समाचार

मदरल्याण्डमा शिक्षक – अभिभावक अन्तरक्रिया

दिगो शिक्षण सिकाइका लागि विद्यार्थी, शिक्षक र अभिभावकबिचको त्रिकोणात्मक सम्बन्धलाई ध्यानमा राखी पोखराको मदरल्याण्ड माध्यमिक विद्यालयमा कक्षा एघारको शिक्षक -अभिभावक अन्तरक्रिया शनिबार एक समारोहबिच विद्यालय प्राङ्गणमा सम्पन्न भएको छ। यसरी विद्यालयमा प्रत्यक्ष उपस्थित भएर आफ्ना बाबुनानीहरूको आचरण तथा शैक्षिक गतिविधिका बारेमा जानकारी आदानप्रदान गर्न पाउँदा निकै खुसी लागेको कुरा उपस्थित अभिभावकहरूले बताएका छन । यसका साथै विद्यार्थी तथा बाबुनानीहरूलाई बौद्धिक एवम् चरित्रवान् बनाउनका लागि शिक्षक र अभिभावकले खेल्नुपर्ने असल भूमिका तथा शिक्षक र विद्यालय प्रशासनबाट बाबुनानीहरूलाई व्यक्तिगत हेरचाह गरेको विषयका… पुरा पढौ

सदनमा दर्ता विधेयकका सम्बन्धमा प्रधानमन्त्री दाहाल र अध्यक्ष ओलीबीच छलफल

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्षी नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । सिंहदरबारमा आज भएको भेटवार्तामा उनीहरुबीच सङ्क्रमणकालीन न्यायसम्बन्धी विषयलाई टुङ्गोमा पुर्‍याउने तथा सदनमा दर्ता भएका विधेयकका सम्बन्धमा छलफल भएको प्रधानमन्त्री दाहालको सचिवालयले जनाएको छ । बेपत्ता पारिएका व्यक्तिहरुको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक, संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन, २०६६ लाई संशोधन गर्न बनेको विधेयक, विद्यालय शिक्षा विधेयक, २०८० लगायत महत्वपूर्ण विधेयक सदनमा… पुरा पढौ

दशैंमा घर जाँदै हुनुहुन्छ ? पोखरामा भोलिदेखि गाडीको अग्रिम टिकट बुकिङ खुल्दैछ

पोखरा, असोज २० दशैंमा घर फर्किनेहरुलाई लक्षित गर्दै पोखरामा भोलिदेखि गाडीको अग्रिम टिकट बुकिङ खुल्ला हुने भएको छ । पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनी प्राईभेट लिमिटेडले दशैंका लागि यहि असोज २१ गते आईतबारदेखि अग्रिम टिकट बुकिङ खुलाउने जानकारी दिएको हो । नेपाल यातायात राष्ट्रिय महासंघले असोज २२ गतेदेखि मात्रै अग्रिम टिकट बुकिङ खुलाउने निर्णय गरेपनि पृथ्वी राजमार्गले एकदिन अगावै बुकिङ खुलाउने निर्णय गरेको हो । यसअघि पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीले भाडा बृद्धि नभएसम्म अग्रिम टिकट बुकिङ नखुलाउने अडान लिएको… पुरा पढौ

१९औँ एसियाली खेलकुद: महिला भलिबलमा नेपालको सान्त्वना जित

चीनको हाङझाउमा जारी १९औँ एसियाली खेलकुदअन्तर्गत नेपालले महिला भलिबलमा सान्त्वना जित हासिल गरेको छ । नेपालले मङ्गोलियालाई ३–२ सेटले पराजित गरेको हो । जितसँगै नेपाल जारी प्रतियोगितमा ११औँ स्थानमा रहन सफल भएको छ । महिला भलिबलमा १३ मुलुक सहभागी भएका थिए । आजको खेलमा पहिलो सेट मङ्गोलियाले २५–१७ अङ्कले जित्यो । दोस्रो सेटमा भने नेपाल २५–१८ अङ्कले विजयी भयो । तेस्रो सेटमा पनि नेपाल २५–२१ अङ्कले विजयी बन्यो । चौथो सेटमा मङ्गोलियाले नेपाललाई २५–१८ अङ्कले उछिन्यो । अन्तिम सेटमा नेपाल… पुरा पढौ

अर्थमन्त्री डा. महतद्वारा तनहुँको गलेश्वर आश्रमको पहिरो निरीक्षण

अर्थमन्त्री डा. प्रकाशशरण महतले पहिरोको जोखिममा परेको तनहुँको देवघाट गाउँपालिका–५ स्थित गलेश्वर आश्रमको निरीक्षण गरेका छन । आज देवघाट आइपुगेका अर्थमन्त्री डा. महतले पहिरोको जोखिममा परेको उक्त आश्रमको निरीक्षण गरेका हुन । निरीक्षणका क्रममा अर्थमन्त्री महतले आश्रमका बारेमा जानकारी लिँदै पहिरो नियन्त्रणका लागि भइरहेको कामका बारेमा चासो राखेका थिए । निरीक्षणपश्चात् अर्थमन्त्री महतले पहिरो नियन्त्रणका लागि सङ्घीय सरकारकोतर्फबाट बजेट विनियोजन गर्ने प्रतिबद्धता व्यक्त गरे । गत वर्ष असोजमा वेणी नजिक रहेको गलेश्वर आश्रम नजिकै पहिरो खसेपछि आश्रम जोखिममा परेको थियो… पुरा पढौ

चिकित्सा शिक्षा ऐन संशोधन नभई स्वास्थ्य क्षेत्रमा आमूल परिवर्तन नहुने: स्वास्थ्यमन्त्री बस्नेत

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले चिकित्सा शिक्षा ऐन संशोधन नभई स्वास्थ्य क्षेत्रमा आमूल परिवर्तन नहुने बताएका छन। नेपाली कांग्रेस मकवानपुरले आज हेटौँडामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले चिकित्सा शिक्षा ऐन संशोधन हुन नसके पाँच वर्षपछि नेपालमा डाक्टरहरु नरहने भन्दै विदेश पलाएन हुने अवस्था देखिएको बताए । ऐन संशोधन गरेर नेपालमै डाक्टर तथा नर्स अध्ययन गराउने वतावरण बनाउन आफू लागिपरेको मन्त्री बस्नेतले बताए । स्वास्थ्य क्षेत्रमा दक्ष स्वस्थ्यकर्मी उत्पादन बढाउन नसके गुणस्तरीय सेवा प्रदान गर्न नसकिने उनको भनाइ थियो ।… पुरा पढौ

बेसी झर्न थाले भेडीगोठ

गत जेठमा लेक चढेका भेडीगोठ धमाधम बेसी झर्न थालेका छन् । लेकबाट भेडीगोठ बेसी झर्न थालेपछि बागलुङको निसीखोला, तमानखोला र ढोरपाटनलगायतका क्षेत्र भेडाबाख्राका बथानले भरिएका छन् । लेकमा जाडो सुरु हुन थालेको र चाडबाड नजिकिएसँगै भेडीगोड बेसी तिर सारिएको हो । जेठ पहिलो सातादेखिनै लेक उक्लिएका भेडीगोठ असोज पहिलो सातादेखि बेसी झर्न सुरु गरेका हुन् । बर्खामा बेसीमा घाँस अभाव हुने र लेकमा प्रशस्त पाइने हुँदा भेडी गोठाले हरेक वर्ष लेक–बेसी गर्ने गर्छन् । पश्चिम बागलुङको माथिल्लो क्षेत्रका अधिकांश किसानका… पुरा पढौ

दसैँका लागि टिकटको अग्रिम बुकिङ असोज २२ बाट

दसैँका लागि यही असोज २२ बाट अग्रिम टिकट बुकिङ खुल्ला गरिने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भएको सर्वपक्षीय छलफलपश्चात् आगामी सोमबारदेखि अग्रिम टिकट बुकिङ खुल्ला गर्ने निर्णय गरिएको यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजालले जानकारी दिए । व्यवसायीले गाडी भाडा नबढाए बुकिङ नखोल्ने अडान राख्दै आएपनि मन्त्रालयमा भएको छलफलमा व्यवसायीले पुरानै भाडामा अग्रिम टिकट खुल्ला गर्न सहमत भएका हुन् । पुरानै भाडा कायम गरेर दसैँका लागि अग्रिम टिकट बुकिङ खुल्ला गर्ने निर्णय गरिएको हो । रासस पुरा पढौ

चाडबाड नजिकिदै गर्दा पोखरामा बजार अनुगमन, अखाद्य वस्तु जफत

गण्डकी । दसैँ, तिहारजस्ता ठूला चाडबाडको मुखमा पोखरा महानगरपालिकाले बजार अनुगमन सुरु गरेको छ । अखाद्य वस्तुको किनमेल र मनपरी मूल्य लिने प्रवृत्ति रोक्न बजार अनुगमन थालिएको हो । बिहीबार लेखनाथ क्षेत्रका पसल अनगुमन गरिएको महानगरका बजार अनुगमन अधिकृत भरतराज पौडेलले जानकारी दिए। “छ पसलबाट झण्डै रु १८ हजार मूल्य बराबरको म्याग गुज्रेका र अखाद्य वस्तु मिसाइएका सामग्री जफत गरी नष्ट गरिएको छ”, उनले भने, “कर नतिरेका, पसल नवीकरण नगरेका व्यवसायीलाई एक साताभित्र महानगरमा उपस्थित हुन भनिएको छ ।” चाडबाडका… पुरा पढौ

पोखरा म्याराथनको सह–प्रायोजकमा कृषि विकास बैंक

पोखरा । पोखरा अन्तर्राष्ट्रिय म्याराथनको सह–प्रायोजकको रुपमा कृषि विकास बैंक लिमिटेडले सहयोग गर्ने भएको छ । नेपाली अग्रज खेलाडीहरुको छाता संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चको आयोजनामा आगामी फागुन ५ गते शनिबार आयोजना हुने १८ औं संस्करणको पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा कृषि बिकास बैंक सह–प्रायोजकको रुपमा रहने भएको हो । सह–पायोजक संगै पोखरा अन्तर्राष्ट्रिय म्याराथनको बैकिङ्ग पार्टनरको भूमिकामा समेत कृषि विकास बैंक रहने मञ्चले जनाएको छ । “सम्पूर्ण बैकिङ्ग सुविधासहितको तपाँई हाम्रो घर आङ्गनको बैंक” भन्ने मुल नारा लिएर अघि बढेको कृषि… पुरा पढौ