समाचार

गण्डकीमा अध्यक्षकप फुटबल प्रतियोगिता सुरु

गोरखा । गोरखाको गण्डकी गाउँपालिकामा आजदेखि प्रथम अध्यक्षकप फुटबल प्रतियोगिता २०८० सुरु भएको छ । गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखाको आयोजनामा सुरु भएको उक्त प्रतियोगिता दुई दिनसम्म सञ्चालन हुने भएको छ ।वडा नं ५ स्थित दर्बुङमा आयोजना गरिएको प्रतियोगितामा पालिकाभित्र रहेका विभिन्न माध्यामिक विद्यालयका छात्र तथा छात्राको फुटबल टोलीको सहभागिता छ । प्रतियोगितामा उपाधि विजेता टोलीलाई रु ३०, दोस्रो हुने टोलीलाई रु १५ तेस्रो हुने टोलीलाई रु सात हजारसहित पदक र प्रमाणपत्र प्रदान गरिने बताइएकोे छ । उक्त प्रतियोगिता… पुरा पढौ

गण्डकी प्रदेशस्थित अख्तियार आयोगमा तनहुँबाट धेरै उजुरी

दमौली । गण्डकी प्रदेशस्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा तनहुँबाट धेरै उजुरी परेका छन् । । प्रदेशका ११ जिल्लामध्ये एक वर्षको अवधिमा कास्की पहिलो र तनहुँ दोस्रो धेरै उजुरी पर्ने जिल्लाका रुपमा रहेका आयोगको कार्यालयले जनाएको छ । तनहुँमा आर्थिक वर्ष २०७९र८० मा एक सय ९४ उजुरी परेका छन् । गत आवमा आव २०७८÷७९ बाट जिम्मेवारी सरी आएका थप ६५ उजुरी थपिएका थिए । कूल दुई सय ५९ मध्ये उक्त अवधिमा एक सय ८८ उजुरी फछ्र्योट भएका आयोगका प्रवक्ता भोला दाहालले… पुरा पढौ

इजरायलबाट नेपालीको उद्धार गरी विमान राति ९ बजे फर्किने,शव ल्याउन केही ढिलाइ हुने

काठमाडौ । आतङ्कवादी समूह हमासले गत शनिबार इजरायलमा गरेको आक्रमणपछि त्यहाँ अलपत्र परेका नेपालीलाई स्वदेश ल्याउन आज बिहान त्यसतर्फ गएको नेपाल एयरलाइन्सको विमान आजै राति ९ बजे फर्किने छ । परराष्ट्रमन्त्री एनपी साउद कूटनीतिक समन्वयका लागि नेपाल एयरलाइन्सको विमानमा आज बिहान त्यसतर्फ प्रस्थान गरेका छन् । परराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्सालका अनुसार नेपाल फर्कन चाहनेहरुलाई लिन दुई सय ५० सिट क्षमताको विमान इजरायल गएको हो । उक्त आक्रमणमा परी १० नेपाली विद्यार्थीको निधन भएको थियो भने छ जना घाइते भएका… पुरा पढौ

उपल्लो मुुस्ताङका बासिन्दालाई चीन जान अनुुमतिपत्र दिन सुरु

म्याग्दी । मुुस्ताङका नेपाल–चीन सीमा क्षेत्रका दुई गाउँपालिकाका बासिन्दाका लागि प्रस्थान प्रवेश अनुुमतिपत्र वितरण गर्न थालिएको छ । चीनको सिमानामा रहेका लोमान्थाङ र लोघेकर दामोदरकुुण्ड गाउँपालिकाका बासिन्दालाई चीन प्रस्थान प्रवेश अनुुमतिपत्र वितरण गर्न सुुरु गरिएको जिल्ला प्रशासन कार्यालय मुुस्ताङले जनाएको छ । प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले स्थानीय तहको सिफारिसका आधारमा इलाका प्रशासन कार्यालय लोमान्थाङमा खटिएका प्रशासनका कर्मचारीले चीन प्रस्थान प्रवेश अनुुमतिपत्रको आवेदन सङ्कलन गरेको जानकारी दिए । “मङ्गलबारदेखि आवेदन सङ्कलन भइरहेको छ”, उनले भने, “इलाका र जिल्ला प्रशासन कार्यालयमा… पुरा पढौ

नारायणगढ–बुटवल सडकखण्ड विस्तारको काम सुस्त

मध्यविन्दु । नारायणगढ–बुटवल सडक खण्ड विस्तार आयोजना अन्तर्गत पूर्वी खण्डमा अहिलेसम्म ४१ दशमलव १७ प्रतिशत मात्र भौतिक प्रगति भएको छ । पूर्व पश्चिम राजमार्गको बुटवल–नारायणघाट सडक खण्डको नवलपरासी (बर्दघाट सुस्तापूर्व)को गैँडाकोट देखि दाउन्ने सम्मको ६४ दशमलव ४२ किलोमिटर को भौतिक प्रगति मात्रै ४१ दशमलव १७ प्रतिशत पुगेको हो । साढे तीन वर्षमा सडक निर्माणको काम सक्ने र पाँच वर्षसम्म निर्माण कम्पनीले नै मर्मतको काम गर्ने गरी सम्झौता भएपछि २०७५ चैत ८ शिलान्यास गरिएको सडकको पटक पटक म्याद थप्दा पनि भौतिक… पुरा पढौ

पोखराको प्याराग्लाइडिङ व्यवसाय पुनःतोरीपानी क्षेत्रबाट सञ्चालनको तयारी गरिदै

कास्की । पोखराको साहसिक पर्यटनको गन्तव्य बनेको प्याराग्लाइडिङ सराङकोटस्थित पुरानै स्थान तोरीपानी क्षेत्रबाट सञ्चालनको तयारी गरिएको छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनसँगै वर्षौंदेखि ‘टेकअफ’ हुँदै आएको स्थानबाट विस्थापित भएर पोखरा–२४ मान्द्रेढुङ्गा पुगेकामा पछिल्लो समय पूर्ववत् स्थानबाट नै सञ्चालन गर्न लागिएको हो । पोखरा प्याराग्लाइडिङ उडानका लागि उत्कृष्ट, प्राकृतिक हिसाबले मनमोहक र हावपानीका हिसाबले वर्षभरि उड्न मिल्ने हुँदा स्वदेशी एवं विदेशी पर्यटकको रोजाइको विधा बन्दै आएको छ । अहिले उडान हुँदै आएको स्थान मान्द्रेढुङ्गा र अवतरणस्थल पामे दूरीका हिसाबले पनि टाढा… पुरा पढौ

व्यावसायिक तालिमले विपन्न महिलालाई बनायो आत्मनिर्भर

गोरखा । गोरखाको गण्डकी गाउँपालिका–२ फुलडाँडाकी सुमना सिर्मलको दैनिकी आजभोली धेरैजसो कुखुराको स्याहारसुसार र दानापानीमा बित्छ । कक्षा ५ सम्ममात्र पढेकी उनी घरसँगै जोडिएको सानो टहरामा बनाउनुभएको कुखुरा फार्ममा बोइलर जातको कुखुरा पाल्न थालेपछि दैनिकी फेरिएको हो । थोरै जग्गा जमिन र त्यसबाट हुने उब्जनीले तीनजनाको परिवार पुग्न धौधौ हुने भएपछि सिर्मलकी श्रीमान् वैदेशिक रोजगारीमा गईन् । घरमा आफू पनि केही न केही आर्थिक आयआर्जनमा जोडिनुपर्छ भन्ने ठानेर व्यावसायिक कुखुरापालन तालिम लिएर उहाँले सानो खोर बनाएर कुखुरापालन सुरु गरे ।… पुरा पढौ

खेलाडीद्धारा चन्दा सङ्कलन गरेर कवर्डहलको स्तरोन्नति

म्याग्दी । खेलाडीले चन्दा सङ्कलन गरेर म्याग्दीको बेनी नगरपालिका–८ मा रहेको कालीपुुल कवर्डहलको स्तरोन्नति गरेका छन् । ब्याडमिन्टन खेलाडीले कवर्डहलभित्र ‘म्याट’ राखेर स्तरोन्नति गरेका हुुन् । जिल्ला खेलकुुद विकास समिति, ब्याडमिन्टन सङ्घ म्याग्दी र बेनी नगरपालिका ब्याडमिन्टन सङ्घको संयोजनमा दुुई ब्याडमिन्टन कोर्ट (मैदान) मा ‘लेलिन ब्राण्डको म्याट’ बिछ्याइएको हो । बेनी नगरपालिका ब्याडमिन्टन सङ्घका अध्यक्ष सज्जन शाक्यले रु नौ लाख खर्चेर म्याट बिछ्याएको बताए। “म्याट बिछ्याएर ब्याडमिन्टन कोर्टको स्तरोन्नति गरिएको हो”, उनले भने, “खेलाडीबाट चन्दा सङ्कलन गरेर म्याट खरिद गरेका… पुरा पढौ

किङस लाउन्ज पोखरामा ‘एक्सिस’ ब्याण्डको भोलि बिषेश प्रस्तुती हुने

असोज २४ पोखरा । नेपालकै चर्चीत ब्याण्ड ‘एक्सिस’ले करिब एक दशक पछि पोखरामा भोलि(बिहिबार) बिषेश प्रस्तुतीः राख्ने भएको छ । बिहिबार बेलुका लेकसाइड स्थित किङस लाउन्ज पोखरामा एक्सिस व्याण्डको बिषेश प्रस्तुती हुने भएको हो । पोजेटिभ भाईभ इन्टरटेनमेन्ट नेटवर्कको व्यवस्थापनमा हुने उक्त कार्यक्रममा एक्सिसको प्रस्तुतीले पोखरेलीहरुलाई भरपूर्ण मनोरन्जन दिने भएको पोजेटिभ भाईभ इन्टरटेनमेन्ट नेटवकका निर्देशक विकेस कायस्थले बताए । एक्सिसको टोली बिहिबार बिहान पोखरामा आउने कार्यक्रम तय भएको आयोजकले जनाएको छ । उक्त कार्यक्रमको अन्तिम तयारी पूरा भएको निर्देशक कायस्थले… पुरा पढौ

सहकारीमा बचतको सीमा २५ लाख हुने व्यवस्था हटाइयो

असोज २४ काठमाण्डौं । सम्पत्ति शुद्धीकरण (मनि लाउण्डरिङ) निवारण तथा व्यावसायिक वातावरण प्रवद्र्धनसम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०७९ मार्फत सहकारी ऐन २०७४ मा संशोधन गरेर व्यक्तिगत बचतको सीमा तोक्ने गरी राखिएको व्यवस्था हटाइएको छ । सङ्घीय संसद् प्रतिनिधिसभाअन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिको आजको बैठकले विधेयक माथि छलफल गर्दै उक्त दफा हटाउने निर्णय गरेको सभापति विमला सुवेदीले जानकारी दिइन् । त्यस्तै, सीमा नाकाभन्दा तीन किलोमिटर दूरीभित्र बनेका क्यासिनो तीन वर्षभित्रमा पाँच किलोमिटर दूरी बाहिर सारिसक्नुपर्ने तथा नयाँ… पुरा पढौ