समाचार

‘होटलका कोठाहरु अपराध गर्ने र अपराधी लुक्ने स्थल’ नबनोस्

पोखरा, कात्तिक १ वडा प्रहरी कार्यालय बैदामका प्रमुख प्रहरी नायव उपरीक्षक राजेन्द्र श्रेष्ठले होटलका कोठाहरु अपराध गर्न स्थल बन्न नदिन होटल व्यवसायीहरुलाई आग्रह गरेका छन् । नेपालीको महान चाँड बडादशैं, शुभ दिपावली, नेपाल सम्वत, छठलगायतका पर्वहरुको शुभकामना तथा अन्र्तक्रिया कार्यक्रममा बोल्दै पर्यटकीय नगरी पोखराको मुटु मानिने वडा प्रहरी कार्यालय बैदाममा भर्खरै मात्र सरुवा भएर आएका डिएसपी श्रेष्ठले होटलमा पर्यटक मात्र नभई पर्यटकको नाममा अपराधीपनि आउन सक्ने भएकाले सचेत रहन व्यवसायीहरुलाई आग्रह गरेका हुन् । होटलका कोठाहरु अपराध गर्ने घटनास्थल नबनून्,… पुरा पढौ

प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रमको अनुगमन

पोखरा । गण्डकी प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रम अन्र्तगत वालिङ र स्याङजाका जिल्लाका विभिन्न पालिकामा सञ्चालित कार्यक्रमको अनुुगमन, अवलोकन, अनुुभव आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ । प्रदेश सरकारको आर्थिक वर्ष २०८०÷८१ को स्वीकृत वार्षिक कार्यक्रम अन्र्तगत तनहुँको ब्यास नगरपालिका, स्याङजाको वालिङ, भीरकोट नगरपालिका र फेदीखोला गाँउपालिकामा सञ्चालित स्थानीय शासन सहयोग कार्यक्रमको अनुुगमन सम्पन्न भएको हो । पालिकाहरुले सुचना प्रविधि, सडक सुरक्षा, कृषि र सरसफाईको क्षेत्रमा प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रम सञ्चालन गरेका छन् । पिएलजीएसपी कार्यक्रमको सहयोगबाट… पुरा पढौ

बागलुङका सहकारी पीडितलाई दसैँले छोएन

गलकोट । दसैँको रमझमको समयमा सहकारीका बचत पीडित भने दैनिकजसो सडक आन्दोलनमा भेटिन्छन् । उनीहरुलाई दसैँको भन्दा बचतको पिरलो छ । बागलुङका इमेज बचत तथा ऋण सहकारी र शिव शिख बहुउद्देश्यी सहकारी संस्थाले बचत कर्ताको रू साँढे दुई अर्ब रकम उठाएर फरार भएपछि दसैँको समयमा बचत कर्ताको बिचल्ली भएको हो । इमेज सहकारीले रू डेढ अर्ब बचत उठाएर फरार भएपछि ढोरपाटन नगरपालिकाका नगर प्रमुख देवकुमार नेपालीविरुद्ध बचत पीडित राँके जुलुस तथा प्लेकार्डसहित सडकमा धर्ना बसिरहेका छन् । वडादसैँ सुरु भइसके… पुरा पढौ

पर्वतमा वर्षा र हावाहुरीले धानबालीमा क्षति

पर्वत । मनसुन बाहिरिने बेला परेको वर्षासँगैको असिना र हावाहुरीका कारण पर्वतमा धानबालीमा क्षति पुगेको छ । सोमबार र मङ्गलबारको वर्षा तथा हावाहुरीले जिल्लाका विभिन्न स्थानमा लगाइएको धानबालीमा क्षति पुगेको हो । केही स्थानमा धान ढलेर सोत्तर बनेको कृषकले गुनासो गरेका छन् । पर्वतको कुश्मा, फलेवास, विहादी, जलजला, पैँयु र मोदीका विभिन्न वडामा लगाइएको धानबालीमा हावाहुरी र असिनाले क्षति पु¥याएको छ । कतिपय ठाउँमा सामान्य असिनासमेत परेर धान झारेको कुश्मा नगरपालिका–८ चुवाका कृषक रुद्रप्रसाद शर्माले जानकारी दिए । पाक्न थालेको… पुरा पढौ

पश्चिम बागलुङका उच्च ग्रामीणबासीले अव चामल लिन बुटवल पुग्नु पर्दैन

ढोरपाटन । पश्चिम बागलुङका उच्च ग्रामीण क्षेत्रमा आलु, जौ, उवा, भाँगोबाहेक अरू खेती कमै हुन्छ । तीन दशकसम्म स्थानीयको मुख्य खाना आलु र जौको आटा हुन्थ्यो । चिसो हावापानी हुने भएकाले यहाँको माटोमा धान खेती हुँदैनथ्यो । “धान खेती नहुँदा स्थानीय भात खान दसैँ कुर्थे । गाउँमा सडक थिएन । मोटर गाडी देख्नका लागि दुई साता लगाएर बुटवल पुग्नुपथ्र्यो । बुटवल पुगेर घ्यू, आलु र भाँगोसँग चामल साट्ने बाध्यता थियो”, ढोरपाटन–९ की ८३ वर्षीया पदमकली विकले भने । उनका अनुसार… पुरा पढौ

लुुलाङमा तीन महिनापछि बिजुुली बलेपछि उपभोक्ता खुसि

म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका–२ मा तीन महिनापछि बिजुुली बलेको छ । मरेनीको फेदीमा रहेको ३५ किलोवाट क्षमताको दरखोला दोस्रो लघुजलविद्युत् परियोजनको विद्युत्गृह असार अन्तिम साता बगाएको थियो । विद्युत्गृह बगाएपछि लुलाङ, खोरिया, लमसुङ र मेरेनीका करिब चार सय परिवार अन्धकारमा थिए । परियोजनाको मर्मत गरेर तीन महिनापछि मङ्गलबारदेखि विद्युत् आपूर्ति भएको लमसुुङका भक्त सिंकिजा पुुनले जानकारी दिए । “दसैँतिहारजस्ता चाडपर्वको समयमा गाउँ उज्यालो हुँदा स्थानीयवासीमा खुुुसीयाली छाएको छ”, उनले भने, “परियोजना मर्मत गरेर विद्युत् आपूर्ति सञ्चालन भएपछि जनजीवन सहज… पुरा पढौ

यस वर्षको लिगलिगे दौडको उपाधि नेपाली सेनाका राईलाई

गोरखा । एघारौँ लिगलिगे दौड प्रतियोगिता ‘२०८०’ को उपाधि नेपाली सेनाका गजेन्द्र राईले हात पारेका छन् । निर्धारित १३ दशमलव ८ किलोमिटर दूरी ५६ मिनेट ३६ सेकेन्डमा पार गर्दै उनले उपाधि जितेका हुन् । उपाधि जितेसँगै राई यस वर्षका लागि लिगलिगे राजा घोषित भएका छन्। प्रतियोगितामा निर्धारित दुरी ५६ मिनेट ५३ सेकेन्डमा पार गर्दै सेनाकै नरेन्द्रसिंह रावत दोस्रो भएका छन्। भारतीय सेनामा कार्यरत अनिष थापामगर प्रतियोगितामा यसपटक तेस्रो भएका छन्। उहाँले निर्धारित दुरी ५८ मिनेट ३५ सेकेन्डमा पूरा गरेर तेस्रो… पुरा पढौ

महेन्द्र माध्यमिक विद्यालयले विभिन्न क्षेत्रका व्यक्तिलाई सम्मान गर्ने

पोखरा । पोखरा–१९ घार्मीमा रहेको महेन्द्र माध्यमिक विद्यालयले विभिन्न क्ष्ोत्रका व्यक्तिलाई सम्मान गर्ने भएको छ । बडादशैंको अवसर पारेर विद्यालयले महेन्द्र मा.विमा अध्ययन गरी डाक्टर तथा ईन्जिनियरिङ क्षेत्रमा विज्ञता हासिल गरेका तथा साविकको लामाचौर गा.वि.स वडा नं. ७,८,९ र अर्मला–३, का डाक्टर तथा ईन्जिनियरिङ क्षेत्रका विज्ञलाई सम्मान गर्न लागिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वैकुण्ठ पौडेलले जानकारी दिए । यही असोज ५ गते अष्टमीको दिन संघीय संसदका सदस्य दामोदर वैरागीको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम गरिन लागेको वताईएको छ । सोही दिन… पुरा पढौ

राष्ट्रिय कृषि गणना २०७८ को प्रदेशस्तरीय नतिजा सार्बजनिक, कृषक परिवार बढ्यो, क्षेत्रफल घट्यो

पोखरा । राष्ट्रिय कृषि गणना २०७८ को गण्डकी प्रदेशस्तरीय नतिजा सार्बजनिक गरिएको छ । राष्ट्रिय तथ्यांक कार्यालय काठमाण्डौद्वारा पोखरामा बुधवार आयोजित कार्यक्रममा राष्ट्रिय र प्रदेशस्तरीय नतिजा सार्बजनिक गरिएको हो ।प्रमुख अतिथि कृषि बिकास निर्देशनालय गण्डकी प्रदेशका महानिर्देशक बासुदेव रेग्मीले तथ्यांकप्रति प्रश्न उठाउदै डाटा तथ्यगत, व्यवहारिक र बिश्वासिलो हुनु पर्नेमा जोड दिए। उनले गणनाकालागि बजेट बढाएरै भए पनि बहु संख्यक कृषक परिवारमा पुग्नु पर्ने सुझाब दिए । रेग्मीले तर पनि प्राप्त डाटालाई आधार मानि योजना बनाउनु पर्ने बताए ।कार्यक्रममा राष्ट्रिय तथ्यांक… पुरा पढौ

पाखो बारी बन्यो ‘एग्रो फरेष्टी एन्ड रिसर्च सेन्टर’

तनहुँको व्यास नगरपालिका–१२ फुर्लुङस्थित पाखो बारी एग्रो फरेष्टी एन्ड रिसर्च सेन्टरका रुपमा विकसित भएको छ । प्रयोग नभई बसेको पाखो बारी एग्र्रो फरेष्टी एन्ड रिसर्च सेन्टरका रुपमा विकसित भएको हो । काठमाडौँ रानीबारी निवासी पारस शाक्यले विसं २०७८ देखि उक्त ठाउँमा आहाना एग्रो फरेष्टी एन्ड रिसर्च सेन्टर सुरु गरेका हुन । करिब ७० रोपनी पाखो जमिन वार्षिक रु एक लाख भाडा तिर्ने गरी शाक्यले रु दुई करोड ५० लाखको लागतमा रिसर्च सेन्टर सञ्चालन गरिरहेका छन । रिसर्च सेन्टरबाट भएको आम्दानीले… पुरा पढौ