समाचार

विन्ध्यवासिनीमा नवदुर्गा महोत्सव जारी, हरेक दिन दिउसो प्रवचन

२ कार्तिक, पोखरा। बडादसैं अवसरमा पोखराको विन्ध्यवासिनी मन्दिरमा आयोजित नवदुर्गा महोत्सव जारी छ । विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समिति आयोजनामा घटस्थापनादेखि सुरु भएको महोत्सव नवमीसम्म सञ्चालन हुनेछ ।महोत्सव अवसरमा नवदुर्गाभर बिहान संगीतमय झाँकीसहितको श्रीमद्देवी भागवत् ज्ञानमहायज्ञ र दिउँसो नवदुर्गाको महिमासम्बन्धी दार्शनिक प्रवचन भइरहेको समितिका सचिव तीर्थ श्रेष्ठले बताए । हरेक बिहान ९ देखि १२ बजेसम्म ज्ञानमहायज्ञ र दिउँसो २ देखि ४ बजेसम्म कार्तिक २ र ३ गते दार्शनिक वक्ता डा.भोलानारायण रेग्मी, भाद्र ४ र ५ गते कृष्णानुरागी आचार्य पशुपति पौडेलले… पुरा पढौ

अमेरिकाद्वारा हमासका १० सदस्य र आर्थिक सहजकर्तामाथि प्रतिबन्ध

एजेन्सी । इजरायलमा हमाससमूहले अचानक गरेको आक्रमणपछि द्वन्द्व चर्किरहेका बेला अमेरिकी अर्थ मन्त्रालयले बुधबार हमासका एक प्रमुख कमाण्डरसहित १० सदस्य, सहयोगी र वित्तीय सहजकर्तामाथि प्रतिबन्ध लगाउने घोषणा गरेको छ । गाजा, सुडान, टर्की, अल्जेरिया र कतारलगायत अन्य मुलुकका नागरिकलाई लक्षित गरी नयाँ प्रतिबन्ध लगाइएको अमेरिकी अर्थ मन्त्रालयले जनाएको छ । अमेरिकी अर्थमन्त्री जेनेट येलेनले जारी गरेको वक्तव्यमा भनिएको छ, “बालबालिकासहित इजरायली नागरिकको निर्मम र अकल्पनीय नरसंहारपछि अमेरिकाले हमासका वित्तदाता र सहजकर्तालाई लक्षित गर्न तीव्र र निर्णायक कदम चालिरहेको छ ।”… पुरा पढौ

दुर्गा पक्षको चौथो दिन गरियो कुष्माण्डा देवीको पूजा आराधना

कार्तिक १ काठमाण्डौं । नवरात्रको चौँथो दिन दसैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी चौँथो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजा आराधना गरिएको छ । प्रत्येक वर्ष आश्विन शुक्ल चतुर्थी अर्थात् दुर्गा पक्षको चौँथो दिन कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिन्छ । नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवत लगायत देवी स्तोत्र पाठ समेत गरिन्छ । नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ । यसै आधारमा वैदिक सनातन धर्मावलम्बीले प्रत्येक वर्ष… पुरा पढौ

गाजाको अस्पतालमा भएको आक्रमणको एमालेबाट निन्दा

कात्तिक १ काठमाण्डौं । नेकपा (एमाले) ले गाजास्थित अल अहरी अरब अस्पतालमा भएको आक्रमणमा परी उपचार गराइरहेका बिरामी, चिकित्सक तथा स्वास्थ्यकर्मी, बिरामीका कुरुवा-आफन्त र अस्पताल परिसरमा शरण लिइरहेका नागरिक मारिएका घटनाको निन्दा गरेको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले आज विज्ञप्ति जारी गरी रकेट आक्रमणबाट ठूलो विस्फोटसहित सिङ्गो अस्पताल भवन नष्ट हुनाका साथै बालबालिकासहित सयौँ हताहत भएको विषय जति निन्दा गरे पनि कमी हुने उल्लेख गरेका छन् । विज्ञप्तिमा भनिएको छ, “जुनसुकै समस्याको समाधान शान्ति वार्ताद्वारा गरिनुपर्छ, निहत्था नागरिक,… पुरा पढौ

प्रतिभामा प्रतिभा प्रस्फुटन कार्यक्रम

कार्तिक १ पोखरा । विद्यार्थीहरुको पढाइका सँगसंगै अतिरिक्त क्रियाकलापमा अब्बल बनाउने उद्देश्यले पोखराको नदीपुरमा अवस्थित प्रतिभा माध्यमिक विद्यालयले विजया दशमीको पूर्व सन्ध्यामा प्रतिभा प्रस्फुटन कार्यक्रम सम्पन्न भएको छ । विद्यालय सञ्चालन समितिका अध्यक्ष नारायण पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा पौडेलले विद्यार्थीहरुको प्रतिभालाई उजागर गर्नका लागि विद्यालयले समय समयमा विद्यार्थी केन्द्रित कार्यक्रम गर्दै आइरहेको बताए । विद्यार्थीहरुले विभिन्न सांस्कृति झल्कने नृत्यबाट आफू अत्यन्त हर्षित भएको बताए । कार्यक्रमका विशेष अतिथि तथा विद्यालयका संस्थापक प्रिन्सिपल किरण सापकोटाले विद्यालयका हरेक छोराछोरीहरु प्रकृतिका… पुरा पढौ

पोखराको सिटि स्क्वायरमा फर्निचर मेला शुरु

पोखरा । फर्निटेक नेपाल प्रालिले पोखराको न्युरोड स्थित सिटि स्क्वायर ब्यान्क्वेटमा फर्निचर एक्सचेञ्ज सहित प्रदर्शन सुरु गरेको छ । कार्तिक १ गते देखि तीन दिन सम्म चल्ने उक्त अफरमा कुनै पनि फर्निचरका सामाग्रीमा ३० देखि ६० प्रतिशत छुटमा प्रीमियम क्वालिटिका सोफा बिक्रिमा राखिएको छ । जनसमुदायको राम्रै चासो रहेको मेलामा फर्निचरमा ५ बर्षको वारेन्टी दिइएको उनले बताए । प्रदर्शन गरिएका फर्निचरहरुको गुणस्तर एवम् कालिगडी उच्चस्तरीय रहेको कम्पनीका संचालक कृष्ण बरालले वताए । चितवनमा केन्द्रिय कार्यलय रहेको उक्त प्रालिले पोखरामा पनि… पुरा पढौ

प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रमको अनुगमन

कार्तिक १ पोखरा । गण्डकी प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रम अन्र्तगत वालिङ र स्याङजाका जिल्लाका विभिन्न पालिकामा सञ्चालित कार्यक्रमको अनुगमन, अवलोकन, अनुुभव आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ । प्रदेश सरकारको आर्थिक वर्ष २०८०-८१ को स्वीकृत वार्षिक कार्यक्रम अन्र्तगत तनहुँको ब्यास नगरपालिका, स्याङजाको वालिङ, भीरकोट नगरपालिका र फेदीखोला गाँउपालिकामा सञ्चालित स्थानीय शासन सहयोग कार्यक्रमको अनुुगमन सम्पन्न भएको हो । पालिकाहरुले सुचना प्रविधि, सडक सुरक्षा, कृषि र सरसफाईको क्षेत्रमा प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रम सञ्चालन गरेका छन् । पिएलजीएसपी… पुरा पढौ

कोशी प्रदेशका मुख्यमन्त्री कार्कीलाई राप्रपा बाहेक सबै दलको समर्थन

कार्तिक १ विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले कोशी प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन् । आज भएको मतदानमा उनले दुई तिहाईभन्दा बढी मत प्राप्त गरेका हुन् । नेपालको संविधानको धारा १६८ को उपधारा (४) तथा कोशी प्रदेश सभा नियमावली, २०७४ (पहिलो संशोधन समेत) को नियम १२८ को उपनियम ४ बमोजिम कोशी प्रदेशसभा मुख्यमन्त्री कार्कीले विश्वास मतका लागि प्रस्ताव प्रस्तुत गरेका थिए । मत विभाजनको आधारमा मुख्यमन्त्री कार्की पक्षमा ८६ र प्रतिपक्षमा राप्रपाका पाँच मत परेका थिए । मुख्यमन्त्री… पुरा पढौ

नेप्से परिसूचकमा उच्च अङ्कको वृद्धि

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको वृद्धि देखिएको छ । नेप्से परिसूचक ४३ दशमलव २७ अङ्कले बढेर एक हजार नौ सय सात दशमलव ८९ को बिन्दूमा कायम भएको हो । आज दुई सय ८६ कम्पनीको ३७ लाख ७२ हजार २३ कित्ता शेयर ३१ हजार सात सय ८८ पटक खरिदबिक्री हुँदा कारोबार रकम भने रू ९३ करोड ४८ लाख ९४ हजार दुई सय १८ मा खुम्चिएको छ । आज दुई सय दस कम्पनीको शेयर मूल्य बढ्दा १० कम्पनीको मात्रै घटेको… पुरा पढौ

कस्केली अधिकृत समाजद्वारा शुभकामना आदानप्रदान

पोखरा । कस्केली अधिकृत समाजले विजयादशी, दिपावली, छठ लगायतका चाडपर्वका अवसरमा आज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा समाजका सल्लाहकार एवम् विभिन्न कार्यालयका प्रमुख एवम् अधिकृतहरूले सांस्कृतिक महत्व बोकेका हाम्रा चाडपर्वले सबै नेपालीमा सुख, शान्ति र समृद्धि ल्याउने विश्वास व्यक्त गर्दै शुभकामना व्यक्त गरेका थिए । देशमा विद्यमान अस्थिरताको अन्त्य हुँदै युवाहरूको बढ्दो विदेश पलायन रोकिने तथा विदेशमा रही अलपत्र रहेका एवम् समस्यामा परेका नेपालीहरूको सहज रुपमा स्वदेश फर्कने वातावरण तयार होस् भन्दै उक्त अवसरमा कामना समेत गरिएको… पुरा पढौ