समाचार

राष्ट्रिय माविको हीरक जयन्ती : विद्यालयद्वारा सम्पुर्णमा आभार व्यक्त

मंसिर २७ पोखरा । आफनो स्थापनाको ७५ औ वर्ष प्रवेशको अवसरमा २० मंसिरमा आयोजना गरेको प्रभातफेरी सगै हीरक जयन्ती शुभारम्भ समारोहमा सहभागि सम्पुर्णमा पोखरा महानगरपालिका वडा नम्बर १ पुरानो टुँडिखेल स्थित राष्ट्रिय माध्यमिक विद्यालयले आभार व्यक्त गरेको छ । विद्यालयले बुधबार एक प्रेस विज्ञप्ती जारी गदै प्रभातफेरी सगै शुभारम्भ कार्यक्रम सहभागि प्रमुख अतिथि, विशिष्ट अतिथि, विशेष अतिथि, पोखरा महानगरपालिका विभिन्न वडाका जनप्रतिनिधिहरु सगै वडा शिक्षा समितिका सदस्यहरु, सुरक्षाकर्मी, पत्रकार, सशस्त्र प्रहरी बल नेपाल ४ नं बाहिनीको ब्याण्ड, छिमेकी विद्यालयहरु, आमा… पुरा पढौ

सफल पोखरा म्याराथनलाई शान्तिक निकेतनको साथ

पोखरा । आगामी फागुन पहिलो साता हुने सफल अन्तर्राष्ट्रिय पोखरा म्याराथनलाई शान्ति निकेतन बोर्डिङ स्कुलले साथ र सहयोग गर्ने भएको छ । नेपाल भूतपूर्व खेलाडी मञ्चको आयोजनामा हुँदै आइरहेको अन्तर्राष्ट्रिय म्याराथनको १८ औं संस्करणमा शान्ति निकेतनले समेत साथ दिने भएको हो । प्रत्यक्ष रुपमा खेलाडी तथा विधार्थीको जिवनसँग समेत जोडिएको विषय खेल क्षेत्र भएकाले म्याराथनमा विधालयको समेत सहभागिता रहने भएको हो । पोखरा ५ मालेपाटनस्थित विधालयका प्रिन्सिपल महेश्वर पराजुलीले सफल अन्तर्राष्ट्रिय पोखरा म्याराथनमा जोडिन पाउनु खुसीको कुरा भएको प्रतिक्रिया दिएका… पुरा पढौ

तमु युवा ह्यूल छोँज धीँको उद्घोष : पहिचानसहितको स्वायत्त प्रदेश नभएसम्म संघर्ष

पोखरा, मंसिर २७ तमु युवा ह्यूल छोँज धीँले पहिचानसहित स्वायत्त प्रदेश घोषणा नभएसम्म संघर्ष जारी राख्ने घोषणा गरेको छ । तमु ह्यूल छोँज धीँ गुरुङ राष्ट्रिय परिषदको युवा संस्था तमु युवा ह्यूल छोँज धीँले पहिचानसहितको स्वायत्त प्रदेश नभएसम्म संघर्ष जारी राख्ने जनाएको हो । तमु युवा ह्यूल छोँज धीँको ईलाममा हालै सम्पन्न दोश्रो महाधिवेशनले गण्डकी प्रदेशलाई तमुवान प्रदेश बनाउनेसहित १५ बुँदे ईलाम घोषणा पत्र–२०८० जारी गरेको बुधबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो । तमु युवा ह्यूल छोँज धीँले… पुरा पढौ

अत्रि गोत्र (पहारी) थरहरुको कुल पूजा तथा बंशावलि विमोचनको तयारी

पोखरा । अत्रि गोत्र पहारीहरुको कुल पूजा तथा पहारी (थर) हरुको पहिलो पटक प्रकाशित वंशाबलि विमोचनको तयांरी गरिएको छ । अत्रि गोत्र (पहारी)हरुका कुल मन्दिर व्यवस्थापन समिति गण्डकी प्रदेश कास्की जिल्ला को आयोजनामा यहि आउँदो पुस १० गते पोखरा महानगर पालिका वडा १८ स्थित सेदी डाडा कुलमन्दिरमा पुजाको तयारी गरिएको हो । कुल पुजालाई मध्यनजर गर्दै पुष ७ गते पहारी कुल बशको बंशावलि बिमोचन सहित आठौ राष्ट्रिय अधिवेशन गर्ने लागिएको सचिब जगत बहादुर पहारीले बताए । वंशावलि प्रकाशन समितिका संयोजक… पुरा पढौ

गण्डकी–लुम्बिनी प्रदेश जोड्ने राम्दीमा अर्काे नयाँ पुल बन्दै

वालिङ । गण्डकी र लुम्बिनी प्रदेशको सङ्गमस्थल (रामनदीधाम) राम्दीस्थित कालीगण्डकी नदीमाथि पक्की पुल निर्माण थालिएको छ । सुनौली–पोखरा जोड्ने सिद्धार्थ राजमार्ग अन्तर्गत राम्दीमा कालीगण्डकी नदीमाथि नयाँ पुल निर्माण थालिएको हो । विसं २०२८ मा बनेको ‘स्टिल ट्रस’ पुल जीर्ण हुँदै गएपछि नयाँ प्रविधिको ‘सिग्नेचर ब्रिज’ को निर्माण थालिएको पुल सेक्टर पोखराका इञ्जीनीयर आशिष रिजालले जानकारी दिए । “पुल जीर्ण हुँदै जाँदा ठूला भारवहन क्षमताका सवारी साधन सञ्चालन हुन पाएका थिएनन्” उनले भने, “एकहप्ता अघिदेखि पुल निर्माण सुरु गरेका छौँ, स्याङ्जातर्फको… पुरा पढौ

वालिङमा सुरक्षित बसोबासका लागि ‘जोखिम संवेदनशील भू–उपयोग योजना’

वालिङ । स्याङ्जाको वालिङ नगरपालिकाले सुरक्षित बसोबासलाई प्रोत्साहन गर्न ‘जोखिम संवेदनशील भू–उपयोग योजना’ निर्माण गरेको छ । संयुक्त राष्ट्रसङ्घीय विकास परियोजना (युएनडिपी)को प्राविधिक सहयोगमा विषय विज्ञहरूद्वारा नगरपालिकाका १४ वटै वडामा पुगेर यन्त्र तथा उपकरणको प्रयोग गरी प्रतिवेदन निर्माण गरी नगरपालिकालाई हस्तान्तरण गरेको हो । नगरभित्रको भूमिको बनोट, प्रयोग क्षमता, भूगोलको जोखिम संवेदनशीलतालगायत विषयलाई ध्यानमा राखेर गत वर्ष माघदेखि सम्बन्धित ठाउँमै पुगेर अध्ययनबाट प्राप्त प्रतिवेदन नगरपालिकालाई हस्तान्तरण गरिएको जोखिम विज्ञका रूपमा रहेका निरोज तिमिल्सिनाले बताए। “अध्ययनका क्रममा पछिल्लो १० वर्षमा ८६… पुरा पढौ

बिजुली नपुगेका घर खोज्दै गण्डकीको ऊर्जा मन्त्रालय

गण्डकी । पछिल्लो आर्थिक सर्वेक्षणले गण्डकी प्रदेशका दुई हजार आठ सय ८४ घरधुरी मात्र बिजुुलीको पहुँचबाहिर रहेको देखाएको थियो । तीमध्ये बागलुङको ढोरपाटन नगरपालिका–६ छेन्तुङका तीन सय ९१ घरमा गत असोजमा सौर्य ऊर्जा जडान गरिएको प्रदेशको ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयले जनाएको छ । उक्त तथ्याङ्कलाई आधार मान्दा अब गण्डकी प्रदेशका दुई हजार चार सय ९३ घरधुरीमा मात्र बिजुली नपुगेको देखिन्छ । मन्त्रालयको ऊर्जा शाखा प्रमुख इन्जिनियर जीवन श्रेष्ठका अनुसार बिजुली नपुगेका घरधुरी पहिचान गरी प्रदेशको शतप्रतिशत जनसङ्ख्यामा विद्युत् सेवा… पुरा पढौ

सालझण्डी–ढोरपाटन सडक निर्माण द्रुत गतिमा

ढोरपाटन । लामो समयदेखि अलपत्र परेको सालझण्डी–ढोरपाटन सडक निर्माण द्रुत गतिमा अघि बढेको छ । तराई पहाड जोड्ने गरी निर्माण थालिएको यो सडकको बागलुङ खण्डको काम मङ्सिर लागेयता द्रुत गतिमा अघि बढेको हो । राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाका रुपमा रहेको यो सडकको बागलुङ खण्डमा ‘ट्र्याक’ खुलेको आठ वर्ष बितिसकेको थियो । नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटनलाई जोड्न निर्माण भएको सडक अहिलेसम्म स्तरोन्नति हुन सकेको थिएन । सरकारले सडक स्तरोन्नतिका लागि गत वर्ष रु ६० करोड विनियोजन गरेको थियो । गत… पुरा पढौ

बुद्धसिंह मार्ग :कालोपत्र गर्न नाला निर्माण

दमौली । पृथ्वीराजमार्गको वैकल्पिक सडकको रुपमा विकास गर्न लागिएको बुद्धसिंह मार्गमा कालोपत्रका लागि नाला निर्माणको काम थालिएको छ । उक्त खण्डको दश किलोमिटर सडक कालोपत्र हुने जनाइएको छ । गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री रेशमबहादुर जुग्जालीले गत कात्तिकमा उक्त सडकको निरीक्षण गरेभएपश्चात् निर्माण कम्पनीले काम सुरु गरेको हो । सदरमुकाम दमौलीदेखि घुमाउने जोड्ने बुद्धसिंह मार्गको व्यास नगरपालिका–१३ सोढेंँसम्म दश किलोमिटर खण्ड आक्सफाल्ट प्रविधिबाट कालोपत्र गरिनेछ । कूल ३२ किलोमिटर दूरीमध्ये चालु आर्थिक वर्षमा दश किलोमिटर कालोपत्रका लागि… पुरा पढौ

पोखरामा स्कुटर चोरीको आरोपमा १८ वर्षिय यूवक पक्राउ

पोखरा । पोखरामा पार्किङमा राखेको स्कुटर चोरी गरेको आरोपमा १८ वर्षिय एक यूवक पक्राउ परेका छन् । पोखराको मुस्ताङचोकस्थित भित्री सडकखण्डमा पार्किङ गरि राखेको ग १५ प २५१९ नम्वरको स्कुटर चोरी गरेको आरोपमा धादिङको निलकण्ठ नगरपालिका–६ घर भई पोखरा–८ बस्दै आएका अविनाश थापालाई प्रहरीले पक्राउ गरेको हो । गत मंसिर १६ गते राती ८ बजे पार्किङ गरि राखेको स्कुटर हराएको सूचना पाए लगत्तै खोजीका लागि खटिएको वडा प्रहरी कार्यालय बैदामले थापालाई सोमबार पोखराको नागढुंगाबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले… पुरा पढौ