समाचार

गण्डकीमा ज्येष्ठ बामपन्थी मन्च गठन, संयोजकमा कृष्ण आचार्य चयन

पोखरा । गण्डकी प्रदेशको वामपन्धी आन्दोलनलाई विभिन्न काल खन्डमा विभिन्न व्यक्तित्वहरूले आफ्नो क्षमता योग्यता अनुसार विभिन्न भूमिकामा रहेर पुर्याउनु भएको योगदानलाई स्मरण गरि सम्मान सहितको भेला गर्न ज्येष्ठ बामपन्थी मन्च गठन गरिएको छ ।लेखनाथ पोख्रेलको अध्यक्षतामा भएको भेलाले सम्मेलन तयारीको लागि कृष्ण आचार्यको संयोजक, मोहन केसी सह संयोजक र झलक सुवेदी सदस्य सचिव रहेको १५ सदस्य व्वस्थापन समिति गठन गरेको छ। समारोह मंसिरमा हुने बताइएको छ ।मिलन सम्मेलन,२०८० तयारी भेलामा लेखनाथ पोखरेल,कास्की, मोहन के सी ,स्यागजा , झलक सुवेदी ,कास्की,… पुरा पढौ

सबै प्रकारका विभेद र असमानता अन्त्य जरुरी : अध्यक्ष ओली

भदौ ९ झापा । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सबै प्रकारको विभेद र असमानताको अन्त्य गरिनुपर्ने बताएका छन् । गृहनगर दमकमा आज कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले सामाजिक न्याय प्राप्तिका लागि जात र धर्मका नाममा विभेद गर्न निमल्ने बताए । उनले ‘कोशी’ सबै जातजाति, भाषाभाषीको अपनत्व हुने साझा नाम भएको पनि धारणा राखे । उनले केचनाजस्ता होचो स्थानबाट सगरमाथाको फेदसम्मका मान्छेलाई मिल्ने नाम कोशी प्रदेश नै उपयुक्त भएको दाबी गरे । कोशी प्रदेश नामकरण हुँदा सबैलाई राम्रो… पुरा पढौ

विपक्षीले हल्लालाई यथार्थमा परिणत गर्ने प्रयास गरिरहेका छन् : माओवादी गण्डकी ईञ्चार्ज पौडेल

भदौ ९ पोखरा । नेकपा माओवादी केन्द्रका सचिव तथा गण्डकी प्रदेश ईञ्चार्ज देवेन्द्र पौडेलले पार्टीलाई बलियो बनाउनका लागि आक्रमक ढंगले लाग्न कार्यकर्तालाई निर्देशन दिएका छन् । नेकपा माओवादी केन्द्र पोखरा महानगर कमिटीको बैठकलाई शनिबार पोखरामा सम्बोधन गर्दै उनले जनतासँग माओवादी विशेष रुपान्तरण अभियानले पार्टीलाई प्रतिष्पर्धी दलहरुबीच अब्बल पार्टी बनाउनेगरी खटिन निर्देशन दिएका हुन् । पार्टी पुर्नगठन गर्न सकिन्छ तर त्यसका लागि हरेक कार्यकर्ताले संकल्प गरेर लाग्नुपर्छ,उनले भने,‘यस अभियानका क्रममा हरेक कार्यकर्ताले तीन जना पार्टी सदस्य अनिवार्य बनाउनूस् । त्यसो भयो… पुरा पढौ

पोखरा २६औँ वार्षिक साधारणसभा, ज्येष्ठ नागरिकको हक सुनिश्चिततामा जोड

भदौ ९ गण्डकी । पोखरा वृद्धाश्रमको आज आयोजित २६औँ वार्षिक साधारणसभामा ज्येष्ठ नागरिकलाई समाजमा सम्मानपूर्वक बाँच पाउनुपर्ने हक सुनिश्चित हुनुुपर्नेमा जोड दिइएको छ । संविधान एवं अन्य ज्येष्ठ नागरिक सम्बद्ध ऐन तथा कानुनले ज्येष्ठ नागरिकको हकलाई सुनिश्चित गरेपनि कतिपय ज्येष्ठ नागरिक अहिले पनि हकअधिकारबाट बञ्चित भएको वक्ताहरूले बताएका छन् । कार्यक्रममा प्रतिनिधिसभा सदस्य विद्या भट्टराईले ज्येष्ठ नागरिकले समाजमा सम्मानपूर्वक बाँच्न पाउनुपर्ने बताउँदै त्यसको पहिलो दायित्व परिवारको र दोस्रो दायित्व राज्यको भएको बताइन् । विभिन्न हकसहितको नागरिक संविधानले परिकल्पना गरेको बताउँदै… पुरा पढौ

मैत्रीपूर्ण फुटबलमा खेलकुद विकास मञ्च विजयी

भदौ ९ पोखरा । खेलकुद विकास मञ्च पोखरा र खेलकुद पत्रकार मञ्च गण्डकीबीच मैत्रीपूर्ण फुटबल खेल सम्पन्न भएको छ । पोखरा रंगशालास्थित फुटबल मैदानमा शनिबार विहान मैत्रीपुर्ण प्रतियोगिता सम्पन्न भएको हो । प्रतियोगितामा खेलकुद विकास मञ्चले खेलकुद पत्रकार मञ्च गण्डकीलाई ६–३ गोलअन्तरले हराउँदै विजयी भयो । मैत्रीपुर्ण खेलको समापनमा बोल्दै कास्की जिल्ला खेलकुद विकास समितिका अध्यक्ष तोरण बानियाँले आफुहरुले जिल्लाको नेतृत्व गर्न पाएपनि अधिकार भने निकै सिमित रहेको बताए । उनले पछिल्लो समय कास्कीको फुटबल खेल खस्कदै गएको र युवा… पुरा पढौ

नेपालले जित्यो महिला टी–२० सिरिजको उपाधि

भदौ ९ काठमाण्डौं । चार देश सम्मिलित महिला टी–ट्वान्टी सिरिजको उपाधि नेपालले जितेको छ । आज भएको फाइनल खेलमा नेपालले हङकङलाई १३ रनले हराउँदै उपाधि हात पारेको हो । नेपालले ब्याटिङ गरिरहँदा वर्षा भएपछि खेलको छिनोफानो डकवर्थ लुइस पद्दतीका आधारमा गरिएको हो । मलेसियाको राजधानी क्वालालम्पुरस्थित बायुमास ओभल क्रिकेट मैदानमा नेपालले टस जितेपछि पहिला बलिङ गर्ने निर्णय ग¥यो । मलेसियाले नेपालविरुद्ध ब्याटिङ गर्दै निर्धारित २० ओरमा ६ विकेट गुमाउँदै एक सय एक रन बनायो । एक सय दुई रनको विजयी… पुरा पढौ

बागमती नदीमा र्‍याफ्टिङ

भदौ ९ काठमाण्डौँ । बागमती नदी सभ्यताको पहिचान, संरक्षण र सम्वद्र्धनका साथै जल पर्यटनको सम्भावना उजागर गर्ने उद्देश्यले आज बागमती नदीमा र्‍याफ्टिङ गरिएको छ । नेपाल एसोसिएसन अफ र्‍याफ्टिङ एजेन्सीज (नारा)ले नेपाल नदी संरक्षण संस्था तथा फ्रेन्स क्लब कुपन्डोललगायत संस्थाको सहकार्यमा बागमतीमा र्‍याफ्टिङ गरेर २३औँ संस्करणको ‘बागमती नदी महाजलयात्रा महोत्सव’ मनाइएको हो । महोत्सवको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव भरतमणि सुवेदी र ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले उद्घाटन गरेका थिए । नाराका अध्यक्ष शिव अधिकारीका अनुसार बिहान कुपण्डोलस्थित… पुरा पढौ

गैरआवासीय नेपाली नागरिकता लिँदा झन्झट नहोस् भन्नेमा सरकार सजग छ : उपप्रधानमन्त्री श्रेष्ठ

भदौ ९ काठमाण्डौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले गैरआवासीय नेपाली नागरिकतासम्बन्धी नियमावली छिट्टै निर्माण गरी सहजै नागरिकता प्रदान गर्न सहजीकरण गर्ने प्रतिबद्धता जनाएका छन् । सिंहदरबारस्थित गृहमन्त्रालयमा गैरआवासीय नेपाली सङ्घका कार्यकारी अध्यक्ष डा बद्री केसीको नेतृत्वमा गएको प्रतिनिधिमण्डलसँगको भेटमा उनले गैरआवासीय नेपाली नागरिकतासम्बन्धी नियमावलीमा समावेश गरिने प्रावधान गैरआवासीय नेपालीमैत्री बनाउन सरकार प्रतिबद्ध रहेको बताएका हुन् । उनले भने, “गैरआवासीय नेपाली नागरिकता लिन कुनै झन्झट नहोस् भन्नेमा सरकार सजग र प्रतिबद्ध छ ।” उपप्रधानमन्त्री श्रेष्ठले नियमावलीमा विदेशमा रहेका नेपालीलाई अप्ठ्यारो… पुरा पढौ

एमाले सचिवालय बैठक भदौ १३ गतेका लागि सर्‍यो

भदौ ९ सिरहा । नेकपा (एमाले)को आजदेखि सिरहामा तय गरिएको सचिवालय बैठक यही भदौ १३ गतेलाई सरेको छ । धनगढीमाई नगरपालिका सर्रे अम्बासमा बस्ने भनेको बैठक निरन्तरको वर्षाका कारण सार्नुपरेको नेकपा (एमाले)का जिल्ला अध्यक्ष चण्डेश्वर मण्डलले जानकारी दिए । उक्त बैठकका लागि भनेर एमालेका अध्यक्ष केपी शर्मा ओली विराटनगर पुगेका थिए । “बैठक स्थलसम्म पुग्नलाई बीचमा खोला पर्ने भएकाले समस्या भयो, निरन्तर वर्षाले खोलाबाढीको स्थिति छ, पार्टी अध्यक्षसँगको छलफलपछि बैठक सार्ने निर्णय भयो”, मण्डलले भने । एमालेले आजदेखि भदौ १३… पुरा पढौ

पार्टी रुपान्तरण र सुधारको काम आफैँबाट सुरु गरौँ : उपसभापति खड्का

भदौ ९ काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति एवं उपप्रधानमन्त्री पूर्णबहादुर खड्काले पार्टी रुपान्तरण र सुधार आफैँबाट सुरु गर्नुपर्नेमा जोड दिएका छन् । काठमाडौँ क्षेत्र नं ३ को क्षेत्रीय भेलामा उनले गाउँ तहदेखि केन्द्रीय तहसम्मका सबै नेतालाई पार्टी रुपान्तरण र सुधारका लागि आफैँबाट सुरु गर्न सुझाव दिए । “अरुलाई भन्नुभन्दा हरेक नेता तथा कार्यकर्ताले आफैँबाट सुधार सुरु गर्नुपर्छ”, रक्षामन्त्रीसमेत रहनुभएका खड्काले भने, “पार्टीलाई जीवनका लागि टोल तहको नेतृत्वदेखि केन्द्रीय तहका सबैमा सुधार जरुरी छ ।” उनले आम नेपाली जनता, मतदाता र… पुरा पढौ