समाचार

महानगरको सूचनामा उच्च अदालतको रोक, फिर्के मिचेर बनाइएका संरचना तत्काल नहटाउन अन्तरिम आदेश

कार्तिक २४ पोखरा । पोखराको बीच भागबाट बग्ने फिर्के खोला मिचेर बनाइएका संरचना हटाउन पोखरा महानगरपालिकाको ३५ दिने सूचनालाई उच्च अदालत पोखराले रोकेको छ । न्यायाधीश मिलन राईको एकल इजलासले फिर्केखोलाको मापदण्ड भित्र परेको संरचना नहटाउन शुक्रवार अन्तरिम आदेश जारी गरेको हो । अदालतले तत्काल पोखरा महानगरको सूचनाको कार्यान्वयन नगर्नू/नगराउनू तथा कारण देखाउनू भनी विपक्षीको नाममा अन्तरिम आदेश जारी गरेको वरिष्ठ अधिवक्ता तिलक पराजुलीले जानकारी दिए । पोखरा महानगरले फर्के खोलाको मापदण्ड विपरीत बनेका संरचनालाई भत्काउने सूचनालाई लिएर उच्च अदालत… पुरा पढौ

कास्कीमा देउसी भैलो राती ९ बजेसम्ममात्रै खेल्न पाइने

कार्तिक २४ पोखरा । कास्की प्रशासनले देउसी भैलो कार्यक्रमलाई मर्यादित तरिकाले राती ९ बजेसम्म मात्रै सञ्चालन गर्न अनुरोध गरेको छ । जिल्ला प्रशासन कार्यालय कास्कीले जिल्लाभर तिहारको अवसरमा सञ्चालन हुने देउसी भैलोलाई मर्यादित, अनुशासित बनाउन आग्रह गर्र्दै यस्तो निर्णय गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले सार्वजनिक गरेको सूचनामा भनिएको छ । सूचनमा, ‘कास्कीभर सञ्चालन गरिने देउसी भैलो कार्यक्रमलाई मर्यादित, अनुशासित एवम् सवारी साधन आवागमनमा अवरोध नहुने गरि रातीको ९ बजेसम्म मात्रै सञ्चालन गर्न अनुरोध छ ।’ भनिएको छ । साथै प्रहरीले… पुरा पढौ

न्यायाधीश नियुक्ति प्रक्रिया छिट्टै सुरु हुन्छ : प्रधानन्यायाधीश

कार्तिक २४ काठमाण्डौं । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले न्यायाधीश नियुक्ति प्रक्रिया छिट्टै टुङ्ग्याउने बताएका छन् । आज सर्वोच्च अदालत बार एसोसिएसनको भवन निर्माणका लागि जग्गा भोगाधिकरणको पत्र हस्तान्तरण कार्यक्रममा प्रधानन्यायाधीश श्रेष्ठले सर्वोच्च अदालत, उच्च अदालत र जिल्ला अदालतमा बाँकी न्यायाधीश नियुक्ति प्रक्रियालाई छिट्टै टुङ्ग्याउने बताए । “छिटो न्याय दिनका लागि पुराना मुद्दा फछ्र्योटलाई तीव्ररुपमा अगाडि बढाएका छौँ, त्यो अभियान पूरा गर्नका लागि न्यायाधीशको पनि जरुरी पर्छ”, प्रधानन्यायाधीश श्रेष्ठले भने, “न्यायालयप्रति जनआस्था वृद्धिका लागि काम गरिरहेको बढाउका छाँै ।” प्रधानन्यायाधीश श्रेष्ठले केही… पुरा पढौ

म्याग्दीमा टिम्मुर खेती व्यावसायिक बन्दै

गलेश्वर । म्याग्दीमा टिम्मुर खेती व्यावसायिक बन्दै गएको छ । खेतबारीका कान्ला र बाँझो जग्गामा मात्रै होइन खेती योग्य जमिनमा समेत अरु खेती छोडेर यहाँका किसानले टिम्मुर खेती गर्न थालेका छन् । जिल्लाको बेनी नगरपालिकाको वडा नं ३ भकिम्ली, वडा नं ९ घतान, तोरीपानी र वडा नं १० पात्लेखेतसहित मालिका, मङ्गला र अन्नपूर्ण गाउँपालिकामा व्यवसायीकरुपमा टिम्मुर खेती गरिएको डिभिजन वन कार्यालय म्याग्दीले जनाएको छ । अन्य अन्नबाली छोडेर खेतबारी, निजी तथा सामुदायिक वनमा समेत टिम्मुर खेती गर्न थालिएको कार्यालयका सहायक… पुरा पढौ

उपराष्ट्रपतिको एक महिनाको पारिश्रमिक भूकम्पपीडितलाई

काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडितको सहयोगार्थ एक महिनाको पारिश्रमिक बराबरको रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने घोषणा गरेका छन् । त्यसैगरी, उनको स्वकीय सचिवालयमा कार्यरत विज्ञ (सल्लाहकार)हरुबाट १५ दिनको पारिश्रमिक, प्रमुख स्वकीय सचिव र सहायक स्वकीय सचिव वा सोसरहको कर्मचारीबाट सात दिन, स्वकीय उपसचिव र अधिकृत वा सोसरहको कर्मचारीबाट पा“च दिन र राजपत्राङ्कित वा सोसरहको कर्मचारीबाट तीन दिनको पारिश्रमिक बराबरको रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरिएको उपराष्ट्रपतिको कार्यालयले जनाएको… पुरा पढौ

पचभैया होमस्टेको अध्यक्षमा रामभक्त थापा

कार्तिक २४ पोखरा । पोखरा–३१ स्थित पचभैया सामुदायिक होम स्टेको अध्यक्षमा रामभक्त थापा चयन भएका छन । संस्थाको सम्पन्न सातौं साधरणसभा तथा चौंथो अधिवेशनले थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । यस्तै उपाध्यक्षमा सरस्वती थापा, सचिवमा पुनम श्रेष्ठ, कोषाध्यक्षमा शुसिला थापा, सदस्यमा विनोदमणी लामिछाने, दिनेश अधिकारी र रामजी पौडेल चयन भएका छन् । यसअघि साधरण सभाको पोखरा महानगरपालिका पर्यटन विकास समितिका उपाध्यक्ष रविन्द्रराज पौडेलले उद्घाटन गरेका थिए । कार्यक्रममा क्षत्री समाज ३१ का अध्यक्ष कृष्ण बहादुर थापा, पचभैया वन… पुरा पढौ

त्रिविको उपकुलपति सिफारिसका लागि कमिटी गठन

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको रिक्त उपकुलपति सिफारिसका लागि शिक्षामन्त्रीको संयोजकत्वमा तीन सदस्यीय कमिटी गठन भएको छ । प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईका अध्यक्षतामा सचिव सुरेश अधिकारी र त्रिविका बौद्ध अध्ययन विभागका प्रमुख डा चन्द्रकला घिमिरे रहेकोे कमिटी गठन गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । त्रिविका उपकुलपति डा धर्मकान्त बास्कोटाको कार्यकाल यही कात्तिक १८ गते सकिएको थियोे ।रासस पुरा पढौ

तिहारमा मौसम सफा रहने

काठमाडौँ । हाल देशभर पश्चिमी वायुको प्रभाव कायमै रहेकाले अझै दुई दिन देशका कतिपय स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका मौसमविद् सञ्जीव अधिकारीका अनुसार आज र भोलि कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा बदली रही वर्षाको सम्भावना रहेको छ । साथै, देशका उच्च पहाडी तथा हिमाली भू–भागका एक÷दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको उनले बताए । मौसमविद् अधिकारीले पश्चिमी वायुको प्रभावले दुई दिन मौसम प्रतिकूल रहे पनि… पुरा पढौ

तनहुँ जलविद्युत् आयोजनाको प्रगति ४६ प्रतिशत पुग्यो

दमौली । तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको प्रगति ४६ प्रतिशत पुगेको छ । आयोजनाले तीन खण्ड (प्याकेज) मा गरी ४६ दशमलव ३५ प्रतिशत प्रगति भएको जनाएको छ । तीन खण्डमा काम तीव्र गतिमा अगाडि बढिरहेको आयोजना प्रमुख राजभाइ शिल्पकारले बताए । उनका अनुसार प्याकेज एकमा २५, प्याकेज दुईमा ४७ र प्याकेज तीनमा ६९ प्रतिशत प्रगति हासिल भएको छ । आयोजनाले विसं २०७५ देखि काम सुरु गरेको थियो । शिल्पकारले भने, “तीनवटै प्याकेजको… पुरा पढौ

गाउँघरमा गोरु नभएपछि ‘थ्रेसर मेशिन’ ले दाइँ

गलकोट । पछिल्लो समय गोरुको अभाव र कृषिमा भित्रिएको प्रविधिका कारण गाउँघरबाट दाइँ गर्ने परम्परा हराउँदै जान थालेको छ । केही वर्षअघिसम्म गोरु र मान्छेकै सहारामा दाइँ हाल्दै आएका बागलुङ जिल्लाका अधिकांश किसान पछिल्लो समयमा आधुनिक ‘थ्रेसर मेशिन’ र ट्र्याक्टरको सहायताबाट दाइँ हाल्न थालेका छन् । एक दशक अघिसम्म कात्तिक मङ्सिरमा खेतका फाँटमा हलगोरुको सहायताबाटै दाइँहाल्ने परम्परा भए पनि गोरु पाइन छाडेपछि थ्रेसर र ट्र्याक्टरको सहायताले दाइँ हाल्न थालिएको हो । गाउँघरमा अर्मपर्म गरेर खेती लगाउने, खेती थन्काउने चलन हट्न… पुरा पढौ