समाचार

‘सुशासन कायम गर्न सरकार दृढतापूर्वक लागेको छ’ : प्रधानमन्त्री प्रचण्ड

कार्तिक २३ काठमाण्डौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचारको अन्त्य र सुशासन कायम गर्न सरकार दृढतापूर्वक अगाडि बढिरहेको बताएका छन् । ‘प्रतिमान–नीमा स्मृति प्रतिष्ठान’को २०औँ वार्षिकोत्सवलाई आज सम्बोधन गर्दै उनले सामाजिक न्याय, सुशासन र समृद्धिको प्राथमिकतासहित अगाडि बढेको वर्तमान सरकार देशमा विद्यमान चुनौतीलाई अवसरमा बदल्न क्रियाशील रहेको बताए । “दश महिनाको अवधिमा अर्थतन्त्रको सङ्कट अन्त्य गर्दै अर्थतन्त्रमा परेको दबाब अन्त्य गर्न मेहनत गरिएको छ । अर्थतन्त्रका अधिकांश सूचक सकारात्मक छन्, यद्यपि दबाब अन्त्यका लागि रणनीतिक कदम चाल्नुपर्ने आवश्यकता महसुस भएको… पुरा पढौ

क्रिकेटर लामिछाने मुद्दाः एक महिनाभित्र बहस नोट पेस गर्न आदेश

कार्तिक २३ काठमाण्डौं । जिल्ला अदालत काठमाडौँले बलात्कार मुद्दा खेपिरहेका क्रिकेटर सन्दीप लामिछाने विरुद्धको बहस नोट एक महिनाभित्र पेस गर्न आदेश गरेको छ । न्यायाधीश केशवप्रसाद घिमिरेको इजलासले आज सरकारी वकिल र सन्दीपको पक्षबाट बहस गरेका कानुन व्यवसायीलाई एक महिनाभित्र बहस नोट पेस गर्न आदेश गरेको हो । यसअघि बलात्कार मुद्दाको थुनछेक बहसमा अदालतले लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो भने उच्च अदालत पाटनले रु २० लाख धरौटीमा थुनामुक्त गर्न आदेश दिएको थियो । सर्वोच्च अदालतले लामिछानेलाई विदेशका हुने प्रतियोगितामा… पुरा पढौ

पोखरामा कार्तिक २५ गते मौलिक देउसी भैलो महोत्सव हुने

कार्तिक २३ पोखरा । पोखरामा पहिलो पटक मौलिक सस्कृति झल्कने देउसी भैलो महोत्सव हुने भएको छ । पोखरा टेलिभिजनको आयोजनामा हुन लागेको महोत्सवमा बिभिन्न जातजाती बिषेश तथा समुदाय बिषेशको देउसीभैलो प्रर्दशन हुने भएको पोखरामा आयोजना गरिएको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । पछिल्लो समय नक्कल गर्ने संस्कृतीका कारण हाम्रा संस्कृति र परम्पराहरुको अस्तित्व नासिने खतरा बढ्दै गएको छ । पछिल्लो समय तिहारको समयमा खेलिने देउसीभैलो विकृतिमुक्त हुन सकेको छैन, यसको मौलिकता हराउँदै गएको आभाष हुन थालेको छ । त्यसैले देउसीभैलोलाई… पुरा पढौ

हीरक जयन्तीको तयारीमा राष्ट्रिय उच्च मावि

कार्तिक २३ पोखरा । पोखराको पुरानो टुँडिखेल स्थित राष्ट्रिय उच्च माध्यमिक विद्यालय आउदो मंसिर २० गते आफनो स्थापनाको ७४ औ वर्ष पुरा गरि ७५ औ वर्षमा प्रवेश गदैछ । आफनो ७५ औ स्थापना दिवस सगै विद्यालय हीरक जयन्ती मनाउने तयारीमा जुटेको छ । हीरक जयन्ती आउदो १ बर्षसम्म (२० मंसिर ०८० देखि २० मंसिर ०८१ सम्म) विभिन्न कार्यक्रम गरि भब्य रुपमा मनाउने योजना सहित विद्यालय अघि बढेको छ । हीरक जयन्तीको तयारीका लागि भन्दै विद्यालयले आउदो शनिबार अर्थात २५ कार्तिकमा… पुरा पढौ

गण्डकी प्रज्ञा–प्रतिष्ठान र दि स्पिक इन साइलेन्स स्विजरल्याण्डले सहकार्य गर्ने

कार्तिक २३ पोखरा । गण्डकी प्रज्ञा–प्रतिष्ठान र स्विजरल्याण्डको दि स्पिक इन साइलेन्सबीच बिहीबार सहकार्य गर्ने विषयमा सम्झौता भएको छ । दुई संस्थाबीच कला, संगीत र संस्कृतिको आदान–प्रदान गर्ने उद्धेश्यले एक कार्यक्रमकाबीच समझदारी पत्र (एम.ओ.यू.)मा हस्ताक्षर गरिएको हो । एम.ओ.यू.मा गण्डकी प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव मनकुमार श्रेष्ठ तथा दि स्पिक इन साइलेन्स स्विजरल्याण्डका प्रमुख मेलिना दी लमर्लिएरले हस्ताक्षर गरेका छन् । गण्डकी प्रज्ञा–प्रतिष्ठानमा आयोजित समझदारी पत्रमा हस्ताक्षर गरे पश्चात बोल्दै दि स्पिक इन साइलेन्सकी प्रमुख मेलिनाले अब दुई संस्थाबीचको सहकार्यमा कला, संगीत… पुरा पढौ

यूट्यूवर मनोज चरित्रहत्या गरेको आरोपमा पक्राउ

कार्तिक २३ काठमाण्डौं । नेपाल प्रहरीको साइबर ब्युरोले सामाजिक सञ्जाल (टिकटक र फेसबुक)को दुरुपयोग गरी चरित्रहत्या गर्ने एक जनालाई आज पक्राउ गरेको छ । पक्राउपर्नेमा सिराहा, लहान नगरपालिका स्थायी घर भइ हाल काठमाडौँमा बस्ने ३६ वर्षीय मनोज ‘मानव’ भन्ने मनोजकुमार महतो रहेका छन् । प्रहरी उपरीक्षक पशुपतिकुमार रायका अनुसार सामाजिक सञ्जालमा तस्बिर तथा श्रव्यदृश्यको दुरुपयोग गरी चरित्रहत्या गर्ने उद्देश्यले क्याप्सन लेखी टिकटक र फेसबुकमा प्रकाशन तथा प्रसारण गरेको पीडित महिलाको निवेदनमाथि प्रारम्भिक अनुसन्धान तथा प्राविधिक विश्लेषणपछि महतोलाई पक्राउ गरिएको जनाइएको… पुरा पढौ

नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीको कप्तानमा इन्दु बर्मा नियुक्त

कार्तिक २३ काठमाण्डौं । नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीको कप्तानमा इन्दु बर्मा नियुक्त भएकी छिन् । नेपाल क्रिकेट सङ्घ (क्यान)ले हङकङमा हुने चार देश सम्मिलित महिला टि–२० अन्तर्राष्ट्रिय शृङ्खलाका लागि बर्मालाई नेपाली टोलीको कप्तान नियुक्त गरेको हो । क्यानले आज १४ सदस्यीय टोलीको घोषणा गरेको हो । यही कात्तिक २९ देखि मङ्सिर ३ गतेसम्म हुने उक्त शृङ्खलाका लागि क्यानले उपकप्तानको जिम्मेवारी भने विन्दु रावललाई दिएको छ । नेपाली टोलीको अन्य सदस्यमा रुविना क्षेत्री, सीता रानामगर, अश्मिना कर्मचार्य, काजोल श्रेष्ठ, रोमा… पुरा पढौ

गणतन्त्रलाई संस्थागत गर्न सबै जिम्मेवार हुनुपर्नेमा प्रधानमन्त्रीको जोड

कार्तिक २३ काठमाण्डौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले लामो सङ्घर्ष र बलिदानबाट प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न सबै जिम्मेवार भएर लाग्नुपर्नेमा जोड दिएका छन् । पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ द्वारा लिखित पुस्तक ‘यात्रा जिन्दगी’ को लोकार्पण गर्दै प्रधानमन्त्रीले दस वर्षे जनयुद्ध र विस्तृत शान्ति सम्झौता मुलुकको राजनीतिक प्रक्रियाको ठूलो महत्व रहेको बताए । उनले पुनको पुस्तक ‘यात्रा जिन्दगी’ सरलता र इमानदारीको प्रतीक भएको बताए । प्रधानमन्त्रीले प्रचण्डले भने, ‘‘पुनको पुस्तकमा भएका कतिपय सन्दर्भहरू आजको परिस्थितिमा मेल खाँदैनन् तर… पुरा पढौ

समस्याको सूची बनाएर समाधान गर्न सञ्चारमन्त्रीको निर्देशन

कार्तिक २३ काठमाण्डौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मन्त्रालय र मातहतका निकायमा भौतिक तथा वित्तीय प्रगति हुन नसक्नुका कारण तत्काल पहिचान गरी समाधान गर्नुपर्ने बताएकी छन् । साथै उनले समस्याका सूची बनाएर समाधान गर्दै जान निर्देशन दिइन् । मन्त्रालयले आज आयोजना गरेको आर्थिक वर्ष २०८०/८१ को प्रथम त्रैमासिक समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकलाई सम्वोधन गर्दै मन्त्रालय र मातहत निकायको लक्ष्य हासिलमा भइरहेको ढिलाइको कारण पहिचान गरी अवगत गराउन निर्देशन दिनएकी हुन् । “हामीले अब समीक्षा… पुरा पढौ

हिमाली सांस्कृतिक परिवारद्वारा चेतन कार्की स्मृति सन्ध्या आयोजना

पोखरा । हिमाली सांस्कृतिक परिवारले परिवारका प्रमुख संरक्षण, वरिष्ठ साहित्य, संस्कृति एवं चलचित्रकर्मी चेतन कार्कीको ८६ औं जन्म जयन्तीको उपलक्ष्यमा चेतन कार्की स्मृति सन्ध्या–२०८० आयोजना गर्‍यो । कार्यक्रममा प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति डा जगमान गुरुङले चेतन कार्की बुहआयामिक प्रतिभा भएको उल्लेख गर्दै उनी स्वाभिमानी व्यक्तित्वका प्रतीक भएको बताए ।कार्कीको बहुआयामिक व्यक्तित्वको चर्चा गर्दै साहित्यकार कवि मुरारी सिग्देलले २७ बर्ष लामो समय चेतन कार्कीको साथ र संगतमा बिताएको स्मरण गरे । सिग्देलले भने,‘उहाँ कुनै पनि निम्तो पाएको कार्यक्रममा… पुरा पढौ