समाचार

एकीकृत समाजवादीले उम्मेदवार छनोट गर्न सचिवालय बैठक बोलायो

नेकपा (एकीकृत समाजवादी)ले यही मङ्सिर २८ र २९ गते सचिवालय बैठक काठमाडौँमा बोलाएको छ । बैठकले राष्ट्रियसभाको आसन्न निर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवार बन्न मापदण्ड तय गर्नुका साथै मापदण्डका आधारमा उम्मेदवार छनोट गर्ने छ । सचिवालय बैठकले गर्ने निर्णयलाई स्थायी समिति र पोलिट्ब्यूरो सदस्यको बैठकले अनुमोदन गरेपछि कार्यान्वयन गरिने छ । पार्टीको आन्तरिक विवाद समाधानमा केन्द्रित हुने छलफलमा इलाममा हुने प्रतिनिधिसभाको उपनिर्वाचनलगायत सबै तहका उपनिर्वाचनमा पार्टीका तर्फबाट आवश्यक तयारी, समन्वय र सहजीकरण गर्ने विषयमा छलफल गरिने महासचिव घनश्याम भुसालले जानकारी दिए… पुरा पढौ

ताप्लेजुङको सदरमुकाम फुङ्लिङमा आगलागी, पाँच लाख बराबर क्षति

ताप्लेजुङको सदरमुकाम फुङ्लिङ नगरपालिकामा आज बिहानै एउटा घरमा आगो लाग्दा त्यो नष्ट भएको छ भने रु. पाँच लाख बराबरको क्षति भएको छ । सदरमुकाम बजार नजिक फुङ्लिङ नगरपालिका–५ उकालीपानी टोलमा रहेको लालबहादुर गुरुङको घरमा आगलागी हुँदा रु. पाँच लाख बराबरको क्षति भएको जिल्ला समन्वय समितिका सदस्य विष्णु तिवारीले राससलाई जानकारी दिए । फुङ्लिङ नगरपालिकाको दमकलको सहयोगमा स्थानीयवासी, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको सक्रियतामा आगो निभाइएको छ । रासस पुरा पढौ

एनसेल प्रकरणमा आर्थिक लेनदेन भएको माओवादी उपमहासचिव पुनको आरोप

मंसिर २२ काठमाण्डौं । नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुनले एनसेल खरिद–बिक्री प्रकरणमा राज्यलाई प्रत्यक्ष हानी पुग्नेगरी आर्थिक लेनदेन भएको हुनसक्ने बताएका छन् । पार्टी सम्बद्ध औद्योगिक मजदुर शाखाले आज आयोजना गरेको प्रशिक्षणमा पूर्वमन्त्री पुनले एनसेल प्रकरणमा ठूलो आर्थिक चलखेल भएको आरोप लगाए । पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तदारुकताका साथ एनसेल प्रकरण छानबिन अघि बढाएको उल्लेख गर्दै नेता पुनले तथ्य र प्रमाणका आधारमा राज्य ठगी गर्ने काममा संलग्न जोकसैलाई पनि कारबाही हुने बताए । “सञ्चार माध्यममार्फत एनसेल… पुरा पढौ

देशको अर्थतन्त्र उजिल्याउन प्रधानमन्त्री प्रचण्डको गम्भीर चासो

मंसिर २२ कैलाली । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशको अर्थतन्त्रको उन्नयनका निम्ति आफू गम्भीर रहेको बताएका छन् । कैलाली उद्योग वाणिज्य सङ्घद्वारा धनगढीमा आयोजित सुदूरपश्चिम महोत्सवको आज उद्घाटन गर्दै प्रधानमन्त्रीले आगामी केही महिनाभित्रमा देशको अर्थतन्त्रलाई लयमा फर्काउन सकेमा त्यो आफ्ना लागि गौरवको विषय हुने बताए । प्रधानमन्त्रीको जिम्मेवारी बहन गरेको सुरुको अवस्थामा निराशाजनक रहेको अर्थतन्त्रमा अहिले केही सुधारका सङ्केत देखिन थालेको प्रधानमन्त्री प्रचण्डले बताए । उनले भने, “अर्थतन्त्र अझै दबाबमा रहे पनि अहिले रेमिट्न्स बढेको, धेरै पर्यटक नेपाल भित्रिएको,… पुरा पढौ

पोखराका विभिन्न १५ सामुदायिक विद्यालयविच असल अभ्यास आदानप्रदान

पोखरा । पोखरा स्थित विभिन्न विद्यालय एकअर्वाविच असल अभ्यास आदानप्रदान कार्यक्रम गरिएको छ । सामुदायिक विद्यालय कलस्टर कास्कीको आयोजना तथा विन्ध्यावासिनी माध्यमिक विद्यालयको व्यवस्थापनमा भएको उक्त कार्यक्रममा पोखरामा रहेका विभिन्न १५ सामुदायिक विद्यालयका व्यवस्थापन समितीका अध्यक्षहरुद्धारा आआफ्नै विद्यालयमा गरिएका असर अभ्यासहरुका विषयमा प्रस्तुतिकरण आदानप्रदान गरिएको हो । सोहि अवसरमा सामुदायिक विद्यालय क्लस्टर स्तरीयका संयोजक तथा इन्द्रराज्य माध्यमिक विद्यालयका प्रधानाध्यापक केशवप्रसाद अमगाईले कार्यक्रम माथी प्रकाश पारेका थिए । कार्यक्रममा विन्ध्यवासिनी माध्यमिक विद्यालय, शितलादेवी माध्यमिक विद्यालय, इन्द्रराज्यलक्ष्मी माध्यमिक विद्यालय, बालमन्दिर माध्यमिक विद्यालय,… पुरा पढौ

पोखरामा अन्तर्राष्ट्रिय पर्वतीय महोत्सव शुरु, हिमाल जोगाउन एकमत

पोखरा । आठौं संस्करणको अन्तर्राष्ट्रिय पर्वतीय महोत्सव पोखरामा शुरु भएको छ । नेपाल पर्वतारोहण संघले अन्तर्राष्ट्रिय पर्वतीय दिवसको अवसरमा आयोजना गरेको महोत्सवको शुक्रबार अर्थमन्त्री प्रकाशशरण महतले उद्घाटन गरे । उनले जलवायु परिवर्तनमा योगदान नभएपनि नेपालले प्रत्यक्ष असर भोगिरहेको बताए । हिमाली क्षेत्रमा जलवायु परिवर्तनले गरेको असर भारत हुँदै बंगलादेशसम्म फैलने निश्चित रहेको दाबी गरे । ‘जुनखालको जलावायु परिवर्तनको असर हाम्रा हिमालमा देखिन थालेको छ । त्यसको प्रभाव यहाँको जनजीवनमा मात्रै परेको छैन, समथर भुभाग भारत बंगलादेशसम्म पुग्ने निश्चित छ’, उनले… पुरा पढौ

२३औ संस्करणको आहा रारा पोखरा गोल्ड कप माघको दोस्रो हप्ताबाट

पोखरा । २३औ संस्करणको आहा रारा पोखरा गोल्ड कप फुटबल प्रतियोगिता २०८० आगामी माघ महिनाको दोस्रो हप्तादेखि हुने भएको छ । सहारा क्लब पोखराको आयोजना तथा हिमश्री फुडस प्रा. लि. को मुख्य प्रायोजनमा सञ्चालन हुने उक्त प्रतियोगिता आगामी माघको दोस्रो हप्तादेखि हुने आज क्लवका महासचिव रामजीप्रसाद अधिकारीद्धारा हस्ताक्षरित विज्ञप्ति मार्फत जानकारी गराईएको हो । खेलकुदको विकासमा सहकार्य गरौ, पोखरालाई खेलकुद पर्यटन शहरको रुपमा स्थापित गरौ भन्ने उद्देश्यद्धारा संञ्चालन हुने उक्त प्रतियोगितामा नेपालका ए डिभिजनका क्लब, विभागिय टिमहरु, सुपर लिगका टीम,… पुरा पढौ

गण्डकी स्पोर्टस क्लवद्वारा पूर्व खेलाडी सम्मानित

पोखरा, मंसिर २२ गण्डकी स्पोर्टस क्लव नदीपुर पोखराले क्लवका तीन पूर्व खेलाडीलाई सम्मान गरेको छ । हाल अमेरिका बस्दै आएका क्लवका पूर्व खेलाडीहरु पारस कुँवर, सचिन बाटाजु र दीपेश श्रेष्ठलाई क्लवले सम्मान गरेको हो । क्लवको वनभोज कार्यक्रमको अवसरमा शुक्रबार क्लवको आजिवन सदस्यसमेत रहेका उनीहरुलाई सम्मान गरेको क्लवका अध्यक्ष उमेश सिकेले जानकारी दिए । कार्यक्रममा क्लवका अध्यक्ष सिकेसहित सल्लाहकारहरु आनन्द रञ्जित, बुद्ध गुभाजुलगायतले दोषल्ला र सम्मान पत्र प्रदान गरेर सम्मान गरेका थिए । क्लवले चाँडै आफ्नै खेल मैदान बनाउने तयारी… पुरा पढौ

एसओएस गण्डकीमा ‘मानव पुस्तकालय’ कार्यक्रम

पोखरा । पोखराको रामबजारस्थित एसओएस हरमन माइनर स्कुल गण्डकीमा ‘मानव पुस्तकालय’को दोस्रो शृङ्खला सम्पन्न भएको छ । विद्यालयको प्राङ्गणमा आयोजित उक्त कार्यक्रम ‘मानवजीवनका भोगाइजन्य अनुभव पनि आफैँमा पुस्तक हो’ भन्ने अवधारणामा आधारित रही अन्तक्र्रियात्मक रूपमा सम्पन्न भएको थियो । विद्यालयमा गठित युवा रेडक्रस सर्कल र एसओएस पाठक मञ्चमा क्रियाशील विद्यार्थीहरूको आयोजनामा सम्पन्न भएको मानव पुस्तकालयको दोस्रो शृङ्खलामा अतिथिका रूपमा ५ जना मानव पुस्तकहरूको सहभागिता रहेको थियो । गण्डकी विश्वविद्यालयका डिन एवम् भौतिक शास्त्री डा. कपिल अधिकारी, नेपाल पत्रकार महासङ्घकी केन्द्रीय… पुरा पढौ

राष्ट्रियताको विषय आउँदा गठबन्धन सरकारले टाउको निहु¥याउँछ: अध्यक्ष ओली

पोखरा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रियताको विषय आउँदा वर्तमान गठबन्धन सरकारले टाउको निहु¥याउने गरेको आरोप लगाएका छन् । नेकपा एमालेले सुरु गरेको ‘बैतडी झुलाघाटदेखि पाँचथरको चिवाभञ्ज्याङ समृद्धिको लागि संकल्पयात्रा’को नवौं दिनमा पोखरा २७ तालचोकमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्रीसमेत रहेका ओलीले राष्ट्रियताको सवालमा वर्तमान गठबन्धन सरकारले टाउको निहु¥याउने गरेको आरोप लगाएका हुन् । गठबन्धन सरकारले जनतासँग सरोकारपनि नराखेकार विकास निर्माणलाईपनि ध्यान नदिएको भन्दै उनले भने,‘राष्ट्रियताको पक्षमा उनीहरु शिर निहु¥याउँछन् । नत विकास निर्माणमा ध्यान… पुरा पढौ