समाचार

२३ औं आहा रारा पोखरा गोल्डकपका लागि मूल आयोजक समिति गठन

मंसिर २६ पोखरा । २३ औं आहा ! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको लागि आयोजक सहारा क्लब पोखरा तयारीमा जुटेको छ । हिमश्री फुड्सको मुख्य प्रायोजनमा आगामी माघ दोस्रो साता पोखरा रंगशालामा सञ्चालन हुने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अन्तर क्लब आमन्त्रित यो फुटबल प्रतियोगिता नेपालमै नियमितरुपमा सञ्चालन हुने एकमात्र प्रतियोगिता हो । यसैबीच, मंगलबार क्लबका पूर्व अध्यक्षसहितको कार्यसमिति बैठकद्वारा क्लब अध्यक्ष केशवराज बरालको अध्यक्षतामा ५०२ सदस्यीय मूल आयोजक समिति एवं १०१ सदस्यीय सल्लाहकार परिषद् गठन गरिएको छ । प्रतियोगिता संयोजकमा क्लबका… पुरा पढौ

सोह्र दिने अभियानमा ६२ हिंसाका घटना : इन्सेक

मंसिर २६ काठमाण्डौं । लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानमा ६२ वटा महिला तथा बालिकाविरूद्ध हिंसात्मक घटना भएको पाइएको छ । अनौपचारिक सेवा केन्द्र (इन्सेक)ले सार्वजनिक गरेको प्रतिवेदनमा बाल अधिकारसम्बन्धी १९, महिला अधिकारसम्बन्धी ३९ र चारवटा हत्याका घटना भएको जनाइएको हो । बालअधिकारमा १३ बलत्कार, चार यौन दुव्र्यवहार, दुई बेचबिखनका रहेका छन् । यस्तै महिला अधिकारमा सात वटा बेचबिखनको प्रयास, पाँच बालत्कार, १३ घरेलु हिंसा, एक यौन दुव्र्यवहार, पाँच बेचबिखनका घटना अनुगमनका क्रममा पाइएको इन्सेकका अध्यक्ष डा कुन्दन अर्यालले सार्वजनिक गरेको… पुरा पढौ

पोखरामा माविस्तरिय प्याब्सन स्पोर्टस मिट जारी

पोखरा । निजि तथा आवाशिय विद्यालयहरुको छाता संस्था प्याब्सन कास्कीद्वारा आयोजित माविस्तरिय कक्षा ९–१२ लक्षित ‘प्याब्सन स्पोर्टस मिट’ पोखरा रंगशालामा दोश्रो दिन पनि जारी रहेको छ । भोली बुधबार सम्म सञ्चालन हुने स्पोर्टस मिट अन्तर्गत छात्र/छात्रा भलिबल, छात्र/छात्रा बास्केटबलका दोश्रो चरणका खेलहरु सम्पन्न भएका छन् भने टेबुल टेनिस छात्र/छात्राको फाइनल खेल सम्पन्न भएको प्याब्सन कास्कीले जनाएको छ । प्रतियोगिता अन्तर्गत मंगलबार छात्र भलिबलतर्फ स्पाइरल ग्यालेक्सीले करुणानिधी मावि संग भिड्ने छ भने अर्को सेमीफाइनलमा पश्चिमाञ्चलले गुरुकुलको सामना गर्ने भएको भलिबल प्रतियोगिताका… पुरा पढौ

सकियो आठौं अन्तर्राष्ट्रिय पर्वतीय महोत्सव, १० हजारले गरे अवलोकन

मंसिर २६ पोखरा । जलवायु परिवर्तनले बद्लिँदा हिमाल र हिमाली जनजीवनबारे चिन्तन गर्दै पोखरामा जारी आठौं पर्वतीय महोत्सव मंगलबार सकिएको छ । अन्तर्राष्ट्रिय पर्वतीय दिवसका अवसरमा नेपाल पर्वतारोहण संघले बर्सेनि महोत्सव आयोजना गर्दै आएको हो । महोत्सवको समापन समारोहमा गण्डकी प्रदेशका अर्थमन्त्री जीतबहादुर आलेमगरले पछिल्लो समय बढ्दो जलवायु परिवर्तनले हिमाललाई चोट पु¥याइरहेको भन्दै चिन्ता व्यक्त गरे । जलवायु परिवर्तनमा नेपालको दोष नभए पनि प्रतिकूलताको असर भोग्नु परिरहेको उनको भनाइ थियो । अर्थमन्त्री मगरले नेपालको परिचय नै हिमालसँग जोडिएकाले यसलाई बचाएर… पुरा पढौ

मानव अस्तित्व रहेसम्म बुद्धको दर्शन जीवित रहन्छ :प्रधानमन्त्री

नवलपरासी । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मानव अस्तित्व रहँदासम्म बुद्धदर्शन जीवित रहने बताएका छन् । विश्वशान्तिको कामना गर्दै पश्चिम नवलपरासीको रामग्राम स्तुपमा आज आयोजित विशेष कार्यक्रममा उनले विश्वशान्ति आजको आवश्यकता रहेको बताउँदै हामी यो सन्देश विश्वभर फैलाउन सफल भएको उल्लेख गरे । भगवान गौतमबुद्धले दिएको उपदेशको आवश्यकता र औचित्य अहिले थप पुष्टि भएको प्रधानमन्त्री दाहालको भनाइ छ । उनले त्यस अवसरमा रामग्राम स्तुप विकासको गुरुयोजना कार्यान्वयनको प्रतिबद्धता समेत व्यक्त गरे । प्रधानमन्त्री दाहालले रामग्राम स्तुप क्षेत्रको पुनःस्थापना, संरक्षण र विकासका… पुरा पढौ

‘श्रवणकुमार समाधिस्थल’लाई चिनाउन भजन चुड्का प्रतियोगिता

वालिङ । ‘बनून सबै जना श्रवण जस्तै सन्तान’ यो प्रतीकात्मक चुड्का श्रवणकुमार समाधिस्थलमा आयोजना गरिएको भजन चुड्का प्रतियोगिताका सहभागीले गाएका हुन् । स्याङ्जाको आँधीखोला गाउँपालिकाको सहयोग र श्रवणकुमार क्षेत्र विकास समितिले सोमबार आयोजना गरेको पालिकास्तरीय भजन चुड्का प्रतियोगितामा प्रतिस्पर्धामा उत्रिएका प्रतिस्पर्धीहरुले प्रस्तुत गरेका हुन् । समयक्रमसँगै आफ्ना बुबाआमाप्रति छोराछोरीले निभाउनुपर्ने जिम्मेवारीबाट उनीहरु पन्छिदै गइरहेका बेला श्रवणकुमारलाई प्रतीकका रुपमा स्थापित गरी जिम्मेवार बन्नुपर्ने सन्देश भजन चुड्कामार्फत प्रस्तुत गरिएको हो । श्रवणकुमारले आफ्ना अन्धाअन्धी बुबाआमाको गरेको सेवा, बुबाआमाप्रति छोराछोरीले कर्तव्य र दायित्व… पुरा पढौ

नेप्से परिसूचकमा ३६ दशमलव ८६ अङ्कको वृद्धि

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० परिसूचकमा ३६ दशमलव ८६ अङ्कको वृद्धि देखिएको छ । आज परिसूचक एक दशमलव ८९ प्रतिशतले बढेर एक हजार नौ सय ८५ दशमलव ४४ को विन्दुमा कायम भएको हो । आज विभिन्न दुई सय ९७ कम्पनीका एक करोड २४ लाख ६३ हजार एक सय ६८ कित्ता शेयर ९५ हजार चार सय ३३ पटक खरिदबिक्री हुँदा रू चार अर्ब ३० करोड ९० लाख १९ हजार एक सय ९६ बराबरको कारोबार भएको छ । सबै समूहका उपसूचकमा… पुरा पढौ

अबैध रुपमा प्राकृतिक दोहन गर्ने ५६ वटा सवारी साधन नियन्त्रणमा

पोखरा । पोखरामा अबैध रुपमा प्राकृतिक दोहन गरिरहेका ५६ वटा सवारी साधन प्रहरीद्धारा नियन्त्रणमा लिईएको छ । जिल्लाका विभिन्न स्थानमा नियम कानुनुविपरित प्राकृतिक नदिजन्य पदार्थ उत्खनन गरी फर्जी बिल समेत बनाई चोरी निकासी भई रहेको भन्दै जिल्ला प्रहरी कास्कीको उक्त साधनहरु नियन्त्रणमा लिएको हो । प्रहरीका अनुसार अवैध रुपमा नदिजन्य पदार्थ ढुङगा, गिट्टी, बालुवा, ओसार(पसार गर्ने, भ्याट्बिल नभएका, कागजपत्र नभएका, फर्जिबिल बनाएका बिभिन्न ५६ वटा सवारी साधनहरु (ट्रक, टिप्पर, ट्याक्टर) नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिएका उक्त साधनहरु आवश्यक कारवाहीको… पुरा पढौ

लेखनाथ महोत्सवको टिकट ईसेवाबाट नै काट्न सकिने

लेखनाथ । लेखनाथ उद्योग वाणिज्य संघले आयोजना गर्न लागेको १९ औं लेखनाथ महोत्सवमा ईसेवा बाट नै टिकट काट्न सकिने भएको छ । महोत्सवमा लाइन बसेर टिकट लिनुपर्ने बाध्यता हटाउँदै घरबाटै टिकट लिन सकिने व्यवस्था मिलाइएको हो । समयको माग, दर्शकको भिड र सुरक्षालाई मध्यनजर गर्दै विशेषतः युवा विद्यार्थी वर्गलाई लक्षित गरी यसपटक ईसेवाबाट नै टिकट काट्ने व्यवस्था मिलाईएको टिकट व्यवस्थापन उप–समितिका संयोजक अर्जुन भण्डारीले वताए । ‘‘यसपटक टिकटको भीडभाड कम गर्न महोत्सव परिसरमा ठाउँ–ठाउँमा ई–टिकटका लागि क्यू आर कोड राख्ने… पुरा पढौ

पोखरामा पुसको पहिलो साता जुनियर तथा यूवा रेडक्रसको ४१ औं राष्ट्रिय गोष्ठी हुने

मंसिर २५ पोखरा । आगामी पुसको पहिलो हप्ता पोखरामा नेपाल रेडक्रस सोसाइटी जुनियर तथा यूवा रेडक्रसको ४१ औं राष्ट्रिय गोष्ठी हुने भएको छ । नेपाल रेडक्रस सोसाइटी केन्द्रिय कार्यालयको आयोजना, रेडक्रस कास्की शाखाको व्यवस्थापन र यूवा रेडक्रस सर्कल शिवशक्ति मा.वि. फूलबारी पोखराको आतिथ्यतामा हुन लागेको गोष्ठीको तयारी तिब्र पारिएको आयोजकले सोमबार पोखरामा पत्रकार सम्मेलनमार्फत जानकारी दिएको हो । ‘विश्वव्यापी रुपमा अभिप्रेरित, स्थानिय रुपमा सशक्तीकृत ः जलवायूसम्बन्धी गतिविधिमा जुनियर तथा यूवा’ भन्ने नाराका साथ दुई दिनसम्म चल्ने गोष्ठीको तयारी तिव्र पारिएको… पुरा पढौ