समाचार

दसैँका बेला घर जाने सेना र सशस्त्रका कर्मचारीलाई यातायात सुविधा

नेपाली सेना र सशस्त्र प्रहरी बलले दसैँका बेला घर जाने आफ्ना सुरक्षाकर्मीका लागि यातायात सेवा उपलब्ध गराएको छ । आ–आफ्ना कर्मचारीलाई आवतजावतमा सहजताका लागि सेवा उपलब्ध गराइएको नेपाली सेना र सशस्त्र प्रहरीले जानकारी दिएको छ । नेपाली सेनाले सहुलियतमा हवाई तथा स्थल यातायात सेवा उपलब्ध गराएको जनाएको छ भने सशस्त्र प्रहरीले निःशुल्क यातायात सेवा उपलब्ध गराएको जानकारी गराएको छ । नेपाली सेनाको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार यस वर्षको बडादसैँमा घर जाने नेपाली सेनाका बहालवाला सकलदर्जा तथा तिनका आश्रित… पुरा पढौ

अवरुद्ध बारपाक–लाप्राक सडकखण्ड सञ्चालन

बर्खाका कारण तीन महिनादेखि अवरुद्ध भएको बारपाक–लाप्राक सडकखण्ड सञ्चालनमा आएकोे छ । बर्खाका बेला ठाउँठाउँमा खसेका ठूलाठूला पहिराले गएको असार पहिलो सातादेखि अवरुद्ध भएको सडकखण्ड मङ्गलबारदेखि सञ्चालनमा आएको सडक पूर्वाधार विकास कार्यालय गोरखाका प्रमुख गणेश सुवेदीले जानकारी दिए। जिल्लाको पर्यटकीय गन्तव्यका रुपमा रहेको बारपाक र लाप्राक सडकखण्ड लामो समयसम्म अवरुद्ध भएपछि चौतर्फी आलोचना हुँदै आएको थियो । सातआठ दिनसम्म लगातार ठूला जेसिवीको सहायताले पहिरो हटाएपछि अवरुद्ध सडक सञ्चालनमा आएको उनले बताए । सडक अवरुद्ध हुँदा लाप्राकमा दैनिक उपभोग्य सामग्री पु¥याउन… पुरा पढौ

रामबजार टि ग्रुप पोखराद्वारा दशैंको शुभकामना आदान प्रदान कार्यक्रम आयोजना

पोखरा । रामबजार टि ग्रुप पोखराले बिजया दशमीको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गरेको छ ।नेपालीहरुको महान पर्व बिजया दशमी तथा दिपावलीको अवसर पारेर रामबजार क्षेत्रका ज्येष्ठ नागरिक तथा समाजसेवी ब्यक्तित्वको उपश्थितिमा कार्यक्रम आयोजना गरेको हो ।सो अवसरमा चियापान कार्यक्रमको समेत आयोजना गरिएको थियो ।प्रमुख अतिथि ९१ बर्षिय ज्येष्ठ सदस्य मनबीर गुरुड.”ढासाले” दशैंको शुभकामना दिदै नेपाली संस्कृतिको धनि भएको र यसको मौलिक पक्षलाई जोगाउनु पर्नेमा जोड दिए ।कार्यक्रममा नेवा खल कास्कीका अध्यक्ष अशोक पालिखे, गोर्खा मेमोरियल ट्रस्टका महासचिब डा… पुरा पढौ

भारतको सर्वोच्च अदालतद्वारा समलिङ्गी विवाहलाई मान्यता दिन अस्वीकार

एजेन्सी । भारतको सर्वोच्च अदालतले मङ्गलबार समलिङ्गी विवाहलाई वैधानिकता दिन अस्वीकार गरेको छ । यद्यपि अदालतले एलजिबिटिक्यु सम्बन्धलाई स्वीकार गर्नु र तिनीहरूलाई भेदभावबाट संरक्षण गर्नु मुलुकको कर्तव्य थियो भनेको छ । सर्वोच्च अदालतले समलिङ्गी यौनलाई प्रतिबन्ध लगाउने औपनिवेशिक कालको कानूनलाई खारेज गरेपछि प्रधानमन्त्री नरेन्द्र मोदीको सरकारले पछिल्लो पाँच वर्षदेखि समलिङ्गी साझेदारीलाई कानूनी हैसियत दिने संहिता बनाउने कदमको विरोध गर्दै आएको छ । धेरै समलिङ्गी जोडीका वकिलहरूले यसै वर्षको सुरुमा अदालतलाई उनीहरूको सम्बन्धलाई पूर्णरूपमा वैधता प्रदान गर्न आग्रह गरेका थिए तर… पुरा पढौ

लाओसलाई पराजित गर्दै नेपाल विश्वकप फुटबलको दोश्रो चरणमा प्रवेश

असोज ३० काठमाण्डौं । नेपाली राष्ट्रिय फुटबल टोलीले लाओसलाई पराजित गर्दै फिफा विश्वकप २०२६ छनोटको दोस्रो चरणमा प्रवेश गरेको छ । लाओसको वियनतियानेस्थित राष्ट्रिय रङ्गशालामा भर्खरै सम्पन्न खेलमा नेपालले लाओसलाई १–० गोलअन्तरले पराजित गर्दै विश्वकप छनोटको दोस्रो चरणमा पुगेको हो । नेपालको जीतमा मनिष डाँगीले निर्णायक गोल गरे । उनले खेलको ५३ औँ मिनेटमा गरेको एक गोल नै नेपालको लागि निर्णायक गोल सावित भयो । मनिषले अञ्जन विष्टको पासलाई सदुपयोग गर्दै गोल गरेका हुन् । नेपालमा भएको पहिलो चरणको खेलमा… पुरा पढौ

नेपालमा लगानी गर्न अर्थमन्त्रीको आह्वान

असोज ३० काठमाण्डौं । अर्थमन्त्री डा प्रकाशशरण महतले विदेशमा बसोबास गर्दै आएका नेपालीको ज्ञान, सीप र पुँजीलाई सरकारले प्रोत्साहन गर्ने बताएका छन् । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को ११ औँ विश्व सम्मेलनमा मन्त्री डा महतले भने, “नेपालको आर्थिक वृद्धि हुने सम्भावित क्षेत्र एनआरएनले पहिचान गरिसकेका छन् अब ती क्षेत्रमा लगानी गर्न म आह्वान गर्दछु । जलविद्युत्को विकासबाट नै देशलाई समृद्धिको मार्गमा अघि बढाउन सकिने यथार्थ दोहो¥याउँदै मन्त्री महतले निजी क्षेत्रबाट तीन सय मेगावाट विद्युत् उत्पादन भइरहेको अवस्थामा विदेशमा रहेका नेपालीले… पुरा पढौ

सीमापार आपराधिक गतिविधि नियन्त्रणका लागि चीनसँग सहकार्य गर्न उपप्रधानमन्त्रीको जोड

असोज ३० चीन । जनवादी गणतन्त्र चीनको भ्रमणमा रहेका उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ र चीनका सार्वजनिक सुरक्षामन्त्री एवं चिनियाँ कम्युनिष्ट पार्टीका सचिवालय सदस्य वाङ सियाओहङबीच आज द्विपक्षीय भेटवार्ता भएको छ । भेटका क्रममा उनीहरूबीच नेपाल र चीन सम्बन्ध, द्विपक्षीय सहकार्यका विविध विषयमा विचारविमर्श भएको थियो । सो क्रममा उपप्रधानमन्त्री श्रेष्ठले नेपाल ‘एक चीन नीति’प्रति पूर्ण प्रतिबद्ध रहेको दोहो¥याएका थिए । “आन्तरिक तथा बाह्य राजनीतिक परिस्थितिमा फेरबदल भए पनि एक चीन नीतिप्रति नेपालको स्पष्ट र अटल अडान रहेको छ”, उनले… पुरा पढौ

खुला फुटसल प्रतियोगितामा च्याम्पियन बन्दै मेन्टेन एफसीले जित्यो ५ लाख

असोज ३० पोखरा । पोखरामा सम्पन्न नेपालकै सर्वाधिक पुरस्कार राशीको ‘दोस्रो खुला फुटसल’ प्रतियोगितामा काठमाडौंको मेन्टेन एफसी च्याम्पियन बनेको छ । ‘परिवर्तनका लागि खेलकुद’ नारासहित राजन एण्ड द ब्रदर्शको आयोजनामा पोखरा रंगशालास्थित कभर्ड हलमा आज (मंगलबार) भएको फाइनल खेलमा काठमाडौंको ढुकु फुटसल हबलाई ३–० गोलले पराजित गर्दै मेन्टेन एफसी च्याम्यियन बनेको हो । मेन्टेनेको जितमा रफि महर्जन, विशाल सारुमगर र युकेश श्रेष्ठले समान १-१ गोल गरे ।च्याम्पियन बनेको मेन्टेन एफसीले उपाधिसँगै नगद रु ५ लाख, शिल्ड, मेडलसहित प्रमाणपत्र प्राप्त गर्याे… पुरा पढौ

म्याग्दीका डिएसपी मदन कुँवर गण्डकी प्रदेशकै उत्कृष्ट जिल्ला प्रमुख

पोखरा । जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रमुख प्रहरी नायव उपरीक्षक मदन कुँवर गण्डकी प्रदेशको उत्कृष्ट जिल्ला प्रमुख बनेका छन । गण्डकी प्रदेश प्रहरी कार्यालयले कुँवरलाई उत्कृष्ट जिल्ला प्रमुखको रुपमा छनोट गरेको हो । उत्कृष्ट जिल्ला प्रमुख कुँवरलाई ६८ औं प्रहरी दिवसको अवसर पारी आज सम्मान गरेको छ । त्यसैगरी सर्वोत्कृष्ट अनुसन्धान तर्फ गण्डकी प्रदेश प्रहरी तालिम केन्द्र पोखराका प्रहरी वरिष्ठ नायव निरीक्षक राम बहादुर क्षेत्री अधिकारी, उत्कृष्ट बाह्य प्रशिक्षण तर्फ गण्डकी प्रदेश प्रहरी तालिम केन्द्र पोखराका प्रहरी नायव निरीक्षक रुद्र… पुरा पढौ

नव आदर्शको शुभकामना आदानप्रदान, तीज महोत्सवमा ५० लाख खर्च

असोज ३० पोखरा । नवआदर्श सामुदायिक विकास समाजले दसैं, तिहार, नेपाल संवत् तथा छठ पर्व लगायत पर्व अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ । लामाचौरस्थित संस्थाको सभाहलमा मंगलबार सञ्चालित कार्यक्रममा संस्थाका कार्यसमिति पदाधिकारीहरु, पूर्व अध्यक्षहरु, पूर्व कार्य समिति सदस्यहरु, पूर्व कार्यसमिति सल्लाहकारहरु, आजीवन तथा साधारण सदस्यहरु, आमा समूह, विभिन्न संघसंस्था तथा क्लबहरुका प्रतिनिधिको उपस्थिति थियो । संस्थाका अध्यक्ष स्वागतसिंह भण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पोखरा १९ का वडाध्यक्ष पुष्पेन्द्र पाण्डे, जिल्ला न्यायाधीश सूर्यबहादुर थापा, संस्थाका पूर्व सल्लाहकार तारा गर्वुजा, पूर्व अध्यक्ष… पुरा पढौ