समाचार

सुन तस्करी प्रकरण : चार जनाविरुद्ध मुद्दा

काठमाडौँ २४ असोज ।विद्युतीय चुरोट (भेप) मा हालेर सुन तस्करी गरेको आरोपमा चार जनाविरुद्ध आज काठमाडौँ जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ । सङ्गठित अपराध, भन्सार छली र विश्वासघात गर्न नहुने कसुर गरेको आरोपमा मुद्दा दायर गरिएको जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख, सहन्यायाधिवक्ता अच्युतमणि न्यौपानेले बताए । उक्त कसुर गरेको आरोपमा पूर्वसभामुख कृष्णबहादुर महराका छोरा राहुल, लोकेन्द्रकुमार पौडेल, दावा छिरिङ र निमा गुरुङविरुद्ध अभियोजन दर्ता भएको सहन्यायाधिवक्ता न्यौपानेले बताए । गुरुङ हाल फरार छन् । छिरिङ ६१ किलो सुन तस्करीकासमेत… पुरा पढौ

काभा पुरुष भलिबल च्यालेन्ज कपमा अफगानिस्तान नेपालसँग पराजित

असोज २४ काठमाडौं । श्रीलङ्कामा जारी सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) पुरुष भलिबल च्यालेन्ज कपमा नेपालले अफगानिस्तानलाई पराजित गरेको छ । कोलम्बोस्थित सुगाथादास रङ्गशालामा आज भएको खेलमा नेपालले अफगानिस्तानलाई ३–२ सेटमा पराजित गरेको हो । अफगानिस्तानसितको आजको खेलमा नेपालले पहिलो सेट २५–१९ अङ्कले आफ्नो पक्षमा पारेको थियो । नेपालले दोस्रो सेट १९–२५ तथा तेस्रो सेट २२–२५ अङ्कले गुमाएको थियो । नेपालले चौथो सेट २५–२१ अङ्कले तथा पाँचौँ एवं निर्णायक सेट १५–१० अङ्कले आफ्नो पक्षमा पारेको थियो । नेपाल हालसम्म खेलेका… पुरा पढौ

इजरायलबाट स्वदेश फर्कन चाहनेको हवाई खर्च सरकारले बेहोर्ने

असोज २४ काठमाण्डौं । सरकारले इजरायलबाट स्वदेश फर्कन चाहने नेपालीको हवाई खर्च बेहोर्ने भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को आजको बैठकले नेपाल वायुसेवा निगमको चाटर्ड उडानबाट इजरायलमा रहेका नेपालीलाई स्वदेश ल्याउने निर्णय गरेको छ । बैठकले परराष्ट्रमन्त्री नारायणप्रकाश साउदलाई चाटर्ड उडानबाट इजरायल पठाएर उद्धारलगायत अन्य कूटनीतिक कामको अनुगमन एवं समन्वय गर्ने अधिकार प्रत्यायोजन गरेको छ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङका अनुसार नेपाल वायुसेवा निगमको विमान आज राति इजरायलतर्फ प्रस्थान गर्नेछ । यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संस्कृति… पुरा पढौ

अम्मरसिंह माविमा जोण्टा क्लवको मनोसामाजिक सुरक्षा कार्यक्रम

असोज २४ पोखरा । ‘इन्टरनेशनल गल्र्स चाइल्ड डे’ का अवसरमा जोण्टा क्लव अफ पोखराले मेण्टल हेल्थ सम्बन्धि सचेतनामुलक कार्यक्रम सम्पन्न गरेको छ । पोखराको अम्मरसिंह माविमा कक्षा ९ मा अध्यायनरत विद्यार्थीमाझ उनीहरुले यो कार्यक्रम गरेका हुन् । कार्यक्रममा बोल्दै आयोजक क्लवका अध्यक्ष मोनिका थापाले नेपालमा पनि किशोरावस्थाका बालबालिकाहरुका लागि मनोसामाजिक सुरक्षा कार्यक्रम अत्यन्तै महत्वपूर्ण भएको बताइन् । कार्यक्रममा बोल्दै कोपिला नेपालका बिना सिलवालले नेपालमा १३ देखि १९ वर्ष सम्मका किशोर किशोरीहरुमा मनोसामाजिक शिक्षाको खाँचो रहेको औंल्याइन् । यो उमेरमा नकारात्मक… पुरा पढौ

विश्व शान्तीको कामना गर्दै कास्कीकोटमा नवदुर्गा महोत्सव हुने

असोज २४ पोखरा । कास्कीकोट दरबारमा रहेको गुप्तकालीका मन्दिरमा विश्व शान्तीको कामना गर्दै नवदुर्गा महोत्सव हुने भएको छ । गुप्तकाली काश्यप धार्मीक क्षेत्रविकास समितिको आयोजनामा बडा दशैंको अवसरमा घटस्थापनादेखि नवमीसम्म उक्त महोत्सव हुन लागेको हो । परापुर्व कालदेखि तान्त्रीक तथा वैद्धिक पुजा हुदै आएको मन्दिरमा यस वर्ष विश्वमा भैइरहेको युद्ध तथा प्राकृतीक प्रकोप वाट मानवीय तथा भौतीक क्षती नहोस् भन्दै शान्तीको कामनार्थ घटस्थापनादेखि दशमीसम्म पुजारीहरू मन्दिरमा नै बसेर गुप्तकालीकाको पूजा गरिने धार्मीक क्षेत्रविकास समितिका अध्क्षय दिलिप विक्रम शाहीले बताए ।… पुरा पढौ

असोज २८ गते क्षत्री दिवस मनाइँदै

असोज २४ पोखरा । क्षत्री समाज नेपालले विविध कार्यक्रम गर्दै क्षत्री दिवस मनाउने भएको छ । समाजले यही असोज २८ गते घटस्थापनाका दिन विभिन्न कार्यक्रमसहित दिवस मनाउने भएको हो । समाजले यस बर्ष जातीय सदभाव कायम गरौ भने नारालाई देशब्यापी रुपमा पु¥याउन क्षत्री दिवस कार्यक्रमहरु केन्द्रित हुने समाजका केन्द्रीय अध्यक्ष प्रा.डा दिल बहादुर क्षत्रीले बताए । देश पहिचानका लागी नेतृत्वदायी भुमिका खेलेको क्षत्री जातीको इतिहास रहेको बताए । जनसंख्यामा सबै भन्दा धेरै भएको क्षत्री जातीले राष्ट्र, राष्ट्रियाता प्रति समाजको भुमिका… पुरा पढौ

नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार

यो सातामा कारोबारको लगातार तीन दिनसम्म घटेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज चौथौं दिन भने सामान्य अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक पाँच दशमलव १६ अङ्कले बढेर एक हजार आठ सय ९४ दशमलव ७६ बिन्दुमा कायम भएको छ । विभिन्न दुई सय ८६ कम्पनीका ३७ लाख ३३ हजार पाँच सय २४ कित्ता शेयर ५५ हजार एक सय ९७ पटक खरिदबिक्री हुँदा रू एक अर्ब आठ करोड ८५ लाख ४७ हजार नौ सय ८० बराबरको कारोबार भएको नेप्सेले… पुरा पढौ

पृथ्वीराजमार्गको वैकल्पिक मार्ग सहिद लालध्वज मोटरमार्गको स्तररोन्नति गरिँदै

तनहुँ । शुक्लागण्डकी नगरपालिकाले सहीद लालध्वज मोटरमार्गअन्तर्गत कोत्रे–थप्रेक सडक खण्डमा स्तरोन्नति गरिँदै छ । पृथ्वीराजमार्गको वैकल्पिक मार्गका रुपमा रहेको यस मार्गमा यस वर्ष करिब चार किलोमिटर दूरीमा स्तरोन्नति गर्न लागिएको हो । सङ्घीय सरकारको रु दुई करोडको लागतमा सडक विस्तार गर्न लागिएको शुक्लागण्डकी नगरपालिकाका इन्जिनियर तारापति भट्टराईले जानकारी दिए । शुक्लागण्डकी–१ कोत्रेदेखि व्यास नगरपालिका–६ स्थित सिन्धुमार्गमा जोडिएकाले राजमार्गको वैकल्पिक सडकका रुपमा विकास गर्न लागिएको उनले बताए । कुनै कारणवश दमौली–कोत्रे खण्डको राजमार्ग अवरुद्व भएको अवस्थामा उक्त मार्ग प्रयोग गरी पोखरा,… पुरा पढौ

चार महिनादेखि अवरुद्ध सडक खुल्दा तमानखोलाका स्थानीय खुसी

ढोरपाटन । वर्षाका कारण खोलामा पानीको बहाव बढ्दा तमानखोला गाउँपालिकाका मुख्य तथा शाखा सडक चार महिनादेखि अवरुद्ध थिए । असारदेखि खोला र पहिरोका कारण अवरुद्ध भएका सडक गाउँपालिकाले खुलाउन थालेको छ । पहिरोले क्षति पु¥याएका सडक वर्षा रोकिँदा बित्तिकै खुलाएर गाडी सञ्चालन गरे पनि खोलामा पानीको सतह नघट्दा खुङ्खानी, नर्जाखानी, तमान लाम्मेला लगायतका गाउँबाट पालिकाको केन्द्र बोङ्गादोभान आउन समस्या थियो । गाउँपालिकाले सोमबादेखि अवरुद्ध सबै सडक सञ्चालनका लागि मेसिन प्रयोग गरेको छ । खोलामा ढुङ्गा हालेर यातायातका साधान वारपार गर्ने… पुरा पढौ

ढोरपाटनमा निजी लगानी आउने आशा

नेपालको एकमात्र सिकार आरक्षसमेत रहेको ढोरपाटन सिकार आरक्ष क्षेत्रमा ठूला पूर्वाधारहरु नहुँदा आरक्ष स्थापनाको ४० वर्षसम्म ढोरपाटनको मुहार फेरिएको छैन । “ढोरपाटनमा धेरै विशिष्ट व्यक्तिहरु राष्ट्रपति, प्रधानमन्त्री तथा मन्त्रीसमेत पटक–पटक आउनुभयो, तर ढोरपाटनका लागि आवश्यक लगानी, नीति तथा कार्यक्रम आएन”, बागलुङको ढोरपाटन नगरपालिकाका नगरउपप्रमुख कल्याण कायतले भने, “ढोरपाटन आउने सडक निकै समस्यामा छ, पाहुनालाई राख्ने सुविधा सम्पन्न होटलहरुको अभाव छ, प्राकृतिक सुन्दरता हेर्नका लागि आउने पर्यटकहरुलाई पूर्वाधारको कमी छ, अब हामीलाई आश्वासन हैन लगानी आवश्यक छ, ढोरपाटन ठूला लगानीकर्ता पर्खिरहेको… पुरा पढौ