समाचार

आज संसदीय समितिमा नेतृत्व चयन हुँदै

प्रतिनिधिसभा मातहतका १० विषयगत समितिले नयाँ कार्यकालका लागि आजदेखि नेतृत्व पाउँदैछन् । संविधानसभाबाट विसं २०७२ असोज ३ गते संविधान जारी भएपछि दोस्रो कार्यकालका लागि गठन भएको प्रतिनिधिसभा अन्तर्गतका संसदीय समितिका सभापतिको चयन हुन लागेको हो । विषयगत समितिका रुपमा अर्थ, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ताहित, कानुन, न्याय तथा मानवअधिकार, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति छ । त्यस्तै महिला तथा सामाजिक मामिला, राज्यव्यवस्था तथा सुशासन, पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि र सार्वजनिक… पुरा पढौ

कास्कीमा आयुुर्वेदिक उपचारमा आकर्षण बढ्दै

कास्कीमा आयुर्वेदिक उपचारमा आकर्षण बढेको छ । गण्डकी आयुर्वेद औषधालय एवं जिल्लाभित्र सञ्चालनमा आएका नागरिक आरोग्य सेवा केन्द्रमा सेवा लिने बिरामीको सङ्ख्या वर्षेनी बढ्दै गएको गण्डकी आयुर्वेद औषधालय, लेखनाथका प्रमुख डा कुुमार कासुलाले जानकारी दिए । जिल्लामा पछिल्ला तीन वर्षमध्ये आव २०७७/७८, २०७८ /७९ र २०७९/८० मा क्रमश: १६ हजार ८१, २१ हजार २५४ र २८ हजार नौ सय ४४ बिरामीले बहिरङ्ग सेवाअन्तर्गत आयुुर्वेदिक उपचार सेवा लिएका छन् । यस उपचार सेवाका अतिरिक्त मातृशिशु सुरक्षार्थ पोषण, ज्येष्ठ नागरिक आरोग्य सेवा,… पुरा पढौ

सराङ्गकोटमा समिक्षा तथा सहकारी शिक्षा तालिम सम्पन्न

पोखरा । सराङ्गकोट बहुउद्देश्यीय सहकारी संस्थाको बार्षिक समिक्षा तथा सहकारी शिक्षा तालिम सम्पन्न भएको छ । वर्तमान परिवेशमा सहकारीको भुमिका ,शेयर सदस्य, संचालक कर्मचारीहरुको जिम्मेवारी,कर्तव्य सहकारी ऐन नियम सम्वन्धमा राष्ट्रिय सहकारी बैंकका प्रबन्धक नरेश पाण्डे र सन्तोष घिमिरेले सहजिकरण गरेका थिए । २०६३ मा स्थापित सहकारीले कास्की जिल्ला कार्यक्षेत्र भई शेयर सदस्यहरुको लागि बचत तथा ऋण र सामुदायिक रेडियो सराङ्गकोट संचालन गर्दै आएको संस्थाको हाल शेयर पुजी ७ करोड १३ लाख ऋण लगानी ५४ करोड ६० लाख कुल पूँजी ६४… पुरा पढौ

कास्कीको माछापुच्छ्रेमा जीप दुर्घटना, २ जना घाइतेको पोखरामा उपचार हुँदै

पोखरा । कास्कीको माछापुच्छ्रे गाउँपालिकामा भएको जीप दुर्घटनामा ९ जना घाइते भएका छन् । आइतबार दिउँसो पोखरा– माछापुच्छ्रे इलीखोला चल्ने ग ३ च ५८३८ नम्वरको जिप मर्दीपुलमा भएको दुर्घटनामा ९ जना घाइते भएका हुन् । घाइते मध्य ७ जना सामान्य उपचारपछि घर फर्किसकेका छन् भने २ जनाको पोखराको पश्चिमाञ्चल क्षेत्रिय अस्पतालमा उपचार भइरहेको माछापुच्छ्रे गाउँपालिका–७ का वडाध्यक्ष राजेन्द्र क्षेत्रीले जानकारी दिए । जीपमा चालकसहित १० जना सवार रहेको जनाइएको छ । उनीहरु सबै जना वडा नं ७ का बासिन्दा रहेको… पुरा पढौ

भोलिदेखि मुद्दाको पेशी तारिख स्वचालित प्रणालीबाट : प्रधानन्यायाधीश श्रेष्ठ

भदौ १० काठमाण्डौं । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले न्यायका उपभोक्तालाई छिटो र सहजरुपमा न्याय दिने उद्देश्य सोमबारदेखि पेशी तारिखका लागि स्वचालित (अटोमेसन) प्रणाली लागू गर्ने बताएका छन् । संवैधानिक तथा न्यायिक पत्रकार मञ्चद्वारा नवनियुक्त प्रधानन्यायाधीश श्रेष्ठलाई बधाई तथा शुभकामना दिन आज आयोजित कार्यक्रममा उहाँले भोलिदेखि उक्त प्रणाली लागू गर्न लागिएको जानकारी दिए । “पहिला सर्वोच्च अदालतमा परीक्षणका रुपमा मुद्दाको पेशी तारिख अटोमेसन प्रणालीबाट सुरु गरिन्छ, परीक्षण सफल भए काठमाडौँ जिल्ला अदालत र धेरै मुद्दा भएका अदालतमा प्रयोगमा ल्याइनेछ”, प्रधानन्यायाधीश श्रेष्ठले भने… पुरा पढौ

समृद्धिको र सुशासनको नयाँ यात्रामा जानुको कुनै विकल्प छैन : प्रधानमन्त्री प्रचण्ड

भदौ १० काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले स्थायित्वको साथै समृद्धि र सुशासनको नयाँ यात्रामा जानुको कुनै विकल्प नरहेको बताएका छन् । ललितपुरको सैँबु भैँसेपाटीस्थित नवनिर्मित प्रदेश प्रमुख तथा मुख्यमन्त्रीको सम्पर्क कार्यालय तथा निवासको आज उद्घाटन गर्दै उनले राष्ट्रिय सहमतिका साथै मुलुकलाई समृद्धि र सुशासनको दिशामा अघि बढाउने उद्घोष गरे । “स्थायित्वका साथै समृद्धि र सुशासनको नयाँ यात्रामा जानुको कुनै विकल्प छैन,” प्रधानमन्त्री प्रचण्डले भने, “मैले कार्यकारी प्रमुखको हैसियतले यो पक्षमा आफ्नो ठाउँमा राष्ट्रिय सहमति र समझादरी गरेर अगाडि… पुरा पढौ

जनतालाई दुःख दिने र ढिलासुस्ती सह्य हुँदैन : उपप्रधानमन्त्री श्रेष्ठ

भदौ १० वीरगन्ज ।उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले सेवा प्रवाहमा जनतालाई अनावश्यक दुःख दिने र ढिलासुस्ती गर्ने कार्य सरकारलाई सह्य नहुने स्पष्ट पारे । जिल्ला प्रशासन कार्यालय पर्साको नवनिर्मित भवनको आज उद्घाटन गर्दै उपप्रधानमन्त्री श्रेष्ठले नियमित प्रक्रियाबाट हुनुपर्ने कामका लागि अहिले पनि जनताले ‘सोर्सफोर्स’ लगाउनुपर्ने, चाकरी गर्नुपर्ने र घुस दिनुपर्ने अवस्था रहेकाले अब यस्तो कार्य सह्य नहुने बताए । मुलुकमा राजनीतिक परिवर्तन भए पनि सोको अनुभुति जनताले गर्न नपाएको उल्लेख गर्दै उनले जनतालाई परिवर्तनको अनुभूति हुने गरी काम गर्न कर्मचारीलाई… पुरा पढौ

प्रतिनिधिसभा अन्तर्गतका १० समितिका सभापतिमा ११ जनाको उम्मेदवारी

भदौ १० काठमाण्डौं । प्रतिनिधिसभा अन्तर्गतका विभिन्न १० विषयगत समितिको सभापति पदको निर्वाचनका लागि उम्मेदवारी मनोनयन दर्ता भएको छ । समितिको सभापतिका लागि नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, नेकपा (एकीकृत समाजवादी) र जनमत पार्टीकातर्फबाट आज उम्मेदवारी दर्ता भएको स¬ङ्घीय संसद् सचिवालयले जनाएको छ । दशमध्ये नौ समितिको सभापतिमा एकल उम्मेदवारी परेको छ भने उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सभापतिमा दुई जनाको उम्मेदवारी परेको छ ।… पुरा पढौ

पोखरा र माछापुच्छ्रेका प्रभावितलाई सेती जलविद्युतको शेयर

भदौ १० पोखरा । कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिकामा निर्माणाधीन २५ मेगावाट क्षमताको सेती नदी जलविद्युत आयोजनाले प्रभावित क्षेत्रका स्थानीयवासी र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि कम्पनीको प्राथमिक सेयर(आइपिओ) जारी गर्ने भएको छ । सेती नदी जलविद्युत आयोजनाको प्रवद्र्धक भिजन लुम्बिनी उर्जा कम्पनी प्रालिले यही भदौ १९ गतेदेखी प्रभावित क्षेत्रका लागि आइपिओ ल्याउन लागेको हो । आयोजनाको प्रभावित क्षेत्रका रुपमा रहेका माछापुच्छ्रे गाउँपालिकाको वडा नं. १, २, ३, ४ र पोखरा महानगरपालिका वडा नं १९ का स्थानीय बासिन्दाहरुले कम्पनीको आइपिओमा आवेदन… पुरा पढौ

पोखराका तीन लायन्स क्लवको संयुक्त पदस्थापन सम्पन्न

भदौ १० पोखरा । पोखरामा तीन वटा लायन्स क्लवको संयूक्त पदस्थापन कार्यक्रम सम्पन्न भएको छ । शनिबार साँझ एक विशेष कार्यक्रमकाबीच लायन्स क्लव अफ पोखरा बिरौटा साझा चौतारी, लयान्स क्लव अफ पोखरा पिस हिमालय सिटी र लायन्स क्लव अफ पोखरा गलेश्वर सेन्चुरीका वर्ष २०२३–२४ का अध्यक्ष तथा पदाधिकारीहरुलाई एकै पटक पदस्थापन गरिएको हो । गत जुलाईमा निर्वाचित पोखरा बिरौटा साझा चौतारीका अध्यक्ष लक्ष्मी बराल आचार्यलाई निवर्तमान अध्यक्ष कल्पना आर्यालले , पिस हिमालय सिटीका अध्यक्ष जगतमोहन गिरीलाई निवर्तमान अध्यक्ष ईश्वरी प्रसाद… पुरा पढौ