समाचार

शिथिल अर्थतन्त्र चलायमान बनाउन व्यापार मेला

देशको शिथिल अर्थतन्त्र चलायमान बनाउँदै व्यवसाय विस्तार र नयाँ सम्भावनाको खोजी गर्ने उद्देश्यले गण्डकी प्रदेशको राजधानी पोखरामा भोलिदेखि राष्ट्रिय औद्योगिक व्यापार मेला हुँदैछ । स्थानीय उत्पादनको प्रवर्द्धनका साथै उत्पादक र उपभोक्तालाई एउटै थलोमा ल्याउने लक्ष्यका साथ पोखरा उद्योग वाणिज्य सङ्घको आयोजनामा नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा हुने मेलाको सबै तयारी पूरा भएको छ । मेला आगामी पुस १ गतेसम्म सञ्चालन हुनेछ । मेलाबाट पोखरालगायत देशक औद्योगिक एवं हस्तकलाका उत्पादन, सूचना प्रविधि, शिक्षा, स्वास्थ्य, पर्यटनलगायत कृषिजन्य उत्पादनलाई प्रवर्द्धन तथा बजारीकरणमा सघाउ पुग्ने सङ्घका… पुरा पढौ

विश्वशान्ति स्थापनामा प्रभावकारी भूमिका निर्वाह गर्ने नेपालको प्रतिबद्धता

उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले संयुक्त राष्ट्रसङ्घसँगको सहकार्यमा विश्वशान्ति स्थापनामा प्रभावकारी भूमिका निर्वाहका लागि नेपाल प्रतिबद्ध रहेको बताएका छन । संयुक्त राष्ट्रसङ्घको आयोजनामा घानाको आक्रामा आयोजित अन्तर्राष्ट्रिय शान्ति स्थापनासम्बन्धी संयुक्त राष्ट्रसङ्घीय मन्त्रीस्तरीय सम्मेलनका क्रममा उपप्रधानमन्त्री खड्काले सो प्रतिबद्धता व्यक्त गरे । त्यस अवसरमा मङ्गलबार संयुक्त राष्ट्रसङ्घ कार्यसञ्चालन समन्वय विभागका उपमहासचिव अतुल खरेले उपप्रधामन्त्री खड्कासँग शिष्टाचार भेट गरे। भेटका बेला उपमहासचिव खरेले अन्तर्राष्ट्रिय शान्ति स्थापनाका लागि नेपालले निर्वाह गरेको महत्त्वपूर्ण योगदानको सराहना गरेको मन्त्री खड्काको निजी सचिवालयले जनाएको छ । उपप्रधानमन्त्री… पुरा पढौ

सञ्चार मन्त्रालयले भन्यो –एनसेल खरिदबिक्रीमा अनियमिता पाइए कारबाही हुन्छ

मंसिर १९ काठमाण्डौं । सरकारले निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको शेयर खरिदबिक्री प्रक्रिया कुनै अनियमिता भएको पाइएमा सम्बन्धित सबैलाई कारबाहीको दायरामा ल्याइने जनाएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले आज विज्ञप्ति जारी गर्दै नेपाली र नेपालीको हित संरक्षण गर्न तथा प्रचलित कानुनको पालना गर्न/गराउन सरकार प्रतिबद्ध रहेको बताएकी छन् । सरकारले एनसेलको शेयर खरिदबिक्रीका सम्बन्धमा प्रचलित कानुनी प्रावधान तथा अन्तर्राष्ट्रिय विधि र प्रक्रियाको पालना एवं यस्ता क्रियाकलापबाट नेपालको दूरसञ्चार क्षेत्र र विदेशी लगानीमा पर्ने असर तथा… पुरा पढौ

आईटिएफ तेक्वान्दोका महासचिव थापा अमेरिका प्रस्थान

मंसिर १९ पोखरा । नेपाल अन्तरराष्ट्रिय तेक्वान्दो महासंघ (आईटिएफ) का महासचिव घम बहादुर थापा अमेरिका प्रस्थान भएका छन । युस आईटीएफको निमन्त्रणा मा २०२३ डिसेम्बर ९, सयुक्त राज्य अमेरिका को फ्लोरिडामा आयोजना हुने फ्लोरिडा अन्तरराष्ट्रिय तेक्वान्दो प्रतियोगिता मा सहभागी हुन अमेरिका प्रस्थान गरेका हुन् । युस आईटीएफले थापा लाई विशिष्ट अथिती तथा रेफ्रीको लागि निमन्त्रणा गरेको थियो । थापालाई नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासघले राष्ट्रिय खेलकुद परिषद्का बोर्ड सदस्य अञ्जन धमला , नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासघका वरिष्ठ उपाध्यक्ष बासूदेब भट्ट, उपाध्यक्ष… पुरा पढौ

जुवातास खेलिरहेका १४ जना पक्राउ

मंसिर १९ काठमाण्डौं । टोखा नगरपालिका–३ भत्केको पुलस्थित खाजा घरमा जुवातास खेलिरहेको अवस्थामा तार्केश्वर नगरपालिका–७ बस्ने नुवाकोट बेलकोटगढी नगरपालिका–१२ घर भएका ५५ वर्षीय अच्युत सिलवाल समेत नौ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग गोङ्गबुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद रु ६१ हजार पाँच सय ९५ र तीन बुक ताससहित पक्राउ गरेको हो । काठमाडौँ महानगरपालिका–३ महाराजगञ्जस्थित टिनको छाप्रोमा जुवातास खेलिरहेको अवस्थामा काठमाडौँ चक्रपथ बस्ने काभ्रेपलाञ्चोक घर भएका ६० वर्षीय ओमकृष्ण श्रेष्ठ समेत पाँच जनालाई सोमबार राति प्रहरीले… पुरा पढौ

रुकुम हत्याकाण्डमा २३ जनालाई जन्मकैदको फैसला

रुकुमपश्चिम । रुकुमपश्चिमको चौरजहारी नगरपालिका–८ सोती गाउँमा प्रेमिका भगाउन खोज्दा नवराज विकसहित ६ जनाको हत्या मुद्दाको फैसला आएको छ । जिल्ला अदालत रुकुमले सो घटनामा संलग्न रही मुद्दा चलाइएका ३४ जनामध्ये २३ जनालाई जन्मकैदको फैसला सुनाइएको हो । आइतबारदेखि रुकुम जिल्ला अदालतमा जारी सुनुवाइपछि न्यायाधीश खड्ग बहादुर केसीको इजलासले घटनामा संलग्न रहेकामध्ये २३ जनालाई दोषी ठहर गर्दै जन्मकैदको फैसला सुनाएको हो । मुद्दा दर्ता भएको ३६ महिनापछि उक्त मुद्दामा \ मंगलबार यस्तो फैसला आएको छ । २०७७ जेठ १० गते… पुरा पढौ

‘बचतकर्तालाई सरकारले अन्याय गर्न सक्दैन’ : अर्थमन्त्री महत

मंसिर १९ नवलपरासी । अर्थमन्त्री डा. प्रकाशशरण महतले बचतकर्तालाई सरकारले अन्याय नगर्ने बताएका छन् । नवलपरासीमा स्थापित रेडबुल उद्योगको उद्घाटन गर्नेक्रममा मन्त्री डा. महतले भने, ‘ऋण तिर्दिन भन्नु समस्याको समाधान होइन । यो बचतकर्ताको पैसा हो । ऋण मिनाह भनेको बचतकर्ताको बचत सकिनु हो । त्यसको क्षतिपूर्ति कसले तिर्ने ? त्यही पैसा फिर्ता भएर बचतकर्ताले आवश्यक पर्दा लिन सक्छन् । बचतकर्तालाई सरकारले अन्याय गर्न सक्दैन ।’ ‘सहकारी, वित्तीय संस्था र बैंकबाट धेरैले ऋण लिएका छन्, तिर्न कठिनाइ भएको छ ।… पुरा पढौ

भदौरे पञ्चासे महोत्सव पुष ५ गतेदेखि

मंसिर १९ पोखरा । कास्कीको भदौरेमा यहि पुष ५ देखि ९ गते सम्म ‘२५ औं भदौरे पञ्चासे महोत्सव’ हुने भएको छ । महोत्सवमा रजत जयन्ती, तमु ल्होसार, कोदोको परिकारको प्रवद्र्धन तथा फुटबल र नृत्य प्रतियोगिताका साथमा मनोरञ्जनात्मक कार्यक्रम हुनेछ । भदौरे क्लब र भदौरे आमा समूहको आयोजनामा हुने महोत्सवमा विशेष सहयोगिको भुमिका अन्नपूर्ण गाउँपालिकाले निर्वाह गरेको छ । महोत्सवलाई भव्यरुपमा सम्पन्न गर्नका लागि आन्तरिक तयारी भइरहेको महोत्सव संयोजक विश्वदल गुरुङले जानकारी दिए । आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षण गर्न महोत्सवले… पुरा पढौ

आइटीएफमा दोश्रो सर्किटका खेल जारी

मंसिर १९ पोखरा । कास्की जिल्ला टेनिस संघको आयोजनामा पोखरा रंगशालामा जारी आइटीएफ जे–३० को दोश्रो सर्किट अन्तर्गत सिंगलतर्फ पहिलो चरणको खेल जारी छ । डबल्सतर्फको खेल क्वाटरफाइनल चरणमा पुगेको छ । बुधबार ब्वाइज सिंगलतर्फ भएका खेलहरुमा जापानका रुया सासामोतोले भारतका कबिर चोथानीलाई ६–३,६–० ले, नेपालका सक्षम विक्रम शाहले भारतका अधिराज ठाकुरलाई ६–२,६–२ ले, भातरका जासोड डेभिडले भारतकै प्रनिल सर्मालाई ६–१, ६–१ ले, जापानका इप्पी मात्सुसिमाले भारतका सौरिस मोदीलाई ६–१,७–६ ले पराजित गरे । ब्वाइज डबल्सतर्फ नेपालका आयुषमान हजुर घले… पुरा पढौ

वर्तमान सरकार पाँच वर्ष नै जाने हो भने विदेशी सेनाले परेड खेल्छ : अधिकारी

नेकपा एमालेका स्थायी कमिटी सदस्य खगराज अधिकारीले वर्तमान सरकार पाँच वर्ष नै टिक्ने हो भने छिमेकी देशका सेनाले नेपाली आमाको छातीमा परेड खेल्ने सम्भावना रहेको दाबी गरेका छन् । नेकपा एमाले कास्कीले गरेको संकल्प यात्रा अन्तर्गत कास्कीमा हुने कार्यक्रमबारे जानकारी गराउन मंगलबार पोखरामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै अधिकारीले भने,‘पाँचै वर्ष यो सरकार जाने हो भने त लिम्पीयाधुरा, लिपुलेक र कालापानी क्षेत्रमा छिमेकीका सेनाले परेड खेल्ने मात्र होईन । हाम्री आमाको छातीमा धेरै परेड खेल्ने सम्भावना छ ।’ उनले… पुरा पढौ