समाचार

नवनिर्वाचित सभापतिद्वारा पद तथा गोपनीयताको शपथ

भदौ ११ काठमाण्डौं । प्रतिनिधिसभाअन्तर्गतका १० वटै समितिका सभापतिले पद तथा गोपनीयताको शपथ लिएका छन् । सभामुख देवराज घिमिरेले सङ्घीय संसद् सचिवालयमा आज आयोजित समारोहमा उनीहरूलाई शपथ गराएका हुन् । सो अवसरमा उपसभामुख इन्दिरा राना, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङ, विभिन्न राजनीतिक दलका प्रमुख सचेतक, सांसदलगायत उपस्थित थिए । प्रतिनिधिसभा अन्तर्गतका समितिको सभापतिका लागि आइतबार उम्मेदवारी प्रस्ताव दर्ता भएका थिए । सबै विषयगत समितिमा एकल उम्मेदवारी रहेकाले १० वटै समितिका सभापति निर्विरोध निर्वाचित भएका हुन् । अर्थ समितिको… पुरा पढौ

पोखरामा ट्रकले ठक्कर दिँदा स्कुटरमा सवार एक यूवतीको मृत्यु

भदौ ११ पोखरा । पोखराको सभागृह चोकमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा एक जनाको ज्यान गएको छ । सोमबार दिउँसो ट्रकको ठम्करबाट गम्भिर घाईते भएकी वर्षा कुमालको गण्डकी मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको जिल्ला ट्राफिक कार्यालय कास्कीले जनाएको छ । ठक्करबाट म्याग्दे गाउँपालिका–४ की २० वर्षीया वर्षा कुमालको मृत्यू भएको हो । पृथ्वी चोकबाट सृजना चोकतर्फ जाँदै गरेको ग २२ प ७९५ नम्बरको स्कुटरलाई बाग्मती प्रदेश ०३–००१ क २६३ नम्बरको ट्रकले दिउँसो साढे २ बजेतिरको समयमा ठक्कर दिएको थियो ।… पुरा पढौ

प्रतिनिधिसभाअन्तर्गतका १० वटै समितिका सभापति निर्विरोध निर्वाचित

प्रतिनिधिसभाअन्तर्गतका १० वटै समितिमा सभापति निर्विरोध निर्वाचित भएका छन । प्रतिनिधिसभाअन्तर्गतका समितिको सभापतिका लागि आइतबार उम्मेदवारी प्रस्ताव दर्ता भएका थिए । नौ वटा विषयगत समितिमा एकल उम्मेदवारी र एउटा समितिको सभापतिमा दुईजनाको उम्मेदवारी प्रस्ताव दर्ता भएको थियो । एकल उम्मेदवारी प्रस्ताव आएका समितिमा स्वतः सभापति घोषणा भएका हुन । साथै उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सभापतिका लागि जनमतका अब्दुल खान र राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुलीको उम्मेदवारी दर्ता गरेकोमा पराजुलीले फिर्ता गरिसकेपछि खान निर्वाचित भएका हुन।… पुरा पढौ

आँबुखैरेनी गाउँपालिकामा चेपाङ विद्यार्थीलाई बस्न र खानाको सुविधा

आँबुखैरेनी गाउँपालिका कार्यालयले कक्षा ११ र १२ मा अध्ययनरत चेपाङ विद्यार्थीलाई खाद्यान्नदेखि कोठा भाडासम्म सुविधा प्रदान गरेको छ । घरदेखि विद्यालय टाढापर्ने भएकाले कक्षा ११ र १२ मा बसेर अध्ययन गर्नका लागि खानादेखि आवाससम्मको जिम्मा गाउँपालिकाले लिएको हो । गाउँपालिकाभरी रहेका सीमान्तकृत चेपाङ जातिका बालबालिकालाई कक्षा १२सम्म पूर्णरुपमा निःशुल्क शिक्षा दिने निर्णय यसअघि नै गाउँपालिका कार्यालयले गरिसकेको छ । सोही निर्णयअनुरुप विद्यालय तहको पढाइमा चेपाङ बालबालिकाको लागि कापी, कलम, पोशाकलगायतमा सहयोग गर्दै आएको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले जानकारी दिए ।… पुरा पढौ

फुर्केटारीको पानी सामुदायिक वनको आम्दानी

सामुदायिक वनबाट रुख र जडीबुटी मात्र नभइ अन्य प्राकृतिक स्रोतको उपयोग गरी रोजगारी सिर्जना तथा राम्रो आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण बनेको छ, पोखरास्थित फुर्केटारी सामुदायिक वन उपभोक्ता समूह । पोखरा महानगरपालिका-२५ हेम्जास्थित उक्त समूहले सामुदायिक वनको पानी बिक्रीबाट राम्रो आम्दानी गर्न सफल भएको छ । समूहले ‘फुर्केटारी एक्युफेर’ प्रशोधित पानी बिक्रीबाट गत आर्थिक वर्ष २०७९र८० मा रु एक करोड ३७ लाख ६६ हजार पाँच सय ४४ आम्दानी गरेको समूहका महभिरखोला प्राकृतिक खानेपानी प्रालिका अध्यक्ष मित्रलाल त्रिपाठीले जानकारी दिए ।… पुरा पढौ

गण्डकीमा दुई वटा नमुना पशुपक्षी अस्पताल बन्दै

पशुपक्षीको उपचारमा स्तरीय सेवा दिन कास्की र तनहुँमा नमुना पशुपक्षी अस्पताल भवन निर्माण भइरहेको छ । गण्डकी प्रदेश सरकारको लगानीमा निर्माणाधीन अस्पताल भवनको भौतिक निर्माण यसै वर्षभित्र सक्ने लक्ष्य लिइएको छ । कास्कीको पोखरा–१२ माटेपानी र तनहुँको दमौलीमा प्रदेशस्तरीय नमुना पशुपक्षी अस्पताल बन्न लागेको कृषि तथा भूमि व्यवस्था मन्त्रालयले जनाएको छ । पशुपक्षीमा लाग्ने रोगको निदान र उपचारका लागि आधुनिक पूर्वाधारसहितको अस्पताल निर्माण हुने मन्त्रालयको योजना तथा अनुगमन महाशाखा प्रमुख डा. गृष्म न्यौपानेले बताए । “अहिले भइरहेका भवन अस्पतालको संरचना… पुरा पढौ

पोखरामा भदौ १३ गते तायाःमचा नृत्य प्रतियोगिता, बिजेतालाई ३ लाख दिईने

पोखरामा हुने तायाःमचा नृत्य प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । नेवाःखल कास्कीको आह्वान तथा रानीपौवा तायाःमचा नाच समिति पोखरा–११ को आयोजनामा हुने प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको आयोजकले आईतबार पोखरामा पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो । तायाःमचा नाचको संरक्षण, सम्वद्र्धन र प्रवद्र्धनका लागि भन्दै हरेक वर्ष पोखरामा हुँदै आएको प्रतियोगिता यस वर्ष यहि भदौ १६ गते शनिबार रानीपौवामा आयोजना हुँदैछ । प्रतियोगिताको उद्घाटन शनिबार विहान ८ बजे पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले गर्ने तय भएको कार्यक्रम संयोजक ईश्वर… पुरा पढौ

स्थानीयतहमा युवा सहभागिता र उद्यमशीलता विषयक अन्तक्रिया

पोखरा । अकाउण्टबिलिटी ल्याब नेपालको आयोजनाकमा पोखरामा आइतबार स्थानीय तहमा युवा सहभागिता र उद्यमशीलता विषयक अन्तक्रिया भएको छ । कार्यक्रममा संस्थाका सोनी खनालले स्वागतसहित संस्थाको बारेमा प्रकाश पारेकी थिइन भने कार्यक्रम संयोजक जयन्ती शर्माले संस्थाका परियोजना र उद्देश्यबारे प्रकाश पारेकी थिइन् । अन्तक्रिया कार्यक्रममा उपस्थित युवाले शिक्षा , स्वास्थ्य , बढ्दो विदेश मोह, संघीयतामा युवाहरुको भुमिका, , स्थानीय तह र युवाहरुको सम्वन्ध र फरक क्षमता भएका युवाहरुको सुविधा र अवसर, युवाहरुमैत्री कार्यक्रमहरुको विषयमा युवाहरुले जिज्ञासा राखेका थिए। बैदेशिक रोजगारका सम्बन्धमा… पुरा पढौ

धार्मिक पर्यटकको रोजाइमा नरसिंह धाम

एकातिर बूढीगण्डकी अर्कोतिर नेत्रावती । यही दुई नदीको सङ्गममा छ नरसिंह धाम । धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–१, सल्यानटारको फेदीमा रहेको धाममा हिजोआज दैनिक सयौँ भक्तजन पुग्ने गरेका छन् । गोरखा र धादिङ जिल्लाको सिमानामा पर्ने यी दुई नदी मिसिएको दोभान प्राचीन समयदेखि नै नरसिंह देवताको उत्पत्ति स्थलको रूपमा परिचित छ । यशोधरा भन्नाले बुढीगण्डकी र नेत्रावती भन्नाले आँखु खोला भन्ने बुझाउँछ । अघिल्ला वर्षहरुमा खासै चर्चामा नरहेको धाम एकाएक चर्चामा आएसँगै धार्मिक पर्यटकको चहलपहल निकै बढेको छ । साउन महिनामा मात्रै… पुरा पढौ

सुनको मूल्य स्थिर, आज कतिमा हुदैँछ कारोबार ? हेर्नुहोस

पछिल्लो चार दिनदेखि सुनको मूल्य स्थिर रहँदै आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घको विवरणानुसार आज तेजाबी सुनको मूल्य स्थिर रही प्रतितोला एक लाख १० हजार पाँच सय ५० रुपैयाँ कायम छ भने छापावाल सुनको मूल्य प्रतितोला एक लाख ११ हजार एक सय कारोबार भइरहेमको छ । त्यस्तै , आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला पाँच रुपैयाँले घटेर एक हजार चार सय ६० रुपैयाँ तोकिएको महासङ्घले जनाएको छ । पुरा पढौ