समाचार

एसओएस हरमन माइनर गण्डकीमा प्रतिभा प्रदर्शनी

पोखरा । एसओएस हरमन माइनर गण्डकीमा प्रतिभा प्रदर्शनी सम्पन्न भएको छ । विद्यालयको प्राङ्गणमा सम्पन्न उक्त कार्यक्रम नेपालीहरूका महान् पर्व बडादसैँ, दीपावली, नेपाल संवत् र छठपर्वको पूर्वसन्ध्यामा आयोजना गरिएको हो । प्रदेश परीक्षा व्यवस्थापन कार्यालय गण्डकीका निर्देशक लक्ष्मण देवकोटाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रमको सभापतित्व विद्यालयका प्रधानाध्यापक चूडामणि सुवेदीले गरेका थिए । विद्यार्थीहरूमा अन्तर्निहित अतिरिक्त क्षमता उजागर गर्ने उद्देश्यले नेपालीहरूका महान् पर्वहरूको पूर्वसन्ध्यामा विद्यालयले हरेक वर्ष प्रतिभा प्रस्फुटन कार्यक्रम आयोजना गर्दै आइरहेको र सोही कार्यक्रमलाई यस वर्ष पनि निरन्तरता दिइएको… पुरा पढौ

गोरखामा बृद्धा हत्याका तीन प्रतिवादी कारागार चलान

गोरखा । सत्तरी वर्षीया बृद्धाको हत्याका तीन अभियोगी पुर्पक्षका लागि कारागार चलान भएका छन् । गोरखाको आरुघाट गाउँपालिका–१ श्यामचेतकी ७० वर्षीया बृद्धा सुनमाया लामाको हत्याका अभियोगीलाई जिल्ला अदालतको आदेशमा बिहीबार कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक रमेशकुमार श्रेष्ठले जानकारी दिए । कारागार चलान हुनेमा सोही ठाउँका २९ वर्षका कर्माछिरिङ लामा, १९ वर्षका साने भनिने सुपराज लामा र १९ वर्षकै अन्जय लामा गुरुङ रहेका छन् । गत भदौ २८ गते साँझ घरमा एक्लै भएको मौका… पुरा पढौ

चोयाबाट बनेका डाला, डोका, नाङ्लोलगायत सामग्री बिक्न छोडे

ढोरपाटन । पछिल्लो समय प्रविधिको विकास भएसँगै चोयाबाट बनेका डाला, डोका, नाङ्लोलगायत सामग्री बिक्न छोडेका छन् । आधुनिक प्रविधिबाट बनेका सामग्रीको प्रयोगका साथै परनिर्भर बन्दा स्थानीय सीप ओझेलमा पर्न थालेका हुन् । “पहिले–पहिले गाईभैँसी, भेडाबाख्रा चराउन जङ्गल जाने, दिनभर निगालोको चोयाबाट डाला, नाङ्ला र डोको बुन्ने गथ्र्यौँ । महिना दिन लगाएर बुनेका डाला नाङ्ला एकै दिनमा बिक्री हुन्थे । त्यसबाट मनग्ये आम्दानी हुन्थ्यो”, ढोरपाटन–९ का ८३ वर्षीय लिलबहादुर घर्तीमगरले भने। उनले आफ्नो युवा उमेरमा चोयाबाट थुप्रै किसिमका सामग्री बनाएर बिक्री… पुरा पढौ

युट्युवबाट सिकेर व्यावसायिक च्याउ खेती,वार्षिक आठ लाख आम्दानी

गोरखा । गोरखाका एक परिवारले व्यावसायिकरूपमा सिताके च्याउखेती गरेर वार्षिक रू आठ लाख आम्दानी गर्दै आएका छन् । गोरखा नगरपालिका–५ ठूलोरिपकी सानुमाया थापामगरको परिवारले सात वर्षदेखि व्यवसायिक च्याउखेती गरेर जीविकोपार्जन गरिरहेको छ । “पहिला त आफैँले खानका लागि भनेर सुरु गरेका थियौँ । त्यसैलाई बढाएर अहिले व्यावसायिकरूपमा खेती गरिरहेका छौँ”, सानुमायाले भने, “अहिले यही पेसाबाट पूरै परिवारको पालनपोषण र शिक्षादीक्षासमेत सजिलै चलेको छ ।” उत्पादन गरेका च्याउ बजारमा सहज बिक्री हुने गरेको उनको भनाइ छ । राम्रो उत्पादन भएको वर्ष… पुरा पढौ

तालचोक–बेगनास सडक धमाधम चार लेनमा स्तरोन्नति हुदै

गण्डकी । पोखरा महानगरपालिका–२७ तालचोकदेखि वडा नं ३१ बेगनास जोड्ने सडक चार लेनमा स्तरोन्नति भइरहेको छ । गत चैतदेखि सडक निर्माण थालिएकामा करिब दश प्रतिशत भौतिक प्रगति भएको महानगरले जनाएको छ । “ठेक्का सम्झौता भएको एक वर्षपछि बल्ल निर्माण सुरु भएको हो”, महानगरका इन्जिनियर जगन्नाथ कोइरालाले भने, “सरासर काम भयो भने विसं २०८१ भित्र सडक बनिसक्छ, निर्माण कम्पनीको प्रतिबद्धता पनि त्यही छ ।” विश्व बैंकको सहयोगमा उक्त सडकको स्तरोन्नति योजना अगाडि बढेको उनले बताए । तीन दशमलव २८ किमीको चार… पुरा पढौ

पोखराको बाटुलेचौरमा दोस्रो राजपँधेरा भेट्रान्स कप भलिवल शुरु, दश टिमको सहभागिता

पोखरा । पोखरामा ३५ वर्ष माथिका पुरुष विच दोस्रो राजपँधेरा भेट्रान्स कप भलिवल प्रतियोगिता शुरु भएको छ । पोखरा–१६ बाटुलेचौरमा रहेको राजपँधेरा टोल विकास संस्थाको आयोजनामा स्थानिय बाटुलेचौर खेल मैदानमा भलिवल प्रतियोगिताको शुरु भएको हो । बडादशैंको अवसरमा आयोजित प्रतियोगिताको उद्घाटन गर्दै पोखरा १६ का वडाध्यक्ष अमृत शर्मा तिमिल्सीनाले मानविय जीवनलाई स्वस्थ र फुर्तिलो वनाउन खेल आवस्यक रहेको वताए । उनले टोल विकास संस्थाहरुले विकास निर्माण र सामाजिक कार्यका अलावा मानव स्वास्थ्यका क्षेत्रमा पनि ध्यान दिनुपर्ने वताउँदै, संस्थाले गरेको कार्य… पुरा पढौ

आर्थिक मन्दिको असर भगवान बस्ने मन्दिरमा पनि

पोखरा । विश्व नै अहिले आर्थिक मन्दिको चपेटामा छ । नेपाल यसबाट अछुतो छैन । मानिसको क्रय शक्ति घटेको छ । तर आयश्रोत भने घटेको छ । यहि आर्थिक मन्दिका कारण आम मानिसको जनजीवन प्रभावित छ । मन्दिको असर यतिसम्म छ कि आम मानिसको प्रति व्यक्ति आय घटेको छ । मन्दिको असर मान्छेमा मात्रै सिमित छैन । यसको असर यत्र, तत्र, सर्वत्र पर्न थालेको छ । अरु त अरु, आर्थिक मन्दिको असर भगवान बस्ने मन्दिरमापनि पर्न थालेको छ । भगवान… पुरा पढौ

दृश्यावलोकनसँगै वनस्पति र वन्यजन्तु अनुसन्धानको केन्द्र बन्दै भैंसेगौंडा

गण्डकी । स्याङ्जाको पुतलीबजार नगरपालिका–२ स्थित भंैसेगौँडा यस क्षेत्रको प्राचीन बस्ती हो । उत्तरतर्फ आँखा जुधाएर हेर्न सकिने चाँदी जस्तै टलक्क टल्कने हिमाल, वरपर ढपक्कै ढाकिएको वनजङगल एवम् मनोरम प्रकृति र संस्कृति यहाँको विशिष्टता हो । तनहुँको दुलेगौँडादेखि स्याङ्जाको रामबाछा जोडिने ७२ किलोमिटर दूरीको सहस्राब्दी पदमार्ग ९मिलेनियम ट्रेक०को लगभग बीच भागमा पर्ने भएका कारण यहाँको गरिमा र महत्व अझै चुलिएको छ । प्रकृतिको वरदान पाउको भैंसेगौँडा यहाँका प्राचीन मौलिक संस्कृतिले पनि उत्तिकै सम्पन्न रहेको स्थानीय समाजसेवी मिलेनियम भैसेगौँडा सामुदायिक होमस्टेका… पुरा पढौ

कागबेनी र मुक्तिनाथ क्षेत्रका पुरेहित फुर्सदिला

म्याग्दी । यसअघिका वर्ष सोह्र श्रद्धाको अवधिमा भ्याइनभ्याइ हुुने मुुस्ताङको बारागुुङ मुुक्तिक्षेत्र गाउँपालिकास्थित धार्मिकस्थल कागबेनीमा रहेका पुरेहित श्याम रिजाल यसपालि फुर्सदिला छन्। “पोहोरपरार साल सोह्रश्राद्धको सबै तिथिमा भक्तजनले भरिभराउ हुुने कागबेनीको श्राद्धस्थलमा यसपालि तीर्थालुुको पातलो उपस्थिति छ”, उनले भने, “भक्तजन कम हुुँदा हामीहरुलाई पनि कामको चाप छैन ।” दामोदर कुण्डबाट बगेर आएकी काली नदी र मुक्तिनाथका १०८ धाराबाट बगेर आएको गण्डकीको सङ्गमस्थल भएकाले कागबेनी पुगेर पिण्ड दान गर्दा सबैभन्दा उत्तम फल मिल्ने बराह पुराण, स्कन्द पुराण, श्रीमद्भागवतलगायतका ग्रन्थमा उल्लेख गरिएको… पुरा पढौ

पुर्खौंदेखि कालीगण्डकी नदीमा गर्जो टार्दै आएका माझी समुदाय संकटमा

गलकोट । पुर्खौंदेखि कालीगण्डकी नदीमा डुङ्गा खियाएर र बालुवा निकालेर गर्जो टार्दै आएका बागलुङ नगरपालिका–१ रामरेखाका माझी समुदाय संकटमा परेका छन् पुर्खौंदेखिको पेसा अगाल्दै जीविकोपार्जन गर्दै आएका उनीहरु नदीमा छिर्न नपाउँदा अहिले फुर्सिदला भएका छन् । न्यून आयस्तर भएका सीमान्तकृत उनीहरु नदीमा नपसेको दुई वर्ष पुगेको छ । पुस्तौँदेखि कालीगण्डकी किनाराको खनियाबासमा बस्दै आएका १७ घरपरिवार माझी समुदाय बागलुङ पोखरा सडक विस्तारका क्रममा विस्थापित भएपछि बागलुङको बाङ्गेचौरमा आश्रित थिए । बागलुङ नगरपालिकाले सीमान्तकृत माझी समुदायलाई पाँच अघिमात्रै खनियाबासमा जग्गासहितको घर… पुरा पढौ