समाचार

भूकम्पपीडितको सेवामा एमालेका जनसङ्गठन परिचालित

कार्तिक २२ काठमाण्डौं । नेकपा (एमाले)का सबै जनसङ्गठनले जाजरकोट र रुकुमपश्चिमका भूकम्पपीडितको सेवामा जुट्ने भएका छन् । सो पार्टीको केन्द्रीय कार्यालय, च्यासलमा आज भएको जनसङ्गठन समन्वय संयन्त्रको बैठकले अहिलेसम्म गरिएका उद्धार तथा राहतको कामप्रति धन्यवाद दिँदै प्रभावित क्षेत्रमा फैलन सक्ने महामारीप्रति सचेत हुँदै राहतका अघि बढाउने निर्णय गरेको संयन्त्रका प्रमुख भानुभक्त ढकालले बताए । एमालेका महासचिव शङ्कर पोखरेलको उपस्थितिमा भएको बैठकमा महासचिव पोखरेलले भूकम्पपीडितको सहयोगमा सबै जनसङ्गठन प्रभावकारी रूपमा खट्न निर्देशन दिए । महासचिव पोखरेलले उनले पार्टीका तर्फबाट टेन्टलगायत राहत… पुरा पढौ

तनहुँको व्यास नगरद्वारा भूकम्पपीडितलाई पाँच लाख सहयोग गर्ने

कार्तिक २२ तनहुँ । व्यास नगरपालिकाले जाजरकोट भूकम्पपीडितका लागि रु पाँच लाख सहयोग गर्ने निर्णय गरेको छ । व्यास नगरप्रमुख वैकुण्ठ न्यौपानेको अध्यक्षतामा बुधबार बसेको बैठकले उक्त निर्णय गरेको हो । भूकम्प पीडितको राहत सहयोगका लागि नगरपालिकाको विपद् कोषबाट उक्त रकम उपलब्ध गराउने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत गङ्गालाल सुवेदीले जानकारी दिए । भूकम्पमा परी ज्यान गुमाउनेप्रति श्रद्धासुमन व्यक्त गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ । साथै यस नगरपालिकाभित्र पनि भूकम्पको धक्काका कारण केही घर भत्किन गएको सूचना प्राप्त… पुरा पढौ

उपराष्ट्रपति यादवसँग चिनियाँ प्रतिनिधिमण्डलको भेट

कार्तिक २२ काठमाण्डौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग चिनियाँ कम्युनिष्ट पार्टी तिब्बत स्वशासित क्षेत्रका सचिव वाङ जुनझेङको नेतृत्वको चिनियाँ प्रतिनिधिमण्डलले शिष्टाचार भेट गरेको छ । लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा आज भएको भेटमा उनीहरूबीच नेपाल र चीन सम्बन्धका विविध आयामबारे छलफल भएको उपराष्ट्रपतिको कार्यालयले जनाएको छ । सो अवसरमा उपराष्ट्रपति यादवले तिब्बत स्वशासित क्षेत्र नेपाल र चीनबीचको व्यापार, पर्यटन, संस्कृति र अन्य हितका क्षेत्रमा द्विपक्षीय अन्तक्रियाको प्रवेशद्वार भएको उल्लेख गर्दै जुनझेङ नेतृत्वको प्रतिनिधिमण्डलको नेपाल भ्रमणले दुई देशबीचको सम्बन्ध थप प्रगाढ हुने विश्वास व्यक्त… पुरा पढौ

अदालतको आदेश : पोखराको लेकसाईड चौविसै घण्टा खोल्न दिनू

पोखरा, कात्तिक २२ उच्च अदालत पोखराले पर्यटकीय नगरी पोखराको मुख्य केन्द्र लेकसाईड चौविसै घण्टा खोल्न दिन आदेश दिएको छ । उच्च अदालत पोखराका कायम मुकायम मुख्य न्यायाधीश राजनप्रसाद भट्टराईको बुधबार बसेको एकल इजालासले लेकसाईडमा भएका व्यापार व्यवसाय चौविसै घण्टा खोल्न दिन जिल्ला प्रशासन कार्यालय कास्कीलाई अन्तरिम आदेश दिएको हो । व्यापार, व्यवसाय गर्न रोक नलगाउन मागसहित स्थानिय देवीकुमारी बरालले दिएको रिट निवेदन उपरमा भएको बहसपछि भट्टराईले यस्तो आदेश दिएका हुन् । यसअघि रिट निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ता मोहननाथ कोइराला, अधिवक्ता… पुरा पढौ

पोखराको सभागृहचोकमा रहेको एटिएम फोड्ने मानिस पक्राउ

पोखरा, कात्तिक २२ पोखरामा एटिएम फोडेको आरोपमा एक जना पक्राउ परेका छन् । पोखरा महानगरपालिका वडा नम्बर–८ सभागृहचोकमा रहेको नबिल बैंकको एटिएम मेसिन फोड्दै गरेको अवस्थामा भारतीय नागरिक बबी ठाकुरलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका ठाकुर भारत बिहार प्रदेश मोतीहारी जिल्ला फेनरा पंचायत ग्राम ढांका बजार स्थायी घर भई हाल पोखरा–९ नयाबजारमा बबी ठाकुर सैलुनका सञ्चालक भएको वडा प्रहरी कार्यालय बैदामका ईञ्चार्ज, प्रहरी नायव उपरीक्षक (डिएसपी) राजेन्द्र श्रेष्ठले जानकारी दिए । डिएसपी श्रेष्ठको कमाण्डमा खटेको गस्ती टोलीले ठाकुरलाई… पुरा पढौ

जाजरकोट भुकम्प प्रभावितका लागि पोखरामा आएर चीनले दियो नेपाललाई २८ करोडको राहत सामग्री

पोखरा, कात्तिक २२ जाजरकोट भुकम्प पीडितको सहयोगार्थ चीन सरकारले दुई कार्गो जहाज राहत सामग्री पठाएको छ । गत शुक्रबार विहान आएको भुकम्पबाट क्षेती पुगेको जाजरकोट, रुकुम पश्चिमलगायतका जिल्लाका भुकम्प प्रभावितहरुका लागि चीन सरकारले बुधबार दुई वटा कार्गो जहाजमा राहत सामग्री पठाएको हो । चीनिया जनमुक्ति सेनाको दुई वटा जहाजमा १ लाख ७९ हजार केजीको राहत सामग्री बोकेर पूर्वाह्न ९ः३० बजे पोखरा अन्र्तराष्ट्रिय विमानस्थलमा जहाज अवतरण भएको थियो । गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले चीनले नेपाललाई चिनिया १ लाख ५० हजार… पुरा पढौ

क्षेत्रप्रताप स्मृति साहित्य पुरस्कार डा. लम्साललाई प्रदान गरिने

गीतल प्रतिष्ठान नेपाल तथा नाटक मञ्च तनहुँद्वारा स्थापित क्षेत्रप्रताप स्मृति साहित्य पुरस्कार साहित्यकार एवं सञ्चारकर्मी डा. नवराज लम्साललाई प्रदान गरिने भएको छ । प्रतिष्ठानले यस वर्षको उक्त पुरस्कार डा. लम्साललाई अर्पण गर्ने निर्णय गरेको हो । प्रतिष्ठानले हरेक वर्ष स्थापना दिवसको सन्दर्भ पारेर सो पुरस्कार प्राप्त गर्ने स्रष्टाको नाम घोषणा गर्ने गरेको छ । क्षेत्रप्रताप स्मृति साहित्य पुरस्कारको राशि रु. २५ हजार रहेको छ । संस्थाको नियमित बैठकमा यस वर्ष प्रदान गरिने पुरस्कार र पुरष्कृत स्रष्टाको नाम पुरस्कार छनोट समितिले… पुरा पढौ

होमस्टेमा बाह्य पर्यटक कोदो टिप्छन्, साग केलाउँछन्

यसै साता विश्व भेगन अर्गनाइजेशनमा आबद्ध छ बाह्य पर्यटक पर्यटकीय गाउँ भकुण्डे पुगे । बागलुङको भकुण्डे गाउँको आतिथि सत्कार होमस्टे (घरबास) मा उनीहरु पाँचौँ पटक पुगेका हुन् । बाह्य पर्यटक पाहुना भएर त्यहाँ पुग्छन् र सहयोगी भएर फर्कने गरेका छन् । यतिबेला घरबास सञ्चालकलाई बाली थन्क्याउने चटारो छ । तर भेगनमा आबद्ध पर्यटक भने घरबास सञ्चालकलाई काममा सघाउँछन् । काम गर्न तथा कामबारे जान्नसमेत मन पराउने भएकाले घरबास सञ्चालकसँगै कतिपयले कोदो टिप्छन भने कतिले साग केलाउने गरेका अतिथि सत्कार घरबासका… पुरा पढौ

विपत्तिका बेला आडभरोस गर्ने सरकार छ : राष्ट्रपति पौडेल

कार्तिक २१ काठमाण्डौं । राष्ट्रपति रामचन्द्र पौडेलले विपत्तिका बेला आडभरोस गर्ने कोही छैन भनेर नआत्तिन र हामीलाई मद्दत गर्ने सरकार छ भनेर सोच्न आग्रह गरेका छन् । सबैले मिलेर विपत्तिको सामना गर्नुपर्नेमा जोड दिँदै राष्ट्रपतिले सहारविहीनको सहारा सरकार हुने बताए । जाजरकोट भूकम्पबाट भएको क्षति तथा भूकम्पपीडितको अवस्थाबारे जानकारी लिन आज भूकम्पको केन्द्रविन्दु जाजरकोटको बाराकोटेको रामीडाँडा पुगेका राष्ट्रपति पौडेलले त्यहाँ भूकम्पपीडित, जनप्रतिनिधि र स्थानीयसँगको छलफलमा विपत्तिको मिलेर सामना गर्न आग्रह गरेको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले बताए । “ दैवी… पुरा पढौ

समृद्धिको आधार तयार गर्न राजनीतिक दलहरू एकढिक्का

कार्तिक २१ काठमाण्डौं । सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थालाई सबल तुल्याउँदै समृद्धिको आधार तयार गर्न प्रमुख राजनीतिक दलहरू एकमत भएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज भएको सर्वदलीय बैठकमा सहभागी नेताहरूले प्रतिस्पर्धात्मक बहुदलीय लोकतान्त्रिक शासन प्रणालीमाथि चौतर्फी प्रहार भइरहेका बेला त्यसको प्रतिकार सबै दल मिलेर गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।विस्तृत शान्ति सम्झौता तथा त्यसपछि भएका सहमति एवं शान्ति प्रक्रियाका बाँकी काम टुङ्ग्याउने विषयमा छलफल भएको बैठकमा सहभागी नेकपा(माओवादी केन्द्र)का उपाध्यक्ष पम्फा भुसालले जानकारी दिए । विगत केही दिनदेखि… पुरा पढौ