समाचार

पृथ्वीराजमार्गअन्तर्गत तनहुँको मादी नदीमा ‘आर्क डिजाइन’को पुल निर्माण हुने

दमौली । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको मादी नदीमा ‘आर्क डिजाइन’को पुल निर्माण हुने भएको छ । मुग्लिन–पोखरा सडकखण्डको व्यास नगरपालिका–३ र ५ जोड्ने मादी नदीमा आर्क डिजाइनको पुल निर्माण हुन लागेको हो । मुग्लिन–पोखरा सडक विस्तार आयोजनाअन्तर्गत उक्त ठाउँमा हाल रहेको पुलभन्दा केही माथि नयाँ पुल निर्माण गर्न लागिएको हो । मादी नदीमा निर्माण गरिने पुलको डिजाइन तयार भइसकेको छ । सडक विभागका अनुसार मादी नदीमा निर्माण गरिने उक्त नेटवर्क आर्क पुलको डिजाइन केही दिनअगाडि स्वीकृत भएको हो । उक्त पुल निर्माणको… पुरा पढौ

स्याङजा स्थित एउटै विद्यालयमा ३९ अक्षयकोष

वालिङ । यहाँको पूर्णामृत भवानी माध्यमिक विद्यालयमा अक्षयकोषको सङ्ख्या ३९ पुगेको छ । वालिङ–१० फूलबारीमा तीन वर्षअघि पूर्णामृत भवानी मावी र कालिका आधारभूत विद्यालय एकापसमा मर्ज भएपछि विद्यालयमा अक्षयकोषको सङ्ख्या बढेको हो । विद्यालयको शैक्षिक गतिविधिमा सहयोग पु¥याउने उद्देश्यसहित दाताहरुले अक्षयकोषको स्थापना गर्नुभएको हो । पूर्णामृत भवानी माविका १९ र कालिका आधारभूत विद्यालयका २० गरी अक्षयकोषको सङ्ख्या ३९ पुगेको हो । “विद्यालयमा संस्थागत, सामूहिक वा व्यक्तिगतरुपमा पनि अक्षयकोष भएका छन्”, विद्यालयका प्रधानाध्यापक विष्णुप्रसाद अर्यालले भने, “दाताहरुले जुन शीर्षकका लागि अक्षयकोष… पुरा पढौ

बडादशैः अनिष्टको खतराले जमरा राख्दैनन् सीमान्तकृत माझी समुदाय

बागलुङ । नेपालीहरूको महान् चाड बडादसैँको पहिलो दिन आज घटस्थापना । बडादसैँको पहिलो दिन सबै नेपालीको घरघरमा जमरा राखिन्छ । जमरा राख्नुपूर्व गाउँघरमा रातो तथा कमेरो माटो र सहरमा विभिन्न रङले घर लिपपोत तथा रङरोगन गरिन्छ । घर शुद्ध भएपछि मात्र देवीको आगमन हुन्छ भन्ने मान्यता छ । अनिष्टको डरले बागलुङमा रहेको सीमान्तकृत माझी समुदायले भने जमरा नराखी नै दसैँ मनाउँदै आएका छन् । देवीलाई जौँको जमरा मन पर्ने भएकाले घटस्थापनाको दिन विधिपूर्वक जौँ, गहुँ तथा मकैलाई माटोमा छरिन्छ र… पुरा पढौ

माछा मारेर जीविकोपार्जन गर्दै आएका मुसहर समुदाय वैकल्पिक पेसा रोज्दै

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को कावासोती नगरपालिका–७ मुसहर बस्तीका १८ घर मुसहर परिवार वैकल्पिक पेसातर्फ लागेका छन् । नदीमा माछा मारेर जीविकोपार्जन गर्दै आएका मुसहर समुदाय माछा मार्न छाडेर आर्थिक उपार्जनका लागि अन्य वैकल्पिक पेसातर्फ लागेका हुन् । केही वर्षअघिसम्म काँधमा जाल बोकेर नदीमा माछा मार्न जाने बमबहादुर मुसहर हिजोआज साइकलमा तरकारी बोकेर हाटबजार जाने गरेका छन् ।“वैकल्पिक पेसा नखोजे त भोकै मरिन्छ, तरकारी बेचेर राम्रै कमाइ भएको छ”, उनले भने । चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ती छेउको सानो घर र… पुरा पढौ

सम्पर्कमा आए सिक्किममा बेपत्ता भएका पाँच नेपाली

इलाम । भारतको सिक्किममा गएको पहिरो तथा टिस्टा नदीको बाढी पछि सम्पर्कविहीन भएका इलामका पाँच जना परिवारको सम्पर्कमा आएका छन् । पछिल्लो समय उहाँहरुले परिवारका सदस्यसँग फोन तथा सामाजिक सञ्जालमा कुरा भएको जनाइएको छ । इलाम नगरपालिका–९ का सेनबहादुर कार्की, कुमार बस्नेत, नरमाया बस्नेत, खुशी कार्की र लाक्पा लामा ११ दिनपछि परिवारको सम्पर्कमा आएसँगै परिवारमा समेत खुसीयाली छाएको छ । परिवारसँग सम्पर्क गरेको जानकारी प्राप्त भएको इलामका सहायक प्रमुख जिल्ला अधिकारी ध्रुवप्रसाद कोइरालाले जानकारी दिए । उनले सम्पर्कविहीन भएका सबैजना… पुरा पढौ

आजदेखि बडादसैँ सुरु, आज घटस्थापना गरिँदै

काठमाडौँ । आजदेखि नवरात्र प्रारम्भ भएको छ । नवरात्रको पहिलो दिन आज घरघरमा घटस्थापना गरिन्छ । आश्विन शुक्ल प्रतिपदादेखि बडा दसैँ सुरु भएको मानिन्छ । आज बिहान ११ बजेर २९ मिनेटको साइतमा घटस्थापना गरिनु उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । यस दिन चित्रा नक्षत्र र वैधृति योग परेकाले घटस्थापना गर्नु अगाडि चित्रा नक्षत्र र वैधृति योगको शान्ति गरी घटस्थापना गर्नु शास्त्रसम्मत देखिने समितिले जनाएको छ । बडा दसैँ आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धूमधामका साथ मनाइन्छ… पुरा पढौ

मुस्ताङका स्याउ कुहाएर फाल्नुपर्ने समस्या हट्यो

म्याग्दी । चिस्यान गृहमा भण्डारण गर्ने सुविधा भएपछि मुस्ताङका कृषकको स्याउ कुहिएर फाल्नुपर्ने समस्या हट्न थालेको छ । याममा व्यापारीले भनेको मूल्यमा बेच्नुपर्ने र बढी मूल्य पार्न लामो समय खुला ठाउँमा भण्डारण गरेर राख्दा स्याउ कुहिएर क्षति व्यहोर्नुपर्ने समस्या हटेको हो । घरपझोङ गाउँपालिका–२ मार्फाका राजु लालचनले सुरक्षित भण्डारण गर्ने सुविधा भएपछि कृषकले भनेको मूल्य र बजार दुवै पाउन थालेको बताए । “पहिले बोटबाट टिपेको स्याउ आफ्नै तरिकाले भण्डारण गरेर राख्दा ७० प्रतिशतभन्दा बढी कुहिएर फाल्नुपर्ने समस्या थियो”, उनले बताए,… पुरा पढौ

विश्वकै उच्च स्थानमा रहेको तिलिचो ताल क्षेत्रमा ‘इन्टरनेट’ सेवा विस्तार

मनाङ । विश्वकै उच्च स्थानमा रहेको तिलिचो ताल क्षेत्रमा ‘इन्टरनेट’को पहुँच पुगेको छ । हिमाली जिल्ला मनाङमा अवस्थित सो तालको अवलोकनमा आउने पर्यटकको सुविधालाई ध्यानदिँदै क्षेत्रमा इन्टरनेट जडान गरिएको हो । पर्यटक आगमनका क्रममा उच्च स्थानमा लेक लागेर बिरामी पर्नसक्ने भएकाले सहज बनाउन इन्टरनेट जडान गरिएको मनाङ ङिस्याङ गाउँपालिका–९ का वडाध्यक्ष चोल्पा गुरुङले जानकारी दिए । उनका अनुसार तिलिचो ताल भ्रमणमा जाँदा आउँदा लेक लाग्नसक्ने सम्भाव्यतालाई सहज बनाउन वाइफाइ जोडिएको हो । “वाइफाइ जडान गरिएपछि पर्यटक बिरामी पर्ने हराउने समस्या… पुरा पढौ

हिसान कास्कीको नेपाली र अङ्ग्रेजी निबन्धको नतिजा प्रकाशन

पोखरा । हिसान कास्कीले विद्यार्थीहरूमा अन्तर्निहित प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यले आयोजना गरेको नेपाली र अङ्ग्रेजी निबन्ध लेखन प्रतियोगिताको नतिजा प्रकाशन गरेको छ । कक्षा ११ र १२ का विद्यार्थीहरूका बिच विज्ञान समूह र अन्य समूह गरी प्रतिस्पर्धा गराइएको थियो भने युनिर्सिटी तर्फ पनि उक्त प्रतियोगिता गराइएको थियो। अङ्ग्रेजी निबन्ध लेखनमा विज्ञान समूहतर्फ मदरल्यान्ड माविका विनम श्रेष्ठ प्रथम,प्रतिभा माविका अनुष्का आचार्य र बालोदय माविका दिपेन विक्रम विष्ट द्वितीय, कास्की मोडनाइज्ड एकेडेमीका मनास तामाङ तृतीय,सगरमाथा निकेतन स्कुलका खुसी गुरुङले सान्त्वना स्थान प्राप्त… पुरा पढौ

‘गुरुङहरूको भाषा, कला, साहित्य संस्कृति बचाउनका युवाको भूमिका महत्वपूर्ण’

असोज २७ पोखरा । सहरी विकासमन्त्री सीता गुरुङले देशलाई समृद्ध बनाउन वर्तमान गठबन्धन सरकार लागिपरेको बताएकी छन् । आज पोखरामा आयोजित तमु धिं नेपालको ३९औँ वार्षिक साधारणसभा तथा १६औँ महाधिवेशनको उद्घाटनपछि मन्त्री गुरुङले गठबन्धन सरकार मुलुकका सबै क्षेत्रमा समानरुपले पूर्वाधार विकासमा लागेको बताइन् । गुरुङहरूको भाषा, कला, साहित्य संस्कृति बचाउनका लागि गुरुङ युवाहरू नेपालमै बस्ने वातावरण सिर्जना गर्नु आजको आवश्यकता रहेको मन्त्री गुरुङको भनाइ थियो । “युवाहरूको उत्साह र ऊर्जालाई एकसाथ समेटेर लैजान सकेनौँ भने देशले आर्थिक, सामाजिक र भौतिक… पुरा पढौ