समाचार

पोखरा महोत्सवमा आज रचना र श्री ३ को प्रस्तुती रहने

माघ २ पोखरा । अमरसिंहचौरमा जारी पोखरा महोत्सव आज छैटौं दिनपनि जारी छ । ‘युवाको जाँंगर राष्ट्र निर्माणको आधार’ भन्ने नारासहित युनाइटेड क्लव पोखराको आयोजनामा गत बिहीबारदेखि शुरु भएको महोत्सवमा आज रचना रिमाल र लाइभ व्याण्डतर्फ श्री ३ को प्रस्तुती रहने रहने आयोजकले जनाएको छ । यस्तै महोत्सवमा लोक तथा दोहोरी गायक पुरुषोत्तम न्यौपाने, जिवन दाहाल, चोलेन्द्र पौडेल, शिवहरी ढुंगाना, सुमन खड्का, परशुराम अधिकारी, केशव घिमिरे, कृष्ण गुरुङ, माया गुरुङ, दुर्गा क्षेत्री लगायतको प्रस्तुती रहने महोत्सव प्रचार प्रसार संयोजक दिनेश… पुरा पढौ

माघे संक्रान्तिको अवसरमा नेपाल मगर संघ कास्कीमा विविध कार्यक्रम

माघ १ पोखरा । माघे संक्रान्तिको अवसरमा नेपाल मगर संघ कास्कीले शुभकामना आदन प्रदान, विद्यार्थी सम्मान, खेलकुद पुरस्कार वितरण तथा सांस्कृतिक कार्यक्रम २०८० सम्पन्न गरेको छ । कार्यक्रमको गण्डकी प्रदेशका संस्थापक मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले उद्घाटन गरे । कार्यक्रममा बोल्दै गुरुङले संख्याको आधारमा आदिवासी जनजातिहरुलाई समाबेसी समानुपातीक र प्रतिनीधित्व गर्नुपर्नेमा जोड दिए । नेतृत्व तहमा प्रतिनिधित्व नभए सम्म आदिवासी जनजातिको अधिकार सुनिश्चित नहुने उनको जिकिर रहेको थियो । मातृभाषा सवैले अनिबारे सिक्नुपर्ने र अधिकारका लागि सवै एक हुनुपर्नेमा समेत उनले जोड… पुरा पढौ

सङ्घीय सरकारले तीन करोडभन्दा माथिको योजना मात्रै कार्यान्वयन गर्छ : अर्थमन्त्री डा महत

माघ १ नुवाकोट । अर्थमन्त्री डा प्रकाशरण महतले आगामी आर्थिक वर्षदेखि सङ्घीय सरकारले रु तीन करोड भन्दा माथिको योजना मात्रै कार्यान्वयन गर्ने बताएका छन् । नुवाकोटको शिवपुरी गाँउपालिका–५ शेराबगरमा ‘गोरु जुधाइ प्रतियोगिता’ का अवसरमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सङ्घीय सरकारले रु तीन करोडभन्दा माथि र प्रदेश सरकारले रु एक करोडभन्दा माथिको योजना मात्रै सञ्चालन गर्ने नयाँ नियम बनाइएको जानकारी दिए । “तीन तहमा रहेका सरकारले के–कस्तो योजना कार्यान्वयन गर्ने भन्ने अस्पष्टता अन्त्य गर्दै योजनामा बजेटको आकारको सीमा तोकिएको हो… पुरा पढौ

अपडेट : टुँडिखेलमा भागदौड हुँदा घाइते हुनेको सङ्ख्या १६ पुग्यो

माघ १ काठमाण्डौं । माघी मनाउन टुँडिखेलमा जम्मा भएकाहरुबीच भागदौड हुँदा घाइते हुनेको सङ्ख्या १६ पुगेको छ । माघे सङक्रान्तिको अवसरमा मगर र थारु समुदायले आज टुँडिखेलमा आयोजना गरेको छुट्टा–छुट्टै कार्यक्रममा सहभागीबीच भागदौड हुँदा १६ जना घाइते भएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता तथा प्रहरी उपरीक्षक कुमोध ढुङ्गेलले जानकारी दिए । घाइतेहरुको उपचारका लागि वीर अस्पतालको ट्रमा सेन्टरमा भर्ना गरिएको उनको भनाइ छ । महोत्सवस्थलमा प्रवेश गर्ने र बाहिरिनेबीच धकेलाधकेल हुँदा उनीहरु घाइते भएको प्रहरीको भनाइ छ । घाइते भएकामा… पुरा पढौ

सङ्घीयतापछि विकासले गति लियो : मुख्यमन्त्री पाण्डे

माघ १ पर्वत । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सङ्घीयता लागू भएपछि मुलुकमा विकासले गति लिएको दाबी गरेका छन् । पर्वतको फलेबास नगरपालिका–३ शङ्कपोखरीमा आज आयोजित सहिद हरिदत्त तिवारीको २१औँ स्मृतिसभालाई सम्बोधन गर्दै मुख्यमन्त्री पाण्डेले तीनै तहको सरकार बनेपछि विकासमा पहुँच पुगेको बताए । ठूला योजना सङ्घले, मध्यमखालका प्रदेशले र साना योजनाको जिम्मा स्थानीय तहले लिँदा विकास निर्माणमा एकरुपता आएको उनको भनाइ थियो । मुख्यमन्त्री पाण्डेले दुई सय ४० वर्ष लामो राजतन्त्रका कारण मुलुक पछाडि परेको उल्लेख गर्दै बहुदलीय व्यवस्था… पुरा पढौ

घट्यो पेट्रोल र डिजेलको मूल्य

माघ १ काठमाण्डौं । नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य घटाएको छ । निगमले आज राती १२ देखि लागु हुनेगरि प्रतिलिटर एक–एक रुपैयाँका दरले घटाएको हो । इन्डियन आयल कर्पोरेसन (आईओसी)बाट मूल्य घटेर आएसँगै निगमले मूल्य समायोजन गरेको छ । निगमका अनुसार आइओसीबाट पेट्रोलको मूल्य प्रति लिटरमा १ रुपैयाँ २६ पैसा र डिजेल लिटरमा ८३ पैसा घटेर आएको छ। मूल्य समायोजनसँगै अब पेट्रोल प्रतिलिटर १६६ रुपैयाँ र डिजेलको मूल्य प्रति लिटर १५६ कायम भएको छ । पुरा पढौ

हरिराम पौडेलको नेतृत्वमा पौडेल वंश महासंघको केन्द्रीय समिति

माघ १ काठमाण्डौं । पौडेल वंश महासंघको यही पुुस २७ र २८ गते बाँके जिल्लाको कोहलपुरमा सम्पन्न दोस्रो महाधिवेशनले हरिराम पौडेल(कास्की)को नेतृत्वमा केन्द्रीय कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ । कार्यसमितिको बरिष्ठ उपाध्यक्षमा शालिग्राम पौडेल(चितवन), महिला उपाध्यक्षमा जमुना पौडेल(सर्लाही), र उपाध्यक्षमा विजय पौडेल(मोरङ) छन् । प्रदेश उपाध्यक्षहरूमा कमलप्रसाद पौडेल(कोशी), गोविन्दप्रसाद पौडेल(मधेश), दिपकप्रसाद पौडेल(बागमती), शारदा पौडेल(गण्डकी), शालिकराम पौडेल(लुम्बिनी), नरहरि पौडेल(कर्णाली), दुर्गाप्रसाद पौडेल(सुदुरपश्चिम) रहेका छन् । त्यस्तै महासचिवमा उद्धवप्रसाद पौडेल(सुनसरी), सचिवमा रामप्रसाद पौडेल(काठमाडौं), कोषाध्यक्षमा युवराज पौडेल(बाँके), सहसचिवमा चन्द्रमणि पौडेल(म्याग्दी) र सहकोषाध्यक्षमा बेनुप्रसाद पौडेल(सुनसरी)… पुरा पढौ

पर्यटकलाई बास बस्ने सुविधासहित नवनिर्मित बीरेठाँटीको उद्घाटन

पोखरा । नवनिर्मित बीरेठाँटी समुदघाटन गरिएको छ । म्हिगी कोने गुठी अन्नपूर्ण गाँउपालिका वडा नं.८ बीरेठाँटीको आयोजनामा भएको कार्यक्रममा नवनिर्मित ठाँटी उद्घाटन गरिएको हो । कार्यक्रममा अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष विष्णु बहादुर केसीले ऐतिहासिक महत्व बोकेको बीरेठाँटीमा निर्मित भवनको उदघाटन गर्न पाउँदा खुशी लागेको उल्लेख गरे । “बीरेठाँटी ऐतिहासिक महत्व बोकेको ठाउँ हो । पदमार्ग हुँदै मुक्तिनाथ सम्म पुग्ने पर्यटकको बासस्थानका लागि यो थलो महत्वपूर्ण छ । ठाँटीको स्थापनाले पर्यटकको बसोबासमा अझ सहजता मिल्नेछ ।”, उनले भने । बीरेठाँटीको बजार व्यवस्थापन… पुरा पढौ

टाइगर कप भलिबल प्रतियोगिता शुरु, पहिलो दिन एपीएफको दोहोरो जीत

माघ १ पोखरा । पोखरामा सोमबारदेखि टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुल्ला क्लब च्याम्पियनसीप महिला तथा पुरुष भलिबल प्रतियोगिता २०८० शुरु भएको छ । टाईगर ग्रुप अफ पोखराको आयोजनामा पोखरा रंगशालास्थित भलिबल टेक्निकल सेन्टरमा प्रतियोगिता शुरु भएको हो । प्रतियोगिताको पहिलो दिन सशस्त्र प्रहरीको एपीएफ क्लवले दोहोरो जीत निकालेको छ । एपीएफले पुरुष तथा महिलातर्फको दुबै खेलमा नेपाल पुलिस क्लवलाई पराजित गर्दै दोहोरो जीत निकालेको हो । प्रतियोगिता अन्तर्गत भएको पुरुषतर्फको खेलमा एपीएफले नेपाल पुलिस क्लवलाई सोझो सेटमा हरायो… पुरा पढौ

पोखरा महोत्सवमा एकै दिन ३५ हजारले गरे अवलोकन, एक करोड बढीको कारोवार

पोखरा । अमरसिंह मैदानमा जारी पोखरा महोत्सवमा दर्शकको चाप बढ्न थालेको छ । ‘युवाको जाँंगर राष्ट्र निर्माणको आधार’ भन्ने नारासहित युनाइटेड क्लव पोखराको आयोजनामा गत बिहीबारदेखि शुरु भएको महोत्सवमा आज एकैदिन ३५ हजार दर्शकले प्रत्यक्ष अवलोकन गरेको महोत्सवका अर्थ ब्यवस्थापन उपसमितिका संयोजक सूर्य बहादुर बानियाँले जानकारी दिए । महोत्सवमा दर्शकको चाप बढेसँगै १ करोड १५ लाख बरावरको कारोबार भएको उनले बताए । यसका साथै महोत्सवमा याक अवलोकन, घोड सवार, नेपाल टेलिकमको सिमकार्ड लिने र विभिन्न जातजातिको मौलिक पोषाक लगाइ तस्विर… पुरा पढौ