समाचार

र्‍यान्डममा ‘के पढ्ने र किन पढ्ने ?’ बारे छलफल

पोखरा । र्‍यान्डम रिडर्स सोसाइटीले शनिबार ‘के पढ्ने ? किन पढ्ने’ भन्ने विषयमा छलफल चलाएको छ । सोसाइटीले मासिक रूपमा हरेक महिनाको अन्तिम शनिवार कुनै पुस्तक वा विषयमाथि परिचर्चा गर्दै आएकामा यस पटक आफ्नै उद्देश्यसँग मिल्दो शीर्षकमा कार्यक्रम आयोजना गरेको हो । कार्यक्रमका वक्ता साहित्यकार सरुभक्तले जे पढे पनि पढ्नु नै महत्त्वपूर्ण रहेको भनाइ राखे । ‘धेरै पढ्नु महत्त्वपूर्ण कुरा होइन, पढेको कुरालाई मनन गर्न सक्नु महत्त्वपूर्ण कुरा हो ।’ सरुभक्तले भने, ‘पढाइले मानिसलाई ज्ञानी मात्र बनाउँदैन, आग्रही पनि बनाउँछ… पुरा पढौ

दशैँ,तिहारको अवसरमा बुद्व बिशाल बजारमा २५ प्रतिशत सम्म छुट पाइने

पोखरा । नेपालीहरूको महानपर्व विजयादशमी तथा दिपावलीको अवसरमा पोखराको बुद्व बिशाल बजारमा ग्राहकलाई बिषेश छुट दिइने भएको छ । बुद्व विशाल बजार ब्यापारिक एशोसियसनका पुर्व अध्यक्ष तथा मानार्थ सदस्य केशवबहादुर खत्रीका अनुसार ग्राहक बर्गलाई उपहार भन्दा नि गुणस्तरीय सामान बेच्ने उध्यश्यका साथ सबै ग्राहकलाई बुद्व विशाल बजारमा हरेक सामान खरिदमा ५ देखी २५ प्रतिशत सम्म छुटको ब्यवस्था गरीएको बताए । “उपहार पहिले पहिले नगद ५ देखी २५ प्रतिशत सम्म छुट अहिले” भन्ने नाराका साथ वुद्व विशाल बजारका हरेक पसलहरूमा यो… पुरा पढौ

मंसिरमा पोखराको पेमा छेछेनलिङ गुम्बामा विश्व शान्ति पूजा गरिने

पोखरा । पोखराको पेमा छेछेनलिङ गुम्बामा विश्व शान्ति पूजा गरिने भएको छ । बैदाम तामाङ सेवा समाज र नेपाल तामाङ घेदुङ पोखरा महानगर समितिले आयोजना गर्न लागेको उक्त कार्यक्रमलाई गुम्बा राप्ने (प्राण प्रचिष्ठा) —२०८० नाम दिइएको छ । आगामी मंसिर २ गतेदेखि ९ गतेसम्म हुने उक्त पूजा कार्यक्रममा धर्मगुरु ङिमा साङपो आठौं ज्याल्सा रिन्पोछेको उपस्थिति रहने छ । विश्व शान्ति पूजामा प्रज्ञा पारामिता र त्रिपिटक काग्युर पाठ वाचन हुने जानकारी गराइएको छ । १०८ जना लामा गुरुबाट लगातार ८ औं… पुरा पढौ

पोखरामा हिमालयन मार्ट शुभारभ्भ, दशैमा बिषेश छुटको व्यवस्था

पोखरा । बिजया दशमी लगायतका आउदै गरेका चाडपर्ब लक्षित अफर सहित पोखरामा हिमालयन मार्ट शुभारभ्भ भएको छ । पोखरा १७ , राममन्दीर नजिक सञ्चालनमा आएको मार्टले दैनिक खाद्यान्न लगायतका आबस्यक ग्रोसरी समानाहरुमा शुभारभ्भको अबसरमा छुट दिएको हो । युवा व्यवशायी जनक प्रसाद काफ्ले तथा धुब्र काफ्ले ले को नयाँ ब्यबशायका रुपमा खुलेको हिमालयन मार्टमा खानाका परकारहरुको स्टल, मासु, तरकारी, रेष्टुरेन्ट आईटमको पनि ब्यबस्था मिलाइएको छ । करिव ३ करोड लागतमा सञ्चालन गरिएको मार्टमा सहज पार्कीङ्ग,सस्तो तथा सुलभ मुल्य भएकोलृ ग्राहकको… पुरा पढौ

बन्दीपुरमा १७ तले ‘क्वीन टावर’ निर्माण

तनहुँ । बन्दीपुरमा १७ तले ‘क्वीन टावर’ नाम दिइएको पाँचतारे होटल निर्माण अन्तिम चरणमा पुगेको छ । ‘पहाडकी रानी’ उपनामले परिचित बन्दीपुरमा निर्माणधीन उक्त होटल सम्पन्न भइसकेको छ । होटलमा रङगरोगन र फिनिसिङलगायत काम अन्तिम चरणमा रहेको बन्दीपुर केबलकार एण्ड टुरिजमले जनाएको छ । करिब ९० कोठा रहेको हिलटपमा ७८ कोठा प्रयोगमा ल्याइने छ । सेमिनारलगायत अन्य कामका लागि एक हजार बढी क्षमताको ठूलो सभाहलसमेत निर्माण गरिएको छ । होटलको सुरु तलाबाट सत्र तलासम्म क्यापसुल लिफ्टबाट सिधैँ ‘क्वीन टावर’सम्म जान… पुरा पढौ

बागलुङमा भित्रिए मुस्ताङी च्याङ्ग्रा

गलकोट । भाउ आकासिए पनि यहाँ मुस्ताङी च्याङ्ग्राको माग घटेको छैन । कोसेलीका लागि र दसँैमा च्याङ्ग्राको मासु खाने चलनले भाउ आकासिए पनि व्यापार राम्रो छ । बागलुङका च्याङ्ग्रा व्यापारी बलबहादुर थापाले दसँंै लक्षित एक सय ५१ च्याङ्ग्रा जिल्लामा भित्राएका हुन् । मुस्ताङबाट हिँडेको पाँच दिनमा थापाले आफूसहित अन्य दुई जनाको सहयोगमा ती च्याङ्ग्रा यहाँ ल्याएका हुन् । लामो समयदेखि दसँै र तिहारको अवसरमा मुस्ताङ पुगेर च्याङ्गा ल्याउने गरेको बताउँदै थापाले यस पटक रू ७० लाखको लगानीमा च्याङ्ग्रा भित्र्याएको जानकारी… पुरा पढौ

दौँतरी शृङ्खलामा दीपक समीप र जीवनसागर भण्डारी

पोखरा । नेपाली लेखक सङ्घ, गण्डकी प्रदेशको आयोजनामा दौँतरी कार्यक्रमको दोस्रो शृङ्खला सम्पन्न भएको छ । संस्थाको इतिहास, दौँतरी कार्यक्रमको विशेषता र दौँतरी शृङ्खलामा उभिँदै गरेका स्रष्टाहरू दीपक समीप र जीवनसागर भण्डारीको छोटो परिचयसँगै कार्यक्रमको थालनी गरे संस्थाका महासचिव सञ्जीव पौडेलले । त्यसलगत्तै उनले शृङ्खलाका दौँतरी सर्जक दीपक समीप र जीवनसागर भण्डारीलाई मञ्चमा बोलाए । उनीहरूलाई मञ्चमा खादा लगाएर स्वागत गरे साहित्यकार सरूभक्त र तीर्थ श्रेष्ठले । कार्यक्रम सञ्चालक पौडेलले सहजकर्ताका रूपमा डा. ईश्वरमणि अधिकारीलाई मञ्चको जिम्मा लगाएसँगै अधिकारीले दौँतरी… पुरा पढौ

हाइकिङका माध्यमबाट आर्बाका धार्मिक पर्यटकीय गन्तव्य प्रवर्द्धन

गण्डकी । पोखरा आसपासका प्राचीन बस्तीमध्ये एक हो आर्बा । पोखरा महानगरपालिका–१३ मा अवस्थित यो गाउँमा धार्मिक पर्यटनका धेरै सम्भावना भएर पनि प्रवर्द्धनको अभावमा ओझेलमा परेको छ । यस स्थानको पर्यटकीय महत्वलाई उजागर गर्ने लक्ष्यका साथ हाइकर्स क्लब नेपालले आफ्नो ३९औँं शृङ्खला आर्बामा सम्पन्न गरेको छ । हाइकिङका माध्यमबाट पोखरा र आसपासका पर्यटकीय सम्भावना बोकेका स्थलको निरन्तर प्रवर्द्धन गरिरहेको उक्त क्लबले आफ्नो पछिल्लो शृङ्खला आर्बामा सम्पन्न गरेको त्यहाँका अध्यक्ष कृष्ण रानाभाटले बताए । “हामी पर्यटकीय बजारमा पुग्न नसकेका गन्तव्यलाई हाइकिङका… पुरा पढौ

आजदेखि छैठौँ संस्करणको बेलबारी गोल्डकप सुरु हुँदै

बेलबारी । पछिल्लो समय मोफसलमा नियमित गोल्डकप आयोजना गर्न नसकिरहेको अवस्थामा मोरङको बेलबारीमा भने छैठौँ संस्करणको डाँगिहाट अन्तराष्ट्रिय आमन्त्रण गोल्डकप आज सुरु हुँदैछ । भारतको एक टोलीसहित नेपालका सात टोलीको सहभागितामा मोफसलमा गोल्डकपका लागि तयारी पूरा भएको आयोजक डाँगिहाट फुटबल क्लबले जनाएको छ । बेलबारी–११ लक्ष्मी मार्गस्थित लक्ष्मी मावि खेलमैदानमा सुरु हुने प्रतियोगिता कात्तिक ४ गते समापन हुने क्लबका अध्यक्ष विक्रम बान्तवा राईले बताए । दैनिक छ हजार दर्शक अटाउने क्षमता भएको खेलमैदानमा चार हजार क्षमता भएको बाँसको प्याराफिट, रङ्गरोगन,… पुरा पढौ

अवैधरूपमा ल्याइएका औषधि बरामद

नलवपरासी । जिल्ला प्रहरीले रु दस लाखबराबरको अवैधरूपमा ल्याइएका औषधि बरामद गरेको छ । पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका–१ स्थित नहरको बाँधमा प्रहरीले ती औषधि बरामद गरेको हो । दुईवटा कार्टुनमा राखेर अवैधरूपमा ल्याउँदै गरेको माईकोफेनोलेट, हेप्रिन इन्जेकसन पि, साइक्लोसपोरिन आइपी, माईकोफेनोलिक एसिड, टेलमिस्टार्टन, माईकोफोनोलेट, आर्थोरोपोईटिन इन्जेक्सन, डर्विपोइटिन अल्फा इन्जेक्सनलगायत औषधि प्रहरीले बरामद गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रेशम बोहराले बताए । ती औषधि रु नौ लाख ८१ हजार ६२ बराबरको रहेको उनको भनाइ थियो ।… पुरा पढौ