समाचार

व्यापार मेला : ६ करोडको कारोबार

मंसिर २८ पोखरा । पोखराको नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा आयोजित राष्ट्रिय औद्योगिक व्यापार मेला ८८ हजार जनाले अवलोकन गरेको र करिब ६ करोड १५ लाखभन्दा बढीको कारोबार भएको आयोजकको दाबी छ । आयोजक संस्था पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवनकुमार प्रजापतिले मंसिर २१ गते समुद्घाटन भएको मेलामा महिलाहरु सहभागिता बढी भएको पनि बताए । ‘समुद्घाटनकै दिन पोखराका हजारौं महिलाहरुले प्रभाफेरीसहित मेलामा सहभागिता जनाउनुभयो,दैनिक रुपले हुने महिला सहभागिता लोभलाग्दो छ,’उनले भने,‘शुक्रबार र शनिबार अवलोकनकर्ताको चाप बढ्ने हामीले विश्वास लिएका छौँ ।’ संघका… पुरा पढौ

स्थानीय अर्थतन्त्र बलियो बनाउन एडिबीको १६ अर्ब ६० करोड सहयोग

मंसिर २८ काठमाण्डौं । नेपालको दिगो पर्यटन प्रवर्द्धन गर्दै स्थानीय बासिन्दालाई गुणस्तरीय जीवनयापनमा सघाउने उद्देश्यले जीवनयापान सुधार परियोजना कार्यान्वयन गर्न एसियाली विकास बैंक (एडिबी)ले रु १६ अर्ब ६० करोडको वित्तीय सहायता उपलब्ध गराउने भएको छ । पर्यटनका माध्यमबाट स्थानीय अर्थतन्त्रलाई सबल बनाउन देवदह, लुम्बिनी सांस्कृति, सैनामैना, सिद्धार्थनगर र तिलोत्तमा नगरपालिकाका साथै जनकपुर उपमहानगरपालिका र पोखरा महानगरपालिकाको आर्थिक वृद्धिमा सघाउन उक्त वित्तीय ‘प्याकेज’ एडिबीले आज स्वीकृत गरेको हो । बैंकको प्रधानकार्यालय मनिलाबाट आज जारी प्रेस विज्ञप्तिअनुसार जलवायु एवं प्रकोप प्रतिरोधी सहरहरू… पुरा पढौ

चौध किलो सुन प्रकरणमा अहिलेसम्म पाँच पक्राउ

मंसिर २८ काठमाण्डौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट यही मङ्सिर २१ गते राति बरामद गरिएको १४ किलो सुन प्रकरणमा हालसम्म पाँच जना पक्राउ परेका छन् । सो दिन फ्लाई दुबईको उडान नं ‘एफजेड ५७३’ बाट आएका गोरखाका ४५ वर्षीय चन्द्र घलेको साथबाट उक्त परिमाणको सुन बरामद गरिएको थियो । अनुसन्धानका क्रममा आज प्रहरीले विमानस्थलका सरसफाई सुपरभाइजर सुशीला पाण्डेलाई नियन्त्रणमा लिएसँगै पक्राउ पर्नेको सङ्ख्या पाँच पुगेको त्रिभुवन विमानस्थल भन्सार कार्यालयका प्रमुख डा टोकराज पाण्डेले जानकारी दिए । उनल भने, “फोहोरको भाँडोमा सुन… पुरा पढौ

नेपाल टेलिकमका कपर केबुल चोरी गरेको आरोपमा २ पक्राउ

पोखरा । पोखराका विभिन्न ठाउँबाट नेपाल टेलिकमको कपर केबुल (तार) चोरी गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पोखराका विभिन्न स्थानमा बिजुलीका पोलहरुमा रहेको नेपाल टेलिकमको तार चोरीमा संलग्न भएको आरोपमा प्रहरीले पोखरा–२५ हेम्जाका लालबहादुर नेपाली (५८) र भारतको मोतिहारी बिहार घर भई सोही स्थानमा बस्दै आएका श्यामनाथ जैसवाल (३९ ) लाई बुधबार पक्राउ गरेको हो । बिजुलीका पोलहरुमा रहेको नेपाल टेलिकमको तारहरु चोरी भएको सुचनाका आधारमा खोजतलासमा जुटेको प्रहरीले उनीहरुलाई बुधबार अन्दाजी राती ८ बजे पोखरा–१९ लामाचौरस्थित… पुरा पढौ

परराष्ट्र सचिवमा सेवा लम्सालको बढुवा

मंसिर २८ काठमाण्डौं । सरकारले परराष्ट्र सचिवमा वरिष्ठ सहसचिव सेवा लम्साललाई बढुवा गरेको छ । मन्त्रिपरिषद्को आजको बैठकले उनलाई उक्त पदमा बढुवा गर्ने निर्णय गरेको हो । उक्त पदको जिम्मेवारी पाउने उनी पहिलो महिला भएकी छन् । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माका अनुसार बैठकले नेपाली सेनाका उपरथी अशोकराज सिग्देललाई रथी पदमा बढुवा गर्ने निर्णय गरेको छ । साथै, बैठकले विद्युत् खपत वृद्धि तथा खनिज इन्धन न्यूनीकरणसम्बन्धी कार्ययोजना, २०८० स्वीकृत गर्ने निर्णय गरेको छ । रासस पुरा पढौ

लेखनाथ महोत्सवले मौलीक संस्कृतिको जर्गेना गरेको छ : संयोजक बुद्धिमाया मगर

मंसिर २८ पोखरा । लेखनाथ उद्योग वाणिज्य संघले आयोजना गर्न लागेको १९ औं लेखनाथ महोत्सवको तयारी तीव्र पारिएको छ । महोत्सवको तयारी तिव्र भएसँगै यस क्षेत्रका विभिन्न आमा/महिला समुह, संघ संस्थाहरु र विभिन्न जातजाती एवं भाषा भाषीहरुले पनि प्रर्दशन गर्ने झाँकी र्यालीको तयारी गरिरहेका छन । हरेक वर्ष आयोजना हुने लेखनाथ महोत्सवमा उद्घाटनको दिन वृहत झाँकी र्याली निकालीने गरिन्छ । यसरी निकालीने झाँकी र्यालीले महोत्सवप्रती स्थानियको एकता कति मजबुद छ भन्ने देखाउने झाँकी र्याली व्यवस्थापन उप–समितिकी संयोजक एवं वडा नं.–२७… पुरा पढौ

राष्ट्रिय स्वतन्त्र पार्टी पोखरा १० मा थापा

मंसिर २८ पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टीले विहिवार देखि सुरु गरेको वडा अधिवेशन अन्तरगत पोखरा महानगरपालिका वडा नं १० को प्रथम वडाअधिवेशनले चन्द्र बहादुर थापालाई सभापतिमा चयन गरेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भर्चोलको माध्यमबाट सातै प्रदेशमा वडा अधिवेशनको सुभारम्भ गरे पश्चात गण्डकी प्रदेश अन्तरगतको पोखरा महानगरपालिका वडा नं १० को वडा अधिवेशले थापालाई सर्वसम्वत रुपमा सभापतिमा चयन गरेको हो । नवगठित समितिको सचिवमा सुर्यमणि धिताललाई चयन गरेको छ भने सदस्यहरुमा निलम कुमार गौतम,अस्मिता थापा,मिन बहादुर गुरुङ,कविता… पुरा पढौ

माछापुच्छ्रे गाउँपालिका अध्यक्ष कप पौष अन्तिम सातादेखि

मंसिर २८ पोखरा । दोस्रो माछापुच्छ्रे गाउँपालिका अध्यक्ष कप २०८० पौष २६ गते देखि २८ गते सम्म आयोजना हुने भएको छ । “स्वास्थ्यको लागि खेलकुद,राष्ट्रको लागि खेलकुद” भन्ने मुल नाराका साथ माछापुच्छ्रे गाउँपालिका खेलकुद विकास समितिको आयोजना साथै ३ नं वडा कार्यालय घाचोकको समन्वय र भलिबल संघ माछापुच्छ्रेकोे व्यवस्थापनमा माछापुच्छ्रे–३, घाचोक मेधराज मा.विको प्राङ्गणमा प्रतियोगिता आयोजना हुने भएको हो । युवाहरुलाई खेलप्रति आकर्षित गर्ने र खेलकुदको माध्यमबाट गाउँपालिकालाई चिनाउने उदेश्यले प्रतियोगिता आयोजना गर्न लागिएको बिहिवार पोखरामा आयोजित पत्रकार सम्मेलनमा गाउँपालिका… पुरा पढौ

एग्रो मनाङ अवैध भएको सांसद मनाङेको दाबी, अनुदानको दुरुपयोग र वन फडानी गरेको आरोप

एसियाकै ठूलो स्याउ फार्म भनेर प्रचार गरिएको एग्रो मनाङ प्रालि अबैध रुपमा सञ्चालन भएको दाबी गरिएको छ । मनाङ जिल्लाको डिस्याङ गाउँपालिका वडा नम्बर १ पिसाङमा सञ्चालित यो फार्म विवादित जग्गामा सञ्चालनमा रहेको र यसले फर्जि कागजात बनाई अनुदान लिएर सञ्चालनमा रहेको गण्डकी प्रदेश सभा सदस्य राजिव गुरुङ उर्फ दीपक मनाङेले विहीबार समाजवादी प्रेस संगठनले आयोजना गरेको पत्रकार सम्मेलनमा दाबी गरेका हुन् । २०७० साल जेठ २३ गते दर्ता भएर सञ्चालनमा रहेको एग्रो मनाङ मनाङे निर्विरोध निर्वाचित भएको मनाङ (ख)… पुरा पढौ

चार महिनामा भित्रियो रु. चार खर्ब ७७ अर्ब रेमिट्यान्स

चालु आर्थिक वर्षको चार महिनामा रु. चार खर्ब ७७ अर्ब ९६ करोड बराबरको रेमिट्यान्स मुलुक भित्रिएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीयस्थिति प्रतिवेदनमा साउनदेखि कात्तिकसम्म विप्रेषण आप्रवाह २६ दशमलव चार प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २० दशमलव चार प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह २३ दशमलब एक प्रतिशतले वृद्धि भई तीन अर्ब ६० करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १० दशमलब आठ प्रतिशतले… पुरा पढौ