समाचार

तमादीखोलाको बाढीले पोखरा आउँदै गरेको जीप बगायो, तीन यात्रु बेपत्ता

असोज १३ पर्वत । पर्वतको कुश्मा नगरपालिका–७ र ८ को सिमानामा रहेको तमादीखोलामा आएको बाढीले पोखरा–बागलुङ सडकमा गुडिरहेको जीप बगाउँदा तीन यात्रु बेपत्ता भएका छन् । बागलुङबाट पोखरातर्फ आउँदै गरेको ग१ज ६२१३ नम्बरको जीप साँझ ६ः३० बजेतिर बाढीले बगाउँदा तीन पुरुषसहित गाडीसमेत बेपत्ता भएको हो । चार जना सवार उक्त जीपमा ड्राइभर भने हामफालेर बाँच्न सफल भएका छन् । जिल्ला प्रहरी कार्यालयका पर्वतका प्रहरी निरीक्षक केशव केसीका अनुसार जीप र हराइरहेका यात्रुको खोजी कार्य भइरहेको छ । घटनास्थलमा प्रहरी र… पुरा पढौ

इन्धनको मूल्य बृद्धि : खाना पकाउने ग्यासको मूल्य २११० पुग्यो

असोज १३ पोखरा । नेपाल आयल निगमले इन्धनको मूल्य बृद्धि गरेको छ । शनिबार साँझ बसेको निगम सञ्चालक समितिको बैठकले खाना पकाउने ग्यासको मूल्य प्रति सिलिण्डरमा रु दुई सय १५, पेट्रोलमा प्रतिलिटर रु दुई, डिजेल र मट्टितेलमा प्रतिलिटर रु छ रुपैयाँ बढाउने निर्णय गरेको हो । त्यस्तै हवाई इन्धन आन्तरिक र अन्तर्राष्ट्रिय दुवैमा प्रतिलिटर रु आठ बढाइएको निगमले जनाएको छ । बढेको मूल्य आज राति १२ः०० बजेपछि लागू हुनेछ । यो बृद्धिसँगै निगमले खाना पकाउने ग्यासको प्रति सिलिण्डर दुई हजार… पुरा पढौ

एकल वाचनमा कवि मञ्जुल

पोखरा । पोखरेली युवा सांस्कृतिक परिवारको मञ्चमा आज कवि मञ्जुल प्रस्तुत भएका छन् । परिवारद्वारा आयोजित ‘एकल कविता वाचन’मा उनले झन्डै डेढ दर्जन कविता सुनाए । ‘गायक यात्री’ शीर्षकको कविताबाट मञ्जुलले वाचन सुरु गरेका थिए ।पोखरा उधोग वाणिज्य सांघको अमृत कक्षमा खचाखच वाङ्मयप्रेमीले उनका ‘हामी माथिमाथि उडिरहेको चील’, ‘परेवा र तिम्रो हात’, ‘आकाश’, ‘गाउँको गोरेटो’लगायत कविता रुचिपूर्वक सुने । मञ्जुलले सिर्जनाको रचनाकाल र सन्दर्भबारे बताउँदै कविता पाठ गरेका थिए । नले राल्फा सांस्कृतिक अभियानका क्रममा नेपालका गाउँबस्ती डुल्दाका बखत लेखिएका… पुरा पढौ

निःशुल्क मुटु रोग सम्बन्धि स्वास्थ्य शिवीर सम्पन्न

पोखरा । लायन्स कलब अफ बेगनास तालनगरी र नेपाल रेडक्रस सोसाइटी पोखरा ३१ उपशाखाको संयुक्त आयोजनामा एक दिने निःशुल्क मुटु रोग सम्बन्धि स्वास्थ्य श्विीर शनिबार सम्पन्न भएको छ । पश्चिमाञ्चल स्वास्थ्य विज्ञापन प्रतिष्ठानका बरिष्ट मुटु रोग विशेषज्ञ डा।सुमन अधिकारीको नेतुत्वमा जनरल फिजिसियनद्धारा मुटु रोग सम्बन्धि परीक्षण , मुटुको इसीजी , प्रेसर परीक्षण समेत गरिएको थियो भने शिवीरमा १ सय २१ जनाले स्वास्थ्य लाभ लिएका थिए । आनन्द ज्योती माध्यमिक विद्यालयमा सम्पन्न भएको शिवीरमा अन्तराष्ट्रिय लायन्स क्लब डिष्ट्रिक ३२५ एल का… पुरा पढौ

पोखरा लिङ्कन कलेजले जित्यो ईन्टर कलेज व्याण्ड कम्पिटिसनको उपाधि

पोखरा, असोज १३ प्रथम ईन्टर कलेज व्याण्ड कम्पिटिसनको उपाधि पोखरा लिङ्कन कलेजले जितेको छ । पोखरा सांगीतिक कलाकार संघको आयोजनामा पोखरामा शनिबार सम्पन्न प्रतियोगिताको उपाधि पोखरा लिंकन कलेजको ‘द लिङ्कन व्याण्ड’ले जितेको हो । फाईनल राउण्डमा गरेको उत्कृष्ट प्रस्तुतीका आधारमा सो व्याण्डले फाईनल राउण्डको १० प्रतिष्पर्धीलाई पछि पार्दै नगद एक लाखसहित ट्रफी र प्रमाणपत्र प्राप्त ग¥यो । प्रतियोगितामा ईन्फोमेटिक्स कलेजको ‘द ईन्टरभल्स व्याण्ड दोश्रोहुँदै नगद ५० हजारसहित ट्रफी र प्रमाणपत्र प्राप्त ग¥यो । भने ग्लोवल कलेजिटको ‘उत्वेग व्याण्ड’ले तेश्रोहुँदै नगद… पुरा पढौ

बैंक, बीमा तथा वित्तिय क्षेत्र कर्मचारी संघ गण्डकीमा पुनः घिमिरे

असोज १३ पोखरा । बैंक, बीमा तथा वित्तिय क्षेत्र कर्मचरी संघ नेपाल गण्डकी प्रदेशको अध्यक्षमा पुनः मेषराज घिमिरे चयन भएका छन् । संघको शनिबार पोखरामा सम्पन्न गण्डकी प्रदेशस्तरिय अधिवेशनले घिमिरेलाई अध्यक्षमा पुनः दोहोर्‍याउँदै १५ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । घिमिरे कृषि विकास बैंकमा आवद्ध छन् । अधिवेशनले गण्डकी प्रदेश अन्र्तगतका ११ वटै जिल्लामा जिल्ला कार्य समिति समेत गठन गरेको संघले जनाएको छ । कार्यक्रममा बोल्दै संघ गण्डकी प्रदेश अध्यक्ष घिमिरेले संगठनलाई गतिशिल एवं समय सापेक्ष रुपमा पेशागत… पुरा पढौ

ह्वेल माछाले डुङ्गा पल्टाउँदा एक जनाको मृत्यु, एक घाइते

अस्ट्रेलियाको सिड्नीमा ह्वेल माछाले डुङ्गालाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने अन्य एक जना गम्भीर घाइते भएका छन् । न्यू साउथ वेल्स प्रहरीका अनुसार सिड्नीको दक्षिणमा रहेको बोटनी बेमा आपत्कालीन सेवाका अधिकारीहरूले समुद्री तटमा ढलेका एक जना ६१ वर्षीय वृद्धलाई उद्धारको प्रयास गर्दा उनी निष्प्राण भेटिएका जनाएका छन् । मृतक ती वृद्ध ढलेको स्थानभन्दा केही अर्का एक जनालाई गम्भीर अवस्थामा उद्धार गरी स्थानीय अस्पताल भर्ना गरिएको छ । मानवविहीन डुङ्गा बोटनी बेमा बारम्बार घुमिरहेको देखेपछि दुर्घटनाको आशङ्कामा आपत्कालीन… पुरा पढौ

शरदयाममा धौलागिरि हिमाल आरोहण सुुरु

चालु शरदयाममा म्याग्दीमा रहेको धौलागिरि हिमाल आरोहण सुरु भएको छ । विश्वको सातौँ अग्लो धौलागिरि म्याग्दीको धौलागिरि गाउँपालिका–४ मा पर्दछ । सेभेन समिट टे«क्सका शेर्पाले धौलागिरि हिमालको आधार शिविरदेखि चुचुरोसम्म पुग्ने बाटो खोलेपछि शुक्रबारदेखि आरोहण सुरु भएको हो । शुक्रबार चार जना विदेशीसहित १३ जनाले धौलागिरिको सफल आरोहण गरेको सेभेन समिट ट्रेकका शेर्पा मिङमा शेर्पाले जानकारी दिए । रुसका एलिना पेकोवा, फ्रान्सका कलास्डेयर म्याकेन्जी, आइसल्याण्डका होस्कुडर होड्डी र ब्राजीलका मोसेस फियामोन्सिनीले आठ हजार एक सय ६७ मिटर अग्लो धौलागिरिको सफल… पुरा पढौ

कृषिमा प्रविधिको प्रयोग आम्दानी दोब्बर

बागलुङका किसानले कृषिमा आधुनिक प्रविधिको प्रयोग बढाएका छन् । हाइटेक टनेल, थोपा सिँचाइ र मल्चिङ प्रविधिमार्फत किसानले कृषिजन्य वस्तुको उत्पादन र आम्दानी दुवै बढाउन सफल भएका हुन् । आधुनिक प्रविधिको प्रयोग गर्दै आम्दानी बढाउनेमा किसान त्रिलोचन सापकोटा पनि हुन । तीन दशकभन्दा बढी समयदेखि कृषि पेशामा सक्रिय बागलुङ नगरपालिका–४ ढोडेनीका सापकोटाले प्रविधिको प्रयोगपछि आम्दानी दोब्बर भएको अनुभव सुनाए । उनले हाल १२ रोपनी जग्गामा नौवटा हाइटेक टनेलमा खेती गरिरहेका छन । सापकोटाले प्रत्येक प्लाष्टिक टनेलमा थोपा सिँचाइ र मल्चिङ प्रविधि… पुरा पढौ

हराउँदै मौलिक भाका

बागलुङमा बढी प्रचलित सोरठी, मारुनीलगायत मौलिक भाका र संस्कृति हराउँदै गएका छन् । एक दशक अगाडिसम्म ग्रामीण क्षेत्रमा गुञ्जिने बिना सालैजोको ठाडी भाका, सालैजो, झ्याउरेलगायतका दर्जन बढी भाका अहिले सुनिँदैनन् । मेलापात र महोत्सवमा गाइने गीतहरु एक जनाले सुरु गर्ने र समूहका महिला तथा पुरुषले भाका समातेर गाउँने चलन हराउँदै गएपछि बूढापाकाले चिन्ता व्यक्त गरेका छन् । “अहिले त रोधी पनि बस्न छोडे, रोधीमा गाइने गीत पनि हराए । कहीँ कतै रोधी गाएको भाका सुनिँदैनन् । ती गीत, जमाना फेरिए,… पुरा पढौ