समाचार

प्रधानमन्त्री राहत कोषमा कांग्रेसको रु ५० लाख सहयोग

नेपाली कांग्रेसले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु ५० लाख सहयोग गरेको छ । कांग्रेसका सभापति शेरबहादुर देउवासहितको पदाधिकारीहरुको प्रतिनिधि मण्डलले आज बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बालुवाटारमा भेटी उक्त रकम बराबरको चेक हस्तान्तरण गरेको हो । कांग्रेसले भूकम्पपछिको उद्धार, राहत, पुनःस्थापना र पुनःनिर्माणका लागि नौ बुँदे सुझाव पेश गर्दै सरकारको ध्यानाकर्षण पनि गराएको छ । कांग्रेसले भूकम्पपछिको खोज र उद्धारमा प्रधानमन्त्रीको तदारुकता र तत्परताको प्रशंसा पनि गरेको छ । कांग्रेसले राहत र पुनःनिर्माणका लागि अनुभवी कर्मचारी परिचालन, अस्थायी आवासको… पुरा पढौ

नेपाल संवतलाई स्वागत गर्न नेवा खलः कास्कीले भिन्तुना र्‍याली गर्ने

पोखरा । नेवा खलः कास्कीले मौलिक तथा राष्ट्रिय संवत, नेपाल संवत ११४४ को अवसरमा भिन्तुना र्‍याली आयोजना गर्ने भएको छ । संस्थाले आज पोखरामा पत्रकार सम्मेलनको आयोजना गर्दै यस्तो जनाएको हो । म्हपूजाको अवसरमा यही कार्तिक २८ गते पोखराका विभिन्न स्थलहरुमा पुगेर र्‍याली आयोजना गरिने नेवा खलः कास्कीका अध्यक्ष अशोक पालिखेले जानकारी दिए । उनका अनुसार २८ गते विहान ७ः३० बजे पोखरास्थित नारायणस्थानमा रहेको राष्ट्रिय विभूति शंखधर शाख्वाको प्रतिमामा माल्यार्पण गरिनेछ । त्यसपछि ८ बजे कास्कीमा रहेका विभिन्न नेवा खलः,… पुरा पढौ

जागरण आमा समुहको नवनिर्मित भवन उद्घाटन

कार्तिक २० पोखरा । सभ्य समाज निर्माणका साथै महिला नेतृत्व विकासमा अग्रहणी भूमिका खेल्दै आएको जागरण आमा समुहले कार्यालय भवन निर्माण सम्पन्न गरेको छ । पोखरा महानगरपालिका वडा नं.१७ महतगौडास्थित भित्री पाटनको सार्वजनिक जग्गामा लगभग १५ लाखको लागतमा उक्त ट्रष्ट भवन निर्माण गरिएको हो । पोखरा १७ का वडाअध्यक्ष राधिका शाही योगीले समुहको दशौ वार्षिक साधारण सभा एवम् पाँचौ अधिवेशनका आवसरमा आज एक समारोहका बीच नवनिर्मित भवनको उद्घाटन गर्दै हक अधिकार सुनिश्चितताका लागि आमा समुह संगठित भएर अघि बढ्नु पर्नेमा… पुरा पढौ

भाइटीकाको उत्तम साइत बिहान १०ः५१ मा

कार्तिक २० काठमाण्डौं । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको भाइटीकाको उत्तम साइत सार्वजनिक गरेको छ । समितिका अनुसार यस वर्षको टिकाको उत्तम साइत कार्तिक २९ गते बुधबार १० बजेर ५१ मिनेट भाइटीकाको उत्तम साइत रहेको छ । साइत खोज्नेहरुका लागि सो समय उत्तम भएपनि भाइटीकाका दिन दिनभर दिदीबहिनीका हातबाट टीका लगाउन शुभ रहने समितिले जनाएको छ । यस वर्षको यमपञ्चक अर्थात् तिहार कात्तिक २५ गते शनिवारदेखि शुरु हुने छ । २५ गते काग तिहार परेको छ । यस्तै… पुरा पढौ

जाजरकोटलाई केन्द्रविन्दु बनाएर फेरि भूकम्प, पोखरामा पनि धक्का महशुस

पोखरा । पोखरामा भूकम्पको धक्का महशुस गरिएको छ । सोमबार दिउँसो ४ बजेर ३१ मिनेटमा जाजरकोटलाई केन्द्रविन्दु बनाएर गएको भूकम्पको धक्का पोखरामा समेत महशुस गरिएको हो । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार जाजरकोटको रामिडाँडालाई केन्द्रविन्दु बनाएर ५.८ म्याग्निच्यूडको भूकम्प गएको हो ।यसबारेमा विस्तृत विवरण आउन बाँकी छ । यसअघिपनि गत शुक्रबार राति ११ बजेर ४७ मिनेट जाँदा जाजरकोटको रामिडाँडा केन्द्रबिन्दु भएर ६.४ रेक्टर स्केलको भूकम्प गएको थियो । पुरा पढौ

युरोप भ्रमण स्थगित गरेर राष्ट्रपति पौडेल भूकम्प प्रभावित क्षेत्रमा जाने

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल मंगलबार विहान भूकम्प प्रभावित क्षेत्र जाजरकोट र रुकुम पश्चिम जाने भएका छन् । गत शुक्रबार राति गएको भूकम्पबाट प्रभावित नागरिकहरुको अवस्था बुझ्न राष्ट्रपति मंगलबार विहान त्यस क्षेत्रमा जान लागेको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए । भूकम्पपछि अवस्था अनुकुल नभएको भन्दै राष्ट्रपति पौडेलले २० कात्तिकदेखि तय भएको आफ्नो युरोप भ्रमण स्थगित गरेका छन् । प्राकृतिक विपतको बेला राष्ट्रपति विदेश भ्रमण जान अनुपयुक्त हुने आवाज उठेपछि पौडेलले युरोप भ्रमण स्थगित गरेका छन् । पुरा पढौ

नेप्सेमा दोहोरो अंकको वृद्धि

काठमाडौं । सोमबार सेयर बजार दोहोरो अंकले बढेको छ । बजारको परिसूचक नेप्से अघिल्लो दिनको तुलनामा २१.३० अंक बढेर १८४७ विन्दु कायम भएको छ । कुल १९९ कम्पनीको मूल्य बढ्दा ३२ को घट्यो भने १२ को स्थिर रह्यो । सोमबार कारोबार खुलेदेखि नै बजार बढेको हो । दिनभर कुल ९३ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । यसअघि आइतबार ९७ करोड २३ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो । यस दिन होटल तथा पर्यटन उपसमूह सबैभन्दा धेरै ३.७३ प्रतिशत बढ्यो… पुरा पढौ

“पुतली बाजे” को आज दाह संस्कार गरिने, १० बजे पि.एन. क्याम्पसबाट शव यात्रा शुरु हुने

पोखरा । “पुतली बाजे” भनेर चर्चित कलिन स्मिथको (पुतली बाजे) आज सोमवार अन्तिन संस्कार गरिने भएको छ । अन्तिम बिदाईका लागि उहाँको पार्थिब शरिरलाई सोमवार कार्तिक २० गते बिहान १० बजे पृथ्वीनारायण क्याम्पस परिसरमा रहेको बटरफ्लाई म्युजियम को प्राङ्गणमा राखिने पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले जानकारी दिएका छन् । प्रमुख आचार्यका अनुसार स्व स्मिथको क्रिश्चियन परम्परा अनुसार अन्तिम सँस्कार हुनेछ । पुतली बाजे’ कोलिन स्मिथको ८७ वर्षको उमेरमा शनिबार पोखरामा निधन भएको हो । नेपालमा रहेर पुतलीको अध्ययन र संरक्षणमा… पुरा पढौ

पोखरा महानगरद्वारा भुकम्प पिडितकालागि ५० लाख सहयोग घोषणा, राहत लिएर टोली जाजरकोट प्रश्थान

पोखरा । पोखरा महानगरको टोली राहत लिएर जाजरकोट प्रश्थान गरेको छ । महानगरबाट दुई जना वडाध्यक्ष सहितको टोली राहत लिएर जाजरकोट हिँडेको हो ।  १७ सदस्यिय उद्दार टोलीमा वडा नम्बर १ का अध्यक्ष सहारा प्रधान र ७ का अध्यक्ष राममोहन आचार्य पनि सहभागी छन् । महानगरपालिकाले १ महिनाको पारिश्रमिक राहत स्वरूप सहयोग गर्ने घोषणा पनि गरेको छ । २ वटा सानो गाडी र एउटा ट्रकमा १७ जनाको उद्धार टोली पनि जाजरकोट हिँडेको मेयर धनराज आचार्यले जानकारी दिए । उनका अनुसार त्रिपाल, लत्ताकपडा,… पुरा पढौ

नेवा: मिसा पुच: कास्कीद्वारा स्वन्ति नख: (भाइटिका) महोत्सव आयोजना

पोखरा । नेवा: मिसा पुच: कास्कीको आयोजनामा शनिवार पोखरामा स्वन्ति नख: (भाइटिका) महोत्सवको आयोजना गरिएको छ ।चौथो स्वन्ति नख: महोत्सव पोखरा महानगरपालिका वडा नम्बर ९ को सहयोगमा पोखरा ९ मा गठित महेन्द्रपुल, नयां बजार, पृथ्वीचोक, चिप्लेढुंगा र नागढुंगा नेवा: मिसा पुच:को सह आयोजनामा भएको थियो ।महोत्सवको उद्घाटन गर्दै प्रमुख अतिथि तमु धिं नेपालका संस्थापक अध्यक्ष कर्मकुमारी तमुले संस्कृति बचाउन सबै लाग्नु पर्ने बताए । उहांले स्थानीय सरकार र वडाहरुले मौलिक संस्कृति जगेर्ना गर्न महत्वपूर्ण भूमिका हुनु पर्नेमा जोड दिए ।… पुरा पढौ