटले १४९ मत प्राप्त गर्दा अधिकारीको पक्षमा १३८ मत खसेको थियो… पुरा पढौ

मुद्रण उद्योग संघ कास्कीको अध्यक्षमा बाँस्तोला

पोखरा । मुद्रण उद्योग संघ कास्की जिल्ला कार्यसमितिको आज भएको १४ औं साधारण सभा तथा ५ औं अधिवेशनबाट चिन्तामणी बास्तोला अध्यक्षमा सर्वसम्मत चयन भएका छन् । उनि कञ्चन कम्प्युटर सेवाका सञ्चालक हुन् । त्यसैगरी बरिष्ठ उपाध्यक्षमा दिनेश चन्द्र बास्तोला (मोडर्न अफसेट), प्रथम उपाध्यक्षमा रामप्रसाद भुर्तेल (फिस्टेल पब्लिकेशन), द्वितिय उपाध्यक्षमा प्रकाशराज पौडेल (ओजन अफसेट), महासचिवमा पदम श्रेष्ठ (एफोर जेड ग्राफिक डिजाइन एण्ड पिन्टिङ प्रेस), सचिवमा राजन कुमाल (ग्राफिक सोलुशन), कोषाध्यक्षमा अनन्त प्रधानाङ्ग (अनन्त अफसेट प्रेस) र सहकोषाध्यक्षमा झङ्कनाथ पौडेल (नारन) (शुभकामना… पुरा पढौ

पोखरा महोत्सवमा एक रुपैया अभियानका दिपेन्द्र घिसिङलाई सहयोग

पोखरा । पाइलट बन्नका लागि एक रुपैया अभियानका दिपेन्द्र घिसिङ तामाङलाई पोखरामा जारी पोखरा महोत्सवमा नगद सहयोग गरिएको छ । सरकारी निकाय र घरपरिवारबाट समेत सहयोग नपाएका दिपेन्द्र घिसिङ तामाङलाई पोखरामा जारी बाह्रौं पोखरा महोत्सवमा सहयोग गरिएको हो । घिसिङलाई महोत्सव आयोजक यूनाइटेड क्लबले नगद ५० हजार रुपैया प्रदान गरेको हो । दोलखा बैतेश्वर गाउँपालिका वडा नम्बर १२ निवासी दिपेन्द्र घिसिङ तामाङले सानैदेखि पाइलट बन्ने सपना बोकेको भएतापनि परिवारबाट सहयोग नपाएपछि सरकारी निकायहरु हुदै २२ सय वढी नेताहरु समेत हार… पुरा पढौ

टाइगरकप : महिलातर्फ एपिएफको ह्याट्रिक, पुरुषतर्फ हेल्प नेपाल च्याम्पियन

माघ ५ पोखरा । टाइगर कप भलिबल प्रतियोगिताको उपाधि पुरुषतर्फ हेल्प नेपाल स्पोर्टस क्लव र महिलातर्फ सशस्त्र प्रहरी बलको एपिएफ क्लवले जितेको छ । प्रतियोगिता अन्तर्गत शनिबार भएको खेलमा महिलातर्फ चन्द्रागिरी न्यु–डायमण्ड एकेडेमीलाई ३–० को सोझो सेटमा हराउँदै एपिएफले तेस्रो पटक लगातार उपाधि जित्दै उपाधिमा ह्याट्रिक गरेको हो । प्रतियोगिता अन्तर्गत शनिबार भएको पुरुषतर्फको खेलमा एपिएफले २५–२०, २५–१८ र २५–२१ ले हराउँदै उपाधिमाथि ह्याट्रिक गरेको हो । उपाधि जितेको एपिएफले नगद ५ लाख ५५ हजार ५५५ तथा उपबिजेता न्यू–डायमण्ड एकेडेमीले… पुरा पढौ