समाचार

१९ औं लेखनाथ महोत्सव शुरु

पुस ५ पोखरा । ‘‘महोत्सव लेखनाथको संस्कृति, स्थानिय उत्पादन विकास र सम्मृद्धि’’ भन्ने मुल नाराका साथ लेखनाथमा विहिबारबाट १९औं संस्करणको लेखनाथ महोत्सव शुरु भएको छ । लेखनाथ उद्योग वाणिज्य संघ र नेपाल उद्योग वाणिज्य महासंघको संयुक्त आयोजनामा सञ्चालन हुने महोत्सवको एक समारोहका विच उद्घाटन गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आर्थिक गतिविधि बढाउन महोत्सवको योगदान महत्वपूर्ण रहने बताए । मुख्यमन्त्री पाण्डेले कृषि उत्पादनमा अनुदान दिने प्रदेश सरकारको योजनामा सहभागी हुन अनुरोध गर्दै युवाहरू रहर या बाध्यताले विदेश जानुपरेको र पहाडी… पुरा पढौ

पोखरा सडक महोत्सवमा चितवनबाट थारु कल्चर आउने

पुस ५ चितवन । पोखरा सडक महोत्सवको प्रचारका लागि पोखरा लेकसाइड रेस्टुरेन्ट एण्ड बार एशोसियशन (रेवान)को टोलीले चितवनको सौराहामा पत्रकार सम्मेलन गरेको छ । पुस १२ देखि १६ गतेसम्म हुने २५ औं संस्करणको पोखरा सडक महोत्सवको प्रचारका लागि पोखराको टोलीले बिहीबार सौराहामा पत्रकार सम्मेलन गरेको हो । अंग्रेजी नयाँ वर्षको अवसर पारेर पोखराको लेकसाइडमा यस वर्ष पनि सडक महोत्सव गर्न लागिएको बिहीबार सौराहामा पत्रकार सम्मेलनमा जानकारी दिइयो । महोत्सव पोखराको लेकसाइड क्षेत्रको करिब ३ कि.म. सडक क्षेत्रमा हुने महोत्सव संयोजक… पुरा पढौ

‘फिस्टेल स्पोर्टस् फेस्ट’को औपचारिक उद्घाटन, विविध खेलहरू जारी

पुस ५ पोखरा । पोखरा १७ तल्लो बिरौटा स्थित फिस्टेल एकेडेमी माविद्वारा आयोजित ‘फिस्टेल स्पोर्टस् फेस्ट’ को उद्घाटन गण्डकी विश्वविद्यालयका कुलपति प्रा.डा. गणेशमान गुरुङले गरेका छन् । गुरुङले उद्घाटन गर्दै गुणस्तरीय शिक्षाका लागि राजधानी वा विदेश जानुको विकल्पका रूपमा मोफसलमै रहेर पनि फिस्टेल एकेडेमीले राम्रो अवसर दिएको विचार राखे । उद्घाटन मन्तव्य राख्दै उनले भने, ‘‘अहिले एउटा वर्ग आफ्ना सन्ततिलाई गुणस्तरीय र समयानुकूलको शिक्षा दिलाउनका लागि केन्द्र तथा विदेशतर्फ पलायन भइरहेको अवस्था छ तर त्यसको विकल्पका रूपमा मोफसलमा फिस्टेल एकेडेमी… पुरा पढौ

कांग्रेस बलियो भए मात्रै संविधानको रक्षा हुन्छ : सभापति देउवा

पुस ५ जनकपुर । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेस बलियो भएमा मात्रै संविधान र परिवर्तनको रक्षा हुने बताएका छन् । नेपाली कांग्रेस मधेस प्रदेशको आयोजनामा आजदेखि जनकपुरधाममा सुरुभएको प्रथम मधेस प्रदेश सम्मेलनको उद्घाटन गर्दै सभापति देउवाले सङ्यीयता, समावेशिता र परिछल्ला उपलब्धिमाथिको प्रहार रोक्न पनि कांग्रेस र मधेस बलियो हुनुपर्ने बताए । पूर्व प्रधानमन्त्री देउवाले समावेशी, समानुपातिक प्रतिनिधित्वलाई सुनिश्चित गर्न अपनाइएका निर्वाचन प्रणालीका कारण कुनै पनि पार्टीको एकल सरकार बनाउन नसक्ने हुँदा गठबन्धन गर्नु परेको उल्लेख गरे ।… पुरा पढौ

झोलामा खोलाको स्थिति अन्त्य गर्न प्रधानमन्त्री प्रचण्डको निर्देशन

पुस ५ काठमाण्डौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको आर्थिक विकासका लागि महत्वपूर्ण मानिएको ऊर्जा क्षेत्रको विकासमा प्रभावकारी रुपमा काम गर्न निर्देशन दिएका छन् । उनले जलविद्युत् आयोजनाको अनुमतिपत्र होल्ड गरेर बस्ने तर आयोजनाको काम नगर्नेको लाइसेन्स खारेज गर्न ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयलाई निर्देशनसमेत दिए । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आयोजित सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र ऊर्जा, जलस्रोत तथा सिाचाइ मन्त्रालयको संयुक्त समीक्षा बैठक एवं दिशानिर्देशमा प्रधानमन्त्री दाहालले सो निर्देशन दिएका हुन् । प्रधानमन्त्रीले भने, “झोलामा खोलाको… पुरा पढौ

पोखराबाट लागू औषध ब्राउनसुगर सहित ३ जना पक्राउ

पोखरा । पोखराको पृथ्वीचोकबाट लागूऔषधको कारोबारमा संलग्न भएको आरोपमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । बुधबार पोखराको पृथ्वीचोकस्थित एक होटलबाट साँझ ६ बजे लागू औषध ब्राउन सुगर जस्तो देखिने ३५० ग्राम खैरो रंगको पद्धार्थसहित उनीहरुलाई पक्राउ परेका हुन् । यसरी पक्राउ पर्नेमा झापा धुलाबारी–१० बस्ने सबिन अली (३०), संखुवासभा खाँतबारी–१ का सन्दीप अधिकारी (१९) र धादिङ रोराङ २ का सबिन घलेल (२५) छन् । उनीहरुले होटलमा बसेर लागू औषध विक्री वितरण गरिरहेका छन् भन्ने गोप्य सूचनाको अधारमा वडा प्रहरी… पुरा पढौ

जाउँ है पोखरा अभियान पश्चिम नेपालमा उत्साहप्रद रुपमा सम्पन्न

पुस ५ पोखरा । आन्तरिक पर्यटन प्रवद्र्धनको मुख्य उद्धेश्यसहित गत मंसिर २९ गतेबाट पश्चिम नेपालमा सुरु भएको ६ दिने जाउँ है पोखरा अभियान उत्साहप्रद रुपमा सम्पन्न भएको छ । अभियान अन्तर्गत भैरहवा, नेपालगंज, धनगढी र महेन्द्रनगरमा पत्रकार सम्मेलन र अन्तरक्रिया कार्यक्रमहरु आयोजना गरिएको थियो । ती कार्यक्रममा पर्यटन तथा उद्योग वाणिज्य क्षेत्रका व्यवसायीहरुको उत्साहप्रद रुपमा सहभागिता रहेको होटल संघ पोखरा नेपालका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिए । होटल संघ पोखरा नेपाल र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजनामा संचालित अभियानमा ती… पुरा पढौ

पोखराको फुटवयर जोनमा जुत्ता ‘एक्सचेन्ज अफर’ जारी

पुस ५ पोखरा । पोखराको सिद्धार्थचोकस्थित फुटवयर जोनले शुरु गरेको ‘फुटवयर जोन एक्स्चेन्ज अफर’ जारी छ । हालै नेपालका विभिन्न जुत्ता तथा चप्पल उत्पादक कम्पनीहरुले संयुक्तरुपमा सञ्चालनमा ल्याएको शोरुमले यस्तो अफर यही पुस २ गतेदेखि सार्वजनिक गरेको हो । यो अफर पोखराको लागि अत्यन्त नयाँ रहेको सञ्चालक रामकृष्ण प्रसाईंले बताए । अफर अन्तर्गत कुनैपनि लेडिज जुत्ता चप्पल १ हजारसम्मको किनमेल गर्दा १० प्रतिशत छुट प्रदान हुनेछ । कुनैपनि पुरानो लेडिज जुत्ता चप्पल ल्याई १ हजारदेखि माथिको लेडिज जुत्ता चप्पल खरिद… पुरा पढौ

राष्ट्रियसभा निर्वाचनका लागि मतदानस्थल निर्धारण

निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि प्रत्येक प्रदेशमा एक÷एक मतदानस्थल र सोही मतदानस्थलमा दुई-दुई मतदान केन्द्र रहने गरी सात मतदानस्थल र १४ मतदान केन्द्र तोकेको छ । आयोगले कोशी प्रदेशका लागि प्रदेश निर्वाचन कार्यालय, विराटनगर, मोरङ, मधेस प्रदेशका लागि महेन्द्रनारायण निधि मिथिला संस्कृति केन्द्र, जनकपुरधाम, धनुषा, बागमती प्रदेशका लागि भुटनदेवी मावि, प्राविधिक शिक्षालय, हेटौडा, गण्डकी प्रदेशका लागि प्रदेश निर्वाचन कार्यालय, पोखरा, कास्की, लुम्बिनी प्रदेशका लागि कर्मचारी मिलन केन्द्रको भवन, घोराही, दाङ, कर्णाली प्रदेशका लागि प्रदेश… पुरा पढौ

अनिच्छित गर्भपतन गर्नपनि हिच्किचाउँछन् नेपाली महिला

पोखरा, मंसिर ५ पोखरा–३ की १७ वर्षिया किशोरी सुहाना (नाम परिवर्तन)को अनिच्छित गर्भ बस्यो । आफ्नो केटा साथी (ब्यायफ्रेण्ड)सँग सहमतिमै सहवास भएपनि बच्चा पाउने उनीहरुको चाहना थिएन । चाहना विपरित अनिच्छित गर्भ बसेपछि उनीहरुले गर्भपतन गर्ने उपाय रोजे । गर्भपतन गर्ने त भने तर गर्भपतन गर्ने ठाउँसम्म जाने हिम्मत गरेनन् । कसैले देख्लान् कि भन्ने डरले उनीहरुलाई खायो । जाउँ कसैले देख्लान् भन्ने डर, नजाउँ जसरीपनि गर्भपतन जसै नगराई नहुने थियो । तर उनीहरु त्यहाँ गएनन् बरु विहे गर्ने विकल्प… पुरा पढौ