समाचार

पोखरामा साढे दुई दशकपछि बाघ जात्रा प्रदर्शन, राजारानीदेखि बाघसमेतको झल्को

पोखरा, भदौ १८ पोखरामा झण्डै अढाई दशकपछि वर्षपछि बाघ जात्रा शुरु भएको छ । जात्रैजात्राको सहर भनेर चिनिने पोखरामा तेईस वर्षपछि सोमबारदेखि बाघ जात्रा शुरु भएको हो । नेवाः खल कास्कीको आह्वान तथा बाघ जात्रा तयारी समितिको आयोजनामा भएको बाघ जात्राको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले दियो प्रज्वलन गरेर उद्घाटन गरेपछि शुरु गरिएको थियो । बाघ जाको पहिलो दिन नेवा छेँबाट शुरु भई भीमसेन मन्दिरमा रहेको नासः द्यको परिक्रमा गरेर भैरवटोल, मोहरियाटोल, बागबजार हुँदै नदीपुर, तेर्सापट्टी, नालामुखहुँदै नेवाः छेँ मा… पुरा पढौ

व्यवस्थित बसपार्कको पर्खाइमा पोखरा

हिउँचुचुरा र तालतलैया सम्झेर पोखरा व्यवस्थित बसपार्कको पर्खाइमा भएको लामो समय भयो । पोखरामहानगरपालिका–९ पृथ्वीचोकस्थित हालको बसपार्कको दूरावस्थाले पर्यटकीय सहर पोखरालाई नै गिज्जाए झैँ लाग्छ । पर्यटकीय नगरी पोखराको बसपार्क ४८ वर्षयता उसैगरी सञ्चालन भइरहेको छ । बसपार्कका लागि विसं २०३२ मा अधिग्रहण गरिएको जग्गा अतिक्रमणमा परेर खुम्चिँदै गएको छ । अव्यवस्थित घरटहरा, फोहरको दुर्गन्ध, बिजुलीका जीर्ण पोल, लत्रिएका तार, हिलाम्मे सडक पानी जमेका खाल्डाखुल्डीले बसपार्कलाई कुरुप बनाएका छन् । न व्यवस्थित टिकट काउण्टर छ न त बस राख्ने ट्र्याक… पुरा पढौ

‘सुशासन र सामाजिक रुपान्तरण’ विषयमा विभिन्न देशका समाजशास्त्रीका ५६ कार्यपत्र प्रस्तुत

गण्डकी । पोखरामा आयोजित अन्तर्राष्ट्रिय कार्यशालामा विभिन्न देशका समाजशास्त्रीका ५६ कार्यपत्र प्रस्तुत भएका छन् । नेपाल समाजशास्त्र सङ्घले आयोजना गरेको ‘नेपालमा सुशासन र सामाजिक रुपान्तरण’ विषयक तीनदिने कार्यशालामा ५६ कार्यपत्र प्रस्तुत हुँदै सम्पन्न भएको हो । कार्यशालामा नेपाल, भारत, चीन, बेलायत, जापान, नर्वे र अमेरिकालगायत मुलुकका वरिष्ठ समाजशास्त्रीले कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यशालामा एक सय ५० जनाभन्दा बढी समाजशास्त्रीको उपस्थिति थियो । पृथ्वीनारायण क्याम्पसको समाजशास्त्र तथा ग्रामीण विकास विभागसँगको सहकार्य र गण्डकी विश्वविद्यालयको सक्रियतामा भएको कार्यशाला नेपाली समाजको अध्ययन… पुरा पढौ

मालढुङ्गा–बेनी सडक: सम्झौता अवधि सकिँदा ४० प्रतिशतमात्रै काम

राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर आयोजनामा पर्ने मालढुङ्गा–बेनी सडक स्तरोन्नतिको काम सम्झौता अवधि नाँघीसक्दा जम्मा ४० प्रतिशत मात्र प्रगति भएको छ । सम्झौताअनुसारको काम हुन नसक्दा यो सडक हुँदै आवतजावत गर्ने दैनिक सयौँ सवारीसाधन र हजारौँ यात्रु जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् । उत्तर दक्षिण जोड्ने कालीगण्डकी कोरीडोर आयोजनाअन्तर्गत बेनी–जोमसोम–कोरला सडक आयोजनामार्फत १३ किमी दूरीको मालढुङ्गा–बेनी सडक स्तरोन्नतिका लागि विसं २०७७ चैतमा एपेक्स–खड्का–कृष्ण जेभीले रु ५२ करोड ८६ लाखमा ठेक्का सम्झौता गरेको थियो । दुई वर्षभित्र सम्पन्न गर्नेगरी सम्झौता भए पनि… पुरा पढौ

जात्रा संरक्षणमा बन्दीपुरका नेवार समुदाय

दमौली । तनहुँको पर्यटकीय नगरी बन्दीपुरका नेवार समुदाय जात्रा संरक्षणमा जुटेका छन् । बन्दीपुरमा साढे दुई सय वर्ष पहिलादेखि नेवार समुदायले विभिन्न जात्रा प्रदर्शन गर्दै आएका छन् । नेवार समुदायको संस्कृतिका रुपमा रहेको विभिन्न जात्रा बन्दीपुरमा प्रदर्शन हुँदै आएको बन्दीपुर नेवाः पुचका अध्यक्ष किसान प्रधानले जानकारी दिए । “भक्तपुरबाट बन्दीपुर नेवार बसाइँसराइ मात्रै गरेनन्, संस्कृति पनि लिएर आएँ । त्यही संस्कृतिको संरक्षणमा नेवार समुदाय लागिरहेका छन्”, उनले भने । उनका अनुसार बन्दीपुरका नेवार समुदायले विभिन्न संस्कृति र जात्राको संरक्षण गर्दै… पुरा पढौ

धानमा गवारो, कोदोमा खुम्रे कीराको सङ्क्रमण

म्याग्दीमा लगाइएको धान र कोदो बालीमा गबारो र खुम्रे कीराको सङ्क्रमण देखिन थालेपछि किसान चिन्तित बनेका छन् । जिल्लाको पश्चिमी र उत्तरी क्षेत्रमा लगाइएको धान बालीमा गबारो रोगको सङ्क्रमण देखिएको छ भने कोदो खुम्रे कीराले नष्ट गरेको किसानले बताएका छन् । धानले गाँज हाल्ने समयमा गबारो कीराको समस्या देखापरेको मालिका गाउँपालिका–४ का किसान रणबहादुर थापाले बताए । उनका अनुसार गबारो रोगले धानको गुबो मर्न थालेपछि किसानले विषादी छर्न थालेका छन् । “धान रोप्दा र सिँचाइमा धेरै खर्च भइसकेको छ”, थापाले… पुरा पढौ

हावाहुरीले बागलुङका विभिन्न स्थानमा मकै बाली नष्ट

हावाहुरी र वर्षाले बागलुङका विभिन्न स्थानमा मकै बालीमा क्षति पु¥याएको छ । घोँगा लाग्ने बेलामा आएको हावाहुरीले जिल्लाको तमानखोलाका किसानले सयौँ रोपनी क्षेत्रफलमा लगाएको मकै बाली नष्ट गरिएको हो । वडा नम्बर १ र २ को सेन्नामा, पहिरा, बोङ्गानी, सोम्मरलगायतका गाउँको करिब सात सय रोपनी क्षेत्रफलमा लगाएको मकै पूर्ण रुपमा नष्ट भएको तमानखोला गाउँपालिकाका कृषि शाखा प्रमुख सन्देश पराजुलीले जानकारी दिए । शनिबार राती र आइतबार बिहान आएको हुरीले मकै बालीमा क्षति पुगेको उनको भनाइ छ । सात सय रोपनीमा… पुरा पढौ

प्रतिनिधिसभा बैठकः समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन । बैठकको आकस्मिक समयमा सांसद जनार्दन शर्माले हावाहुरीले पश्चिम नेपालमा मकैबाली नष्ट भएकाले उचित क्षतिपूर्तिको माग गरे । सांसद ज्ञानबहादुर शाहीले कर्णाली राजमार्गलगायत क्षेत्रका सडकको मर्मत सम्भार गर्न माग गरे । उनले प्रधानमन्त्रीले क्रिकेट खेलाडीका लागि रू. १७ लाख दिने घोषणा गरेकामा हालसम्म नदिइएको भन्दै उक्त रकम छिटो दिनुपर्नेमा जोड दिए। सांसद अब्दुल खानले बर्दियाबाट ३५ वटा सीमास्तम्भ हराएको उल्लेख गदै विगतदेखिकै सरकार मौन बस्दै आएकामा आपत्ति जनाए । उनले… पुरा पढौ

वालिङमा मोतियाविन्दुको शल्यक्रिया सेवा

वालिङ । स्याङ्जाको वालिङ स्थित गह्रौँ प्राथमिक अस्पतालमा मोतियाविन्दुको शल्यक्रिया सेवा सुरुआत हुने भएको छ ।यसका लागि हिमालय आँखा अस्पताल पोखरा र जिल्ला आँखा उपचार केन्द्रका बीचमा मासिक शल्यक्रिया सेवा सञ्चालन सम्बन्धी सम्झौता भएको छ । सो केन्द्र गह्रौँ प्राथमिक अस्पतालमा सञ्चालनमा रहेको छ । आँखा उपचार सेवालाई विस्तार गरी सक्दो धेरै मानिसको पहुँचमा पु¥याउने उद्देश्यले ती संस्थाबीचमा सहकार्य भएको हो । सम्झौतापत्रमा हिमालय आँखा अस्पताल पोखराका प्राडा इलिया श्रेष्ठ र गह्रौँ प्राथमिक अस्पताल वालिङका व्यवस्थापन समितिका अध्यक्ष दिलीपप्रताप खाँणबीच… पुरा पढौ

एघार वर्षपछि बागलुङमा चार पाङ्ग्रे सवारी चालक अनुमतिपत्र आवेदन खुुल्यो

म्याग्दी । म्याग्दीलगायत साविक धौलागिरि क्षेत्रका सेवाग्राहीलाई लक्षित गरेर बागलुङमा ११ वर्षपछि पुनः चारपाङ्ग्रे सवारी चालक अनुमतिपत्र (लाइसेन्स) परीक्षा सञ्चालन गर्न आवेदन सङ्कलन हुन थालेको छ । अब बागलुङसहित पर्वत, म्याग्दी र मुस्ताङका सेवाग्राहीलाई चारपाङ्ग्रेको लाइसेन्सका लागि पोखरालगायतका स्थानमा पुुग्नुुपर्ने बाध्यता हट्ने भएको छ । यातायात व्यवस्था कार्यालय बागलुङका प्रमुख पारसिङ थापाले आइतबारदेखि (बि) (सि) (इ) ९एफ० र (जि) वर्ग (चार पाङ्ग्रे) सवारी चालक अनुुमतिपत्रका लागि आवेदन खुला गरिएको जानकारी दिए । बागलुुङमा हाल (ए) र (के) वर्ग (दुुई पाङ्ग्रे)… पुरा पढौ