समाचार

स्व. टेकबहादुर गुरुङको सम्झनामा विद्यार्थीहरुलाई शैक्षिक सामाग्री र पोशाक

पोखरा । स्वर्गीय टेकबहादुर गुरुङको स्मृतिमा घान्द्रुक तिख्यानस्थित कुर्लङ्ग बराह आधारभुत विद्यालयमा विद्यार्थीहरुलाई शैक्षिक सामाग्री र पोशाक वितरण गरिएको छ । स्वर्गीय गुरुङको स्मृतिमा उनका छोरा मनिष गुरुङका परिवारले लामा अमृत फाउण्डेशन घान्द्रुकको समन्वयमा आज ९शुक्रबार० एक कार्यक्रमकाबीच घान्द्रुक तिख्यान स्थित कुर्लङ्ग बराह आधारभुत विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री, पोशाक वितरण गरेको हो । कास्कीको अन्नपूर्ण गाउँपालिका १० घान्द्रुक तिख्यान स्थित कुर्लङ्ग आधारभुत विद्यालयका ३९ जना विद्यार्थीहरुलाई स्वर्गीय टेकबहादुर गुरुङको स्मृतिमा शैक्षिक पोशाक र शैक्षिक सामाग्री वितरण गरिएको लामा अमृत फाउण्डेशन… पुरा पढौ

नौलो घुम्ति नेपालको साधारण सभा तथा सामाजिक लेखा परिक्षण सम्पन्न

पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखराको सामाजिक बिकासकालागि गैर सरकारी संस्थासॅंग हातेमालो गर्न महानगर तयार रहेको बताएका छन् । शुक्रवार नौलो घुम्ति नेपालको २२ औं साधारण सभा तथा सामाजिक लेखा परिक्षण कार्यक्रमको समुद्घाटन गर्दै महानगर प्रमुख आचार्यले सो कुरा बताएका हुन् । प्रमुख आचार्यले नौलो घुम्ती नेपालले पोखरा महानगर पालिकालाई आमन्त्रित सदस्य वनाएर भए पनि वैठकमा समावेस गर्न सके मिलेर काम गर्न सकिने उपाय पनि सुझाए । संस्थाका अध्यक्ष बद्रिबिनोद प्रतीकको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी कास्कीका… पुरा पढौ

लोकतन्त्रलाई कमजोर पार्न कांग्रेसमाथि हमला भइरहेको छ : मुख्यमन्त्री पाण्डे

असोज २६ गोरखा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई कमजोर पार्न पछिल्लो समय नेपाली कांग्रेसमाथि हमला भइरहेको बताएका छन् । कांग्रेस गोरखाको दोस्रो जिल्ला सम्मेलनलाई आज गोरखा सदरमुकाममा सम्बोधन गर्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका मुख्यमन्त्री पाण्डेले कांग्रेस कमजोर हुँदा लोकतन्त्र कमजोर पार्न सकिन्छ भनेर कांग्रेसलाई कमजोर बनाउने खेल भइरहेको बताएका हुन् । “अहिलेको राजनीतिक परिवर्तन उल्ट्याउन सबैभन्दा पुरानो राजनीतिक दल भएका हिसाबले कांग्रेसमाथि हमला गर्नुपर्छ भनेर हामीलाई यदाकदा कमजोर पार्ने खेल भइरहेको छ”, उनले भने, “कांग्रेसलाई… पुरा पढौ

गणतन्त्र र संविधानमाथि आक्रमण भइरहेको छ : अध्यक्ष नेपाल

असोज २६ कैलाली । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले मुलुकमा संविधान र गणतन्त्र मास्न षड्यन्त्र भइरहेको दाबी गरेका छन् । समाजवादी जागरण अभियानअन्तर्गत आज कैलालीको लम्कीमा आयोजित सभामा अध्यक्ष नेपालले संविधान र गणतन्त्र मास्ने षड्यन्त्र भइरहेको बताएका हुन् । उनले देशमा अब राजतन्त्र फर्कन नसक्ने बताए । अध्यक्ष नेपालले भने, “देशमा केही शक्तिहरू पुनः राजतन्त्रको पक्षमा देखिएका छन्, त्यस्ता प्रयत्नलाई हामीले असफल पार्नुपर्छ ।” उनले नेपाली जनताको बीचमा लामो समयदेखि रहेको प्रेम, आपसी सद्भाव बिगार्न प्रतिगामी तत्व… पुरा पढौ

गणतन्त्र, शान्ति, विकास, सुशासन र रुपान्तरणका पक्षमा कलम चलाउनुस् : राष्ट्रपति पौडेल

असोज २६ काठमाण्डौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली पत्रकारिता जगतले लोकतन्त्रको स्थापना र पुनःस्थापनमा मात्र नभइ मुलुक अप्ठ्यारो अवस्थाबाट गुज्रँदा पेसागत मूल्यमान्यताअनुरुप देश र जनतालाई सूसूचित गर्ने काममा सदैव अग्रसरता देखाएको बताएका छन् । राष्ट्रपति भवन शीतल निवासमा पत्रकारसँगको भेटघाटमा उनले पत्रकारिता जगत लोकतन्त्रको आधारस्तम्भ भएको उल्लेख गरेका छन् । राष्ट्रपति पौडेलले भने, “सत्य अन्वेषण र सत्य सम्प्रेषण गर्नु सञ्चारमाध्यमको मुख्य चुनौती हो । अहिलेको मिथ्या सूचनाले सत्यलाई विस्थापन गर्ने अस्वस्थ प्रतिस्पर्धा चलेको छ । यसले कहीँ न कहीँ देश,… पुरा पढौ

चाडपर्वमा सडकमा कोही पनि बस्नुपर्दैन भन्ने सुन्दा सन्तोष मिलेको छ : प्रधानमन्त्री

असोज २६ काठमाण्डौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चाडपर्वमा कोही व्यक्ति सडकमा बस्नु नपरोस् भनेर मानव सेवा आश्रमले आजदेखि सुरु गरेको मेची महाकाली उद्धार अभियानले आफूलाई निकै सन्तोष मिलेको बताएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ मेची महाकाली उद्धार अभियानमा सरिक आश्रमका अभियन्ताहरुलाई विदाई गर्दै प्रधानमन्त्री प्रचण्डले यो अभियानले आफूलाई हर्षित तुल्याएको र चाडपर्वका बेलामा अब असहायलाई सडकबाट उद्धार गरी आश्रय दिनु महत्वपूर्ण विषय भएको बताए । राजनीतिक दबाब र तनावपूर्ण चुनौती मात्रै नभइ समाजसेवा झन बढी महत्वपूर्ण… पुरा पढौ

पोखराको महेन्द्रपुलमा अत्यधुनिक शौचालय निर्माण

असोज २६ पोखरा । पोखराको मुख्य बजार महेन्द्रपुलमा अत्यधुनिक सार्वजनिक शौचालय निर्माण गरिएको छ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) र पोखरा महानगरपालिकाको साझेदारीमा रु ९५ लाखको लागतमा सार्वजनिक शौचालय निर्माण गरिएको हो । उक्त शौचालयको आज पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य र गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) का अध्यक्ष रविना थापाले संयुक्त रुपमा उद्घाटन गरे । पोखरा–९ महेन्द्रपुलको सार्वजनिक जग्गामा रहेका जीर्ण भवनहरु विस्थापित गरी आठ आना क्षेत्रफलमा निर्माण गरिएको अपाङ्गमैत्री शौचालयमा चमेना गृह, बगैँचा र शौचालयभित्र स्तनपान कक्षसहित सेनेटरी प्याड… पुरा पढौ

ब्याजदर घटाउन पोखराका पर्यटन व्यवसायीको माग

असोज २६ पोखरा । होटल सङ्घ पोखराले कोरोना महामारीका कारण थला परेको पर्यटन व्यवसायलाई टिकाउन सहजीकरणको माग गर्दै नेपाल राष्ट्र बैंकलाई ध्यानाकर्षण पत्र बुझाइएको छ । सङ्घले आज नेपाल राष्ट्र बैंकको निर्देशिकामा व्यवस्था भएअनुसार पर्यटन क्षेत्रमा लगानी गरिएको कर्जाको पुनःतालिकीकरण, पुनःसंरचना र पुनःलगानीको व्यवस्था प्राथमिकताका साथ हुनुपर्ने भन्दै गर्भनर महाप्रसाद अधिकारीको ध्यानाकर्षण गराएको हो । सङ्घको एक टोली नेपाल राष्ट्र बैंकको पोखरा कार्यालय पुगेर कार्यालयका निर्देशक आर्या जोशीलाई ध्यानाकर्षण पत्र बुझाएको हो । होटल सङ्घ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले कोभिड… पुरा पढौ

कोशीमा प्रदेशमा भोलि सनाखतपछि मुख्यमन्त्री नियूक्त गरिने

काठमाण्डौं । कोशी प्रदेशको मुख्यमन्त्री नियुक्तिका लागि प्रदेश प्रमुख परशुराम खापुङले भोलि मात्रै सांसदहरुको सनाखत गराउने भएका छन् । मुख्यमन्त्रीमा नेपाली कांग्रेसका केदार कार्कीलाई समर्थन गरेका ४७ जना सांसदहरु सशरीर उपस्थित भएर पुगेको कार्कीसहितका सांसदहरुले आजै सनाखत गर्नुपर्ने दबाब दिए पनि प्रदेश प्रमुख परशुराम खापुङले अहिले रात परेको र भोलि बिदा भएपनि सनाखत गरिने बताएका थिए । पुरा पढौ

सिंगापुर बरिस्टा स्कूलमा १ महिने तालिम सम्पन्न

पोखरा । सिंगापुर बुटिक क्याफे एण्ड बरिस्ता स्कूल नदीपुरद्वारा आयोजित बरिष्टा ट्रेनिड.सम्पन्न भएको छ । गत भदौ १७ गतेदेखि शुरु भई शुक्रवार समापन भएको पहिलो ब्याचको १ महिने तालिममा १५ जनाको सहभागिता रहेको संचालक तथा प्रमुख प्रशिक्षक पन्जा गुरुड.ले बताए ।१ महिने तालिममा २ हप्ता सैद्दान्तिक ज्ञान र २ हप्ता ब्यबहारिक शिक्षा (इन्टर्न) प्रदान गरिएको प्रशिक्षक सन्तोष बांस्तोलाले जानकारी दिए । शुक्रबार आयोजित दिक्षान्त समारोहमा बरिस्टा स्कूलका संचालक तथा प्रबन्ध निर्देशक पन्जा गुरुड.ले प्रशिक्षार्थीहरुलाई प्रमाण पत्र बितरण गरेका थिए ।तालिममा… पुरा पढौ