समाचार

वित्तीय संस्थाको म्यानेजर छाडेर च्याउ खेतीमा रमाउँदै सन्दीप

पोखराका सन्दीपबहादुर क्षेत्री कालिका माईक्रो फाईनान्समा शाखा म्यानेजर थिए । ससुराले च्याउखेती गरेको देखेर प्रभावित उनले श्रीमतीलाई च्याउ खेतीबारे सिक्न लगाए । श्रीमतीपनि के कम ! श्रीमानको सुझाव अनुसार च्याउ खेतीबारे माईत गएर बुझे । आफ्नै देशमा केहि गरौं भन्ने हुटहुटी बोकेका क्षेत्रीलाई श्रीमतीको साथ पाएपछि आफ्नो हुँदाखाँदाको जागिर छाडेर च्याउ खेतीतर्फ लागे । पाँच वर्षअघि पोखरा–२२ चिसापानीमा चिसापानी च्याउ फर्मबाट च्याउ खेती शुरु गरेका क्षेत्रीले अहिले पोखरा–१९ लामाचौरमा थप दुईवटा फर्म बिस्तार गरेका छन् । सिजन अनुसार फरक÷फरक ठाउँमा… पुरा पढौ

च्याउको मूल्य चार वर्ष यताकै न्यून

पोखरा, कात्तिक १८ पोखरामा च्याउको मूल्य चार वर्ष यताकै न्यून भएको छ । पोखरामा च्याउको उत्पादन बढेपछि मूल्य भने चार वर्ष यताकै न्यून भएको हो । पोखरामा पाँच वर्ष अघि च्याउको मूल्य प्रतिकेजी २ सय ३० रुपैयाँसम्म पुगेको थियो । तर २०७५ सालमा त्यसको मूल्य घटेर ६० रुपैयाँसम्म झरेको थियो । आज चार वर्षपछि फेरी च्याउको मूल्य प्रतिकेजी ६० देखि ७० रुपैयाँमा झरेको किसान सन्दीपबहादुर खत्रीले जानकारी दिए । च्याउको मूल्य अप्रत्याशित रुपमा घटेपछि किसान चिन्तित भएका छन् । लागत… पुरा पढौ

जन्म देश वेलायत छाडेर पोखरा बसेका पुतली बाजे अस्ताए

पोखरा, १८ कात्तिक जन्म देश छाडेर नेपालको पोखरामा बस्दै आएका सामाजिक व्यक्तित्व पुतली बाजे अर्थात कोलिन स्मिथ अस्ताएका छन् । पुतलीको संग्रहमा जीवन अर्पेका ८८ वर्षिय पुतली बाजेले गएराती धर्ती छाडेका हुन् । स्वास्थ्य अवस्था कमजोर बनेपछि विगत २ महिनादेखि पुतली बाजे हरियो खर्क अस्पताल पोखरामा भर्ना भएका थिए । उनको उपचारकै क्रममा शनिबार विहान ३ बजे निधन भएको जनाइएको हो । आफ्नो मामाबाट प्रभावित भएर पुतली बाजे पुतली संकलनमा लागेका थिए । पुतली संकलनमै रमाउँदै नेपाल बसेका उनले आफ्नो… पुरा पढौ

प्रधानमन्त्री ‘प्रचण्ड’ भूकम्प प्रभावित जिल्ला जाजरकोटमा

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भूकम्प प्रभावित जिल्ला जाजरकोटमापुगेका छन । भूकम्पबाट भएको क्षति र वस्तुस्थिति बुझ्न प्रधानमन्त्री दाहाल आज विहान साढे आठ बजे स्वास्थ्यकर्मी र अत्यावश्यक सामग्रीसहित त्यहाँ पुगेका हुन । जाजरकोट पुग्नुभएका प्रधानमन्त्री दाहालले प्रमुख जिल्ला अधिकारी सुरेश सुनारसँग भूकम्पको क्षतिको जानकारी लिएका छन । सुरुमा जाजरकोटको खलङ्गाको प्रभावित क्षेत्रको वस्तुस्थिति बुझिसकेपछि प्रधानमन्त्री दाहाल प्रजिअ सुनारसहित सबैभन्दा बढी क्षति भएको नलगाड नगरपालिकामा पुगेको जिल्ला प्रशासन कार्यालय जाजरकोटका सूचना अधिकारी हरिश्चन्द्र शर्माले जानकारी दिए । उनका अनुसार प्रधानमन्त्री प्रचण्डले भूकम्प… पुरा पढौ

पोखरा र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालन ढाँचाबारे उच्चस्तरीय छलफल

कार्तिक १७ काठमाण्डौं । दुई अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालन ढाँचाबारे आज संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा उच्च सरकारी अधिकारीबीच छलफल भएको छ । पर्यटनमन्त्री सुदन किरातीले बोलाएको बैठकमा पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल र भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालनको ढाँचा र विभिन्न विकल्पबारे छलफल भएको मन्त्रालयले जनाएको छ । बैठकमा मुख्यसचिव डा बैकुण्ठ अर्याल, अर्थसचिव कृष्णहरि पुष्कर, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव उदयराज सापकोटा सहभागी थिए । नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भूलका अनुसार नयाँ विमानस्थललाई नियमित… पुरा पढौ

‘माथिल्लो अरुण आयोजनाको फाइदा स्थानीयले पाउनुपर्छ’ : मन्त्री डा. महत

कार्तिक १७ काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशशरण महतले ठूला आयोजना अगाडि बढ्दा स्थानीयवासीको सहयोग र सहभागिता सबैभन्दा महत्वपूर्ण हुने बताएका छन् । माथिल्लो अरुण अर्धजलाशययुक्त जलविद्युत आयोजनाको कार्यस्थल भोटखोला निरीक्षणका क्रममा मन्त्री डा. महतले भने, ‘यसको फाइदा सबैभन्दा धेरै स्थानीय जनताले पाउनुपर्छ । त्यसपछि जिल्लावासी र त्यसपछि मात्र देशले पाउँछ भन्ने मान्यताका आधारमा यो आयोजना अगाडि बढ्छ । सङ्खुवासभामा निर्माण हुन लागेको एक हजार ६१ मेगावाटको माथिल्लो अरुण आयोजना कार्यान्वयनको चरणमा पुगेको बताए । मन्त्री डा. महतले भने, “सङ्खुवासभावासीका लागि… पुरा पढौ

क्रिकेट टोलीलाई एमाले अध्यक्ष र पूर्वराष्ट्रपतिको बधाई

कात्तिक १७ काठमाण्डौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपाली क्रिकेट टोली टी–२० विश्वकप प्रतियोगिताका लागि छनोट भएकामा बधाई ज्ञापन गरेका छन् । अध्यक्ष ओलीले आज सामाजिक सञ्जालमार्फत नेपाली क्रिकेट खेलाडीलाई बधाई ज्ञापन गर्दै अबको विश्वकपको यात्राका निम्ति शुभकामना व्यक्त गरेका छन् । यसैगरी, पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पनि विश्वकपका लागि नेपाली क्रिकेट टोली छनोट भएकामा हार्दिक बधाई ज्ञापन गरेकी छन् । उनले सामाजिक सञ्जाल एक्समा नेपालको यो ऐतिहासिक सफलताले समग्र खेल थप उत्साहित हुनका साथै यसले सम्पूर्ण नेपालीलाई… पुरा पढौ

कोशीका मुख्यमन्त्री कार्कीद्वारा मन्त्रिपरिषद् विस्तार, नवनियुक्त मन्त्रिद्वारा आजै शपथ ग्रहण

कार्तिक १७ मोरङ । कोशी प्रदेशका प्रमुख परशुराम खापुङले नवनियुक्त मन्त्रीद्वय गणेशप्रसाद उप्रेती र कमलप्रसाद जवेगुलाई पद तथा गोपनीयताको शपथ गराएका छन् । मुख्यमन्त्री केदार कार्कीको सिफारिसमा नेपालको संविधानको धारा १६८ को उपधारा (९) वमोजिम उनीहरूलाई प्रदेश प्रमुखले बिना विभागीय मन्त्री नियुक्त गरेका हुन् । नवनियुक्त मन्त्री उप्रेति नेकपा (माओवादी केन्द्र) र जवेगु नेकपा (एकीकृत समाजवादी) का प्रदेशसभा सदस्य हुन् ।गत असोज २७ गते मुख्यमन्त्री नियुक्त भएका कार्कीले २८ गते एमालेबाट राम रानामगर र नेपाली कांग्रेसबाट शम्शेर राईलाई मन्त्री नियुक्त… पुरा पढौ

खाडीबाट फर्किएकी कौशिलाको सुझावः “घरेलु कामदार बनेर खाडी नजानू”

बलेवा । सात समुन्द्र पारीको देश, मध्यरात र एक्लो कोठामा सुतिरहेको अवस्थामा कोही पुरुषले आफ्नो मुख थुन्छ । हातभरी कुवेती डलर बोकेको वयस्क पुरुषले भन्छ, ‘तलाईं चाहिएको जति दिन्छु मैले भनेको मान ।’ कौशिला विकले भएभरको बल लगाएर त्यसव्यक्तिसँग प्रतिकार गरे । आफूलाई अँठ्याउन खोजेको पुरुषलाई भुइँमा पछारे । हतारहतार कोठाको चुकुल लगाए र आफूलाई बचाए त्यसपछि सुरु भए उनका थप कष्टका दिन । घरेलु कामदारका रुपमा कुवेत पुगेकी बागलुङको काठेखोला गाउँपालिका–८ लेखानीकी २३ वर्षीया कौशिलाले व्यहोरेको व्यथा हो यो… पुरा पढौ

तनहुँकी गौली शिक्षण पेसा छोडेर ‘ड्रागन खेती’मा

तनहुँ । व्यास नगरपालिका–२ कालिका मार्ग निवासी कल्पना गौली १६ वर्ष शिक्षण पेसामा लागे । उनीसँग प्राविदेखि मावि तहसम्म अङ्ग्रेजी विषयमा अध्यापन गराएको अनुभव छ । गौलीले अध्यापनपछि घरमै बुटिक व्यवसाय सुरु गरे । करिब १५ वर्षसम्म बुटिक व्यवसाय गरिसकेका गौली यतिबेला भने व्यावसायिक कृषि पेसामा संलग्न भएका छन् । उनले व्यास नगरपालिका–५ ढोडेनीमा ‘ड्रागन फ्रुट’को खेती सुरु गरेका हुन्। प्रकृति र माटोसँग रमाउन र यही क्षेत्रलाई साधान केन्द्रको रुपमा स्थापित गराउन आफू यस व्यवसायतर्फ लागेको किसान गौलीको भनाइ छ… पुरा पढौ