दमौली । वेदव्यासको जन्मभूमि दमौलीलाई धार्मिक पर्यटकीय गन्तव्यस्थल बनाउन पहल सुरु भएको छ । व्यासको जन्मभूमि र पराशर ऋषिको तपोभूमिलाई धार्मिक पर्यटकीय गन्तव्यस्थल बनाउन पहल थालिएको हो । पूर्वीय साहित्यका महाकवि वेदव्यासले यही भूमिमा महाभारत, चारवेद र अठार पुराणको रचना गरेको विश्वास छ । विभिन्न स्रोतले प्रमाणित गरेपनि व्यासभूमिको उचित प्रसारप्रसार हुन नसकेपछि सरोकारवाला संस्था प्रचारप्रसारमा जुटेका हुन् । “व्यास जन्मिएको र पराशरले तपस्या गरेको ठाउँ आज संसारभर प्रख्यात हुनुपथ्र्यो, तर त्यसो हुन सकिरहेको छैन,” व्यासका अध्येता काशीनाथ न्यौपानेले भने,…
पुरा पढौ