समाचार

पोखरा फुटवेयर बिजनेस सेन्टरमा शुरु भयो ‘दशैं जुत्ता चप्पल मेला’

पोखरा । पोखरा फुटवेयर बिजनेस सेन्टरमा ‘जुत्ता चप्पल मेला’ सुरु भएको छ । पोखरामा जुत्ता चप्पलहरुको संयुक्त शोरुम पोखरा फुटवेयर बिजनेस सेन्टरमा चाँडपर्व लक्षित जुत्ता चप्पल मेला शुरु भएको हो । पोखराको सबैभन्दा ठूलो र सबै कम्पनीका जुत्ता चप्पलहरु पाईने उक्त शोरुममा दशैं, तिहार, नेपाल सम्वत, छठ, ईदलगायतका चाँडपर्वहरु लक्षित गरेर जुत्ता चप्पल मेला शुरु भएको सञ्चालक सबिन कार्कीले जानकारी दिए । चाँडपर्व लक्षित जुत्ता चप्पल मेलामा छुट अफर लागू भएको सञ्चालक कार्कीले बताए । बिजनेस सेन्टरको सृजनाचोक शोरुम र… पुरा पढौ

पुल बनेपछि लौरोले पानी नापेर खोला तर्नुपर्ने बाध्यता हट्यो

हरेक वर्ष बर्खा लागेपछि गोरखाको सहिद लखन गाउँपालिका–५ र गोरखा नगरपालिका–८ का बासिन्दालाई ज्यान नै जोखिममा राखेर लुदीखोला वारपार गर्नुपर्ने बाध्यता वर्षौंदेखिको हो । खोलामा झोलुङ्गे पुलसमेत नहुँदा बर्खा लागेपछि त्यस क्षेत्रका बासिन्दालाई वारिपारि गर्नुपरे लौरोको साहायताले खोलाको पानी नापेर वारपार गर्नुपर्ने बाध्यता त सामान्यजस्तै थियो । तर गएको वर्षदेखि लुदीखोलामा पक्की पुल बनेपछि भने वर्षौंदेखि कठिनाइ भोग्दै आएका त्यहाँका बासिन्दालाई अहिले सजिलो भएको छ । गण्डकी प्रदेश सरकारअन्तर्गत पूर्वाधार विकास कार्यालय लमजुङ र विश्वा बैंकको आर्थिक सहयोगमा लुदीखोलामा पक्की… पुरा पढौ

पोखराबाट सुर्खेत जाँदै गरेको बस दाङमा दुर्घटना, १४ यात्रु घाइते

पोखराबाट सुर्खेत जाँदै गरेको ग१ख ८४८५ नम्बरको यात्रुबाहक बस दाङमा दुर्घटना हुँदा १४ यात्रु घाइते भएका छन् । पूर्व–पश्चिम राजमार्गको बबईसोता पुलको ‘साइड’मा बस दुर्घटनामा परेको हो । बस सडकदेखि १० मिटर तल खसेको वडा प्रहरी कार्यालय लमहीका प्रमुख प्रहरी निरीक्षक शङ्कर श्रेष्ठले बताए । घाइतेको लमही अस्पतालमा उपचार भइरहेको छ । सवारी चालक रामेछाप सुनपति गाउँपालिका–३ निवासी ३३ वर्षीय रामकृष्ण खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको छ । बसमा १६ जना यात्रु थिए । तीमध्ये दुई जनालाई सकुसल उद्धार गरिएको प्रहरीले… पुरा पढौ

आजको मौसम: गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

नेपालमा हाल भारतको विहार र पश्चिम बङ्गाल आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको प्रभावले पछिल्लो तीन दिनदेखि देशका विभिन्न स्थानमा सामान्य वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिकदेखि सामान्य बदली रही कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । दिउँसो कोशी, मधेस र लुम्बिनी प्रदेशका एक– दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ । रातिको समयमा पनि कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका… पुरा पढौ

गण्डकी प्रदेशमा ६० गर्भवती र सुत्केरी हवाई उद्धारबाट लाभान्वित

गण्डकी प्रदेशमा हालसम्म ६० जना महिला हवाई उद्धार सेवाबाट लाभान्वित भएका छन् । प्रदेश सरकारले जटिल स्वास्थ्य अवस्था भएका गर्भवती तथा सुत्केरीको हवाई उद्धार गरी सुविधासम्पन्न अस्पतालमा उपचार सेवा प्रदान गर्ने गरी ‘एयर लिफ्टििङ’ सेवा सुरु गरेको थियो । सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयका सचिव डा विनोदविन्दु शर्माले यस कार्यक्रमअन्तर्गत विसं २०८० असार मसान्तसम्म ६० जनाको हवाई उद्धार गरिएको बताए । यसैगरी अघिल्लो आव २०७९÷०८० मा छ जनाले यो सेवा लिएका थिए । प्रदेश सरकारले विसं २०७५ देखि प्रदेशको हिमाली… पुरा पढौ

दृष्टिविहिन शिक्षक आमरण अनसनमा: पाइनन् १ वर्षसम्म न्याय

पोखरा । संसदमा शिक्षा विधेयक पेश भएपछि असन्तुष्ट जनाउदै देशभरका शिक्षकहरुले राजधानी केन्द्रित आन्दोलन गरे । उनीहरुले शिक्षा क्षेत्रका विभिन्न नीतिगत सुधारको माग गर्दै आन्दोलन गरे । तर फरक क्षमताका शिक्षकहरुको समस्यामा भने उनीहरुले वेवास्ता गरे । यता पोखरामा शिक्षिका शोभा पौडेल भने फरक क्षमता भएका व्यक्तिलाई सरकारले वेवास्ता गरेको भन्दै आन्दोलमा होमिएकी छिन् । विगत एक वर्ष अगाडी नेपाली विषयमा स्थायी नियुक्त भएकी थिईन् । स्थायी शिक्षक भएलगतै उनी लामजुङको दोर्दी गाउँ पालिका वडा नं. ७ स्थित बाल कल्याण… पुरा पढौ

पोखरामा ‘अस्फाल्ट’ प्रविधिमा सडक कालोपत्र सुरु

कास्की । पर्यटकीय सहर पोखराको मुख्य बजार क्षेत्र महेन्द्र पुलबाट पृथ्वीचोकसम्मको सडक ‘अस्फाल्ट’ प्रविधिमा कालोपत्र गर्न सुरु गरिएको छ । पहिलो चरणमा महेन्द्र पुलबाट नयाँबजार हुँदै पृथ्वीचोकसम्मको डेढ किमी सडकमा अस्फाल्ट कालोपत्रको काम सुरु भएको छ । सङ्घीय सरकार मातहतको सडक डिभिजन कार्यालय पोखराले काम अघि बढाएको हो । अस्फाल्ट प्रविधिबाट निर्मित सडक टिकाउ हुने बताइन्छ । अमेरिकी प्रविधि अस्फाल्ट बलियो, महँगो र टिकाउ मानिन्छ । अस्फाल्ट पिच गर्दा चार सेमी मोटाइको पिच हुनुपर्दछ । स्थान हेरिकन चारदेखि १० सेमीसम्मको… पुरा पढौ

एमाले गण्डकीको अधिवेशन भोलि, अध्यक्षमा आधा दर्जन आकांक्षी, प्यानल बनाएर चुनाव लड्न बन्देज

पोखरा, असोज १४ नेपाल कम्युनिष्ट पार्टी (एमाले) गण्डकी प्रदेशको प्रथम अधिवेशन सोमबारदेखि पोखरामा शुरु हुँदैछ । देश संघीयतामा गएपछि पहिलो पटक हुन लागेको एमाले गण्डकीको अधिवेशनको नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने एमाले गण्डकीले आईतबार पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो । अधिवेशनको उद्घाटनअघि एमालेले पोखराका विभिन्न चार स्थानबाट ¥याली निकाल्ने जनाएको छ । एमाले गण्डकीले हस्पिटलचोक, औद्योगिक क्षेत्रस्थित शिवचोक, बुद्धचोक र पृथ्वीचोकस्थित पोखरा बसपार्कबाट गरेर चार स्थानबाट ¥याली निकालेर अमरसिंचौर पुगेपछि उद्घाटन सभामा परिणत… पुरा पढौ

ठूलाडिही–पोखरा सम्पर्क मञ्चको कौसी खेती प्रशिक्षण

पोखरा, असोज १४ । ठूलाडिही–पोखरा सम्पर्क मञ्चको वार्षिक कार्यक्रम अन्तर्गत एकदिने कौसी खेती प्रशिक्षण सम्पन्न भएको छ ।कार्यक्रममा ठूलाडिहीबाट पोखरामा आई बसोबास गरेका मञ्चका साधारण तथा आजीवन सदस्यको उल्लेख्य सहभागिता रहेको थियो । नेपाल सरकारका पूर्व उपसचिव वरिष्ठ बाली संरक्षण अधिकृत तथा बाली प्रयोगशाला प्रमुख धनबहादुर रानाले सहजीकरण गरेका थिए । प्रशिक्षक रानाले मौषम अनुसार कुन समयमा कुन र कस्ता खेती कसरी लगाउने बारेमा सहजिकरणका साथै बिरुवा उमार्ने विषयमा प्रयोगात्मक सहजीकरणसमेत गराएका थिए । मञ्चका अध्यक्ष दुर्गा शाह बाबाले बजारको… पुरा पढौ

प्रधानमन्त्रीको निर्देशनमा पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता,राति १२ बजेदेखि पहिलेकै मुल्य लागु हुने

काठमाडौँ । प्रधानमन्त्रीको पुष्पकमल दालहालको निर्देशनमा नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि आजै राति १२ बजेदेखि फिर्ता हुने जनाएको छ । निगमले आज सूचना प्रकाशन गर्दै सरकारले दिएको निर्देशनअनुसार मूल्यवृद्धि गर्ने निर्णय आजैदेखि लागू हुने गरी फिर्ता गरिएको उल्लेख गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले निगमले हिजोदेखि लागू हुने गरी पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धि आसन्न चाडबाड र सर्वसाधारणको हितमा ध्यानमा राखी तत्काल फिर्ता लिन निर्देशन दिएको थियो । मूल्य स्थिरीकरण कोष तथा नेपाल सरकारबाट प्राप्त हुने रकमबाट समायोजन गर्ने… पुरा पढौ