समाचार

कृषि कर्जा साधारण कृषकको पहुचसम्म पुर्‍याउने सरल उपाय खोजौं : जि.स.स. प्रमुख पौडेल

मंसिर २९ पोखरा । जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले पौडेलले कृषि कर्जा साधारण कृषकको पहुच सम्म पुर्यँउने सरल उपाय खोजि गरि कर्जा प्रवाह सजिलो बनाउन आग्रह गरेका छन् । अहिलेको प्रक्रिया केही झन्झटिलो र उत्पादनका काम नै छोडेर कृषकहरू कर्जा प्रक्रियामा लाग्नुपर्ने गुनासो आएको भन्दै सरोकारवाला मन्त्रालयले यसमा विशेष ध्यान दिएर सरल प्रक्रिया अबलम्बन गर्नुपर्ने उल्लेख गरे । प्रमुख पौडेलले सो कुरा प्रधानमन्त्री कृषी आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइ कास्कीको आयोजनामा “सहुलियत कृषि कर्जा कार्यान्वयनका लागि अन्तरक्रिया कार्यक्रम”को… पुरा पढौ

स्थापना दिवसको अवसरमा कुमुदिनीद्वारा मानव सेवा आश्रमलाई खाद्य सामग्री तथा रकम हस्तान्तरण

मंसिर २९ पोखरा । पोखरा महानगरपालिका गैह्रापाटनमा रहेको कुमुदिनी होम्स माध्यमिक विद्यालयले विद्यालय स्थापनाको ३७ औं स्थापना दिवस विभिन्न कार्यक्रम गरी मनाउँदैछ । विद्यालयको ३७ औं स्थापना दिवस, पुरस्कार वितरण एवं अभिभावक दिवसको अवसरमा विद्यालयले पोखरा २५ हेम्जा बाबियातरामा रहेको मानव सेवा आश्रममा खाद्य सामग्री तथा नगद हस्तान्तरण गरेको छ । विद्यालयका संचालिका मीना पालिखेले विद्यालयको तर्फबाट खाद्या सामग्री तथा रुपैयाँ ५ हजार ५ सय ५५ रुपैयाँको चेक हस्तान्तरण गरेकी हुन् । विद्यालयबाट ३५ जना विद्यार्थी र पाँच शिक्षकसहित ४०… पुरा पढौ

रुपिन्द्र र रवीन्द्रलाई उत्कृष्ट प्रधानाध्यापक सम्मान

मंसिर २९ पोखरा । माध्यमिक विद्यालय शैक्षिक कल्याणकारी कोष, कास्कीले रुपिन्द्र प्रभावी जोशी र रवीन्द्रनाथ भट्टराईलाई यस वर्षको उत्कृष्ट प्रधानाध्यापक सम्मान प्रदान गरेको छ । शुक्रबार पोखरामा आयोजित कोषको १२ औँ साधारणसभामा शिवालय माध्यमिक विद्यालय, रूपा–२, कास्कीका प्रधानाध्यापक जोशी र लक्ष्मीआदर्श माध्यमिक विद्यालय, पोखराका प्रधानाध्यापक भट्टराईलाई जनही ५ हजार रुपियाँ नगद, सम्मानपत्र र दोसल्लासहित सम्मान गरिएको हो । सम्मानित व्यक्तित्व जोशी साहित्य र पत्रकारितामा समेत संलग्न छन् । विद्यालयको भौतिक, शैक्षिक र प्रशासनिक सुधारमा महत्वपूर्ण योगदान पु¥याएका भन्दै उनीहरूलाई सम्मान… पुरा पढौ

प्याब्सन स्पोर्टस मिट : गुरुकुल विद्यासदनलाई भलिवलतर्फ दोहोरो उपाधी

पोखरा । पोखराको गुरुकुल विद्यासदनले प्याब्सन स्पोर्टस मिट–२०८० मा भलिबलतर्फ दोहोरो उपाधी जितेको छ । निजि तथा आवाशिय विद्यालयहरुको छाता संस्था प्याब्सन कास्कीद्वारा आयोजित माविस्तरिय कक्षा ९–१२ लक्षित ‘प्याब्सन स्पोर्टस मिट २०८०’ अन्तर्गत गुरुकुलले छात्र–छात्रा भलिवलतर्फ दोहोरो स्वर्ण जितेको हो । गुरुकुलले सम्पन्न प्रतियोगितामा छात्रतर्फ स्पाइरल गेलेक्सीलाई र छात्रातर्फ प्रतिभा मा.विलाई सोझो दुई सेट पराजित गर्दै दोहोरो उपाधि जितेको हो । प्रतियोगितामा उत्कृष्ट खेलाडीको उपाधी सुदिप सुनार र सुस्मिता श्रीपाली घोषित भए । पुरा पढौ

पूर्व गृहमन्त्री बालकृष्ण खाँण धरौटीमा रिहा

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका कांग्रेस नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँण अदालतले तोकेको ३० लाख रुपैयाँ धरौटी बुझाएर शुक्रबार रिहा भएका छन् । उच्च अदालत पाटनले बिहीबार पूर्वगृहमन्त्री समेत रहेका खाँणलाई धरौटीमा छाड्न आदेश दिएको थियो । अदालतले मागेको धरौटी बमोजिमको बैंक ग्यारेन्टी बुझाएर खाँण शुक्रबार रिहा भएका हुन । धरौटी बापतको बैंक ग्यारेन्टी बुझाएपछि उनलाई सम्पति शुद्धिकरण विभाग लगिएको थियो । विभागमा पनि उनले १५ लाख रुपैयाँ धरौटी बुझाएका थिए । त्यसपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग… पुरा पढौ

सुर्तीजन्य पदार्थमा बिक्री वितरणमा रोक लगाउने निर्णय कार्यन्वयन नगर्न उच्चको आदेश

मंसिर २९ काठमाण्डौं । उच्च अदालत पाटनले सुर्तीजन्य पदार्थ बिक्री वितरण गर्न नदिने काठमाडौँ महानगरपालिकालको निर्णय कार्यान्वयन नगर्न आदेश दिएको छ । आज उच्च अदालत पाटनका न्यायधीश जनक पाण्डे र ब्रजेश प्याकुरेलको सयुक्त इजलासले काठमाडौँ महानगरको सुर्तीजन्य पदार्थमा बिक्री वितरणमा रोक लगाउने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो । आदेशमा अन्तिम टुङ्गो नलागेसम्म निर्णय कार्यान्वयन नगर्न/नगराउन भनिएको छ । “निवदेकले रीतपूर्वक उद्योग व्यवसाय सञ्चालन गरी कर तथा राजस्व नियमित तिर्दै बुझाउँदै आएको अवस्थामा हाल काठमाडौँ महानगरले सुर्तीजन्य पदार्थ नियन्त्रण… पुरा पढौ

नेपाल भूतपूर्व खेलाडी मञ्चले गर्‍यो आजिवन सदस्यसँग अन्तरक्रिया

मंसिर २९ पोखरा । नेपाल भूतपूर्व खेलाडी मञ्चले आफ्ना आजिवन सदस्यहरुसँग अन्तरक्रिया गरेको छ । मञ्चले गर्दै आइरहेको गतिविधि, सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन र मृत्यु भएका सदस्यहरुको सम्झना गर्दै अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको हो । शुक्रबार पोखरा उद्योग वाणिज्य संघको अमृत कक्षमा सम्पन्न भएको अन्तरक्रियामा सहभागिहरुले पोखरा म्याराथनलाई थप स्तरीय बनाउनका लागि जोड दिए । सहभागिहरुले मञ्चका लागि सद्यैँ सहयोग गर्न तयार रहेको र आर्थिक, भौतिक र नैतिक रुपमा सहयोग गरिरहने प्रतिबद्धता समेत व्यक्त गरे । कार्यक्रममा स्वागत गर्दै मञ्चका… पुरा पढौ

पश्चिमाञ्चलमा ३५ यूनिट रगत संकलन

पोखरा । पोखराको गैह्रापाटनस्थित पश्चिमाञ्चल माविले ३२ औं वार्षिकोत्सवको अवसरमा शुक्रबार खुला रक्तदान कार्यक्रम आयोजना गरेको छ । विद्यालय परिसरमा भएको रक्तदानको पश्चिमाञ्चल फाउन्डेसनका अध्यक्ष प्राडा रामनाथ ओझाले उद्घाटन गरेका थिए । कार्यक्रममा ३५ यूनिट रगत संकलन भएको थियो । विद्यालयका प्राचार्य सरोज कोइरालाले वार्षिकोत्सव अवसरमा विद्यालयले हरेक वर्ष रक्तदान सहित विभिन्न कार्यक्रम गर्दै आएको बताए । आगामि दिनमा पनि यस्तै सामाजिक कामलाई निरन्तरता दिने उनले बताए । विद्यालयकी सहप्राचार्य मिनु श्रेष्ठ कुँवरले सामाजिक उत्तरदायित्व अन्तर्गत विद्यालयले रक्तनाथ कार्यक्रम आयोजना… पुरा पढौ

राष्ट्रिय हितलाई केन्द्रमा राखेर काम गर्ने सचिव लम्सालको प्रतिबद्धता

मंसिर २९ काठमाण्डौं । नवनियुक्त परराष्ट्र सचिव सेवा लम्सालले देशको राष्ट्रिय हितलाई केन्द्रमा राखेर सन्तुलित परराष्ट्र नीति कार्यान्वयनमा निष्ठापूर्वक लाग्ने प्रतिबद्धता व्यक्त गरेकी छन् । परराष्ट्र मन्त्रालयमा आज पद बहाली गरेपछि सङ्क्षिप्त कुरा गर्दै उनले सरकारले सुम्पेको जिम्मेवारी इमानदारीपूर्वक निर्वाह गर्ने दृढता व्यक्त गरिन् । “मन्त्रालयका सबै सहकर्मीको साथ र सहयोगमा सरकारले सुम्पेको जिम्मेवारी पूरा गर्न कर्तव्यनिष्ठ भएर लाग्नेछु”, समूह भावनाका साथ काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै उनले भनिन् । देशको परराष्ट्र नीतिअनुरुप द्विपक्षीय एवम् बहुपक्षीय सम्बन्धलाई प्राथमिकता दिँदै छिमेकी… पुरा पढौ

थमन विक हत्या प्रकरणमा सांसद महतोले पाए सफाइ

मंसिर २८ महोत्तरी । बहुप्रतिक्षित सशस्त्र प्रहरी सहायक निरीक्षक (असई) थमन विक हत्या प्रकरणमा महोत्तरी जिल्ला अदालतले प्रतिनिधिसभामा महोत्तरी–१ बाट निर्वाचित सांसद लक्ष्मी महतो कोइरीलाई सफाइ दिएको छ । न्यायाधीश उद्धवप्रसाद भट्टराईको इजलासले आज सांसद कोइरीलाई सफाइ दिएको हो । यसै मुद्दामा मधेस प्रदेशसभामा महोत्तरी–३ (१) बाट निर्वाचित प्रदेशसभा सदस्य अभिराम शर्मालाई भने अदालतले जन्मकैदको फैसला गरेको छ । यसअघि २०७४ मा पनि शर्मा मधेस प्रदेशसभामा थिए । मुद्दाका २८ प्रतिवादीमध्ये सांसद महतोसँगै पवन ठाकुरलाई पनि सफाइ दिइएको छ ।… पुरा पढौ