समाचार

पोउवा संघमा शुभकामना आदान–प्रदान तथा चियापान

असोज २७ पोखरा । पोखरा उद्योग वाणिज्य संघले शनिबार दशैं, नेपाल संवत, तिहार, छठ, इदलगायतका चाडपर्वको पूर्वसन्ध्यामा शुभकामना तथा चियापान कार्यक्रमको आयोजना गरेको छ । शुभकामना आदान–प्रदान र चियापान कार्यक्रममा संघका साधारण सदस्य,कास्की स्थित प्रशासनिक निकायका प्रमुख तथा प्रतिनिधिहरु एवं संघका शुभेच्छुकहरुको सहभागिता रहेको थियो । संघका अध्यक्ष पवनकुमार प्रजापतिले हरेक वर्षजस्तै यो वर्ष पनि शुभकामना आदान–प्रदानको लागि चियापान आयोजना गरिएको बताए । उनले बजार सुस्त भए पनि धैर्य नगुमाइ व्यवसाय गर्न उद्योगी/व्यवसायीहरुसँग आग्रह गरे । आमन्त्रित पाहुनालाई अध्यक्ष प्रजापतिसहित… पुरा पढौ

पार्टीमा विना स्वार्थ दुःख गरेकाहरुलाई स्थान : केन्द्रीय सदस्य पौडेल

असोज २७ पोखरा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य शारदा पौडेलले पार्टी भित्र भएको नकारात्मक विषयमा बोल्न कार्यकर्तालाई निर्देशन दिएकी छिन् । नेपाली कांग्रेस धादिङ पोखरा सम्पर्क समितिद्वारा आयोजित विजया दशमी, दिपावली, नेपाल सम्वत, छठ तथा इदको शुभकामना आदान प्रदान कार्यक्रममा प्रदेश, जिल्ला, नगर, गाउँपालिका तथा सवै तहका जिम्मेवार पद धारण गर्ने कांग्रेसी नेतृत्वलाई सकारात्मक भएर गुटरहित ढंगको व्यवहार गर्न आग्रह गरेकी हुन् । संविधान सभाका पूर्व सदस्यसमेत रहेकी नेता पौडेलले कार्यकर्ताको भावनाको कदर सवैतहमा अनिवार्य भएको बताइन् । धादिङ पोखरा… पुरा पढौ

पोखरामा खुला फुटसल प्रतियोगिता शुरु, सबिन मेमोरियलको विजयी सुरुवात

पोखरा । पोखरामा नेपालकै सर्वाधिक पुरस्कार राशीको ‘दोस्रो खुला फुटसल प्रतियोगिता–२०८०’ सुरु भएको छ ।राजन एण्ड द ब्रदर्शको आयोजनामा पोखरा रङ्गशालास्थित कभर्ड हलमा आज (शनिबार) देखि फुटसल प्रतियोगिता सुरु भएको हो ।उद्घाटन खेलमा सबिन मेमोरियल एफसीले बि–१३ बाझापाटनलाई २–१ गोल अन्तरले पराजित गर्दै विजयी सुरुवात गरेको छ ।सबिन मेमोरियलको जीतमा अभिनाश तामाङ र अंकित गुरुङले समान १-१ गोलको योगदान दिए भने बि–१३ को तर्फबाट रामकृष्ण श्रेष्ठले १ गोल फर्काए । यस्तै दोस्रो खेलमा शिशुवा भद्रकाली एफसीले ड्रिमर्स एससीलाई ६–३ गोल… पुरा पढौ

समृद्ध नेपाल निर्माणको अभिभारा एमालेले पूरा गर्ने अध्यक्ष ओलीको अठोट

असोज २७ काठमाण्डौं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वधानमन्त्री केपी शर्मा ओलीले एमालेले लोकतन्त्रमार्फत ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्नुलाई आफ्नो पार्टीको कार्यभार ठानेको बताएका छन् । एसियाली राजनीतिक दलहरूको अन्तर्राष्ट्रिय सम्मेलन (आइक्याप) को ४०औँ स्थायी कमिटी तथा एसिया–युरोप पोलिटिकल फोरमको पाँचौँ वार्षिक बैठकमा अध्यक्ष ओलीले राजनीतिको आदर्श र राजनीतिक दलहरु साँघुरो समूह–सोचबाट निर्देशित हुँदा मानवता प्रताडित हुने भएकाले त्यस साँघुरोपनाबाट बाहिर निस्कनुपर्ने बताएका हुन् । “असहिष्णुताले अन्याय जन्माउँछ । सम्पूर्ण मानवलाई नै अन्याय, द्वन्द्व र कठोरतातर्फ… पुरा पढौ

मध्यावधि निर्वाचन रोक्न सरकार निर्माण : मुख्यमन्त्री कार्की

असोज २७ विराटनगर । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले प्रदेशमा मध्यावधि निर्वाचन रोक्न वर्तमान सरकार गठन भएको बताएका छन् । कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङबाट आज मुख्यमन्त्रीको नियुक्तपत्र प्राप्त गरेपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले प्रदेशसभा सदस्यहरूको सामूहिक प्रयास र जनतामा विकास र समृद्धिको आशा जगाउने उद्देश्यले सरकार निर्माण गरिएको बताए । मुख्यमन्त्री कार्कीले नेपालको संविधानको धारा १६८ को उपधार (५) अनुसार निर्माण भएको यो सरकारप्रति नेपाली कांग्रेसले सकारात्मकरूपमा लिने विश्वास व्यक्त गरे । उनले संविधान, ऐनअनुसार मुख्यमन्त्रीलाई प्राप्त… पुरा पढौ

माथिल्लो अरुणका लागि एक खर्ब तीस अर्ब सहुलियत ऋण दिन विश्व बैङ्क सकारात्मक

असोज २७ काठमाण्डौं । माथिल्लो अरुण जलविद्युत् आयोजनाका लागि रु एक खर्ब ३० अर्ब बराबरको सहुलियतपूर्ण ऋण उपलब्ध गराउन विश्व बैंकले सकारात्मक जवाफ दिएको छ । विश्व बैङ्कको वार्षिक बैठकमा भाग लिने सिलसिलामा मोरक्कोका मराकेसमा रहेका अर्थमन्त्रीसँग आज बैङ्कका पदाधिकारीहरुसँग भएको भेटमा बैङ्कले रणनीतिक महत्वको सो आयोजनाका निम्ति सहुलियतपूर्ण कर्जा दिने सङ्केत गरेको अर्थ मन्त्रालयले जनाएको छ । उक्त बैङ्कबाट सहुलियतपूर्ण ऋण लिने सम्बन्धमा आगामी साता उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलले वासिङटनमा प्राविधिक एवं वित्तीय विषयमा केन्द्रित रहेर छलफल गर्ने तयारी गरेको… पुरा पढौ

दुई दुर्घटनापछि मनाङ एयरको वायुसेवा सञ्चालन प्रमाणपत्र निलम्बन

असोज २७ काठमाण्डौं । पछिल्लो तीन महिनामा मनाङ एयरका दुईवटा हेलिकप्टर दुर्घटना भएपछि नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले उक्त कम्पनीको एओसी (एयर अपरेटर सर्टिफिकेट) निलम्बन गरेको छ । प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार मनाङ एयरले उडान सुरक्षामा ध्यान नदिएकाले तीन महिनाका लागि उसको एओसी निलम्बन गरिएको हो । तीन महिनाको अवधिमा दुईवटा हेलिकप्टर दुर्घटना भएपछि उक्त कम्पनीको एओसी निलम्बन गरिएको हो । “मनाङ एयरको सेवा सञ्चालन प्रमाणपत्र निलम्बन भइसक्यो, तीन महिनामा दुईवटा हेलिकप्टर दुर्घटना भएका छन् अब उक्त कम्पनीसँग… पुरा पढौ

ईजराईलमा ज्यान गुमाएका नेपालीहरुको सम्झनामा पोखरामा दीप प्रज्वलन

पोखरा, असोज २७ ईजराईलमा ज्यान गुमाएका नेपालीहरुको सम्झनामा पोखरामा दीप प्रज्वलन गरिएको छ । ईजराईलमा हमासको आक्रमणमा परेर ज्यान गुमाएका नेपालीहरुको सम्झनामा पृथ्वी होटल व्यवसायी समितिले पृथ्वीचोकमा दीप प्रज्वलन गरेको हो । हमासको आक्रमणमा परेर ईजराईलमा काम गर्न गएका १० जना नेपालीको ज्यान गएको थियो । अन्य केहि घाइते भएको नेपाल सरकारले जनाएको छ । घाईते मध्ये केहि स्वदेश फर्किसकेका छन् भने गम्भीर घाईते केहिको ईजराईलमै उपचार भइरहेको छ । नेपाल सरकारले केहि दिनअघि विमान चार्टर गरेर ईजराईलमा रहेका २५४… पुरा पढौ

बागलुङमा आगलागीबाट एक जनाको मृत्यु

बागलुङमा आगलागीबाट एक जनाको मृत्यु भएको छ । गलकोट नगरपालिका–४ नुवाकोटस्थित रामबहादुर मल्लको ढुङ्गामाटोले बनेको गोठमा आगलागी हुँदा मानवीय क्षति भएको हो । मृतकको सनाखत हुन सकेको छैन । गए राति १ बजे आगलागी भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मदन केसीले जानकारी दिए । राति नै इलाका प्रहरी गलकोटको टोली आगो निभाउन घटनास्थलमा पुगेको थियो । आगो के कसरी लाग्यो भन्ने यकिन हुन नसकेको प्रहरीले जनाएको छ । रासस पुरा पढौ

कोशी प्रदेशको मुख्यमन्त्रीमा कार्की नियुक्त

कोशी प्रदेशको मुुख्यमन्त्रीमा नेपाली कांग्रेसका केदार कार्की नियुक्त भएका छन । आज ४७ प्रदेशसभा सदस्यको हस्ताक्षर सनाखत गरिएपछि उनी मुख्यमन्त्रीमा नियुक्त भएका हुन। कार्कीलाई मुख्यमन्त्री पदमा नयुक्त गर्नुअघि नेकपा (एमाले) का ३९ तथा कांग्रेसका आठ प्रदेशसभा सदस्यको हस्ताक्षर सनाखत गरिएको थियो । लगत्तै प्रदेश प्रमुख परशुराम खापुङ्गले कार्कीलाई कोशी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त गरेका हुन । कार्कीलाई नेपालको संविधानको धारा १६८ को उपधारा ९५० बमोजिम मुख्यमन्त्री पदमा नियुक्त गरिएको हो । मुख्यमन्त्री पदको शपथ भने आइतबार हुने प्रदेश प्रमुखको सचिवालयले जनाएको… पुरा पढौ