समाचार

पोखराबाट अवैध नदीजन्य पद्धार्थ निकासीमा संलग्न ५ टिप्पर नियन्त्रणमा

पुस ४ पोखरा । प्रहरीले पोखराबाट अवैध नदीजन्य पदार्थ चोरी निकासी गरेको आरोपमा ५ वटा टिप्परहरु नियन्त्रणमा लिएको छ । बुधबार बिहान अन्नपूर्ण संरक्षण क्षेत्रबाट नदीजन्य पदार्थ चोरी निकासी गरि अवैध रुपमा पोखरातर्फ ल्याउँदै गरेका ५ वटा टिप्परलाई कास्की प्रहरीले नियन्त्रणमा लिएको हो । अन्नपूर्ण संरक्षण क्षेत्रबाट अवैध रुपमा ढुङ्गा, गिट्टी, बालुवा चोरी निकासी गरि पोखरा ल्याइँदै छ भन्ने गोप्य सुचनाको आधारमा खटिएको प्रहरी टोलीले ५ वटा टिप्परलाई पोखरा–१९ चितेपानीबाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । प्रहरीले… पुरा पढौ

१९ औं लेखनाथ महोत्सवको तयारी पूरा, मुख्यमन्त्री पाण्डेले उद्घाटन गर्ने

पुस ५ पोखरा । ‘‘महोत्सव लेखनाथको संस्कृति, स्थानिय उत्पादन विकास र सम्मृद्धि’’ भन्ने मुल नाराका साथ लेखनाथमा सञ्चालन हुन गईरहेको १९औं संस्करणको लेखनाथ महोत्सवको तयारी पुरा भएको छ । लेखनाथ उद्योग वाणिज्य संघ र नेपाल उद्योग वाणिज्य महासंघको संयुक्त आयोजनामा सञ्चालन हुने महोत्सवको शतप्रतिशत तयारी पुरा भएको र विहिबार एक समारोहका विच गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उद्घाटन गर्ने कार्यक्रम रहेको महोत्सवका मुल संयोजक एवं लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष विनोद श्रेष्ठले जानकारी दिए । पुष ५ गते देखि १६… पुरा पढौ

पत्रकारितामा सुधार आवश्यक छ : देउवा

पोखरा, पुस ४ नेपाली कांग्रेसका सभापती शेरबहादुर देउवाले रचनात्मक पत्रकारिताको खाँचो रहेको औंल्याएका छन् । नेपाल पत्रकार महासंघ कास्कीद्वारा सञ्चालित तथा सूर्य प्रेम बहुउद्देश्यीय समाजसेवा ट्रष्टद्वारा स्थापित ‘कीर्ति स्मृति पत्रकारिता वृत्ति सम्मान’ अर्पण कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापती देउवाले पत्रकारितामा सुधारको खाँचो रहेको बताएका हुन् । पत्रकारितामा ‘ब्याड न्यूज ईज गुड न्यूज फर मिडिया’ मान्ने प्रचलन रहेको भन्दै उनले भने, ‘तर पत्रकारिता कन्स्ट्रक्टिभ हुनुपर्छ । राजनीतिमाजस्तै पत्रकारितामापनि सुधारको खाँचो छ ।’ कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले… पुरा पढौ

सर्वोच्च अदालतको न्यायाधीशमा ६ जनाको नाम अनुमोदन

संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि सिफारिस भएका छ जनाको नाम अनुमोदन गरेको छ । समितिको आज बसेको बैठकले उनीहरुको नाम अनुमोदन गरेको हो । समितिका ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराको अध्यक्षतामा बसेको बैठकले सर्वोच्च अदालतको न्यायाधीश नियुक्तिका लागि सिफारिस भएका सारङ्गा सुवेदी, अब्दुल अजिज मुसलमान, महेश शर्मा पौडेल, टेकप्रसाद ढुङ्गाना, सुनिल पोखरेल र बालकृष्ण ढकालको नाम अनुमोदन गरेको हो । यस विषयमा मङिसर २९ तथा यही पुस १ र २ गते संसदीय सुनुवाइ भएको थियो । न्याय परिषद्को… पुरा पढौ

थकाली संस्कार संरक्षण गर्न प्रशिक्षण

थकाली सेवा समिति नेपाल र थकाली अनुसन्धान केन्द्रको आयोजनामा गत मङ्सिर १६ गतेदेखि बेनीमा सुरु भएको ‘खिमीच्हुव’ र ‘क्होई’ प्रशिक्षण मङ्गलबार सम्पन्न भएको छ । संस्कार र संस्कृति लोप हुन नदिन र बचाउनका लागि प्रशिक्षण आयोजना गरिएको उपाध्यक्ष योगेन्द्रमान भट्टचनले बताए । “थकालीको विवाहका क्रममा माइतीको सम्मानमा खिमीच्हुव र फागु पूर्णिमामा क्होई अनिवार्य गाउनुपर्छ,” उनले भने, “गीत गाउन जानेकाहरु मरेर जाने र नयाँ पुस्तामा ज्ञान, सीप नहुँदा संस्कार नै लोप हुन थालेको छ । थकालीको बसोबास भएको ठाउँमा तालिममार्फत संस्कारको… पुरा पढौ

पर्यटकलाई लोभ्याउन घरबास सञ्चालकलाई तालिम

लाप्राकमा पुग्ने आन्तरिक तथा बाह्य पर्यटकलाई लोभ्याउन उत्तरी गोरखाको धार्चे गाउँपालिका–४ लाप्राकस्थित एकीकृत नमूनाबस्तीका घरबास सञ्चालकहरुलाई घरबास सञ्चालनसम्बन्धी तालिम प्रदान गरिएको छ । गाउँपालिका र जीविकोपार्जन पुनरुत्थानका लागि दिगो पर्यटन परियोजनाबीचको साझेदारीमा घरबास सञ्चालकहरुलाई उद्यमशीलता सीप विकास कार्यक्रमअन्तर्गत सीपमूलक तालिम प्रदान गरिएको गाउँपालिकाका अध्यक्ष लक्ष्मण गुरुङले जानकारी दिए । घरबासका लागि आउने आन्तरिक तथा बाह्य पर्यटकलाई स्वागत सत्कारसँगै स्थानीय उत्पादनका परिकार बनाएर खुवाउन सिकाउने उद्देश्यले गुप्सी नमूनाबस्ती सामुदायिक घरबासका सञ्चालकलाई सातदिने तालिम प्रदान गरिएको उनले बताए । “स्थानीय उत्पादनका पनि… पुरा पढौ

बस र ट्रक एकापसमा ठोक्किँदा तीनजनाको मृत्यु, २७ घाइते

बारामा यात्रुवाहक बस र ट्रक एकापसमा ठोक्किँदा तीनजनाको मृत्यु भएको छ भने २७ जना घाइते भएका छन् । कांकड्भिट्टाबाट काठमाडौँ जाँदै गरेको बा ३–००१ ख २५८७ नंको बस र हेटौँडाबाट पथलैयातर्फ आउँदै गरेको ना७ख ७३०० नंको ट्रक अमलेखगञ्जस्थित तीन नम्बर पुल नजिक आज विहान एकापसमा ठोक्किएका थिए । जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता दधिराम न्यौपानेका अनुसार सो दुर्घटनामा परी ट्रक चालक तनहुँ घर भएका २८ वर्षीय पूर्ण गुरुङ, बस चालक मकवानपुर हेटौँडाका ४० वर्षीय हरिशमशेर सुयाल थापा र अर्का… पुरा पढौ

शुक्लागण्डकीमा युवासँग उपप्रमुख कार्यक्रम: युवालाई उत्पादनसँग जोडिने

तनहुँको शुक्लागण्डकी नगरपालिकामा युवासँग उपप्रमुख कार्यक्रम सञ्चालन हुने भएको छ । बाँझो जमिनमा उत्पादन केन्द्रित कार्यक्रम लागू गर्ने उद्देश्यसहित नगरपालिकामा युवासँग उपप्रमुख कार्यक्रम सुरु गर्न लागिएको हो । यसका लागि कृष्मि बहुउद्देश्यीय सहकारी संस्था र नगरपालिकाबीच सम्झौता भएको छ । सम्झौतापत्रमा सहकारीका तर्फबाट अध्यक्ष मनराज गुरुङ र नगरपालिकाका तर्फबाट शिक्षा तथा युवा शाखाका प्रमुख नवराज चापागाईंले हस्तान्तरण गरेका हुन । बाँझो जमिनमा उत्पादन केन्द्रित कार्यक्रम लागू गर्ने र उत्पादित वस्तुको जिम्मा नगरपालिकाको रोहवरमा सहकारीले लिने गरी युवासँग उपप्रमुख कार्यक्रम सञ्चालन… पुरा पढौ

छोरेपाटन मा.वि.भू.पू. विद्यार्थी मञ्चको अध्यक्षमा रानाभाट

पोखरा । पोखरा महानगरपालिका वडा नंं १७ मा रहेको छोरेपाटन मा.बि.को पुर्व विद्यार्थीहरुको भेलाले कृष्ण बहादुर रानाभाटको अध्यक्षतामा ११ सदस्यीय छोरेपाटन मा. वि. भू. पू. विद्यार्थी मञ्च गठन गरेको छ । मञ्चको वरिष्ठ उपाध्यक्षमा हिमलाल उपाध्याय, उपाध्यक्षमा कृष्ण प्रसाद पोख्रेल, सचिवमा शालिकराम भण्डारी, कोषाध्यक्षमा कविता गुरुङ, सहसचिवमा ज्योति हमाल, सहकोषाध्यक्ष गणेश घर्ति क्षेत्री, सदस्यहरुमा शिवराज न्यौपाने, केदार पहारी, अमन थापा र रामचन्द्र वराल चयन भएका छन् । कार्यक्रमका प्रमुख अतिथि, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बद्रीनाथ पहारी, प्रधानाध्यापक डिल्लीराम शर्मा भुषाल,… पुरा पढौ

वायुसेवा निगमको आम्दानी दोब्बरले बृद्धि, एक वर्षमा २२ अर्ब २४ करोड कमायो

पुस ३ काठमाण्डौं । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को आम्दानी गत तीन वर्षमा दोब्बरभन्दा बढीले वृद्धि भएको छ । महालेखापरीक्षकको लेखापरीक्षण प्रतिवेदनअनुसार निगमको कूल आम्दानी आव २०७७/७८ मा रु नौ अर्ब १० करोड ९७ लाख ३१ हजार आठ सय ४५ रहेको थियो । आव २०७८/७९ मा रु १६ अर्ब ४६ करोड ३२ लाख ६० हजार तीन सय ३३ रहेको निगमको आम्दानी आव २०७९/८० को प्रारम्भिक कूल आम्दानी रु २२ अर्ब २४ करोड १९ लाख ७८ हजार देखिएको निगमका प्रवक्ता… पुरा पढौ