समाचार

पोखरालाई छिट्टै पर्यटकीय राजधानी घोषणा गर्छौं : मुख्यमन्त्री पाण्डे

मंसिर २१ पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पोखरालाई छिट्टै पर्यटकीय राजधानी घोषणा गरिने बताएका छन् । पोखरा उद्योग वाणिज्य सङ्घद्धारा आयोजित ३२ औँ राष्ट्रिय औद्योगिक व्यापार मेलाको उद्घाटन गर्दै मुख्यमन्त्री पाण्डेले यस्तो बताएका हुन् । “पर्यटकीय राजधानी घोषणाका लागि अध्ययन कार्यदल बनेको छ, त्यसको प्रतिवेदन आइसकेपछि आवश्यक पूर्वाधार तयारीमा हामी लाग्छौँ”, मुख्यमन्त्री पाण्डेले भने, “पोखरा देशकै पर्यटनको केन्द्रका रूपमा स्थापित हुनेछ, सबै पक्षको साथ सहयोग रह्यो भनेमात्र हामी यसमा सफल हुन्छौँ ।” उनले फेवातालको मापदण्ड मिचेर बनाइएका अवैध… पुरा पढौ

ठूला भ्रष्टाचारको अनुसन्धान थालिन्छ : प्रधानमन्त्री प्रचण्ड

मंसिर २१ काठमाण्डौं । प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ठूला भ्रष्टाचारका घटनाको अनुसन्धान थालेर सुशासनको लडाईंलाई अर्को चरणमा उठाइने तयारी भइरहेको बताएका छन् । माओवादी केन्द्रको तारकेश्वर नगरस्तरीय कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा आज उनले भ्रष्टाचार विरोधी र सुशासन प्रवद्र्धनको अभियान यो सरकार नरोकिएको बताए । “सरकारले सुशासनको पक्ष र भ्रष्टाचारका विरुद्ध अभियान थालनी गरेको छ । अहिले पनि अभियान रोकिएको छैन”, प्रधानमन्त्री प्रचण्डले भने, “भ्रष्टाचारका गम्भीर फाइल खोलेर सुशासनको लडाईंलाई अर्को चरणमा उठाउने तयारीमा छौँ… पुरा पढौ

गण्डकीमा मानव अधिकार सम्बन्धी पाँचौ राष्ट्रिय कार्ययोजना स्थानिय समन्वय समिति गठनमा सिमित

पोखरा, मंसिर २१ पोखरा, मंसिर २१ गण्डकी प्रदेशमा मानव अधिकार सम्बन्धी पाँचौ राष्ट्रिय कार्ययोजना स्थानिय समन्वय समिति गठनमा मात्र सिमित छ । मानव अधिकार उलंघनका घटनाको सूचना लिने, तथ्याङ्क राख्ने र त्यसको शुक्ष्म विश्लेषण गरेर राज्यलाई सचेत गराउने जिम्मेवारी बोकेको सो समिति गठनमामात्र सिमित बनेको हो । प्रदेश स्तरमा गठन भएरपनि कामकारवाही नियमित छैन भने जिल्ला स्तरमा समिति गठन भएपनि बैठकसमेत नियमित बस्न सकेको छैन । त्यतिमात्र होईन गण्डकीका अधिकांश पालिकाहरुमा आयोग गठनसमेत हुन नसकेको गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा… पुरा पढौ

महको पकेट क्षेत्रका कृषकलाई मौरी घार वितरण

गण्डकी । मौरी पकेट क्षेत्रकारुपमा विस्तार हुँदै गएको पोखरा महानगरपालिका १६ का कृषकलाई घार वितरण गरिएको छ ।वडास्तरीय कृषि सञ्जालद्धारा आज लामाचौरमा आयोजित एक कार्यक्रम बीच चार लाख मुल्य बरावरका एक सय आधुनिक घार कृषकलाई वितरण गरिएको हो । उत्तीसको काठ र टुनीका फ्रेम रहेको चार हजार मुल्य रहेको उक्त प्रति घारमा पोखरा महानगरपालिकाको ५० प्रतिशत अनुदान र बाँकी स्वयंम कृषकले व्यहोर्ने व्यवस्था मिलाईएको छ । गत आर्थिक बर्षमा वितरण गरिएका कूल २३ लाख ४६ हजार ७७० मुल्य वरावरका १९३… पुरा पढौ

सतीघाटको सामयिक विकासमा जोड

डुम्रे । नेपाली भाषा एकीकरणका नायक आदिकवि भानुभक्त आचार्यसँग सम्बन्धित कयौँं विषयवस्तु तथा क्षेत्र खोज अनुसन्धान गर्नुपर्ने अवस्थामा छन् । नेपाली भाषाका कवि, लेखक, तथा दार्शनिकका रुपमा पहिचान बनाएका आदिकवि आचार्यलाई नेपाली साहित्यको जग बसाल्ने व्यक्तित्त्वका रुपमा चिनिन्छ । भानुभक्तसँग सम्बन्धित कैयौंँ विषय हालसम्म पनि खोज तथा अनुसन्धान हुन सकेका छैनन् । आचार्यको जन्मस्थल, बाल्यकाल, युवा तथा वृद्धअवस्थाका धेरै विषयमा हालसम्म कुनै खोजी नभएकाले खोज तथा अनुसन्धान गर्नुपर्ने देखिएको हो । उनको अन्त्येष्टिका विषयमा पनि खोजी गर्नुपर्ने भानुभक्त जन्मस्थल विकास… पुरा पढौ

विदेशको जागिर छाडेर बाख्रा र माहुरीपालन

गलकोट । नेपालमा धेरै युवा सम्भावना नभएर परदेश गएका सन्दर्भमा यहाँका ३६ वर्षीय युवा विदेशको राम्रो जागिर छाडेर नेपालमै पशु तथा मौरीपालनमा लागेका थिए। बागलुङको बडिगाड गाउँपालिका–१ दगा निवासी मतिलाल वनले सात वर्षअघि रु १० लाख लागतमा बाख्रापालन थालेका थिए । पढेलेखेका युवा जागिर खाने र विदेशमा रोजगारीका लागि पुग्ने परम्परालाई चिर्दै वन गाउँमै उद्यम गर्ने अठोट मात्रै गरेनन् विदेशको राम्रो जागिर छाडेर सात वर्षअघि स्वदेश फर्किएका थिए । जागिरभन्दा उद्यममा सम्भावना देखेका वनले बाख्रा र मौरीपालनबाट मनग्य आम्दानीसमेत गर्दै… पुरा पढौ

प्रयोगविहीन हुन थाले म्याग्दीका झोलुङ्गे पुल

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वर र रघुगङ्गा गाउँपालिका–३ राहुघाट जोड्ने रघुगङ्गा नदीमाथि रहेको झोलुङ्गे पुल अहिले सुनसान छ । म्याग्दीको रघुगङ्गा र अन्नपूर्ण गाउँपालिका तथा मुस्ताङका बासिन्दा बेनी आउने नाकामा पर्ने उक्त पुल विसं २०६४ अघिसम्म निकै व्यस्त थियो । नजिकै बेलिब्रिज र मोटरेबल पुल बनेपछि झोलुङ्गे पुल प्रयोग हुन छाडेको गलेश्वरका बासिन्दा धनीलाल गर्बुजाले बताउनुभयो । “मोटरबाटो र सडक नहुँदासम्म यो पुल तर्नका लागि पालो पर्खनुपर्ने थियो”, उनले भने, “अहिले सुनसान छ ।” धवलागिरि गाउँपालिकाको वडा नं ३… पुरा पढौ

मध्यपहाडको सम्भावना खोज्न सङ्कल्प यात्रा :अध्यक्ष ओली

ढोरपाटन । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मध्यपहाडी क्षेत्रको सम्भावना खोज्न झुलाघाट–चिवाभन्ज्याङ सङ्कल्पयात्रा सुरु गरेको बताएका छन्। झुलाघाट–चिवाभन्ज्याङ समृद्धिको यात्रका क्रममा जिल्ला सदरमुकाम बागलुङ बजारमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले अब एमालेले गाउँमै रोजगार सिर्जना गरेर बसाइँसराइलाई रोक्ने खाले कार्यक्रम ल्याउने बताए। उनले अहिले जस्तोसुकै विकट ठाउँमा पनि सडक सञ्जाल र इन्टरनेट पुगेको बताए । पहाडी क्षेत्रका नागरिकलाई सुखी र समृद्धि बनाउनका लागि बसाइँसराइ रोकी रोजगार सिर्जना गर्नुपर्नेमा अध्यक्ष ओलीले जोड दिए । अध्यक्ष ओलीले भने, “हामी… पुरा पढौ

बेँसीसहर–चामे सडक नौ किलोमिटर कालोपत्र

मनाङ । हिमाली जिल्ला मनाङको मेरुदण्डको रुपमा रहेको स्थलमार्ग बेँसीशहर–चामे सडकखण्डमा नौ किलोमिटर सडक कालोपत्र गरिएको छ । ट्र्याक खोलिएको २१ वर्षपछि उक्त सडकखण्डको बँेसीसहरदेखि खुदीसम्म नौ किलोमिटर कालोपत्र गरिएको डुम्रे–बेँसीसहर–चामे सडक योजनाका सब इञ्जिनीयर सुमन अधिकारीले जानकारी दिए । लमजुङको बेँसीसहर नगरपालिका–६ बेँसीसहरदेखि मस्र्याङ्दी गाउँपालिका–१ खुदीसम्म कालोपत्र भएको उनले बताए । उक्त सडकमा विसं २०५९ मा नेपाली सेनाले ट्र्याक खोलेको थियो ।सडक कालोपत्र गरिसक्नुपर्ने मिति विसं २०८० असार मसान्तसम्म भए पनि समयमा काम पूरा नभएपछि म्याद थप गरिएको सब… पुरा पढौ

एनसेल बिक्री प्रकरण: महालेखापरीक्षकको संयोजकत्वमा समिति गठन

सरकारले दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको शेयर खरिद बिक्रीका सम्बन्धमा अध्ययन तथा छानबिन गर्न एक उच्चस्तरीय समिति गठन गरेको छ । मन्त्रिपरिषद्को आज बसेको बैठकले पूर्वमहालेखापरीक्षक टङ्कमणि शर्माको संयोजकत्वमा उच्चस्तरीय अध्ययन तथा छानबिन समिति गठन गरेको हो । समितिलाई एक महिनाभित्र प्रतिवेदन पेस गर्ने समयावधीसमेत दिइएको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन । समितिका सदस्यहरुमा नेपाल सरकारका सचिव फणिन्द्र गौतम, अर्थमन्त्रालयका सहसचिव रितेशकुमार शाक्य, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव बाबुराम भण्डारी र आइक्यानका अध्यक्ष सुजनकुमार काफ्ले छन… पुरा पढौ