समाचार

वार्षिक साधारणसभा गर्न सक्ने सहकारीको वित्तिय अवस्था ठिक छ– रजिष्ट्रार वाग्ले

असोज २८ पोखरा । सहकारी रजिष्ट्रारको कार्यालय गण्डकीका निमित्त रजिष्ट्रार चोलाकान्त वाग्लेले वार्षिक साधारण सभा गर्न सक्ने सहकारीको वित्तिय अवस्था ठिक रहेको बताएका छन् । पामे बचत तथा ऋण सहकारी संस्थाको १३ औ बार्षिक साधारण सभाको उद्घाटन गर्दै उनले वित्तिय अवस्था खराब हुने सहकारीले साधारण सभा समेत गर्न नसकेको बताए । उनले पोखरा केही सहकारीको मात्रै वित्तिय अवस्था खराब रहेको बताए । ठुला भनिएका केही सहकारी कै वित्तिय अवस्था खराब देखीएको बताए । उनले सहकारी नीति प्रविधि र विधिबाट चल्नुपर्ने… पुरा पढौ

बाटुलेचौरको कालिका मन्दिरमा विधीपुर्वक घटस्थापना, बडादशैंभर दुर्गा पुजा

पोखरा । पोखरा १६ वाटुलेचौरस्थित ऐतिहासिक कालिका मन्दिरमा वडादशैंको पहिलो दिन विधी पुर्वक घटस्थापना गरिएको छ । आज चित्रा नक्षत्र र वैधृति योग परेकाले मन्दिरमा घटस्थापना गनुृ अघि चित्रा नक्षत्र र वैधृति योगको शान्ति गरी पुजा कोठामा घटस्थापना गरिएको मन्दिरका पुजारी नारायण प्रसाद देवकोटाले जानकारी दिनुभयो ।सोही अवसरमा नित्य पुजा र चण्डी पाठ समेत गरिएको छ । हिमालय क्लवको आयोजन र विभिन्न संघ संस्थाको समन्वयमा वडादशैंभर नवदुर्गा पुजा तथा आरती गरिने समेत वताईएको छ । आजै साँझ सन्ध्याकालिन महाआरती, १… पुरा पढौ

अन्तराष्ट्रिय स्तरका फर्निचर मेलाः पुरानो लिएर आउनुहोस्,नयाँ लिएर जानुहोस !

पोखरा । पोखराको न्युरोड स्थित सिटी स्क्वायर ब्यांक्वेट मा कार्तिक १,२ र ३ गते अन्तराष्ट्रिय स्तरका फर्निचरहरुको मेला हुने भएको छ। चितवनमा रहि देशभरी बजार बिस्तार गरिरहेको फर्निटेक नेपाल प्रा.लि.ले आफ्ना उत्पादनहरुको विशेष प्रदर्शनको आयोजना गरेको हो । भारी छुटका साथ विदेशी तथा आफ्नै उत्पादनहरुको बिक्रीको तत्कालीन तथा पोखरामै नयाँ बिक्री केन्द्रको स्थापना गर्ने दीर्घकालीन योजना सहित कार्यक्रमको आयोजना गर्न लागिएको फर्निटेकका संचालक अमर घिमिरेले जानकारी दिए । सोफा, डाईनिगं सेट, बेड तथा मोडुलर फर्निचरको जगतमा आफ्नो बेग्लै पहिचान बनाएको… पुरा पढौ

तमु धिँ नेपालको अध्यक्षमा पुनः हुम तमु

पोखरा, असोज २८ तमु धिँ नेपालको अध्यक्षमा पुनः हुमबहादुर तमु चयन भएका छन् । तमु धिँ नेपालको आईतबार सम्पन्न ३९ औं साधारण सभा तथा १६ औं महाधिवेशनले तमुलाई सर्वसम्मत रुपमा दोश्रो कार्यकालका लागि पुनः अध्यक्षमा चयन गरेको हो । पर्वत स्थायी घर भई पोखरा–१४ चाउथे निवासी गुरुङ पत्रकारपनि हुन् । तमु धिँ नेपालको बरिष्ठ उपाध्यक्षमा सुवेदार मेजर श्रीप्रसाद गुरुङ, प्रथम उपाध्यक्षमा गिमाया गुरुङ, द्वितीय उपाध्यक्षमा नारायण गुरुङ, महासचिवमा अधिवक्ता जुनाकुमारी गुरुङ चयन भएका छन् । त्यस्तै, सचिवमा जुमकाजी गुरुङ, सहसचिवमा… पुरा पढौ

पोखराको प्याराग्लाईडिङ उडान तोरीपानीमै फर्कियो

पोखरा, असोज २८ प्याराग्लाईडिङको उडान पुनः पोखराको तोरीपानीबाट गर्न शुरु गरिएको छ । पोखरा अन्र्तराष्ट्रिय विमानस्थल सञ्चालनमा आएसँगै तोरीपानीबाट बन्द गरिएको प्याराग्लाईडिङ उडान ९ महिनापछि पुनः पोखरा–१८ तोरीपानीमै फर्किएको हो । विमानस्थल सञ्चालनमा असर गर्ने भन्दै नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले पोखरा–१८ स्थित सराङकोट र तोरीपानीबाट प्याराग्लाईडिङ उडान बन्द गरेको थियो । प्राधिकरणको सो निर्णयसँगै प्याराग्लाईडिङ पोखराबाट विस्थापन हुने भन्दै चिन्ता व्यक्त गरिएको थियो । पोखराबाटै प्याराग्लाईडिङ बिस्थापित हुने चिन्ता र चासो सर्वत्र भएपछि क्यानले त्यसको विकल्पको खोजी गरेर मान्द्रेढुंगाबाट… पुरा पढौ

गोरखा दरबारको दसैँ घर र मनकामना मन्दिरमा जमरा राखियो

गोरखा । गोरखाको गोरखकाली मन्दिरमा रहेको दसैँ घरमा आज विधिपूर्वक जमरा राखिएको छ । बिहान ११ बजेर २९ मिनेटमा जौको जमरा राखिएको गोरखा दरबारका मूलपुरोहित शारदाप्रसाद भट्टराईले जानकारी दिए । परम्पराअनुसार बिहान सबेरै (बिहान नाडीको रौ देखिने बेला) भुकभुके उज्यालोमा देवी भगवतीको सवारी गराएपछि कालिका भगवतीको मन्दिर र गोरखनाथ गुफामा जमरा राखिएको उनले बताए । कालिका भगवती मन्दिरको दसैँ घरमा नौ मानाको जमरा राखिएको छ । त्यस्तै गोरखनाथ गुफामा एक पाथी जौको जमरा राखिएकोे मूलपुरोहित भट्टराईले जानकारी दिए । वडादसैँको… पुरा पढौ

आजदेखि मनसुन पूर्णरुपमा बाहिरिँदै,मनसुन अवधिमा कति प्रतिशत वर्षा भयो ?

काठमाडौँ । जेठ ३१ गते नेपाल प्रवेश गरेको यसवर्षको मनसुन आज रातिबाट पूर्णरुपमा बाहिरिने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । नेपालमा मनसुन बहिर्गमनको औसत मिति अक्टोबर २ तारिख (यस वर्षको असोज १५ गते) भए पनि मनसुन औसत मितिभन्दा दुईसाता ढिलो बाहिरिएको हो । महाशाखाका अनुसार नेपालमा मनसुन भित्रिने सरदर मिति जुन १३ र बहिर्गमन सयम अक्टोबर २ तारिख हो । यसवर्ष सरदर मितिभन्दा एक दिन ढिलो मनसुन भित्रिएको थियो । नेपालको सुदूरपश्चिम तथा कर्णाली प्रदेशको… पुरा पढौ

गण्डकी प्रदेशमा स्वास्थ्य क्षेत्रमा बजेट र जनशक्ति अभाव

गण्डकी । स्वास्थ्य क्षेत्रले बजेट र जनशक्ति अभावको सामना गर्नुपरिरहेको छ । यसले गण्डकी प्रदेशमा स्वास्थ्य सेवाको गुणस्तर र पहुँचमा चुनौती थपिएको छ । प्रदेशको सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयका अनुसार आधारभूत सेवाका लागि चाहिने औषधि किन्नसमेत पर्याप्त बजेट छैन । प्रदेश सरकारले चालु आवमा कुल बजेटको छ प्रतिशतमात्र स्वास्थ्य क्षेत्रका लागि छुट्याएको मन्त्रालयका सचिव डा विनोदविन्दु शर्माले बताए। “स्वास्थ्यमा बजेट र जनशक्तिको अभाव छ । विसं २०३५ अघिको दरबन्दी संरचनामा काम गर्नुपर्दा अस्पतालहरूलाई ठूलो चुनौती भइरहेको छ”, उनले भने… पुरा पढौ

‘पहिलो एनडिए डान्स डाइरेक्टर अवार्ड-२०८०’को उत्कृष्ट मनोनयन कार्यक्रम सम्पन्न

नेपालकै पहिलो नृत्य निर्देशकहरुको अवार्ड ‘पहिलो एनडिए डान्स डाइरेक्टर अवार्ड-२०८०’को उत्कृष्ट मनोनयन कार्यक्रम सम्पन्न भएको छ । नेशनल डाइनामिक आर्ट्स (एनडिए) प्रा.लिको आयोजनामा ३२ विधामा प्रमाणपत्र वितरण गरिएको थियो । मनोनयन कार्यक्रम काठमाडौँको चावहिलस्थित ए वान पार्टी प्यालेसमा उक्त कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा विशेष अतिथी, जुरी एंव वरिष्ठ चलचित्र निर्देशक कमल राइले नाट्यश्वरको मुर्तिलाई पूजा गरी कार्यक्रमको उदघाटन गरेका थिए भने एनडिए डान्स स्टुडियोका विद्यार्थिहरुले स्वागत नृत्य प्रस्तुत गरेका थिए । संस्थाका निर्देशक छिरिङ लामाले स्वागत मन्तव्यबाट शुरु… पुरा पढौ

पोखरामा दशैको अवसरमा खसीबोका प्रर्दशनी हुने

पोखरा । बिजया दशमीको अबसर पारेर पोखरामा तेश्रो खसीबोका प्रदर्शनी गरिने भएको छ । पोखरा महानगरपालिकाले खसीबोका प्रदर्शनी गर्ने भएको हो । पोखरा महानगरपाालिका वडा नं २८, सौर्यबजारमा आयोजना हुने खसीबोकाको प्रर्दशनीको तयारी भैरहेको वडा नं २८ का अध्यक्ष श्रीकृष्ण लामिछानेले जानकारी दिए । वडा र आसपासमा किसानले पालेका खसिबोकाको उचित मुल्य तथा पशुपालनलाई प्रवद्र्धन र किसानलाई प्रोत्साहनको लागि प्रर्दशनी आयोजना गर्न लागिएको पोखरा महानगरपालिका पशुसेवा शाखाका प्रमुख नवराज अधिकारीले बताए। उत्पादनमा आधारित पशुपालनलाई पवद्र्धन गर्दे स्थानी उत्पादनलाई प्रयोग गर्ने… पुरा पढौ